बुद्ध तिम्रो सन्देश अव मलाई चाहिन्न

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बुद्ध तिम्रो सन्देश अव मलाई चाहिन्न । गौतम बुध्द तिमि थाकि सक्यौ सन्देशको अव अर्थ छैन अनि हामि नेपालीलाई न त आवस्यक्तानै छ. अव अरु बिदेशीहरुलाई कति ठग्ने झुट्टो आडम्बरि खोल ओडेर, म मेरो आत्मा र बिश्र्वासलाई तिमि जस्तै पिडित भगवान पशुपतिनाथका साथ साक्षी राख्दै लेख्दैछु आज  तिमिलाई यो पत्र। फेरि हेरन्  न त तिमिले बुध्दि भरिदिन सक्छौ न त कुहिएका आलुहरुलाई वा उत्तम आलू फलाउछु भनेर सपनाका खेती गर्ने त्यि करोडौ नेपालि जनतालाई बचाउन सक्छौ, आलुका उपचार गर्ने सरकारी कर्मचारी, बुध्दिजिवी, पत्रकार वा बिद्धान त आफैमा कुहि सके, साथमा अनुसासनका पाठ सिकाउने धर्म, मठ मन्दिरहरु त आफैंमा तहसनहस भैसके वा त्यसमा रहेका मुर्तिहरु हरु पनि उपहार स्वरुप छिमेकि देशमा पुगिसके, खै कतै त्यो मिराकल हुन्छ कि बचाँउनका खातिर । बुद्ध, थाहा छ तिमिलाई त्यि हाम्रा खाने पानिका मुहान अहिले रक्षान गन्हाउछन् अनि, खेत बारि र आलिहरु आफै आफैमा लडछन र परिचय अब नेपाली होइन बामपन्थि वा दक्षिण पन्थिमा सिमित भएको छ। पढेको छु, आलुको उपचार करोडौ नेपालिहरुबाट नभएर छिमेकि देशहरुमा बिज्ञको खोजि हुदैछरे, अनि आँखाले नै देखेको यि कुहिएका आलु वा आलुका उपचार गर्ने बिज्ञका पहरि गुथेका भ्रष्टहरुले जन्माएका जोड घटाउको थेउरी र त्यो भन्दा पनि दुर्भाग्य त्यि आफ्ना साँधहरु माथि कव्जा जमाउने उनै उडुस र उपियाँका साथमा साथ मिलाएर तालि बजाउन लाज नमान्ने स्यालहरुको ताति  र नेपाली रगतले लिपिएको सिंहदरवारमा बसेका केहि व्याँसाहरु. जो हरेक क्षेण तिम्रो खिल्लि उडाइरहेका छन् अनि भन सन्देशको के अर्थ, तिमिनै भन तिमिले बनाएको पहिचान को के महत्व यि बिदेशि सामन्तिहरुलाई।   तिम्रै आगाडि १७ हजार दाजु, दिदी र भाइ बहिनीले बलिदान दिए तिमि जन्मेको देशका खातिर तर कसले सुन्यो र बुझ्यो, उहाँहरुको बलिदानलाई। देशले रगत मागे मलाई बलि चढाउनु भन्नेहरु कि त बसाँई सरिसके माहामारि बाट बाँच्न कि त बकुल्लाको बिचमा हराएको हाँस भैसके त्यति नि नभए कुहिएको आलुको भीडमा त्यो भन्दा बढी कुहिसके, न उहाँहरुले केहि गरेर देखाउन नै सक्नु भयो न मौकानै पाउनु भयो।प्रभुको इसारामा नाँच्ने नर्तकहरुको भिडमा देश राम्रो सँग चलाउनु पर्छ भन्ने नरहरि आचार्य, प्रदिप गिरि र बाबुराम भट्टराई जस्ता मानिसहरु दुर्गन्धित मानिसहरुको जमात बने कि कवाडिको भाउमा पनि बिकेनन संसदमा र सुनेको छु उहाँहरुलाई पाखा लगाउन श्री ३ र उनिहरुका भाइ भारदार नाटकमन्थन गर्दैछनरे दिल्लि र सिँहदरवारमा । अब तिमिनै भन न तिमिले भन्ने सत्यको जित यहि हो?   सायाद तिमिले पनि सुनेको हुनुपर्छ, कुजात कोइरालाले घटाएको एम.आर. पी. काण्ड, माधाव नेपालले लेर्याएको फरियाबाद संस्कृति, केपि ओलिको ठैगान बिनाको बोलि, हिसिलायामिको नेपाल पेवा, वासियलको तौर तरिका, उपेन्द्र यादवको बिहारि पारा र साथमा देखेको हुनुपर्छ हत्याराहरुको दल, दण्ड नपाई उम्केको प्रचण्ड, भष्टहरुको जमात नेपालि काग्रेस र एमाले, गरिबलाई भोकै मार्नुपर्छ भन्ने नेपाली नेताहरु, नेपालि भएर होइन भारतिय इसारमा चल्छु भन्ने पर्मान्नद झा र तराई मधेश लोक तान्त्रिक पार्टिका चरित्रहरु । आज देशमा जनताको अधिकारको को सुरक्षामा आवज उठाउने हरु कि त बन्दुकका नाल ले उडाइएका छन कि त खुकुरिले रेटिएको छ, शान्तिका बिगुलहरु देशमा बज्दैनन बिदेशबाट निर्यात गर्नु परिरहेको छ। मानव अधीकारको लेक्चर दिने देवेन्द्र पाण्डे, दमननाथ ढुङ्गाना, पद्मरत्न तुलाधर सबै पार्टिकै झण्डा भित्र बसेरनै कुहि सके अरु आलुजस्तै। बुद्ध, गुण्डाहरुको देश एलसाल्भाडोर, तालिवान को राज गरेको (कुनै बेलामा )अफगानस्थान वा आतङकारी उत्पादन को उदगम थलो पाकिस्तान र सोमालियामा मानव अधिकारको प्रत्याभुति होला  आज तर छैन हाम्रो देशमा अनि के भनेर फैलाउछन यि नेपालि जनताले शान्तिको सन्देश  बिदेशि सामु? तिमिनै भन,  जुन देशमा न्यायको शासन छैन त्यो देशले शान्तिको बकालत गर्ने, कति हास्याँस्पद छ यो कुरा।   बुद्ध थाहा छ,यि कुहियाका आलुहरु, एकले अर्कोलाई सडाउने मात्र काँहा हो र अहिले त एक जात ले अर्को जातलाई नास्न मोर्चा कस्दै छन।मैले सुनेको कति नेता र पार्टि त प्रभुहरुको आदेश नआउन जेलसम्म सारा देश डुबे पनि जनता भोकले मरे पनि केहि गर्दिन भनेर  तिमि जस्तै जप धपमा बसेका छन प्रभुको आराधना गर्दै लाज पचाएर उडुस जस्तै नेपालि जनताबाट उठाइएको कर हसुर्दै छन् , कमसे कम सुतेको बेलामा त यि जनताको रगत चुस्न बन्द गरे हुन्थयो नि?। बुद्ध प्रभु  पनि कति थरिका , पावरका,  रंगका र सोचका  कोहि  हिन्दु, कोही बौद्ध, अनि मुस्लिम  फैरी क्रिस्चियन अनि भक्त पनि उहि स्वरुपका, जनता परे भ्रममा कुन प्रभुले के खोज्या भनेर,र कुन प्रभुले कति ग्रहण लगाउछन भनेर?  फेरि हेरन बुद्ध  कस्तो देशमा जन्मेउ  सधै प्रभुको इसारमा बाँच्नु पर्नै? कतै तिमि पनि प्रभुहरुकै इसारामा बोध गया पुगेका त हैनउ नि, ज्ञान पाउन? अस्ति कता सुनेको एउटा प्रभुको कन्सुलेटले फोन गरेर हाम्रो नेतालाई थर्कायो रे कारण के भन्दा हाम्रो देशमा उडुस र उपियाँ किनबेचमा उनको हात थियो रे। हे बुद्ध, शनिले पनि कति दु:ख दिएको हाम्रो देश र जनतालाई , फेरि हेरन, हाम्रो घरको कुरामा प्रभुहरु किन यति बिघ्न चिन्तित। हामि प्रभु एलटिटि र श्रिलंका सरकार दुबैलाई हतियार बेचेर आफ्नो स्वार्थ पुर्ति गर्दै  गर्दा वा कस्मिरमा लाखौं निर्दोषलाई आतङकबादिको बिल्ला भिराएर नरसंहार गर्दै गर्दा शान्तिको कामना गर्दै चुप लाग्यौं  तर यसै लाई हाम्रो कमजोरि मान्दै यसको फाइदा उठाएर प्रभुहरु हमि माथि सधै ग्रहदशा लगाइरहे अनी हाम्रा  श्यालहरु प्रभुको इसारामा नर्तक जस्तै नाँच्दै रहे।। यस्तै नाँचले नै हुनु पर्छ, हाम्रा देशका आलुहरु गन्हाएर बिश्वमा त के यिनैलाई उत्पादन गर्ने किसान सामुनै बिकिरहेको छैनन, मालाई सोध्न मन लाग्यो हाम्रा किसानलाई तिमि मार्फत  कस्तो बिउ रोपेउ, जसले  धारो, खोला,मात्र होइन पानिको मुहान सबै दु्र्गन्धित बनाइदियो कि तिमिहरुलाई पनि प्रभुले नै बिउ उपहार स्वरुप  दिनु भएको थियो? बुद्ध  अब कति शनि बनेर चुस्न दिने यि प्रभुहरुलाई, यिनिहरुले  गण्डकि चुसेकै हौ, हाम्रो नक्सानै बिग्रने गरेर काला पानि निलेकै हो, त्यतिले नि नपुगेर तराईका केहि जमिन्दार उठाएर हामि नेपालि  हामि विच युद्ध छेडेकै पनि हो तर हाम्रा केहि पिचासहरु अझै पनि प्रभुका बफादारि गर्दैछन आफै मालिकका छात्तिमा लात्ति बजार्दै। कत्ति बेज्जत गरे हाम्रा श्यालहरुले एउटा देश हाँक्ने नेता चुन्न सक्दैनन , प्रभुनै चाहिने अनि फेरि हजारौं निर्दोष नेपालिको रगतमा खेलेको वाँसाहरु बाहेक अरु कोहिले देश हाँक्न पनि नपाउने यो कस्तो दुर्दशा हामि नेपालि को र हाम्रो नेपालको? भन बुद्ध तिम्रो सन्देशलेको के अर्थ  तिम्रा हेरक भावना माथि कुठाराघात भएको छ।   बुद्ध तिमिले पनि देखेको हुनु पर्छ, स्यालको भिडवाट निचोड ननिक्ले पछि प्रभुहरुले  पिचासहरुलाई पठाउनु भएको दुत बनाएर, पिचासहरुको जुलुस ले न त सन्देश ल्यायो न केहि आयो प्रभुहरुबाट,आयो त केवल ग्रहण हटाउन,  प्रभुको अझ बढि पुजा , आरति  लगाउनु भन्ने सल्लाहा आयो, त्यसका लागि सरसामान, रिति र आवस्यक पर्ने सामाग्रि को लिस्ट आयो र त्यस्तै पुजा मार्फत अर्को सक्किमको नक्सा कोर्न घुमाउरो सन्देश आयो । तर अफसोच, हाम्रा कुहिएका आलुहरु उसैको खुट्टा मोल्न झिगा जस्तो भन्किदै हिडे पिचासहरुको भिडले प्रस्थान नगरुनजेल, फर्के पछि लडन लागे बफादारिको नाम मा आफ्नै दाजु दीदी भाइ बाहिनि सँग बिर्से असलि मालिक र देश,  भुले नुन, पानि को दाता? बुद्ध कति लाचार छन यि हाम्रा  उत्तम आलु फलाउछु भनेर सपनामा बाँच्ने करोडौ नेपालिहरु, अव भन  के  आवस्यक्ता नेपालिलाई तिम्रो सन्देशको, जसका हरेक शव्दले साथ होइन चुक छर्दछ त्यो आलो घाउमा? Last edited: 21-Aug-10 04:32 AM

sajhabusaima · Aug 21, 2010 4:15 AM · 13,546 views

3 Replies

  साझाबुसैमा मित्र, हामीलाई आवश्यकता छ, आवश्यकता छ हामीलाई! तर किताब र पत्रपत्रिकामा लेखिने, र भाषणमा छाँटिने बुद्धसन्देशको होइन; हामीलाई आवश्यकता छ, हाम्रो आफ्नै मनमा रहेको बुद्धको सन्देश सुन्ने! अरुलाई मात्र दोष किन? हामी आँफैले जीवनमा कति नराम्रो काम गर्यौ होला। के तपाईंले कहिले आफुले गरेको नराम्रो कामको लेखाजोखा गर्नु भएको छ? अनि प्रत्येक नराम्रो काम गर्नु अघि मनको कुनै कुनाबाट 'हैन यस्तो काम त गर्नुहुँदैन' भनेर आएको आवाज सुन्नुभएको छ? यदी सुन्नु भएको छ भने त्यही नै हो हाम्रो मनमा रहेको बुद्धको आवाज। बुद्ध हामी सबैको मनमै छ, बाहिर खोज्न जानु पर्दैन, केवल भित्री मनको कुरा सुने पुग्छ। तपाईंको लेखको लागि धन्यवाद! कामना गर्छु बुद्धले यहाँको पुकार सुनुन्।  अँ, साँच्ची एउटा कुरा सबै आलु कुहिए भने त बर्बादै भयो नि मित्र, आफ्नो त आलु भएन भने तरकारी नै पाक्दैन।     Last edited: 21-Aug-10 03:01 PM

Geology Tiger · Aug 21, 2010 2:56 PM

Geology Tiger Jee, धन्यबाद तपाईको सोचका लागि तर मेरो लेखको आसय त्यो थिएन  थियो त केवल बुद्धलाई सम्बोधन गरेर हाम्रा दाजु भाई दिदि बहिनि  सम्म एउटा मेरो सोच पुर्याउने । सायद मेरो बुद्ध प्रतिको सदा सायताले नै हुनु पर्छ मैले बु्द्धलाईनै पहिलो छाने तथापि मैले बिचमा पशुपतिनाथको प्रशंग पनि कोट्टाएको छु। फेरि कुरा रहयो सन्दैशको होला म १००% यसमा बिश्र्वास गर्दिन तर केहि हद सम्म अनुसासनमा बाँधेको छु आफुलाई।तपाईले भन्नु भएको भावना वा आवाज  यथ्यपि धर्म धेरै किसिमका छन तर एउटा अदृश्य शक्तिले मानिसलाई हरेक पल भने घच घचाइ रहेको हुन्छ असलबाटोमा हिडन सुन्ने नसुन्ने त मानिस मा भर पर्दछ। म यो पुकार बुद्धलाई भन्दा पनि एउटा जनतालाई गर्दैछु अझ भन्नेहो भने यस साझामा साथिहरुलाई कि अव हामिले हाम्रा गल्ति सुधार्नु पर्छ यदि देशको  भबिष्य हेर्नेहो बने हामिले केहि गर्न जरुरि छ। यि कुहिएका आलुहरुलाई समाजबाट अग्लयाउन जरुरि छ। मित्र  साँच्चि अब आलु कम खाने प्रयास गर्नुहोला यसले शरिरलाई फाइदा भन्दा हानि बढि गर्छ , फेरि तपाई त बिदेशमा बस्नु हुन्छ धन्दा नमान्नुस त्याँहा सायद नकुहिएकोनै हुनसक्छ हाम्रो देशको जस्तो। धन्यबाद    

sajhabusaima · Aug 21, 2010 4:55 PM

  साझाबुसैमा मित्र, तपाईंको सन्देश र सम्बोधन जारी रहोस्; म यस्ता तर्क, वितर्क र कुतर्कहरु जारी राख्ने छु; तपाईं अलि सतर्क हुनुहोला।  

Geology Tiger · Aug 22, 2010 9:20 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all