अब मान्छे पनि ब्याउने कि

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

गाउ भित्रका शहरहरुमा खडेरिले पोसिने नहरहरुमा फेरी एक बाढी आएछ माढीमा बाढी आएछ किसान,गरिब सिता -सिता भातको गन्दै छन एक ज्यान एक करोड झुत्रे नेपालीको मुल्य "दिन दुईगुना रात चौगुना' ठुला ठुला अक्षरमा समाचार बन्दै छन सर्बहाराहरुको भुँडीले आकाश छेकिन थालेछ बिटुलो कोही रहेन लुकेर नङ्नता बेच्ने हरु दिन-दहाडै पसल थाप्न थालेछन नाटकै नाटक को थुप्रोमा प्रधानमन्त्रिको चुनाव हाडिगाउ र राडी गाउ फरक कहिले छुट्टीने ? भुसिया कुकुर हरुको समाजमा अब मान्छे पनि ब्याउने कि?

Poudel Anil · Sep 8, 2010 11:14 AM · 13,268 views

5 Replies

सर्बहाराहरुको भुँडीले  जनेन्द्रिय  छेकिन थालेछ पहिरिएछन राष्ट्रिय पोसाक झल्काउन राष्ट्रियता तानिएछ गलत इजार लघुसन्का गर्न जादा दिनु सम्म दु:ख दियो  सम्पन्नताको पहिचानले यद्यपी प्रयास ठुलै थियो भिजेको सुरुवाल छोपने Last edited: 09-Sep-10 10:49 PM

Bhojpure01 · Sep 8, 2010 1:30 PM

  राम्रो प्रस्तुती अनिलजी, तर मैले त नेपालमा लोग्नेमान्छे ब्याएको खबर धेरै अगाडिनै सुनेको थिए। के भन्छन् त्यो बिरोध खतिवडा र अर्को एक जना पूर्व सासंद (लोग्नेमान्छेहरु)ले सुतकेरी खर्च लिएको समाचार सुनेको कान त मेरै हुन्। यस्तै हो... नत्र त कसरी नयाँ नेपाल हुनु?   

Geology Tiger · Sep 8, 2010 2:18 PM

सुत्खेरो चाँही होला ?     नियम मिलाउन सके सम्म नमिले घुमाएर, त्यो न मिले थर्काएर वा घुर्काएर सुत्केरी त भएकै होनी फरक एती मात्रै हो परिस्रम वहाँले गर्नु भएकै हो सुत्केरी नभएर सुत्केरो भएको चै अबस्यनै हो दिनेले दीई हाले लेने ले लिये हात मल्ने मल्दै गर्छन् बक्यौदा अरुको पनि छ के भो र करोडौ बाट अरबमा धकेल्ने नयाँ   आयाम हो  Last edited: 09-Sep-10 08:58 AM

Bhojpure01 · Sep 8, 2010 3:29 PM

सटिक प्रहार अनिल जी।

rahulvai · Sep 8, 2010 3:45 PM

Thanaks GT, Thuldai and Bhojpure..Jai bhudi :)

Poudel Anil · Sep 9, 2010 8:52 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all