ज्योतिषीको भविष्यवाणी को बन्छ त नयाँ प्रधानमन्त्री ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

राष्ट्रिय ज्योतिष विज्ञान सेवा समिति नेपालका अध्यक्ष ज्योतिष तिलकराज पौडेलले आगामी कात्तिकसम्म मुलुकमा नयाँ प्रधानमन्त्री चयन हुन नसक्ने भविष्यवाणी गर्नुभएको छ। बृहस्पती गृहधर्म तथा ब्राह्मणकारक भएको र राजनीतिमा बाहुनजातिको बाहुल्यता रहेकाले प्रधानमन्त्री निर्वाचन चुनिन नसकेको उहाँको भनाइ थियो। काठमाडौंमा आज राष्ट्रिय ज्योतिष विज्ञान सेवा समिति नेपालको बीसौं वार्षिक कार्यक्रममा अध्यक्ष पौडेलले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल तत्काल  प्रधानमन्त्री बन्ने योग नभएको पनि बताउनु भयो।अध्यक्ष पौडेलले प्रधानमन्त्री माधवकुमार नेपालको ग्रह राम्रो भएकोले राजीनामा दिएपनि भदौ महिनाभर प्रधानमन्त्री रहिरहनु हुने बताउनु भयो।उहाँले एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईलाई अवसर दिए प्रधानमन्त्री हुने योग रहेको दावी गर्नुभयो।साथै उहाँले राजनीतिक निकासका लागि नेपालका राजनीतिक दलहरुले ज्योतिषीय सल्लाह अनुसार अगाडि बढ्नु आवश्यक रहेको सल्लाह दिनुभयो। राजनीतिक निकासका लागि धार्मिक अनुष्ठान शान्ति एकता प्रेम जागृत गर्ने खालका कार्यहरु गर्नुपर्ने पनि उहाँले बताउनुभयो। more

evilinside · Aug 26, 2010 11:02 PM · 4,510 views

3 Replies

Please, read this line:उहाँले एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईलाई अवसर दिए प्रधानमन्त्री हुने योग रहेको दावी गर्नुभयो।    This what the fortune teller uses most of the time. 

Bhojpure01 · Aug 27, 2010 12:13 PM

" साथै उहाँले राजनीतिक निकासका लागि नेपालका राजनीतिक दलहरुले ज्योतिषीय सल्लाह अनुसार अगाडि बढ्नु आवश्यक रहेको सल्लाह दिनुभयो। " -- हाहा।। यस्तै भनेको हो कि पत्रकार ले एस्तो लेखेको हो !!

khairey · Aug 27, 2010 12:35 PM

Khaire, Maile ta link copy paste gare ko ho..........web site ma video pni raicha yar. Avenus TV ko.............. click more to watch video. Khai ke Khai ke.

evilinside · Aug 27, 2010 1:15 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all