कपालमा के छ हजुर ? तपाईंलाई त गाह्रो हुन्छ होला है ?' ठाउँ कुठाउँ मान्छेले प्रश्न गरिदिन्छन् ? 'बिहान उठेपछि मुख कहाँसम्म धुनुहुन्छ ?' म निरीह प्राणी । टाउकोमा हात घुमाउँछु र हाँस्छु । कपाल र्झन थालेपछि मैले लामो समय क्याप टोपी लगाएँ । कुनै बेला यस्तो थियो, काठमाडौंमा फिल्म देखाउने वा साहित्यका कुनै कार्यक्रममा जाँदा मान्छेले मलाई होइन, मेरो छत्रे टोपीलाई चिन्थे । एकपटक त पछाडि बाँकी भएको कपाल लामो पालेर टोपी पनि लगाएँ । मलाई लाग्थ्यो, यसो गरेपछि त कसले भन्छ, यसको कपाल छैन ! त्यो उपायले लामो समय काम गरेन । नयाँ मान्छेका बीचमा कतै तालु वा कपालको चर्चा चल्यो कि साथीहरूले भनिहाल्थे, 'टोपी झिक्यो भने त सरको... ।' अलि जोडले हावा चल्यो भने पनि डराउनुपर्ने । गर्मीमा खलखल पसिना आउँदा पनि टोपी झिक्न नपाइने । टोपीले मलाई दिक्क लगाउन थाल्यो । संसार आधामात्र देखेजस्तो, आधा त टोपीले छेक्थ्यो । यस्तै आजित भइरहेका बेला एक साँझ पुरानो बानेश्वरमा विकास आचार्य र विजयराज सिग्देल दाइहरूले उक्साएपछि मैले टोपी छोड्ने संकल्प गरें । र, तुरुन्तै सैलुन गएर कपाल मुड्याएँ । म खुलेआम 'तालु खुलइे' भएँ । एक दिन एउटा साथीले च्याटमा प्रेमपूर्वक प्रश्न गरे, 'एयरपोर्टमा घाँस उमि्रयो ?' आजभोलि यस्ता प्रश्नले मलाई विचलित बनाउन छाडिसके । 'उमि्रयो' त्यो दिन मलाई अचानक उत्तर फुर्यो, 'खान आउने हो ?' साथीको हाँसो त सुन्न पाइएन तर उनको च्याटबक्समा आयो, 'हे हे हे...।' सबै जोकको नियत असल नै हुन्छ भन्ने छैन । कसैकसैले जोक गर्ने नाममा हेप्न खोज्दाचाहिँ रौं नभएको कन्सिरी तातेर आउँछ । पछिल्ला केही वर्षमा मलाई धेरैले भने, 'ओ हो, तपाईंको त एयरपोर्ट नै भएछ नि हेलिकप्टर त सजिलै ल्यान्ड हुनेरै'छ ।' यस्तोमा अघिल्तिरको मान्छेको नियत विचार गर्छु । धेरैजसोलाई जोक नै गरेझैं गरी भन्छु, 'ल त्यसो भए हेलिप्याड पाइहाल्नुभयो, हेलिकप्टर किन्नुस् म सित्तैमा ल्यान्ड गर्न दिन्छु । हेलिकप्टर किन्न सकिँदैन भने के खान हेलिप्याड खोज्दै हिँडेको ?' िि २ि०५४/५५ तिर दमौलीमा आईए पढ्दा मेरो कपाल बाक्लो थियो । दाह्री-जुँगा भmयाम्मिन थालेका बेला जिङ्गि्रङ कपालले मलाई बिरूप बनाइरहेको भन्ने लाग्थ्यो । त्यो बेलै त्यस्तै थियो, उमेर नै त्यस्तो थियो । क्याम्पसमा सँगै पढ्ने एउटीतिर नजर कर्के पर्न थालेका थिए । हुन त यो पछि लाग्ने 'साना उद्योग' धेरै समय टिकेन । तर, यसले एउटा कथा भने बनाएर गयो । डुम्रे भन्सारका भानिज दाइ शंकर रुम पार्टनर थिए । मुखमा टुथब्रस र हातमा ग्यालिन बोकेर जाडोका हरेक बिहान सार्वजनिक धारामा जाने रुटिन थियो । बुबाले छोडेको घ्याङ्ले कोट पि्रय लुगा थियो । अनि, आपmनै एउटा मौलिक गीत थियो, 'आउ न माया कोटको खोल्तीमा ।' हरेकपटक बजार गएर फर्केपछि शंकर दाइले प्रश्न गर्थे, 'भेटियो त ?' यो प्रश्नोत्तर दिनदिनै चल्न थालेपछि एक दिन अचानक आइडिया फुर्यो, संकेतमा जवाफ दिने । कोठाबाट निस्किँदा दायाँतिर लर्काएर कोरेको कपाल फर्किंदा बायाँ ढल्किएको थियो । दाइले यो परिवर्तन थाहा पाएपछि सोधे, 'के भयो ?' मैले संक्षिप्त जवाफ दिएँ, 'भेटियो ।' अर्को दिन बजारबाट फर्किंदा कपाल दायाँतिरै लर्किएको थियो । दाइले सोधे । मैले भनें, 'भेटिएन ।' यसपछि भने सोधिरहनु र भनिरहनु नपर्ने भयो । दाइको र मेरो सांकेतिक भाषा बन्यो । जाँदा जस्तो थियो, आउँदा पनि कपाल त्यस्तै फर्किएको छ भने 'भेटिएन', अर्कोतिर फर्किएको छ भने, 'भेट भयो ।' थोरै समय चलेर यो प्रक्रियाले एउटा अस्वाभाविक मृत्युवरण गर्यो । अनेक कारणले प्रेमको त्यो मेरो 'कुटिर उद्योग' बन्द भयो । िि २ि०५६ तिर बीए पढ्न काठमाडौं आएर एक वर्षसम्म म मामाघरमा बसें । यो त्यही बेला थियो, जतिबेला टाउकोमा पहिरो जान थालेको थियो । वषर्ाको पहिरोले रूख लगेझैं काठमाडौंको पानीले मेरो कपाल लगिरहेको थियो । र, कपालको कमी छेक्न म छड्के सिउँदो छाडेर बीचबाट कपाल कोर्न थालेको थिएँ । एक दिन बिहानै दिदी आत्तिँदै बैठक कोठामा आउनुभयो । र, भन्नुभयो, 'कोठामा कतिखेर कुकुर पसेर ओछ्यानमा लडिबुडी खेलेछ ।' कोठामा पुगेपछि थाहा भयो, त्यो म सुतेको ओछ्यान थियो । र, सिरक-डसनाभरि छरिएका रौं मेरा कपाल थिए । बेलायतमा गरिएको एउटा अध्ययनले भन्छ, 'आधा कपाल झरिसकेपछि मात्र मान्छेलाई आपmनो कपाल झर्दै छ भन्ने थाहा हुन्छ ।' मलाई कति झरेपछि थाहा भयो, याद छैन । तर, यहाँ कपाल झरेको थाहा पाउने एउटा निकै सजिलो उपाय छ । मान्छेले तपाईंको उमेर पाँच वा दस वर्ष बढाएर भन्न थाले भने ठान्नुस्, तपाईको टाउको उजाडिँदै छ । साथीहरू सोधिदिन्छन्, 'हजामले त आधा पैसामात्र लिन्छ होला' । कहिलेकाहीँ जिस्किएरै म यस्ता साथीलाई डार्बिनको विकासवादी सिद्धान्त बताइदिन्छु । यो सिद्धान्तले भन्छ, 'मानव विकासक्रममा मान्छेका अनावश्यक अंगहरू बिस्तारै लोप हुँदै जान्छन्, जसरी पुच्छर लोप भएको थियो ।' कुनै कपाल नभएकाले सुनाएको व्याख्या मैले सापट लिएको हुँ, यो मेरो मौलिक सिर्जना होइन । यो हल्का कुतर्कमा प्रश्न पनि जोडिएको हुन्छ, 'सोच्नुस् त सुरुसुरुमा पुच्छर झरेका मान्छेलाई पनि कति उडाइएको थियो होला ?' पत्रपत्रिका र सडक किनारमा आजभोलि कपाल रोप्ने विज्ञापन पढ्न देख्न पाइन्छ । कपाल नहुँदा बिरूप मान्छे कपाल रोपेपछि 'हिरो' भएको दाबी तिनमा गरिन्छ । मलाई लाग्दैन, लरक्क परेको कपाल भएकै कारण प्रचण्ड नेता भएका हुन् । वा कपाल नभएकै कारण गिरिजाप्रसाद कोइराला पटकपटक प्रधानमन्त्री भएका थिए भन्ने पनि मलाई लाग्दैन । यतिसम्म कि लामो कपाललाई प्रसिद्ध बनाउने राजेश हमालले समेत आमाको निधनमा खौरिएको मुडुलो टाउकोमै फिल्म खेले । आखिर अभिनय त राजेशले गर्ने हो, उनको कपालले होइन । हलिउडका बु्रस विलिस र बलिउडका आमिर खान, खासगरी 'गजनी'लाई पनि यसमा गणना गर्न सकिन्छ । भारतीय फिल्म अभिनेता अनुपम खेरको एउटा किस्सा कतै सुनेको छु । बलिउडमा हिरो बन्ने उद्देश्यले बम्बै आएका खेरको कपाल लपक्कै झरिसकेका थिए । बिनाकपाल हिरो हुन बलिउडमा सम्भव थिएन । उनले अनेकौं उपाय गरे । एउटा टेलिभिजन अन्तर्वार्तामा उनले भनेका थिए, 'ऊँटको पिसाब लगायो भने कपाल आउँछ भनेर, म हात थाप्दै ऊँटको पछि पनि दौडिएँ ।' यो सबै उपाय गर्दा पनि अनुपमको कपाल आएन । 'खल्वाट' भएकै कारण अनुपमले थुप्रै फिल्ममा आफूभन्दा तीन वर्ष जेठा ऋषि कपुरका पिताको भूमिकामा अभिनय गरेका छन् । २९ वर्षको उमेरमा दोस्रो फिल्म 'सारांश' खेल्दा उनले ६५ वर्षको वृद्धको भूमिकामा अभिनय गरेका थिए । र, यो फिल्मले उनलाई उत्कृष्ट अभिनेताको फिल्मफेयर पुरस्कार दिलायो । यहाँ पनि राजेशकै कुरा लागु हुन्छ, अभिनय त कपालले गर्ने होइन ! दक्षिण भारतमा एउटा प्रसिद्ध मन्दिर छ, तिरुपति । यहाँ पैसासँगै सबभन्दा धेरै चढाइने 'प्रसाद' कपाल हो । संसारको सबभन्दा धनी मानिने यो मन्दिरमा हरेक दिन एक टनभन्दा बढी कपाल चढाइन्छ । वर्षमा केहीपटक मन्दिर व्यवस्थापनले यो कपाल युरोपतिरका कस्मेटिक सामान उत्पादन गर्ने कम्पनीलाई बेच्छ । हरेकपटक बेच्दा मन्दिरले ६ मिलियन डलरभन्दा बढी आम्दानी गर्छ । पछि तिनै कपाल हजारौंका विग -नक्कली कपाल) बनेर बजारमा जान्छन् । यस्ता 'टाउकाका शोभा' नेपाल पनि आइपुग्छन् होला । िि हिरेकपटक मलाई भेट्दा मेरी हजुरआमा मेरो तालु हेर्नुहुन्छ । नजिकै आएर सुम्सुम्याउनुहुन्छ र सोध्नुहुन्छ, 'आएन है ?' म केही बोल्दिनँ । त्यसपछि भन्नुहुन्छ, 'निधार ठूलो हुने मान्छे भाग्यमानी हुन्छ ।' म यसै पनि भाग्यमा विश्वास गर्दिनँ । त्यसमाथि निकै ठूलो निधार भएका मान्छेले सकीनसकी नाम्लो लगाएर भारी बोकेको मैले देखेको छु । तिनको निधार नाम्लोले ठूलो बनाएको हो भन्ने पनि मलाई थाहा छ । तर, म हजुरआमाको सान्त्वना वचनको कहिल्यै प्रतिवाद गर्दिनँ । र, कपाल नहुनु तपाईंले ठानेजस्तो पीर मान्नुपर्ने विषय होइन भनेर पनि भन्दिनँ । मोडलिङजस्ता केही खास किसिमका कामबाहेक अरू थुप्रै काममा कपालको काम छैन । मोडलिङ पनि स्पाम्युको विज्ञापनको हो भने त त्यसमा पनि कपाल नभएकै मान्छे प्रयोग गर्ने गरिएको पाइन्छ । कपाल नहुँदा सुहाउने वा नसुहाउने चाहिँ मान्छेको हेराइ र बुझाइमा भर पर्ने कुरा भयो । 'ब्ल्याक एन्ड ह्वाइट' फोटोजसरी राजनीतिको रंग उडिरहेका बेला कपालको के कुरा ? सहरमा कपाल रोप्नेको संख्या जति बढिरहेको छ, कपाल मुड्याएर हिँड्ने पनि बढेकै छन् । बाहिरी संसारमा पनि कपाल मुड्याउनेको संख्या बढिरहेको छ भन्ने गएको विश्वकपमा देखिएका खेलाडीको टाउको हेर्दा थाहा हुन्छ । मेडिम मेडिकल लाइब्रेरीको वेवसाइटका अनुसार अमेरिकाका ४० मिलियन पुरुषको कपाल झरेको छ । र, २५ प्रतिशत मान्छेहरूको कपाल ३० वर्ष नपुग्दै झरेको छ । वंशानुगत 'ठूलो निधार' भएका मात्र होइन, आउने वर्षहरूमा दूषित वातावरण र खराब पानीले थुप्रै टाउका उजाड बनाउनेछ । घरै भएन भने छानाको के चिन्ता ? त्यसैले त सहरको हिट थेगोले भन्छ, 'बालै भएन !
lapid · Aug 21, 2010 11:54 AM · 13,634 views
la gajab chha , I enjoyed it and thank you very much for posting
_____ · Aug 21, 2010 12:03 PM
Thanks for this interesting reading. Just wondering who the writer is !
maalpaani · Aug 21, 2010 12:38 PM
Kapalma jumra ra chaaya chha
furke · Aug 21, 2010 2:11 PM
enjoyed reading it..thanks for posting!
pinkey · Aug 21, 2010 2:39 PM
Maalpani bro i dont know either, who the writer is.....one of my fren posted in our blog n i did the same here. furke bro.....go to hairdresser n b chinde. kapal nai nabhayepachi jumra kaha bascha or hav a regular shower dude
lapid · Aug 21, 2010 3:00 PM
nice writing !!
bhakte dai · Aug 21, 2010 4:47 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion