Paras Shah haru pheri udauna lageko mero desh, Sati le sarapeko desh ma Neta ko Nautanki le Pheri Paras Shah haru janmi rahanchhan, ani Sajha ma paras lai samjhine ra samarthan garne haru aru mera sathi haru badhai chha, Killer Shah ko samarthan ko lagi - Ma Lai Hijada Banaune mero desh ka neta lai pani salam, neta napunsak bhaye pachhi janata pani testai hunu parne He hijada Neta Janalai lai kati Napunsak Banauchhau ani Paras jasta lai Marda. उहिले डिस्को, अहिले मन्दिर By Salokya, on September 2nd, 2010 आज धनगढीको मन्दिरमा पूजा गर्दै पारस। यो देशमा राजावादीहरु जति खुसी अहिले कोही पनि छैनन् होला। संविधान सभाको पहिलो बैठकले राजतन्त्र समाप्त भएको घोषणा गरिसकेपछि आफूलाई असुरक्षित ठानेर सिंगापुर हान्निएका पूर्वयुवराज पारस शाह केही महिनादेखि नेपाल मै छन्। शाहज्यादा हुँदा र युवराज हुँदासमेत कुनै मठमन्दिर धाएको खबर पारसको आउँदैन थियो। आउँथ्यो त डिस्कोमा गोली चलाएको, कसैलाई पिटेको, कसैलाई थर्काएको। अहिले भने उनी मन्दिर मन्दिर उद्घाटन गर्दै, पूजाअर्चना गर्दै हिँडेका छन्। केवल च्यानल र एफएम रेडियोहरुमा समेत अन्तर्वार्ता दिन उनले भ्याएका छन्। तुलनात्मक रुपमा हेर्ने हो भने अहिले जति पारस शाहको कम आलोचना इतिहासमा भएको छैन होला। नत्र शाहज्यादा हुँदा उनी कति अलोकप्रिय थिए! उनलाई युवराज घोषणा गर्न समेत पिता ज्ञानेन्द्रले दशैँको मौका कुर्नुपरेको थियो। उनको अन्तर्वार्ता अहिले यति सस्तो भएको छ कि त्यसको प्रतिक्रियासमेत कुनै दलले दिन आवश्यक ठानेका छैनन्। उनी भने अन्तर्वार्ताहरुमा राजतन्त्र सकिनसकेको, निलम्बित अवस्थामा रहेको मात्र बताइरहेका छन्। जसरी राजतन्त्र हटाइएको थियो, त्यसरी नै राख्न सकिन्छ भन्ने तर्क उनले गरिरहेको देखिएको छ। उनका यस्ता अभिव्यक्तिलाई ‘सामान्य नागरिकको अभिव्यक्ति स्वतन्त्रता’ कै रुपमा हेरिएको छ, कसैले आपत्ति जनाउन आवश्यक पनि ठानेका छैनन्। ‘जनता’ शब्द उनको पनि प्यारो बनेको छ। पारससँग सगरमाथा टिभीले लिएको अन्तर्वार्ताको भिडियो हेर्नुस्- [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati..."> डिस्को धाउने पारस अहिले अचानक कसरी मन्दिर धाउने बनेका त? राजतन्त्र फर्काउन चाहने एक पक्षको नियोजित कदमका रुपमा यसलाई हेरिएको छ। आर्थिक परिवर्तन र विकास आकाशको फल आँखा तरी मर जस्तो भएका कारण नेपाली जनतालाई तत्काल तत्काल परिवर्तन चाहिएको छ। राजतन्त्र भएन भनेर कसैले भन्यो सब लागे भएन भएन भन्दै। अब दलहरुले केही गरेन भन्ने भयो, भएन भएन राजै चाहियो भन्ने तिर लागे जस्तो भाको छ। इन्स्ट्यान्ट कफी, इन्सट्यान्ट चाउचाउ जस्तो तत्काल परिवर्तन चाहिएको छ नेपालीलाई। त्यसैले युगयुगमा हुने परिवर्तन नेपालीलाई तुरुन्ता तुरुन्तै चाहिएको छ। अहिलेको स्थितिले यस्तै देखाउँछ। अस्ति जस्तै लाग्छ, पारस गुण्डा रुखमा झुण्डा भन्ने नारा लागेको आन्दोलनमा। अहिले भने मन्दिर उदघाटन गर्न जाँदा उनको स्वागतमा आएको भीडले किचिएर सुरक्षाकर्मी घाइते भएको खबर आउन थालेको छ। डिस्को धाउने छविका पारस शाहले आज धनगढीको भगवान लक्ष्मीनारायण मन्दिरमा पूजाअर्चना गरेका छन्। मन्दिरमा आयोजित श्रीकृष्णजन्माष्टमी महोत्सव समारोहमा समेत सहभागी भएका छन्। लक्ष्मीनारायण मन्दिर परिसरमा निर्माण गरिने धर्मशाला भवनको पनि शिलान्यास समेत गरेका छन्। राजावादीको र मात्र उच्चारण गरे पनि कालो मोसो दल्ने माओवादीहरुको एक पक्ष अहिले राजा फर्काउने काममा लागेका छन्- सांस्कृतिक राजाका नाममा। सुनिन्छ, अनिश्चितकालीन भनिएको बन्द छ दिनमा फिर्ता लिनुपरेकोले विद्रोहको योजना तुहिएपछि नै राजालगायतका राष्ट्रवादीसँग मिल्ने भित्री योजना माओवादीमा बुन्न थालिएको थियो। माओवादीभित्रै यसमा चर्को विवाद छ। भित्रभित्र अहिले के भइरहेको छ कुन्नि, तर योजना बनेको पुष्टि हुन थालिसकेको छ केही घटनाक्रमले। दोलखामा हिमानीको भ्रमणमा भएको अवरोधको घटनाले यसलाई झन् पुष्टि गरेको छ। दोलखामा हिमानीको भ्रमणमा कुनै पनि अवरोध नगर्न प्रचण्डले निर्देशन दिए पनि अवरोध भएको थियो। स्रोतहरुका अनुसार सांस्कृतिक राजा राख्न चाहने प्रचण्डको योजना नचाहने बाबुराम भट्टराई पक्षका नेताहरुको निर्देशनमा आफ्नो पकड क्षेत्र रहेको दोलखामा कार्यकर्ताहरुले त्यसरी विरोध गरेका थिए। विरोध गर्ने एक स्थानीय कार्यकर्ताको विचार यहाँ क्लिक गरेर पढ्नुस्। अहिले स्थिति यस्तो भइसक्यो कि गणतन्त्रको कुरा गरेर सशस्त्र युद्ध हाँक्ने माओवादी चुप छ, उतिबेला राजासँग हाम्रो घाँटी जोडिएको छ भन्ने काँग्रेसले गणतन्त्रको पक्षमा नारा पोत्नु परिरहेको छ, भाषण गर्नुपरिरहेको छ। हेर्नुस् त यो सुन्धाराको आकाशे पुलको नारा- Last edited: 02-Sep-10 11:21 PM
timer · Sep 2, 2010 11:19 PM · 1,829 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion