काठमाडौँ, भदौ २४। 'विश्व प्रतिस्पर्धात्मक प्रतिवेदन' (२०१०/११) ले स्वीट्जरल्याण्ड सबभन्दा बलियो देश भएको देखाएको छ भने नेपालको स्थान एकसय ३० औं मा परेको छ। विश्व आर्थिक मञ्चले 'माइक्रो र म्याक्रो' अर्थतन्त्रको विश्लेषण गरी विगत तीन वर्षदेखि प्रकाशन गर्दै आएको प्रतिस्पर्धात्मक प्रतिवेदन आज विश्वभर झैँ नेपालमा पनि सार्वजनिक गरियो। नेपालमा त्रिभुवन विश्वविद्यालयको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) ले यस अनुसन्धानको जिम्मेवारी लिँदैआएको छ। सेडाका कार्यकारी निर्देशक भरत पोखरेलले प्रतिवेदनको सार प्रस्तुत गर्दै यसवर्ष १३९ देशबाट अध्ययन गरिएको र त्यसमा नेपाल १३०औँमा परेको जानकारी दिनुभयो। गत वर्ष एकसय ३३ औँ देशहरूमा नेपाल एकसय २५ औंमा परेको थियो। अध्ययनमा एडम स्मिथको श्रम विभाजन र विशिष्टता, नवउदारवादको भौतिक पूँजी र संरचना, शिक्षा र तालिम, आर्थिक स्थायित्व, सुशासन, बजार व्यवस्थापनजस्ता विभिन्न १२ वटा सैद्धान्तिक आधारहरू तय गरिएको थियो। प्रतिवेदनमा दस बलिया देशमा स्वीट्जरल्याण्डपछि क्रमशः स्वीडेन, सिंगापुर, अमेरिका, जर्मनी, जापान, फिनल्याण्ड, डेनमार्क र क्यानाडा परेका छन्। यसैगरी दस कमजोर देशमा चाड, अंगोला, ब्रुण्डी, जिम्बाबे, मोरिटानिया, बुरकिना फासो, टिमोर लेस्ते, माली, मोजाम्बिक र नेपाल रहेका छन्। (This is what we are!!!) प्रतिवेदनमा चीनको स्थान २७ औंमा देखाइएको छ भने दक्षिण एसियामा भारतको स्थान राम्रो अर्थात् ५१ औंमा परेको छ। बलिया देखिएका मुलुकमा शिक्षा, दक्षता, प्रविधि र स्वास्थ्यमा राज्यको प्राथमिकता, सार्वजनिक संस्थाहरूमा व्यावसायिकता, रोजगारको प्रवन्ध तथा काममा दण्ड एवम् पुरस्कारको नीति अपनाइएको प्रतिवेदनमा उल्लेख छ। www.weeklynepal.com Last edited: 09-Sep-10 07:04 AM
Srijana 12 · Sep 9, 2010 6:20 AM · 2,317 views
साथी: तलबाट माथि गन्दा हामी कतियौ स्थानमा पर्यौ त ? कहिले काही नेपाल भारतमा बिलय हुन्छ भन्ने पनि पढियो ! कथम् कदाचित तेसो भए हाम्रो स्थान त एका एक बड्ने भो नि ? के यो हाम्रो लागि खुशीको खबर हो त ?
Bhojpure01 · Sep 9, 2010 8:39 AM
"कहिले काही नेपाल भारतमा बिलय हुन्छ भन्ने पनि पढियो ! कथम् कदाचित तेसो भए हाम्रो स्थान त एका एक बड्ने भो नि ? के यो हाम्रो लागि खुशीको खबर हो त ?" khusiko khabar ta kasari hola ra tyo ta? Hunger list ma ta Nepal ko position ramro chha ni india ko vanda ta.
Srijana 12 · Sep 9, 2010 9:07 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion