यस्तो रहेछ समाज - भाग १ म दुइ बर्स हुँदा मेरो बुबा खोइ कुनी के रोग ले हो खोइ भगवानका पुग्नु भयो रे | मेरो दाई म भन्दा झन्डै १५ बर्षाले जेठो अनी हामि दुइ बीचमा आर्को दुइजना मेरा दिदिहरुनी पनि छन् | बुबालाई पशुपति मा जलआउंदा मपनि रुँदै घाटमा एताबता उता, उता बाट एता हिंडेको थियो रे | आफुलाई भने जति सम्झेनी बुबाको मुख सम्मनि कल्पना गर्न सक्दिन, केहि नसम्झिने रहेछ दुइबर्सिया कुराहरु | ठुलो परिवारमा काका काकी माईलाबा त्यो दाइ यो दाइ अनी सानो भाउजु ठुलो भाउजु भन्दै आफु हुर्केहो चलाई पाएन | आमालाई कालो अक्छेर भैंसी बराबर तरपनि बुबाले छोडेको केहि पैसा दिएर हाम्रो दाइलाई ट्याक्सी र मिनिबस किनिदिनु भयोरे ल गरि ख भनेर, त्यो पनि तिस पैंतीस वर्ष अघिको कुरा | विभिन्न संयोग ले गरेर पढाइमा लड्डू भएनी ब्यापारमा त राम्रै रहेछ | उति बेलाँ बोर्डिंग स्कुलमा पढाउनु पनि ठूलो कुरा रहेछ, दाइले मलाई बोर्डिंग स्कुलमा पढाएँ भनेर सबैलाई धाक दिने गरेको मलाई याद आउंछ. हुनपनि मेरो आगे र कति सम्म पिछे कोइ पनि बोर्डिंग म पढेको छैन | एक किलासको बेलामा दाइले बिहे गरेछ | मैले चाहिं बल्ल बल्ल हावा र पानीको भिन्नता महसुस गर्न थालेको थिएँ. काठमाडौँ को पुरानो बस्ती | चारैतिर पुरानो घरहरु अनी बिचमा चैं चोक हुन्त्यो. अनी चोकको बिचमा स्यानो स्तुपा जस्तो मन्दिर. माटो र इंटाले बनको घरको भीता चैं साह्रै बाक्लो हुने भएकोले झ्याल भएको ठाउमा टुक्रुक्क बसेर बाहिर हेर्न मिल्ने| मेरो दाइले तेही चोकमा बिहेको पार्टी गरेथ्यो| तेत्रो बिहेको बेलामा म फुच्चे लै कसले वास्ता गर्ने, म ची तेही झ्यालमा बसेर तल पार्टीमा आको सबैलाई हेरेर बसेको याद मलाई अहिले सम्म आउंछ| दाइको बिहेको सम्झना मेरो लागि तेती मात्र थियो. अरु त जति सम्झिन खोजेपनि नसकिने | क्रमश: ( मन परे अर्को भाग नपरे यहीं टुंग्याउने बिचार...)
nilshre · Sep 1, 2010 4:13 PM · 25,354 views
sounds interesting..please continue.
lovenepalalways · Sep 1, 2010 4:38 PM
Please continue.....
plzhelp · Sep 1, 2010 5:08 PM
अर्को भाग नि हुइक्याउ ल ल
serial · Sep 1, 2010 5:15 PM
Please please keep continue ......................
mayamero · Sep 1, 2010 5:17 PM
expecting more
_____ · Sep 1, 2010 5:29 PM
यस्तो रहेछ समाज - भाग २ “आयो भने आयो भन है” भन्दै दाइ पांच तल्ले घरको जस्ताको छानामाथि चढेछ टीभीको भर्यांग जस्तो ठुलो आंटेना घुमाउन, म ची दोस्रो तलामा बसेर टीभीमा झ्यार्र्र आयो भने “आएन” भनेर घाँटीको नसा थर्किने गरि कराउँथे अनि अलिकति आको जस्तो भयो भने “भयो” भनेर चिच्याउथे | तेस्तै परिस्थितिमा पनि स्वाद लीई लीई टिवी हेर्ने गरेकोत तपाइहरु सबैलाई यादै होला अझ तेस्माथि घर चि आकाश छुने तर एक तल्लामा एउटा कोठा पनि मुस्किलले हुन्थ्यो र राम्ररी हात खुट्टा तन्काउने ठाउपनि हुँदैन थियो, अनि छुट्टै बैठक कोठात कहाँ हुन्थ्यो र | सबै भन्दा राम्ररी सजिएको सोफासेट सहितको कोठो दाइ-भाउजुको सुत्ने कोठानै थियो.अनि टिभी पनि तेही ल्याएर ठडाइदियो | अरुबेला भाउजुले निन्द्रा लागे जस्तो गरी ”हाई हाई" नगरेसम्म टिभी हेरीन्थियो तर “वोर्ल्ड कप फूटबल” राति हुने हुँदा बर्बाद | वोर्ल्ड कप त दाइलेनी हेर्थ्यो अनि बोलाए पछि आँखा मीची मीची गएर हेर्न बसिन्थ्यो तर खेलको भावनात्मक स्वोफुरत प्रतिक्रिया र बिश्लेशनहरु चाही आफु भित्रै राख्नु बाहेक दाइ संग आदान प्रदान गर्ने बातावरण थिएन| आफुले देखेको अनि हुर्केको समाज तेही थियो अनि समयको सापेक्छेतामा तेस्मा कुनै परिवर्तन भएको महसुस भएन | दाइ छैनकी भनेर एक दिन टिभी हेरम भनेर फुत्त दाइको कोठामा छिरेको थिएँ दाइ चि अरु काका दाइहरुसंग कुरामा बेस्त | “तिमि त यसपाली एसएलसी दिने होइन” एउटा काका दाइले सोधी हाल्यो म कोठामा छिरेको देखेर | “हो" भनेर म अलि पर एउटा कुनामा लम्केर थचक्क बस्न गएँ | बस्न पाछैन दाइले बोलिहाल्यो ”अब बोर्डिंगमा पढे पछि बोर्डमा त ल्यौन्नै पर्यो नि | पास मात्रत जुन स्कुलमा पधेनी हुन्छ, किन पढनु पर्यो बोर्डिंगमा” बोर्डको परिभासा बुझेर होकि नबुझेर हो कसैले केहि नभनि हाँस्य जस्तो गरी अरुनै कुराहरु तिर लागे| म चि त्यो गुम्सिएको कोठाबाट बिस्तारै अन्कनाउन्दै निस्केर बाहिर चोकतिर बस्न गएँ| चिसो हावाले अलिकति दिमाग हल्का भाजस्तो भयो | एकै छिन एता उता टाउको घुमाई हेरें चोकमा कोहि थिएन | आँखा घुम्दै दाइको कोठा भएको झ्यालतिर पुग्यो अनि एक्कैचोटी फेरी त्यो बोर्डमा ल्याउनुपर्ने सुक्छ्म समाजिक दबाबलाई सम्झेर जिउ सिरिङ्ग भयो | बिस्तारै घिस्रंदै तेही चोकमै बस्ने साथि झ्याब्लेको धोका धक धक गर्न पुगें | क्रमश: ( कमेन्ट गरिदिनु भाको सबै साथीहरुलाई धेरै धेरै धन्यबाद | अझै लेखने हौंसला जाग्यो | ) Last edited: 02-Sep-10 02:41 PM
nilshre · Sep 2, 2010 2:37 PM
Nilshre जी ले मेरै कथा लेख्नु भे जस्तो लाग्यो। उही चोक, उही सानो एक नाले अग्लो घर । उही भर्याङगे एन्टिना, उही फूटबल , उही एस् एल सी, उही बोर्ड को कुरा ।।।।। फरक यती छ कि यो राहुले बोर्डिङमा पढिएन। कथा उही, पात्र फरक, ब्यथा उही समय फरक । परिबेश् उही पात्र फरक। भाषिक शुद्धता मा अली ध्यान दिए, हिज्जे टंकनमा अली ध्यान दिए सुन माथि सुगन्ध हुन्थ्यो ( कसै कसैले गाली गर्ने छन, पंडित भइस् भनेर )। लेख्दै जाम , अझ निखार्दै जाम । Last edited: 02-Sep-10 03:20 PM
rahulvai · Sep 2, 2010 3:20 PM
राम्रो छ, अझ जाओस। राहुल दाईले कमेन्ट गर्नु अघी नै कता कता राहुल दाई कै कथा जस्तो लाग्न थाल्या थ्यो। आँफै भन्नु भो दाई ले । अर्को भाग को प्रतिक्षामा
mysteryman2055 · Sep 2, 2010 10:28 PM
Rahulvai पंडित भईस? Nishre, do continue. This is not a literary work, a mere narration of experience. भाषिक अशुद्दताले कथालाइ अरु रमाइलो बनाएको छ.
Kiddo · Sep 3, 2010 11:20 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion