आउ नया सुरुवात गरुम अनि आपसि समझ बढाम By: Simple_KeTa तिमि भेडाँको छालामा भयँकर बाध रैछौ तिमि मुसिको हाईटमा अजिँगर साँप रैछौ जब तिमि मलाई हेर्छौ मलाई येस्तो लाग्छ तर के गर्नु ? तिम्रै अँगालो न्यानो लाग्छ हिज खाको सुरमा मैले, के-के के-के भने होला अनि तिम्ले टोक्यौ होला, लात्तिले पनि हान्यौ होला ... बिर्सिदिम त्यो सबै आज ... अनि गोप्य है गोप्य, नत्र मेरो बैजत्ति होला त्यसैले आउ नया सुरुवात गरुम अनि आपसि समझ बढाम तर रक्सि छुटाउने बाहेक जे-जे गर्नु छ सबै गरुम म अब 21 पत्ति खेल्दिन बरु तिमि सँगै घूम्छू अनि तिम्ले भात बसाल्दा म चैं भाडाँ धून्छू, हनि - अब म सुध्रिन्छू, भाँग-धतुरो खान्न तिमि माईति जाँदा खेरि डान्स-केबिन जान्न अब म सुध्रिन्छू ॥ त्यसैले आउ नया सुरुवात गरुम अनि आपसि समझ बढाम तर माईति सँग माँगने बाहेक जे-जे छूटाउनु छ सबै छूटाम आउ नया सुरुवात गरुम अनि आपसि समझ बढाम --------------------------------------------------------------------------- कमेण्टस पिलिज । धनयेबाद पढिदिनु भाकोमा । ---------------------------------------------------------------------------
Simple_KeTa · Aug 19, 2010 5:54 PM · 6,945 views
ल ल केटा राम्रो आयो यो पनि, म पनि सुध्रिन्छु कि तिम्रो कविता पढेर!
Geology Tiger · Aug 19, 2010 6:36 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion