This song by late Jhalak Man used to make me cry.http://www.youtube.com/watch?v... Late Jhalak Man was a great singer, he picked the soul of a lot of Lahures. -------------------------------- धेरै पहिले म एकजना नब्बे बर्षाको लाहुरे सँग गफ गर्दैथिएँ। गफ त के र, म फुच्चे बाहुन, आफुलाई पढेलेखेको ठान्ने , वहाँ धेरै नपढेको भए पनि देश संसार घुमेको मगर। "अहिले सोच्दा बरु आफ्नै देशको लागि लडेर डिल्ली , ल्हासा जित्न जाँदा मरेको भे सन्तोष हुन्थ्यो । अरुको लागि मर्न जान के रमाइलो र भन्ने सोच्थे सधैं। घर आएर अरुलाई नजाउ त्यो खतरा लडाईं मा भनेको, आफुले गएर कुस्त कमाएर आयो राम्री स्वास्नि बिहे गर्यो, हामी लाई नजा भन्छ भने। हुनपनी हो मलाई लैजाने गल्लावाल को लंगडो खुट्टो देख्दादेख्दै म पनि गएको थिएँ। " गफ गर्दा गर्दै कसरी आफ्नो छेउको एउटा घरको तिनजना केटाहरु ब्रिटिशको लागि लडेर मरे पनि उनले भने। उनले फर्केर गाउँमा स्कुल खोल्न पैसा र जग्गा दिएको थिए। मैले धेरै समय सम्म उनले उनको नाम राख्न पैसा दिएका होलान भन्ने सोच्थें। आजकाल लाग्छ, आफुले भनेर केही हुँदैन, बरु पढाए आँफै बुझ्लान र नजालान भनेर तेसो गरेका थिए कि?
Pire · Aug 20, 2010 6:50 PM · 3,893 views
म यो गीत सुनेर रुन्थे होइन अझै पनि रुन्छु, गीतले एउटा लाहुरेको जीवनी त बोल्छ नै तर मलाई सब भन्दा छोएको कुरा भनेको गीतमा वर्णित आमाको आफ्नो सन्तानप्रतिको माया हो 'बाबा रुन्छन् लौ बर्षै दिन आमा जुगै भरी लौ हजुर', जब जब म यो गीत सुन्छु, मलाई मेरो आमाको अनुहार याद आउँछ, मेरो लागि बुवाआमाले गरेको संघर्षको याद आउँछ, आमाको मायामा घरमा बिताएका दिनहरुको याद आउँछ, आँखामा बल बल आसुँ रसाएर आउँछ। हामी आफु मात्रै सबै जान्ने भन्ठान्छौ, अमेरिका आएर, ठुल-ठुलो डिग्री बोकेर ठुलो मान्छे भयौ भन्ठान्छौ, तर मानवीय मन हुनको लागि धेरै पढ्नु पर्दैन, अमेरिका आउनु पनि पर्दैन।
Geology Tiger · Aug 20, 2010 9:13 PM
What do you think about PADEKA LAURE like you and me.
Srijana 12 · Aug 21, 2010 4:08 AM
This is one great song. A true reflection of a Lahure life. Its songs and stories like this that makes me believe that "Lahurism" is not a matter of "Garva" but a matter of " Bidambana"
sidster · Aug 21, 2010 10:08 AM
जीवन भनेको नै बाध्यता र रहरहरुको सम्मिष्रण हो, हामी धेरै रहरहरु गर्छौ तर धेरै जसो रहरहरुलाई बाध्यताले कुल्चिदिन्छ; लाहुरे हुनु पनि एक बाध्यता, तर कसै कसैको रहर पनि होला; पढेलेखेको लाहुरे हुनु अर्को बाध्यता, रहर गर्नेहरु पनि थुप्रै होलान्; तर एउटी आमाको आँखाबाट हेर्ने हो भने लडाँई लड्ने लाहुरेले भन्दा बिदेशमा पढ्ने लाहुरेले धेरै आशा देखाउँछ तर पुरा गर्दैन, केही पुरा गर्ने पनि होलान्, तर धेरैले पुरा गर्दैनन्। एउटा लाहुरे लडाईंमा जाँदा उसको आमालाई पनि थाहा हुन्छ कि छोरो रणभूमीमा जादैँछ, त्यसैले फर्केर नाआउन पनि सक्छ, तर एउटा सन्तानलाई बिदेश पढ्न पठाउँदा आमाले कहिले सोचेकी हुदिँनन् कि त्यो सन्तान बिदेशमै भासिन्छ भनेर। युद्दमा गएको लाहुरे कि मर्छ कि घर फर्किन्छ, उसको आमाले जीवन पर्यन्त आशामा बाँच्नु पर्दैन तर बिदेशमा पढ्न गएका लाहुरेले आफ्नो आमालाई सधैं आशा देखाइ रहन्छ, कहिले पूरा नहुने आशा......तर त्यो पढ्ने भनाउँदो लाहुरे कहिले घर फर्कदैन... Last edited: 21-Aug-10 10:33 AM
Geology Tiger · Aug 21, 2010 10:32 AM
1 गाउ का सोजा साजा कोइ अरबमा मरी रा छन कोइ आफ्गानिस्तनमा, कोइ मलेसियमा मरी राछन् कोइ कहाँ, त्रिभुबन बिमानस्थल मा दिन को कम्ती मा एक जना नेपाली को लाश् आउछ रे बिदेश बाट. 2। पढ्न गका लाहुरे हरु ले कम्ती मा आश बाँकी रखेक हुन्चन आमा बाउको तर ति मद्धे कती साझामा आएर काम न काज सँग झगडा गरी रदा मलाई चाँही दिक्क लाग्छ 3। सैनिकमा जाने हरु भन्दा आरु काममा जाने हरु बढी मरी राछन् हिजो आज, तर लाहुरे भन्या लाहुरे नै हो जे मा गयी पनि 4 सरकारी जागिर र ठुलो पोस्ट ओगट्नेहरु लाई नेपाल नै लाहुर बराबर छ पढ्नुस् तल गरीब मारा हरु को कथा छात्रवृत्ति पाउनेमा उच्चपदस्थ कर्मचारीका छोराछोरी अत्यधिक एमबिबिएसको पाँचवर्षे कोर्सका लागि सरकारले छात्रवृत्ति पाएका विद्यार्थीलाई १० लाख रुपैयाँ उपलब्ध गराउँछ भने इन्जिनियरिङका लागि जम्मा लाग्ने खर्चको ५० प्रतिशत उपलब्ध गराउँछ काठमाडौं, ४ भदौ : सरकारले निजामती कर्मचारीका छोराछोरीलाई लक्षित गरेर ल्याएको छात्रवृत्ति कार्यक्रमअन्तर्गत छात्रवृत्ति पाउनेमा अधिकांश उच्च तहका कर्मचारीका छोराछोरी रहेका छन् । तल्ला तहका कर्मचारीले यो छात्रवृत्ति कार्यक्रमप्रति विरोध जनाएका छन् । सामान्य प्रशासन मन्त्रालयको छात्रवृत्ति व्यवस्थापन समितिको निर्णयअनुसार चालू आर्थिक वर्षका लागि एमबिबिएसमा एक सय ९५, बिडिएसमा १० र इन्जिनियरिङमा दुई सय ३१ गरी चार सय ३६ जनाले छात्रवृत्ति पाएका छन् । मन्त्रालयमा छात्रवृत्तिका लागि चार सय ९५ जनाको दरखास्त परेको थियो । ५९ जनाको दरखास्त निश्चित मापदण्ड नपुगेको भन्दै अस्वीकृत गरिएको मन्त्रालयका प्रवक्ता विनोद केसीले जानकारी दिए । केसीका अनुसार एमबिबिएसको पाँचवर्षे कोर्सका लागि सरकारले छात्रवृत्ति पाएका विद्यार्थीका लागि १० लाख रुपैयाँ उपलब्ध गराउनेछ भने इन्जिनियरिङका लागि जम्मा लाग्ने खर्चको ५० प्रतिशत उपलब्ध गराउनेछ । सरकारले छात्रवृत्ति प्रदान गरेका विद्यार्थी र अभिभावको सूची हेर्दा उच्चस्तरका कर्मचारीका छोराछोरीले अत्यधिक मात्रामा यो सुविधा पाएको देखिएको छ । सुविधा पाउनेमा राम्रो कमाइ गर्ने पदमा रहेका सचिव, सहसचिव, उपसचिव, योजना अधिकृत, डाक्टर, इन्जिनियर, स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारीको संख्या अधिक छ । तल्ला तहका कार्यालय सहयोगी, खरिदार, सुब्बाका सन्ततिले अत्यन्तै न्यून रूपमा यो सुविधा पाएका छन् । चालू आर्थिक वर्षमा छात्रवृत्ति सुविधा पाउने कर्मचारीमध्ये एकजना सचिव छन् । कृषिसचिव नाथुराम चौधरीका छोरा महेश चौधरीले एमबिबिएसमा छात्रवृत्ति पाएका हुन् । उनी हाल धरानस्थित बिपी कोइराला मेडिकल साइन्समा चौथो वर्षमा अध्ययनरत छन् । यसैगरी सातजना सहसचिवका छोराछोरीले छात्रवृत्तिमा नाम निकालेका छन् । ती भाग्यमानी सहसचिवमा संघीय मामिला मन्त्रालयका गंगाप्रसाद लुइँटेल, कानुन तथा न्याय मन्त्रालयका कमलशाली घिमिरे, कृषि मन्त्रालयका मुरलीधर मिश्र, अख्तियारका राजेन्द्र सुवेदी, श्रम तथा यातायात व्यवस्था मन्त्रालयका हरिदत्त पाण्डे, अध्यागमन कार्यालयका खडानन्द ढकाल, भौतिक योजना तथा निर्माण मन्त्रालयका तुलसीप्रसाद सिटौला, कृषि मन्त्रालयका डिल्लीराम शर्मा रहेका छन् । छात्रवृत्ति पाएकामध्ये केहीले पहिलो, केहीले दोस्रो, तेस्रो र चौथो वर्षमा अध्ययन गरिरहेका छन् । त्यसैगरी उपसचिव श्ाालीग्राम मिश्र, मित्रलाल रेग्मी, केशवप्रसाद खनाल, टीकाराम अर्याल, उपेन्द्र खनाल, प्रेमराज जोशी, सुरेन्द्रप्रसाद सापकोटा, नारायणबहादुर थापाका छोराछोरीले पनि छात्रवृत्ति पाएका छन् । छोराछेारीलाई छात्रवृत्ति दिलाउने अन्य उपसचिवहरूमा कृष्णप्रसाद दवाडी, सूर्यप्रसाद अधिकारी, सूर्यकान्त मिश्र, प्रह्लाद अर्याल, शैलेन्द्रबहादुर शाक्य, चन्द्रमणि घिमिरे, इन्दु घिमिरे, निर्मला पौडेल, पद्मा वैद्य, घनश्याम पाण्डे, पद्मनारायण श्रेष्ठ, महेश्वर शर्मा, संगीता रेग्मी, यमबहादुर केसीलगायत छन् । यस्तै सरकारका इन्जिनियरका रूपमा कार्यरत रामु मिश्र, रामविलास शाह, ओमप्रकाश यादव, विश्वविजयलाल श्रेष्ठ, वीरबहादुर कटुवाल, अशोककुमार झा, शोभाकान्त लाभ, पीताम्बर बेलवासेे, महेन्द्रनारायण यादव, अनुपकेशर थापा, रामचरित्र यादव, दयाकान्त झाका छोराछोरीले पनि पाँच लाखदेखि १० लाखसम्मको छात्रवृत्ति पाएका छन् । विकट जिल्लामा रहेर काम गरिरहेका तल्ला तहका कर्मचारीका छोराछोरीलाई सामान्य विषयमा आइए, बिए अध्ययन गर्नसमेत कठिन भइरहेको अवस्थामा उच्च तहका कर्मचारीका छोराछोरीले भने महँगो विषयमा लाखौँ रुपैयाँको छात्रवृत्ति पाएका छन् । सरकारको यस प्रकारको नीतिले कर्मचारी वर्गमा विभेद ल्याएको नेपाल निजामती कर्मचारी संगठनका महासचिव मोहन घिमिरे बताउँछन् । घिमिरेका अनुसार सरकारले यो कार्यक्रम लागू गरेपछि जिल्लाबाट आमकर्मचारीको अनगिन्ती गुनासा आउन थालेका छन् । 'हाम्रा छोराछोरीले आइए, बिए पढ्न पनि कठिन छ कसैलाई भने एमबिबिएस र इन्जिनियर पढ्न लाखौँ रुपैयाँ दिने ?' भन्दै कर्मचारीबाट गुनासा आफ्नो संगठनमा आउने गरेको महासचिव घिमिरेले जानकारी दिए । कर्मचारी संगठनहरूले यसअघि सरकारसँग प्रत्येक कर्मचारीका दुई छोराछोरीलाई शैक्षिक भत्ता उपलब्ध गराउन माग गर्दै आइरहेका छन् । 'यस्तो विभेदपूर्ण छात्रवृत्ति दिनुभन्दा सरकारले कर्मचारीका छोराछोरीलाई शैक्षिक भत्ता दिनु न्यायोचित हुन्छ,' महासचिव घिमिरेले भने । एमबिबिएस र इन्जिनियरिङ पढाइ हुने प्राइभेट कलेजहरूमा पहुँच तथा पैसाका आधारमा मात्रै विद्यार्थी भर्ना हुन सक्ने भएकाले त्यस्ता कलेजमा सामान्य कर्मचारीका छोराछोरीले पढ्न अवसर पाउँदैनन् । राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रुक्म लामिछानेले ठूला कलेजमा पहुँचका आधारमा मात्रै विद्यार्थी भर्ना हुने परिपाटी रहेकाले सरकारको छात्रवृत्ति कार्यक्रमले साना कर्मचारीका छोराछोरीलाई समेट्न नसकेको दाबी गरे । 'यो विभेदपूर्ण र त्रुटियुक्त छ, फेरि पनि ठूला कर्मचारीले नै अवसर लुट्न सक्ने स्थिति सरकारले वनाएको छ,' लामिछानेले भने । लामिछानेले सरकारको यो कार्यक्रमले साना कर्मचारीमा झनै असन्तुष्टि सिर्जना गरेको जिकिर गरे । संगठनका महासचिव घिमिरेले पनि सरकारको यो कार्यक्रमले सीमित र ठूला कर्मचारी तथा तिनका छोराछोरीलाई मात्र समेटेको बताए । 'यो छात्रवृत्ति कार्यक्रम ठूला ठालु र काठमाडौंकेन्दि्रत भएको छ,' घिमिरेले भने । घिमिरेले सरकारले ठूलो लगानी गर्नुपर्ने एमबिबिएस र इन्जिनियरिङमा मात्रै नभई स्टाफ नर्स, कृषि तथा अन्य विषयमा पनि छात्रवृत्ति दिनुपर्ने उनले माग गरे । निजामती कर्मचारी युनियनका अध्यक्ष भवानी थानीले सरकारले ल्याएको छात्रवृत्ति कार्यक्रमलाई सकारात्मक मानिए पनि यसको उचित व्यवस्थापन हुन नसकेको बताए । सामान्य प्रशासन मन्त्रालयले हाल दुई विषयका छात्रवृत्तिका लागि झन्डै पाँच करोड रकम विनियोजन गरिएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव विनोद केसीले छात्रवृत्ति कार्यक्रम सुरु गर्नु आफैँमा सकारात्मक काम भएको बताए । 'हाल दुई विषयमा सुरु गरिएको छ, क्रमशः अन्य विषय पनि थप गर्दै लैजाने कार्यक्रम र योजना बनाएका छौँ,' केसीले भने । पहुँचवाला र ठूला कर्मचारीका छोराछोरीले मात्रै छात्रवृत्ति पाएको गुनासोका बारेमा प्रश्न गर्दा प्रवक्ता केसीले पहुँचका आधारमा भन्दा पनि निश्चित मापदण्डका आधारमा छात्रवृत्ति दिइएको दाबी गरे । 'छात्रवृत्ति निर्देशिकाअनुसार जो-जसको मापदण्ड पुगेको छ, उसलाई छात्रवृत्ति दिइएको छ, कुनै व्यक्तिविशेष हेरिएको छैन्,' केसीले भने । http://www.nayapatrika.net/new...
_____ · Aug 21, 2010 11:01 AM
सिर्जना, मैले लेख्न खोजेको नै पढेको लाहुरेहरुलाई लक्षित गरेर पनि हो। अमेरिकामा रक्सि बेच्ने ठाउँ, ग्यास स्टेशन हरु मा हुने म्रित्युदर् धेरै माथि छ। कतिपय मेरा गाउँले भाईहरुलाई " तिमिहरु तेत्तिकै अमेरिका भनेर नहिड, पहिला यहाँ मन लगाएर पढ, सफल बन " भन्दा ति आफु गयो, अरु लाई नजा भन्छ भन्छन। ति आफै लोकल कलेजमा गुण्डागर्दि गर्छन्, कलेज बन्द गराउँछन र हामी सँग भने यो देशमा यस्तै हो , पढाइ हुदैन भनेर पढ्न विदेश जानु पर्छ भनेर कुरो गर्छन्। ति मध्य कति यहाँको कुनाको कलेजमा आएर " दाई यसो सहयोग गर्नु पर्यो, यो झुर ठाउँ रहेछ " भन्छन। त्यसको दुइ चार् महिना पछि अलि ठुलो शहर तिर ट्रान्स्फर गरेँ भन्छन। त्यसपछि दुख गरेर तुरुन्त मेरो पैसा पनि तिर्छन, अनि भाई राम्रो जिपिए मेन्टेन गर्या'छौ? भनेर सोध्यो भने खिसिक्क हाँसेर 'काँ दाई, पढ्ने त समयै छैन' भन्छन्।मेरो छिमेकका केटाहरु मध्य आठ जनाको यस्तो कथा छ। ति मध्य एउटा भाइले दाइ अस्ति ग्यास स्टेशनमा मर्ने त मेरो साथी हो नि, हाम्रो नजिकैको गाउँको भन्यो। तेहि बेला यो गित सम्झे।
pire · Aug 21, 2010 11:10 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion