जनता ले गरेको भ्रस्टाचार

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सधैं नेता लाई मात्रै कती गाली गर्ने, ले हेर्नुस् भ्रस्टाचार गर्न हामी नेपाली जनता पनि काम छैनौ जनसङ्ख्याभन्दा विद्यार्थी ३६ हजार बढी भर्ना हुने विद्यार्थीको नामै छैन- दैलेख, भदौ ९- जिल्ला शिक्षा कार्यालय दैलेखले गरेको कार्यमूलक अनुसन्धानले जिल्लाभरका प्राथमिक तहमा अध्ययन् गर्ने विद्यार्थीको सङ्ख्या गाविसको जनसङ्ख्या  भन्दा ३६ हजार बढी रहेको देखाएको छ। दरबन्दी र अन्य बजेट पाउने आशमा विद्यालयले नक्कली नाम पेश गरेक कारण यस्तो देखिएको हो।   विद्यार्थी सङ्ख्या बढाएर अनुदान र शिक्षक कोटा भित्राउन विद्यालयहरुले नक्कली विद्यार्थी भर्ना गरेकै कारण नयाँ भर्ना भएका बालबालिकाको सङ्ख्या गाविसले तयार गरेको भिलिज प्रोफाइलभन्दा बढी देखिएको जिल्ला शिक्षा कार्यालय दैलेखले जनाएको छ।जिल्लाभरका बालविकास केन्द्रको सङ्ख्या हेर्दा १७ हजार ४ सय ८ देखिएको छ। त्यसमा भर्ना भएका विद्यार्थी ४ हजार ७ सय १३ छन्। त्यस्तै प्राथमिक तहमा कुल जनसङ्ख्याको ४० हजार ८ सय ९७ विद्यार्थीमध्ये भर्ना भएकाको तथ्याङ्क ७६ हजार ८ सय ३९ जना देखिएको छ भने ३५ हजार ९ सय ४२ जना विद्यार्थी बढी भएको देखिन्छ। जिल्ला शिक्षाको अध्ययन प्रतिवेदनअनुसार नारायण नगरपालिकाभित्र मात्रै  १ हजार २ सय, चामुण्डा गाविसमा २ हजार २ सय, दुल्लुमा ८ सय, लालीकाँडा १ हजार १ सय, कुशापानी गाविसमा २ हजार ४ सयलगायत् दैलेखका ५५ वटै गाविसका विद्यालयमा विद्यार्थी भर्ना जनसङ्ख्या भन्दा बढी भई ३६ हजार भएको देखिन्छ। कतिपय विद्यालयमा उमेर नपुगेर भर्ना गरिएको देखिन्छ भने कतिपय विद्यालयमा विद्यार्थीको नाम नै उल्लेख नगरी विद्यार्थी भर्ना फाराम राखिएको छ।विद्यार्थी भर्ना गर्दा जन्म दर्ता र फोटोलाई जिल्ला शिक्षा कार्यालयले अनिवार्य गरे पनि कतिपय ठाउँमा जन्मदर्ता नै नराखी, फरक फरक नाममा एउटै विद्यार्थी भर्ना गरिएको छ भने कतिपय ठाउँमा फोटो पनि नराखी भर्ना गरिएकै कारण जनसङ्ख्या भन्दा विद्यार्थीको सङ्ख्या ३५ हजार बढी भएको जिल्ला शिक्षा अधिकारी नन्दलाल पौड्यालले जानकारी दिए। एउटा वास्तविक जन्म दर्ता मेटाई फोटोकपी गरी गाविस सचिव कार्यरत् नभएको समयमा किर्ते हस्ताक्षर गरी भर्ना विवरण पेश गरेको पौडेलले जानकारी दिए। उमेर नपुग्दै भर्ना गर्ने स्कुलमा पशुपति प्रा.वि. पिपलकोट, महालक्ष्मी प्रा.वि.लालीकाँडा, नेरा प्रा.वि. बगौरा पिलाडी, नवदुर्गा प्रा.वि.जोरेबाझ पिलाडीलगायत् जिल्लाका अधिकांश विद्यालयमा बदमासी भएको देखिएको छ। जिल्ला शिक्षा अधिकारी पौड्यालले प्रा.वि. तहमा ३५ हजारमध्ये २० हजार नक्कली विद्यार्थी प्रमाणित भएको दाबी गरेका छन्। शिक्षा कार्यालयले विद्यार्थी सङ्ख्याका आधारमा भवन निर्माण, राहत कोटालगायतका अनुदान दिने भएकाले विद्यार्थी सङ्ख्या बढाउने गरेको उनले बताए। यसको मुख्य दोषी व्यवस्थापन समिति, प्रधानाध्यापक र गाविस कर्मचारी हुन्। शिक्षकको आशले नयाँ विद्यालय खोल्ने बहानामा स्थानीय स्तरका सचेत नागरिक र राजनीतिक दल, सबैले बालअधिकारसमेत हनन् गरेको भन्दै पौड्यालले जिल्लामा सञ्चालित यस वर्षको पुरक एसएलसी परीक्षामा समेत २० भन्दा बढी राजनीतिक क्षेत्रमा होमिएका व्यक्तिले बालबालिकालाई सट्टामा राखी परीक्षा दिन लगाएको गुनासो पोखे। - भक्तबहादुर शाही http://www.nagariknews.com.np/ Last edited: 25-Aug-10 11:14 AM Last edited: 25-Aug-10 11:16 AM

_____ · Aug 25, 2010 8:57 AM · 5,432 views

1 Reply

corruption is our culture...knowingly unknowingly every one of us is involved in various flavor of corruption. This is one of the flavor I guess... Last edited: 25-Aug-10 11:06 AM

awayfromhome · Aug 25, 2010 11:06 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all