बोका ब्यथा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

BODY { MARGIN: 8px } .LW-yrriRe { FONT: x-small arial } .MsoNormal { MARGIN: 0px } समय टक्क अडिएको थियो, मेरो मुटु को धड्कन, बानेस्वोर को उकालो मा उक्लिएको कालो ट्याम्पु नउक्लिदा जसरी पट पट गर्छ त्यसरी नै ढुक ढुक गरि रहेको थियो, मेरो पूरा शरीर नै कापी रहेको थियो । शरीरको हरेक अंग बाट पसिना छुटेको थियो । अचानक त्यसले खुकुरी निकाल्यो , अब त मेरो मुटु झन छाती बाट नै निस्किएर भुइ मा झर्ला जस्तो भएको थियो । मैले पनि साहश जुटाए , - " बरु मार बाचे भने झै तेरो खैर छैन ....... " कुरा सकिन पाको थिएन , भोटे मर्नु गरि भुइ मा लडी बुडी गर्दै हाँस्न थाल्यो । भोटे - " आबु तलाई, अनी त्यसले छाडी दियो भन न " ( भोटे को हाँसो अझै सकिएको थिएन ) च्याङ्ग्रा - " मैले बोले की तलाई प्वाक्क किन बोल्नु पर्‍यो भन त !!! , अनी हाँसे मात्रै हुन्थ्यो नी , नुहाइ नै दिनु पर्छ ? तेरो अगाडि बस्ने ले सधैं छाता बोकेर बस्नु पर्ने हो ?" कुरा खास के हो भने, महेन्द्र मालामा मानिस ले आफ्नो इन्द्रिय हरु मा काबु राख्नु पर्छ भन्ने कुरा त हामी सबै ले पढ्या थियौ , तर आफ्नो मुख , खास गरि मुख बाट उछिटिने थुक मा चाँही भोटे को काबु थिएन, बोल्दा र हाँस्दा सामुन्य बस्ने नित्रुकै हुन्थ्यो । सीमा च्याङ्ग्रा तिर हेर्दै - " अनी के भयो भन न .. कस्तो क्लाइम्याक्स मा कुरा काट्या होला " - भन्दै भोटे लाई घुर्न थाली च्याङ्ग्रा को बढाइ चढाइ कुरा को राज त अब मैले खोल्नै परेन । च्याङ्ग्रा ले बोल्नु अगाडि नै भोटे बोल्यो - " त बहुन, झगडा को 'झ' सुने की कुलेलम ठोक्छस , अनी अहिले यहाँ आएर खोक्छस " - " किन झगडा भने पछि , छेत्री, नेवार, भोटे मात्रै अगाडि हुन्छन् , म नी छोरो मान्छे हुँ, २-३ जना लाई त ढलाउने आट छ " ( आफु ले बोल्या कुरा आफै लाई नपचेर होला च्याङ्ग्रा नी मुसु मुसु हाँस्न थाल्यो ) फेरी सिमा तिर फर्कदै - " अनी के हुनु नी , जान दियो हामी लाई " मेरो मन को प्रश्न , सिमा को मुखले बोलिदियो - " हामी ????" मन मनै त्यो हामी मा म नपरोश जस्तो लाथ्यो , तर भाग्य ले नी कति साथ दिनु भनेर होला, कन्डो फर्काइ दियो । च्याङ्ग्रा - " अ हामी, यो बैरे त मुर्ती उभिया जस्तो गरि सास नै नफेरी बस्या थियो " बजिया ले खोक्न त खोक्यो, कुन सन्दर्भ , कुन दिन कुन ठाउँ केही पत्तो थिएन , शायद भन्या नी होला , तरुनी लाई चुट्या गफ मा के ध्यान दिनु भनेर आफु ले छेउ पुछर सुन्या थिईन । अब टोक्न आउने भयो जस्तो लाग्यो । च्याङ्ग्रा - " त्यहाँ बाट फुत्के पछि , ओहो यार तैले आज ज्यान बचाइश भन्दै थियो मलाई , मैले नी ठिकै छ दिए " ( मलाई हेर्दै च्याङ्ग्रा ले आँखो झिम्कायो ) केही बोलिन म चुप नै बसे सिमा, च्याङ्ग्रा को हात समाउदै - " ओहो, अब चाँही तिमी सँग हिड्दा नी सेफ फील हुने भयो " च्याङ्ग्रा को गोली ले निशाना भेट्यो - " ए बैरे , सुँग त सुँग यहाँ केही गनाइ रहा छ " त्यो अर्को बाण चाँही भोटे लाई हाने को थियो । च्याङ्ग्रा, भोटे र सिमा को लभ त्रिकोण मा आज च्याङ्ग्रा को बिजय भएको थियो । भोटे - "आयो , दिन मे रात, रात मे दात " काले र ज्यापु लम्किरहे तिर ईशारा गर्दै भन्यो त्यहि बेला मिली ले सिमा लाई कोट्टाइ , सिमा ले कुरा बुझ्यो । - " ल ल , हाम्रो ट्युसन जाने बेला भयो , पछि भेटुला है " च्याङ्ग्रा - " आज बेलुका सिनेमा हेर्न जाने भन्या होईन ? " सिमा - "ट्युसन , पढ्दै बिचार गरुला " भन्दै दुई जना लम्के तरुनीहरु जाने बाटो र बोका हरु आउने बाटो एउटै पर्या थियो , शायद मिलीले बोका हरु लाई हेरेर मुस्काइ होला , सुर्य को किरण ऐना मा परेर चहकिलो भएको झै काले को दात चम्किरहेको थियो । च्याङ्ग्रा - " के हो मसाने, अरु त गोरो हुन्थ्यो , तरुनी हाँस्दा त चाँही झन कालो किन ? ओहो गग्ल्स नै लाउनु पर्ने गरेर दात चम्की रहा छ नी " भोटे - " के हो ज्यापु , खेत मा मुला डुकु भाको जस्तै छ नी , त नी दङ्ग छस " ज्यापु - "तरुनी ले हेरे पछि , दङ्ग हुनु परेन त " काले रन्थनेर निलो भयो - " भुत्रा हेर्या त तिर !!!!, तेरो काका लाई हेरेर मुसुक्क हाँस्या देखिनस " ज्यापु पाको बेला मा अङ्रेजी छोड्यो - " She was not looking at you, She was looking through you " ज्यापु, काले र मिली को अर्को लभ त्रिकोण को ब्यथा, यो सब को बीच चाँही म पेलिएको थिए । हुन त पेलिएको के भन्नु , फोकट मा ख्वाइ पियाइ भई राख्या थियो , के खोज्छस काणो , आँखो भन्या यही हो ।  ज्यापु , भोटे र काले को खल्टी गहिरो थियो , च्याङ्ग्रा ले तिर्या जस्तो गर्थ्यो मेरो रजाइ थियो । भोटे - " तेरो ईंग्लिश को जाच मा कत्ति आको रे ? " ज्यापु ले ईंग्लिशमा ५ ल्याएर स्कुल मा रेकोर्ड राखेको थियो । च्याङ्ग्रा म तिर हेर्दै - " ओई भटक्ती हुइ आत्मा , के रमिता हेर्दै बसी रहाँ " - " सित्तै मा ,मुभी हेरी राख्या नी " मैले नी दिए पाको बेला मा भोटे - " मुभी त आज हेर्नु पर्छ , रङ्गिला रे ... " म - " के को रङ्गिन हुने , जान्न म बेकारमा तिमी हरु को रमिता हेर्न " ज्यापु - "आज  त च्यापिन्छ तरुनी लाई .... " ज्यापु को कुरा सकेको मात्रै के थियो , काले को लोप्पा ज्यापु को टाउको देखि खुट्टा सम्म पुग्यो - "ईईईईईईईईसsssssssssss च्यापिस, भाउजु हो तेरो ईज्जत गर " च्याङ्ग्रा - " सुन भोटे काले को कुरा सिमा नी तेरो भाउजु हो , इज्जत गर " भोटे - " भाउजु होला तेरो , मेरो त डार्लिङ हो डार्लिङ " म - " टुट यस्तो कुरा सुन्यो भने म बहुलाउछु , लागे म घर तिर " ४ जना एकै स्वोर मा ३:०० बजे तयार भएर बस है । क्रमश :

बैरे · Sep 7, 2010 10:23 AM · 27,590 views

18 Replies

बोका महात्मे शुरु भएछ | मज्जा आयो 

bhakte dai · Sep 7, 2010 11:27 AM

ल बोका पुरान को एक अध्याय पनि सकिसकेछ राम्रो गैराछ बैरे मान - अर्को अध्याय नि थपम

serial · Sep 7, 2010 11:46 AM

बैरेपाट को अर्को दामी श्रिंखला। बोकाहरुले कहीं धोका त पाउने होइन ? काले, ज्यापु, च्याङ्रा र भोटे भन्दा चम्बू पर्‍यो बैरे , मखुला ??

rahulvai · Sep 7, 2010 1:57 PM

ramronepal · Sep 7, 2010 2:22 PM

Baire, nice writing.

Maalpaani · Sep 7, 2010 9:22 PM

bhakte dai <<बोका महात्मे शुरु भएछ | मज्जा आयो   >> भक्ते दाई बोका हरु करामत येसो सम्झेर कोरु भनेर लाग्या, पढिदिनु भयो धन्यवाद serial <<ल बोका पुरान को एक अध्याय पनि सकिसकेछ राम्रो गैराछ बैरे मान - अर्को अध्याय नि थपम>> बोका बय्था भन्दा बोका पुरान पो सुहायो त rahulvai <<बैरेपाट को अर्को दामी श्रिंखला। बोकाहरुले कहीं धोका त पाउने होइन ? काले, ज्यापु, च्याङ्रा र भोटे भन्दा चम्बू पर्‍यो बैरे , मखुला ?>> के भन्नु भा त्यस्तो ठुल्दाइ, आफ्नो नी अली standard छ नी, भनेर भन्नु भएन, तर साथी भाईले रेसर्भ गर्या तरुनी लाई त के आँखा लगाइ भयो र मखुला ? हरे शिव सोध्या नी कसलाई  मैले ठुल्दाइ को एक्स्प्रेस्स को तुलना मा त कमै हो । हेरुम आफ्नो रफ्तार कस्तो हुन्छ ramronepal टाउको मात्रै देख्यायो  रामे ले , पढ्या नै होला भन्न्छु क्यारे, धन्यवाद Maalpani <<Baire, nice writing.>> औरेजिमा मैले नी भन्नु पर्दा Thank You !!

बैरे · Sep 8, 2010 12:18 PM

  लौ लौ मैले पनि पढि भ्याँए, यस्तो तरुनी च्याप्ने कुरामा त बैरेलाई सपोर्ट गर्नै पर्‍यो, तर च्यापने चाँही मैले नै हो नि फेरी!  

Geology Tiger · Sep 8, 2010 2:26 PM

४ जना एकै स्वोर मा ३:०० बजे तयार भएर बस है । २:४५मै काले आइ पुग्यो । - " के भयो छाडेर गए की क्या हो तलाई सबैले " मैले सोधे काले - " जान्छन छोडेर , ज्यापु र भोटे उतै आउछु भन्या छन् , च्याङ्ग्रा को घरा एक्लै जाने आटै आएन अनी तलाई ब्याक सप्पोर्ट को लागि लाग्न आट्या । जस्ट पास भए नी तै होस् क्यारे सबै भन्दा जेहेन्दार " इज्जत गर्या की बेज्जत पत्तो नै भएन । - " अनी तेरा माते हरु आउने भए त ? " काले - " तिनीहरुले नी दुई मिठो शब्द बोलिदिए की फोकट मा खाना, पिउन पाउने , फोकट को माल जनावर ले त छोड्दैन , तरुनी हरु ले के छाड्लान " - " कुरो त सहि हो, तर तिमी हरु को महाभारत हेर्न म किन पछि पर्नु ?" काले - " तरुनी हरु ले फोकट को छाड्दैन भन्दा दङ्ग नपर , तेरो नी फोकट मा भलो भई रहा छ , नाटक नगरी हिड " कुरा त यो नी सहि हो  भन्दै लागे च्याङ्ग्रा को घर तिर । च्याङ्ग्रा कौसी बाट हाम्रो बाटो हेर्दै थियो । हामी आको देखेर तल झर्यो काले तिर हेर्दै - " तेरा बाउँ लाई पहिले किन लिन नआको , बुढा को आउने टाईम भैसक्यो , किन मार्न खोज्छस अघोरी ? " काले - " के थाहा , हिट्लर घर मा छैन भनेर, म त सप्पोर्ट को लागि ई यसलाई लिएर आको " ई यसलाई ?? - पशु भन्या की मान्छे ,थहा भएन तर कुरा भन्या मेरै भई रहा थियो च्याङ्ग्रा - " ल ल हिड , बाटो मै कुरा गरुला बुढा घर आयो भने फेरी चाट्न सुरु हुन्छ " बुढा भन्या चाँही च्याङ्ग्रा को बाउँ , बाउँ छोरा भए नी ग्रह दुबै जना को कहीले जुर्दैन थियो , धान पिसिदा घुन नी सँगै पिसिएको झै, बुढा को पेलाई मा हामी नी पर्थ्यौ । च्याङ्ग्रा को बाउँ आउने बाटोमा हामी कहीले पाइला नी नराख्ने भएको ले सधैं जस्तो गल्ली तर्फ लाग्यौ । फाईदा ४ थियो - पहिलो र सबै भन्दा ठुलो चुरोट तानेको कसैले थाहा नपाउने दोस्रो च्याङ्ग्रा को बाउ को मुख देखे पछि दिन भरी सनीदेव ले सताउथ्यो, र गल्ली हाने पछि सनिदेव टाढै बस्नु हुन्थ्यो     तेस्रो गल्लीले मुल बाटो काटेको हुनाले आफ्नो लक्षण मा चाडै पुगिन्थ्यो चौथो हामी जस्तै लक्षण चाडो पुग्नको लागि र सडक को किनारा पसल को बोका हरु बाट बाँच्न तरुनी हरु गल्ली लिन थालेका थिए । साँगुरो बाटो दुई तर्फी लागेको मैय्या हरु र हामी जस्तो बोका हरु को भेट हुँदा, १००% फाईदा हाम्रै हुन्थ्यो । गल्ली तिर लाग्ने बित्तिकै - " केटा हो नयाँ चुरोट "मोर मेन्थोल"  तान्ने हो ?" भन्दै काले ले निकाल्यो खिल्ली च्याङ्ग्रा - " थुईय बजिया ठिटी ले तान्ने चुरोट नी तान्छ कोही ? की ......" च्याङ्ग्रा र काले को भिडन्त हुनु अगाडि नै मैले सुर्य निकालेर दिए च्याङ्ग्रा लाई च्याङ्ग्रा - "ल हेर चुरोट भन्या त आफ्नै सुर्य मिठो , त्यो अड्भरटाइस मा भन्या जस्तो माइ नेपाल माइ प्राइड " एक मुस्लो धुवा निकाल्दै थियो च्याङ्ग्रा , काले - " ओई, च्याङ्ग्रा उ त्यो पर को बुढा हेर त कहाँ देख्या कहाँ देख्या लागेन ?" देख्या देख्या भन्ने बित्तिकै मैले चुरोट भुइ मा फ्याकेर किल्ची हाले , च्याङ्ग्रा - " तलाई त जो नी चिन्या जस्तो लाग्छ लाछी मोरो " बुढा जत्ती अगाडी आउँदै गयो उती चिन्या जस्तो लाग्दै गयो , करिब ५० फीट को दुरी मा आइ पुग्दा बुढा को भनि सब ले चिन्यो , च्याङ्ग्रा ले चुरोट हत्त न पत्त पर्खाल कटायो । आफु ले केही बोल्नु अगाडि बुढो मान्छे ले बोल्यो । - " ओहो युबराज कुमार हरु को कता तिर सवारी ?" बोल्ने आट कसै मा थिएन , कसरी हुनु पनि, बोल्यो की ह्वास्स चिम्नी गनाउने , म बुढा को बाघ झापु बाट नभेट्ने दुरी मा थिए सास जुटाइ बोले - " मुभी हेर्न जाने भनेर लाग्या " बुढा - " यसो समय हुँदा पढे नी हुन्थ्यो नी कत्ति बराली रहा , इनीहरु को संगत मा जस्ट पास बाट झन्डै पास मा पुग्लौ नी होस् गर " - " अब जाँच आए पछि खासै बाहिर हिंड्न पाउदैन, भनेर अहिले यसो मोज गरु भनेर हो " बुढा च्याङ्ग्रा लाई हेर्दै - " अनी हिरोको के छ हालखबर ?" च्याङ्ग्रा केही नबोली मुन्टो मात्रै तल निहुराइ रह्यो । च्याङ्ग्रा लाई बोलाउन लाग्यो भने त्यहाँ छोरा हत्या मा बुढा भित्र पर्ला भन्ने डर ले मैले नै फेरी मुख खोले , अनी आज अंकल को बाइक खै त ? " - "ओफिस मा एक जना को एमेर्जन्सी परेर लग्या छ बेलुकी घर मै ल्याइ दिन्छु भनेर लग्या छ ।" काले लाई ज्यापु ले सधैं ठुलो मान्छे बोल्या बीच मा बच्चा हरु को काम छैन भन्थ्यो कहीले मान्दैन थियो , आज नी बोल्यो । - "अनी अंकल ले ट्याक्सी चढ्न नी भ्याउनु भएन की ?" काले ले आफ्नो बहुमुल्य दात किच्च देखायो । दात के देखाको थियो बुढा ले बाघ झापु दी हाल्यो , " ट्याक्सी चढ्या भए गल्ली बाट हिड्थे " भनेर । बुढा - " अनी कुन मुभी हेर्न जना आट्या " काले फेरी बुढा को झापु नपुगेको संकेत गराउन , " रङ्गिला " बुढा - " तिमी हरु  जस्तो लम्फु लाई हेर्न बनाको हो ... ल ल जावो " फेरी च्याङ्ग्रा लाई हेर्दै - " ओह आमिर खान बेलुका घर छिट्टै आउनु " च्याङ्ग्रा मुन्टो बङ्गौदै हस भन्यो । बुढा ले फेरी न्याक्क गर्नु अगाडि लम्क्यौ , च्याङ्ग्रा ले बिस्तारै - "चुरोट तान्या त देखेन हिट्लर ले " भनेर सोध्या के थियो बुढा ले " ओये भाई "भनेर डाक्यो  । - "ल माम्पुली सुन्यो की कया हो ?" भन्दै च्याङ्ग्रा ले हजुर भन्यो । बुढा फेरी हामी भए तिर लम्किये । लौ मर्ने भैयो भनेर आफु साइड लागे , बुढा च्याङ्ग्रा तिर बढेको देख्दा , हरिण को बाछोको अगाडि लम्केको बाघ आउँदा त्यो बाछो ले जे सोच्छ च्याङ्ग्रा नी त्यहि सोच्दै होला भन्दै म कल्पना गर्दै थिए । बुढा ले हात पछाडि लाग्यो च्याङ्ग्रा ले नी आफै लौ भेट्ने भयो भन्दै अली तर्किदै थियो , बुढा ले हात पछाडि को खल्ती बाट १०० को बाघ दिदै , लौ मोज गर भनेर दियो । - "समय समय मा साधु नी बौलाउछन भन्या यही हो" काले ले  मन्द मेरो कान मा भन्यो , च्याङ्ग्रा हामी तिर फर्क्यो , इशारा गर्‍यो - त्यो ईशारा को उल्था , "भाग बैरे भाग" ।   अली पर गए पछि च्याङ्ग्रा ले फेरी घाटी भित्र निल्या जिब्रो निकालेर गर्ज्यो ," लौ निकाल अर्को सुर्य " म - "तेरा बाउ को कार्खाना छ नी , निकाल भने पछि निकाल्ने .... उ तान बरु काले ले ल्याको मोर चुरोट , नामर्द , बुढा को अगाडी केही बोल्न सक्ने होईन " च्याङ्ग्रा - " सुनिनस बुढा को दाइलग , अरु को बाउ ले छोरा त्यो केटो सँग न हिड संगत ले बिग्रेलास भन्छ, आफ्नो बाउ भने अरुको छोरो लाई मेरो छोरा सँग नहिड नत्र बिग्रेलास भन्छ । तर बुढा ले सय चाँही झार्या नै हो , म त चुरोट तान्या कुरा थाहा पायो भन ठानी रहाँ "   काले - " बुढा ले देखेर नी नदेख्या जस्तो गर्‍यो , हामीले तान्या नी नतान्या जस्तो गरिदियौ , सकी हाल्यो त " च्याङ्ग्रा - " ठीक कुरा गरिस, ल यही उपल्क्ष्य मा एउटा सुर्य चुरोट किन त " काले - " तेरो बाउ ले तलाई सुका देको होईन , त्यसैले किन न " च्याङ्ग्रा - " ३ खिल्ली चुरोट को लागि सय साट्ने ??? सयको नोट को बेज्जत नगर न यार, फेरी यो पैसा ले टिकेट किन्नु पर्छ नी तेरो भाउजु को लागि , बरु अहिले हाम्रो सेवा गर, ज्यापु लाई तेरो बाटो बाट हटाउने जिम्मा हाम्रो, कसो बैरे " - " हो हो " अरु के नै भन्न सक्छु र म । हामी हल्लिदै बिशो ज्योति हल पुग्यौ , भोटे र ज्यापु पहिले आइ सकेका रहेछन , तरुनी हरु नी उनी हरु संगै रहेछन । आफु सँग हिडेका दुई जना आगो भएको राप म सम्म आइ पुगी सकेको थियो । केटा हरुको मुख हेर्न लायक को थियो । एक तर्फ भोटे र ज्यापु तरुनी लाई नहाने को गफ पनि हाने भनाउदो मुख थियो भने अर्को तिर हारेको जुवारी जस्तो मुख च्याङ्ग्रा र काले को थियो । सिमा - "कत्ति ढिला आको तिमी हरु अघि देखि कुर्ही रहेको " भोटे - " नआको भए नी खासै केही फरक पर्दैन थियो " त्यसको स्वोर मा बिजय को ढाचा थियो । उता अर्को २ जुध्न तयार थियो । सिमा - " ल ल भित्र जाउ , मुभी छुटिन्छ । खै टिकट " भन्दै भोटे तिर हेर्यो च्याङ्ग्रा को सय जोगिया रहेछ जस्तो लाग्यो मन मनै । च्याङ्ग्रा र काले करायो -" हुदैन बस्दिन यो सिट मा । " अब को का बस्ने बारे छल फल हुन थाल्यो , अत्ती भयो भनेर मैले सब टिकट मागे । सबै लाई आ-आफ्नो टिकट बाडिदिए , सब चुप । आफु हल भित्र पस्नु अगाडि एक जना एक्लै मुभी हेर्न आको मान्छे सँग आफ्नो टिकट साटे । हल भित्र छिरे पछि हाम्रो सिट मा कोही बस्या जस्तो देखेर च्याङ्ग्रा ले - " ओह्ह भाई, यो हाम्रो सिट हो " भन्दै मैले टिकट साट्या ब्यक्ति लाई भन्यो , म - " होईन वहाँ को ठाउ त्यहि हो , ल केटा हो एन्जोए " भनेर म त्यो केटा को सिट जुन अली माथि थियो त्यहाँ गएर बसे । मुभी सुरु भयो । म समय समय मा तिनी हरु बस्या ठाउँ मा हेर्थे , अनी आफै हाँसो उठ्थ्यो । तिनी हरु को बसाइ यस प्रकार को थियो , हाम्रो सिट नम्बर १५ देखि २१ सम्म थियो , १५ नम्बर काले , १६ मिली , १७ ज्यापु , १८ नम्बर मैले टिकट साट्या केटा , १९ नम्बर च्याङ्ग्रा , २० सिमा र २१ भोटे । क्रमश : 

बैरे · Sep 9, 2010 10:03 AM

ramronepal · Sep 9, 2010 10:23 AM

अर्को बोका पुराण भनु या बैरे पुराण - जे भने पनी एउटै त हो - बैरे भन्या बोका आन्ड भाईस भर्सा यो भाग पनि गज्जब भो र - जे होश च्याङ्रा को बाउ ले १०० रुप्पे भने पनि देछ - दिल्दार हिट्लर रैछ

serial · Sep 9, 2010 11:20 AM

मध्यान्न मा सब जना को हुल भएको हुना ले मेरो तिनी हरु सँग भेट चाँही भएन , एक्कै चोटि मुभी सक्के पछि भेट भयो । - "कस्तो लाग्यो त मुभी " मैले सोधे तिनी हरु को मुख मा क्रोध देख्नु पर्ने खासै देखिन , झन तरुनी हरु क्रोधित थिए । " कहीले तिमी हरु सँग मुभी हेर्न आउदिन " लौ बर्बाद पारे बोका हरु ले भनेर म - "किन के भयो र ?" सोधे सिमा - " के हुनु नी, आमिर खान को माया लागेर , आँखा भारी आँशु थियो , आँशु पुछ्न खोज्दा , एक हात एक जना ले अर्को हात अर्को ले समात्या छ , हात हटायो की आफु तिर तानी हाल्ने " - "एक फुल दो माली भए पछि यस्तै हो " उता मिली को हालत नी त्यहि थियो , काले को सेतो दातले सब बयान गरी रहेको थियो ।   म - " अब लाग्ने होईन त ? " सिमा - " केही खाएर जाँउ हुन्न ?" फोकट मा खाना पाउने उनी हरु पनि म पनि किन हुन्न नभन्ने , "हुन्छ " भन्दिए । कालेले घर मा भन्या कुरा झल झली याद आयो । छेउ मा दरबार मार्ग , आज नी मज्जाले खाने भइयो जस्तो लाग्यो , विम्पी को छेउ मा चिसो ड्राफ्ट बियर पाउने ठाउँ थियो , म:म: नी मिठै हुन्थ्यो त्यतै तिर जाने निर्णय गरियो । च्याङ्ग्रा नी आफु नै तिर्छु जस्तो गर्दै चम्कियो । अगाडि २-३ पाइला मात्रै के हिड्या थियौ । ए पर्ख हामी चुरोट लिएर आउछौ भनेर मलाई संगै तान्यो । - " के हो आज खूब लोडेड जस्तो छस नी , आफै तिर्छु जस्तो गरेर तरुनी हरु लाई जाँउ की जाँउ गर्दै छस ? "   च्याङ्ग्रा - " कहाँ हुनु, जातै ले पाको हो गफ हान्न , यहाँ एक बट्टा चुरोट किने , काले ले बाउ ले देको सय को हिस्सब किताब हुने, तरुनी हरु को अगाडि म तिर्छु म तिर्छु भनेर सब ले फुर्ती झार्छन , त र म चुप लाएर बस्ने काम छ, बुझिस होईन " - " तेरो कुरा कहीले नबुझ्या हो र " रेस्टुरान्ट मा गएर बियर , म:म आदि इत्यादी मगाइयो । च्याङ्ग्रा ले चुरोट सल्कायो , एक मुस्लो धुवा सिमा तर्फ फ्याकी , सिमा - " प्लिज , अली सोमत छैन " भोटे - " त्यहि भन्या , inconsiderate हरु " च्याङ्ग्रा - " धुवा भन्या त लभ को चिनो हो , ल भोटे त पनि तान तान " हाम्रो ग्रुप मा सबै भन्दा सोझो भोटे थियो , जाड रक्सी चुरोट केही खादैन थियो । एक चोटि पान पराग खादा , घुमायो भनेर सुत्या थियो त्यो पनि जर्दा होईन साधा, जिन्दगी मा पहिलो र अन्तिम लागु पदार्थ भन्या त्यहि साधा पान पराग खाको हो , तर खासै भन्ने हो भने second hand smoking मा पोख्त थियो भोटे । भोटे - " तान्दिन उता जा " काले - " त अस्पताल मा साट्या हुनु पर्छ भोटे , न चुरोट तान्छस न त तोङ्बा नै "  ज्यापु - " त्यहि भन्या । जिन्दगी को मोज लिनु छ भने एक भक्तपुर बनेपा को स्वाट्ट पार, अनी थाहा हुन्छ " मिली - " बिचरा लाई कत्ति उडाइ रहा तिमी हरु " च्याङ्ग्रा - " ल म त तिमी लाटी भन थन्या बोल्दो रहेछ " हुन त मैले नी त्यहि सोच्या थिए, तर भन्ने मात्रै आट थिएन । सिमा - " मेरो साथी लाई JPT भन्ने होईन है " च्याङ्ग्रा - " JPT तिमी लाई भन्छु आउ उता जाँउ " भोटे को अगाडि के होला र च्याङ्ग्रा को सपना पूरा । आफ्नो भने पेट भरियो, - "ल लागौ लागौ, " च्याङ्ग्रा तिर हेर्दै - " फेरी घर गएर बरु मार बाचे भने तेरो खैर छैन , त्यो नी भन्न पाउदैनस " काले मरी मरी हाँस्यो , भोटे र ज्यापु लाई बुझ्न मन थियो तर च्याङ्ग्रा को बली नचढाउने बिचार काले र मैले गर्यौ ।   ज्यापु मिली तर्फ हेर्दै - " तिमी लाई घर सम्म छोड्न आउँ ?"   ज्यापु ले मौका को फाईदा उथाको देखेर काले निलो भयो,   मिली - " होईन पर्दैन, हाम्रो एक्छिन बिशाल बजार जानु छ, बरु त्यहाँ सम्म सबै संगै जाउँ, हुदैन " भन्दै हामी तर्फ हेरी   तरुनीले नबोलाउदा त जबर जस्ती जाने बोका हरु हामी झन निम्तो आउँदा के छोड्लान र ?   कालेले "हुन्छ" भन्यो , अनी च्याङ्ग्रा तिर हेर्दै - "आज तेरो बाउ ले तेरो बली चढाउने भयो, तर मौका आउछ, पर्खदैन, त जाने भए जा "   च्याङ्ग्रा - " ल पर्खी, म एक फोन दिएर आउछु घरमा" भन्दै उठ्यो , म नी संगै लागे   म - " हेर च्याङ्ग्रा, हुने केही होईन , रात भरी करायो दक्षिणा हरायो भन्या जस्तै हुन्छ, बेकारमा किन सनी देव लाई कुत्कुताउछस ?"   च्याङ्ग्रा - " के थाहा केही भई हाल्यो भने ??? बरु बुढा को धुलाई भेट्छु , भोटे लाई जित्न दिन्न "   - " ल म चाँही लाग्छु नी त ?"   च्याङ्ग्रा - " त यस्तो, समय मा मलाई छाडेर जाने ? मेरो मित्रता को यस्तो बेज्जत् ?" - " धेरै सेन्टि भएर डाइलग् नहान्, खानु खाइयो अब के रमिता हेर्न जाने र, घर् गयो मस्त ले सुत्छु बरु "   च्याङ्ग्रा - " हेर्, घर् जाने भन्या बिक्रम् ट्याम्पु चढेर हो, RNAC बाट् ट्याम्पु भरिएर आको हुन्छ , मैतिदेवि नपुग्न्जेल् कोहि निस्किदैन , बरु RNAC सम्म जाम् , केहि नहोला जस्तो भयो भने घर तिर लागौला "   - "ल ल, तु भी क्या याद रख्गेगा "   हामी फोन नै नघुमाइ केटा हरु भे ठाउँ तिर लाग्यौ । च्याङ्ग्रा को हसिलो मुख देखेर भोटे को अनुहार मा कालो बादल ले आकाश ढाक्या जस्तो देखिन थाल्यो "   अन्तिम म:म: अझै कस्ले खाला भनेर छोडेको थियो प्लेटमा , च्याङ्ग्रा ले उठाएर, अचारमा चोपेर , ल मिल्यो कुरा भन्यो ।   त्यहि बेला वेटर बिल लिएर आइपुग्यो , अब तरुनी हरु को अगाडी को हिरो बन्ने निर्णय हुने वाला थियो । वेटर ले बिल छाडेर गयो ।   सिमा ले बिल आफु तिर तानी , टरुनी लाई नी नाटक गर्न कस्ले सिकाउने, थाहा हुँदा हुँदै किन तान्या होला बिल ? मन मनै सोचे   भोटे - " के गर्या होला ? ल खै यहाँ देउ "   च्याङ्ग्रा मुसु मुसु हाँस्दै - " दे न दे तिर्न, कहीले काही उनिहरु ले तिरे नी हुन्छ "   मिली फसिने भइयो की क्या हो भनेर अली रातो भई भोटे - " नकरा के कुरा गर्या होला, हामी हुँदा हुँदै किन उनिहरु ले तिर्नु पर्‍यो ?" मिली ले बल्ल सास फेर्या हुनु पर्छ, अली कति रगत मुख बाट मुटु मा फिर्ता गएको ले रातो बाट फेरी गहुँ गोरो देखिन थाली । च्याङ्ग्रा - " खै लेउ , बिल यता, म तिर्छु " च्याङ्ग्रा को डाइलगले मै वाल्ल परे, आज केटोको ढाड भाचिने भयो जस्तो लाग्यो , च्याङ्ग्रा तिर हेरे , म तिर हेर्दै च्याङ्ग्रा ले आँखा झिम्कायो । त्यहि बेला भोटेले, " पर्दैन पर्दैन, आज म तिर्छु" भनेर बिल खोस्यो   च्याङ्ग्रा बचेँको हुनाले, - " म अर्को बियर मगाएर तिर्छु भन्या, ल अब तै तिर त्यो अर्को बियर पनि " - भन्दै वेटर लाई हेर्दै - " ल यस मा अर्को एउटा बियर को पैसा नी जोडे हुन्छ , बरु बियर चाँही चाडो ल्याउ है , ढिला भाको छ " । फेरी म तिर हेरेर आँखा झिम्कायो , च्याङ्ग्राको आँखा झिम्काइ ले मलाई - " धन्न फस्या यार" भन्दै थियो । मिली - " किन फेरी अर्को बियर मगाको होला ? कस्तो मान्छे यार तिमी " च्याङ्ग्रा - " घर फोन गर्या, बाउ सँग झुठो बोल्नु पर्‍यो , आत नै सुक्यो क्या , फेरी म जथा ततै पानी पिउदिन नी "   हरियो पर्दा पछाडि म:म: खाएर , निलो जग बाट पानी घुट्काको आफ्नै आँखाले देख्या हो , केटो ले पाको बेला मा खोकी हाल्यो । बियर आइ पुग्यो , मैले ज्यापु र मिली को हेराइ लाई हेरी रहेको थिए, त्यसैले पहिलो बियर ज्यापु को ग्लास मा राख्न खोजे । - "होईन यार आज लाई पुग्यो " One Down , मन मनै सोचे , अब ज्यापु ले मिली को लागि नतान्या बियर काले ले के तान्ला ? कालेले पनि ," हो यार मलाई नी पुग्यो " भन्यो । आफुले खोज्या पुग्यो एक ग्लास आफु लाई अर्को ग्लास च्याङ्ग्रा लाई राखे , अली कति बाँकी थियो , बोतल बाटै सकैदिए, आफु लाई कसैलाई देखाउनु थिएन बालै हो । मिली - "प्लिज चाडो खाउँ है, फेरी ढिला हुन्छ "   च्याङ्ग्रा म तिर हेर्दै - " घ्याम्पे ?" भने सोध्यो कस्को बाउँ को के जाने हो र - " कुरै छैन " क्रमश :

बैरे · Sep 30, 2010 9:43 AM

ढिलै भएपनी यो भाग पनि घच्ची को गयो

serial · Sep 30, 2010 10:06 AM

ramronepal · Sep 30, 2010 2:10 PM

चौथो हामी जस्तै लक्षण चाडो पुग्नको लागि र सडक को किनारा पसल को बोका हरु बाट बाँच्न तरुनी हरु गल्ली लिन थालेका थिए । साँगुरो बाटो दुई तर्फी लागेको मैय्या हरु र हामी जस्तो बोका हरु को भेट हुँदा, १००% फाईदा हाम्रै हुन्थ्यो । " ३ खिल्ली चुरोट को लागि सय साट्ने ??? सयको नोट को बेज्जत नगर न सिमा - " के हुनु नी, आमिर खान को माया लागेर , आँखा भारी आँशु थियो , आँशु पुछ्न खोज्दा , एक हात एक जना ले अर्को हात अर्को ले समात्या छ , हात हटायो की आफु तिर तानी हाल्ने " लोल बैरे लोल!!! 

chipledhunga · Sep 30, 2010 2:31 PM

कस्को बाउँ को के जाने हो र - " कुरै छैन " हामी त्यहाँ बाट निस्केर तरुनी हरु सँगै बिशाल बजार तिर लम्क्यौ, एक फूल दो माली को बिच के नै हुन्थ्यो र ? खासै केही प्रगती नहुने भएको देखेर हामी RNAC बाटै ट्याम्पू चढेर घर तिर लाग्यौ । हप्ता दिन पछी च्याङ्ग्रा ले फोन गर्‍यो । - " ओये केटा के छ शनिबार को प्लान ? " च्याङ्ग्रा ले धर्ती को बोज थप्या दिन थियो शनिबार , - " तेरो ट्रिट हो ? " मैले सोधे । च्याङ्ग्रा - "मेरो बाउ बिश्वो बैंक मा काम गर्छ र तलाई ट्रिट दिन ? उही छदै छन नि हाम्रा अन्न दाता हरु " - " कहाँ भेट्ने हो त ? " च्याङ्ग्रा - " बानेस्वोर बेकरी , मैया हरु नि आउछन भन्या छ , आफु लाई त क्या मोज , पैसा नि खर्च नहुने गिफ्ट पनि पाइने " - " ल हुन्छ शनिबार भेटौँला नि त , बरु कती बजे तिर ? " च्याङ्ग्रा - " के छ र दिउसो देखी नै भेटौँला नि, फोकड मा पाको बेला जती धोक्यो त्यही फाईदा हुन्छ " - "लौ त लौ " ......... शनिबार को दिन नि आयो , नुहाइ धुहाइ गरी १२:०० बजे तिर च्याङ्ग्रा को घर मा गए, त्यस्को घर मा च्याङ्ग्रा दिवस को पूजा हुँदै रहेछ , पूजारी ले मन्त्र पढ्दै रहेछ , च्याङ्ग्रा धोती लाएर जनाई समाउदै बाजे ले भन्या मन्त्र भट्याउदै थियो । म मरी मरी हास्न थाले , मेरो हासो लाई च्याङ्ग्रा को बाउ ले काबु मा ल्यायो ,- " के हो उरन्ठ्यालो , पूजा सुजा गर्नु छैन , बाँदर ले आफ्नो नि घर बनाउदैन अर्का को घर नि बनाउन दिदैन भन्या यही हो ।" मन मनै - "पाप गर्या जती सब पूजा ले धोई दिन्छे " भनुम कि जस्तो लाथ्यो, तर च्याङ्ग्रा दिवस मा बैरे जयन्ती नगरन नै उचित होला भनेर चुप लागे । पूजा सकिए पछी प्रशाद खायौ , फोन को घन्टी बज्यो , च्याङ्ग्रा को आमा ले - " भाई फोन हेर त कस्को हो " भन्नु भयो । म - " हेल्लो " उता बाट - " अंकल च्याङ्ग्रा छ ", काले रहेछ चाट्नु पर्‍यो सोचे म - " बाबु को बोल्या " काले - " हजुर म काले " म - " बाबु कृष्ण जी जस्तो कालो भएर नाम काले भाको कि, मन कालो भएर नाम काले भाको " काले - " हजुर ..... " म - ' बाबु जस्तो कालो मान्छे लाई, मैया हरु ले नि हेर्छ " काले - " कहिले काही " म हासो रोक्न सकिन -  हासे काले ले थाहा पायो , अब बाँकी कुरा के के भन्यो त्यो चाँही नभनुम होला । काले हामीलाई कुरेर गल्लीको पसल मा रहेछ , च्याङ्ग्रा को बाउको डर ले च्याङ्ग्राको मा आउन हिमत नगरया रहेछ । - "लौ हामी ५ मिनट मा निस्किदै छौ, त्यही बस " मैले फोन राखे । मेरो कुरा सुनेर च्याङ्रा को बाउ ले सोधे - " कता हिरो हरु को सवारी ? " म - " आज च्याङ्ग्रा लाई ट्रिट दिन को लागि " छोरा जन्म्या दिन पनि के छोरो लाई गाली गर्ने भनेर होला बुढा ले केही भनेन्न । हामी च्याङ्ग्राको घर बाट निस्की गल्लीबाट एभरेष्ट होटेल को छेउ मा निस्क्यौ , बेकरी तिर लाग्द भोटे को बाउ को गाडी देखियो । च्याङ्ग्रा मुर्मुरियो - " यो ं&%^ं# लाई आजै गाडी मा आउनु पर्या ? आफु हिरो हुने दिन पनि सालेले भिलेन रोल खेल्नै पर्ने " हामी भित्र गयौ, च्याङ्ग्रा आको देखेर भोटे दङ्ग पर्दै, - "आज सब attention आँफै लिन्छु सोच्या थिस होला होइन ? " - " तेरो नाममा यमे ले २-३ किलो इट्टा जम्मा गरी सक्यो भोटे , हासँ हासँ अहिले नै हो हास्ने " वेटर आयो , मेनु लिएर - सबै ले ल आज तेरो choice, तै मगा च्याङ्ग्रा - " २ प्लेट हासँ को छोइला , २ प्लेट कोथे अनी ४ वोटा टुबोर्ग " वेटर ईशारा गर्दै - " म कान नि सुन्दिन, बोल्न नि सक्दिन " च्याङ्ग्रा हाँस्दै - " लौ यो त बैरे को साथी रहेछ "   च्याङ्ग्राले फेरी ईशारा गरेर अर्डर गर्‍यो । केही क्षण मा खाना आयो । च्याङ्ग्राले - " अँ साचै, खै त मैया हरु ? " ज्यापु - " आउँदै छन २-२:३० मा आई पुग्छु भन्या थिए " काले - " ल त्यतिन जेल धोकु , फेरी मैया हरु आए पछी फेरी सोझो पल्टिनु पर्छ " भन्दै बियर स्वाट्ट पर्‍यो । काले लाई साथ दिन च्याङ्ग्राले पनि बियर घुट्काउदै थियो , च्याङ्ग्राको मुख तेजिलो हुँदै गयो , किन रहेछ भनेर फर्केर हेर्दा मैया हरु रहेछन । उनिहरु सारी, गर गहना, मुख मा लोलो पोतो गरेर आएका थिए । उनीहरु लाई देखेर च्याङ्ग्रा ले - " आजै झ्याइकुटी गर्ने बिचार  छ कि क्या हो ? पहिले भन्या भए म नि सुट लाएर आउथे " सिमा - " प्लिज ...  " मिली - " Happy Birthday " भन्दै च्याङ्ग्रा लाई एउटा गिफ्ट दिई च्याङ्ग्रा - " Thank You , तिमी हरु आयौ त्यही नै एउटा गिफ्ट हो नि मेरो लागि " नाम बैरे भए नि जिन्दगी नसुनुला भन्ने कुरा सुनियो , म वाल्ला परेर च्याङ्ग्रा को मुख तिर हेरी रहे । ज्यापु, मिली तर्फ हेर्दाइ - " आज त निकै सजिएर आएको छौ नि " मिली - " अ आज एउटा विबाह मा जानु छ , अहिले एकै छिन मा निस्किनु पर्छ " मिली र सिमा को लागि कालेले कुर्ची तानी दियो । भोटे - " अनी के छ त तिमी हरु को Hot News ?" सिमा - " खासै केही छैन , चली नै रहा छ " च्याङ्ग्रा - " ड्रिन्क गर्ने होइन त ? " सिमा - " होइन , कहाँ दिउसै देखी द्रिन्क गर्ने, फेरी त्यहाँ विबाह मा नि जानु पर्छ " च्याङ्ग्रा - " एक ग्लास गर्दै मा के नै हुन्छ र " फेरी वेटर लाई ईशारा गरेर बोलायो - ईशारा ले २ बियर , अनी २ प्लेट म:म: भन्यो वेटर - " चिकेन कि मटन ?" च्याङ्ग्रा - " ल म त तपाईं ...." वेटर - " होइन सबै deaf हरु छैन " च्याङ्ग्रा - " मुत्तोन नै हुन्छ " वेटर अर्डर लिना गयो , हामी मरी मरी हास्यौ , केटी हरु ले कुरा बुझेनन , च्याङ्ग्रा उल्लु भाको कुरा सुनाउन भोटे ले कहाँ छोड्थ्यो र ? केटी हरु नि हास्न थाले । मैले मिली ले समय समय मा घडी हेरेर सिमा लाई कोट्टाइ रहेको देखेको थिए, सिमा ले पनि पछी पछी भनेर ईशारा गरेको देखेको थिए , उनी हरु लाई ढिला भाको होला थानेर केही बोलिन । उनी हरु फेरी खुसुर फुसुर गर्न थाले, भोटे - " होइन के को खुसुर फुसुर हो तिमी हरु को ? " सिमा - " खासै केही होइन, तिमी हरु लाई एउटा कुरा भन्नु थियो " च्याङ्ग्रा - " के कुरा भन न त " सिमा - " मिली त भन " मिली - " होइन खासै केही होइन , पछी भनुला " ज्यापु - " भन न भन " वेटर अर्डर लिएर आयो । च्याङ्ग्रा ले केटी हरु लाई द्रिन्क हाली दियो । तरुनी हरु अली हतार मा भाको झै गरेर खाए , सिमा - " हामी निस्किनु पर्छ , ढिला हुन्छ , बरु पछी भेटौँला " भनेर निस्किन आट्या थीई च्याङ्ग्रा ले - " ५-१० मिनट नि बस्न मिल्दैन भनेर सोध्यो ? " सिमा - " होइन साचै मिल्दैन " भोटे - " बस न त म गाडी मा छोडि दिउला " ( पाको बेला भोटे ले नि दियो ) सिमा - " Ohh Shit " हामी सब छक्क पर्यौ !!!! मिली को मुखा पनि जिउ को सबै रगत जम्मा भएर बसेको झै देखियो । भोटे - " के भयो ? " हामी बसे ठाउँ मा २ केटा हरु आउँदै गरेका थिए । केटी हरु सँगै आएर , जाने होइन भनेर सोधे । हामी सब चकित थियौ । परिचय अहिले सम्म भएको थिएन । सिमा - " राजीव , बिनय ..... उु भोटे, च्याङ्ग्रा , ज्यापु , काले , बैरे " राजीव र बिनय ले के छ केटा हरु भनेर मुण्टो बटार्यो , हामी ले त्यसरी नै जवाफ दियौ । राजीव ले च्याङ्ग्रा लाई - " ब्रो को आज जन्म दिन रे, ल Happy Birthday है " च्याङ्ग्रा के बोल्ने के नबोल्ने केही थाहा थिएन , त्यो औरेजी मा भनाइ छ नि - " Looks Like the Cat got his Tongue " त्यस्तै भएको थियो । बिनय - " ल जाउ जाउ , घर मा सब ले खोजी रहेका होलान , जन्ती नि आउने टाईम भयो " भनेर मिली लाई आफ्नो हात मा बाध्यो , राजीव ले नि सिमा लाई आफ्नो अङ्गालो मा बाध्यो । उनी हरु बेकरी बाट निस्किए , मेरा चार बोका हरु साइड हिरो झै वाल्ला परेर हेरी रहे । भोटे थचक्क बस्यो - " यस्तो नि हुन्छ , यो केटा हरु अस्ती सम्म थिएन एकै चोटि कता बाट आए ? " सब चुप थियौ । भोटेले बियर लाई सिधै ठाडो घाटी लगायो , हामी सब चकित थियौ , जिन्दगी मा पान पराग नि नखाने ले आज बियर थाडो घाटी पारेको थियो । च्याङ्ग्रा - "तैले यस्तो मन पराउछस भन्ने थाहा पाको भए त म उहिले साइड लाग्थे, जाडँ नै खाने गरी मन पराको थीस ? " च्याङ्ग्रा मुसु मुसु हाँस्दै थियो , च्याङ्ग्रा मात्रै होइन ज्यापु र काले नि हाँस्दै थिए । आखिर हामी सब बोका न थियौ , एउटा गए अर्को आउछ भन्ने हाम्रो सोचाइ थियो तर भोटे लाई चाँही शाहरो चोट परेया जस्तो थियो । भोटे - " ल त्यस्तै हो भने बालै भयो । हिड केटा हो , हामी नि hunting  गर्न जाउ । भोटे कुर्ची बाट जुरुक्क उठ्यो , एक कदम अगाडि के बढ्या थियो, जसरी उठ्या थियो त्यसरी नै पछारियो । ज्यापु हाँस्दै - " आइज भोटे बस , आज होइन भोली देखी गरुला hunting " आज तेरो ब्यथाको बली दिएर तलाई बोका क्लब मा स्वागत गरौं । हामी सब फेरी बियर, चुरोट र मासु खाँदै भोटे को ब्यथा भुलाउन तिर लाग्यौ । च्याङ्ग्रा म तर्फ हेरेर बिस्तारइ -  " आज यस्लाई double ब्यथा हुन्छ, Bill त एस्ले हेर्या नै छैन " समप्त :

बैरे · Oct 26, 2010 3:01 PM

लोल बैरे लोल दामी अत्ती दामी क्या सँग धोका देको त मैया हरु ले

serial · Oct 26, 2010 3:16 PM

च्याङ्ग्रा - " घर फोन गर्या, बाउ सँग झुठो बोल्नु पर्‍यो , आत नै सुक्यो क्या , फेरी म जथा ततै पानी पिउदिन नी " yo dialogue ta maile ni deko the, dherai ni bhako chaina..lol daju lol

sna · Oct 26, 2010 3:39 PM

राम राम राम ! फुट्यो मेरो पेट हाँस्दा हाँस्दा ...... बैरे ज्यु फेरी नि यस्तै कैले लेख्ने ..... दरो हासियो बा .... कस्तो बोलीचाली को भाषा अनि हामी साथी साथी बीच भैरहने सन्दर्भ .... क्या पुराना दिन याद गराइदिनु भो ... वाह !! थाहा छैन

ThahaChaena · Jan 7, 2014 3:32 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all