लुरे नेपाल का भुरे साथी हरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साह्रै कमजोर पनि रैन'छ होइ नेपाल त भुरा हो । गोडा सातेक् लाई त पछारेकै रै'छ नि त । युद्ध ले खङ्रङ भाका , खान नपाएर बाटाबाटै लास् लडेका , करोडौ को संख्या मा नरसम्हार  भएका , खान नपाएर भोकै अनी  लाउन नपाएर नाङै हिंड्ने , अभाव् कुशासन जर्जर अर्थतन्त्र  भोकमरी रोग गरीबी को सङ्रहालय जस्ता चाड, अङ्गोला, ब्रुण्डी, जिम्बाबे, मोरिटानिया, बुरकिना फासो, टिमोर लेस्ते, माली, मोजाम्बिक लाई त पछार्दो रै'छ नि त हो । त्यत्ती सम्म त अझै पनि  गएगुज्री सक्'या  रैनछम् नि त । खाली यी  नेपाली हरु काम भनेको फिटिक्कै नलाग्ने भन्या ।  देश बिकास भएन , देश डुब्यो , देश खोक्रो भो ,  भन्या छन् ,   रो'का छन ,  कराएका चन । वहियात । चैने केरे बिशम परिस्थिती मा बाब्जूद् पनि चैने केरे देश लाई  यो सम्मानजनक  स्थान मा ल्याइपुर्याउन  जिउ ज्यान अनी जिन्दगी नै समर्पन गरेका , गरिरहेका अनी गर्न तयारी मा बसेका भूत भविस्य अनी बर्तमान का  सबै नेताज्यु हरुमा सबै ले आभार् ब्यक्त गरेस। के गर्नु नाती नातिना  लाई नि नेतै बनाउनु जो  छ । यिन्ले बाटो खोल्दीये न नेरा नातिनातिना ले देश लाई चुस्न पाउछन ।  रिस त उठ्ला नि बाबै तिमी जस्ता देश का भलो चिताउने राष्ट्रभक्त लाई ,  तर रिस उठ्दैमा  प्याच्च सँगले   मुजी सक्सके  बुढो भनेर भनी चै नहाल है ।  

BUDOBAAJE · Sep 9, 2010 7:57 AM · 14,592 views

4 Replies

के भनौ र खै बाजे, एक मुठी खरानीका लागि आफ्नो घरमा आगो लाउन तम्सने जनता, नेता र कर्मचारी बस्ने देश हरु यस्तै हुन्छन होला / बाजे, तै पनि चिन्ता नगरम अब चाडै बिकाश का  संकेत देखा पर्दैछन/ हाम्रो बायु सेवा निगम ले भुटान को जहाज भाडा मा लिदैछ भन्ने सुनिदैछ/ तेस्ले अब चाडै थुप्रो पर्यटक नेपाल ल्याउने छ र हामीलाई एक स्टेप अघाडी बढाउने छ/  धन्यवाद बाजे/   Last edited: 09-Sep-10 08:32 AM

Srijana 12 · Sep 9, 2010 8:22 AM

लायो खुल्केपाटो ! चलाऊन त दक्षिने ले नि चलाऊन थाल्यो नि सप्पै भन्दा सस्तो मा दिल्ली जाने पिलेन जाबो ३२०० रुपैयाँमा  । के गर्नु  त्यो १५  दिन बस्ने झोले पर्यटक् ल्याएर? बेक्कार मा गौसाला र बागमती हगेर भ्रस्ट पार्नलाई । गयो नानी तिम्रो खै माइत हो कि घर हो  कुन्नी गयो। नराम्रो सित गयो । अफुलाई नि घित घित भये'छी चाँही जम्ला आर्यघात भन्ने लग्थ्यो । अब त खै त्यो ध्वाँसे हर्ले कन्डो पखाल्ने पानी मा चोबलिन के जानु खोइ । करेन्ट सरेन्ट लाएर यतै चैने केरे खरानी हुन पर्ला।

BUDOBAAJE · Sep 9, 2010 8:43 AM

लायो खुल्केपाटो ! चलाऊन त दक्षिने ले नि चलाऊन थाल्यो नि सप्पै भन्दा सस्तो मा दिल्ली जाने पिलेन जाबो ३२०० रुपैयाँमा  । के गर्नु  त्यो १५  दिन बस्ने झोले पर्यटक् ल्याएर? बेक्कार मा गौसाला र बागमती हगेर भ्रस्ट पार्नलाई । गयो नानी ,तिम्रो खै माइत हो कि घर हो  कुन्नी गयो। नराम्रो सित गयो ।  आफुलाई नि घिट् घिट भये'छी चाँही जाम्ला आर्यघाट् भन्ने लग्थ्यो । अब त खै त्यो ध्वाँसे हर्ले कन्डो पखाल्ने पानी मा चोबलिन के जानु खोइ । करेन्ट सरेन्ट लाएर यतै चैने केरे खरानी हुन पर्ला।  

BUDOBAAJE · Sep 9, 2010 8:55 AM

साथी: तलबाट माथि गन्दा हामी कतियौ स्थानमा पर्यौ त ? अनी नि मैया साप त्यो भुटानी हावाइजहाज किनइमा के के महाभारत सुरु हुने हुन केही गान गुन सुनिएको छैन ? होला होला ? देसले जनतालाई खुवाउन सक्ने खाध्य सामाग्री पनि उब्जाउ छोड्यो, काठमांडौ शहर लगायत अरु शहरी करणको बिकास देख्दा माओवादीलाई धन्यवाद नदिई बस्नु गलत हुन्छ। धन्य खाडी मुलुक अनी नेपाली शहर तिमीहरुले हाम्रा जवान हरु सबै सोहोरिहाल्यौ गाउ घरमा कसैलाई सागर लैजानु परे मा जवान खोज्न अर्को गाउ जानु पर्छ । उत्पादकत्व घट्दो छ , माग बड्दो छ, कहाँ बाट आउछ त्यो डलर र भारु पनि ? अहिले त हाम्रा नेपाली दाजु भाई पनि निकै भ्रमण गर्ने भएछन, त्यो साइ बाबा को शहरमा जाने मात्रैले करोडौ करोडौ भारु साटिन्छ रे ? धन्दा नमानौ , सुधार हुन्छ प्रजातन्त्र मा एस्तै हुन्छ, जादुको छडि बोकेर ल्याएको छैन, जङल बाट झरेका र झरेका जस्तैले राज्य सम्हाले पछी केको आसा ?यो दसकमा त हैन आर्को दसकमा ठीक हुन्छ ।  कहिले काही नेपाल भारतमा बिलय हुन्छ भन्ने पनि पढियो ! कथम् कदाचित तेसो भए हाम्रो स्थान त एका एक बड्ने भो नि ? के यो पनि हाम्रो लागि खुशीको खबर हो त ?

Bhojpure01 · Sep 9, 2010 8:57 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all