1000 Nepali Foods - Lets make it

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Nepal is rich in cultural diversity, which is well reflected in our vast collection of traditional foods. Lets collect them and make a huge list. Do we have 1000 traditional foods? Let us see, and let us also mention the community which consume them traditionally. Here is my list for today. म्येय ला या परिकार =============  १-छोएला २-कचिला ३-दाय्क्ला  ४-काश्ला ५-हिंला  ६-पँला ७-पुकाला ८-नलूग्व:ला  ९-चुँला  १०-त:खा  ११-ग्व: १२-तिस: १३-स:पु म्हिचा १४-न्ह्यपु १५-आमा १६-हाँछें १७-स्वंपुका  १८-नुग:पुका   १९-न्हायेपंछुया  २०- वाका  २१-भुतन २२-सन्याखुन्या  २३-तुतिख्व: २४-छुप्यं  २५-ह्याकुला  २६-त्वा:ना:दायेक मे:गु ला या परिकार  ============= २७-हँयला २८-खायाला २९-दुगुला ३०-खसी  ३१-ब:खुँला ३२-बट्टाई  ३३-चकुंचा 

chanaa_tarkaari · Aug 19, 2010 10:34 AM · 34,911 views

19 Replies

वाँउचा परिकार ‍‍‍‍‍‍-------------------- ३४- पाछै केँ ३५- चंसू केँ ३६- ख्वाख: केँ ३७- मा लाभा केँ ३८- सुकू केँ ३९- पलाँचा केँ ४०- च्वल:चा केँ ४१- तुकंचा केँ ४२- दुकु केँ ४३- भ्यात: केँ  

chanaa_tarkaari · Aug 20, 2010 8:17 AM

४४- फकं केँ ४५- न्हाकं केँ

chanaa_tarkaari · Aug 23, 2010 10:26 AM

१ नम्बर को छोएला बाहेक अरु कुनै परिकार को नाम नि सुन्या रैनछु मैले त ? नेपाली परिकार कि  नेवारी परिकार मात्र हुन् यी ?  नेपाली नि हुन् भने त सेल रोटि , मालपुवा , मस्यौरा, गुन्द्रुक, सिन्की, जेरी, ढिंडो, अर्षा, अनरसा, पत्रे, पाते रोटी, फर्शीको मुन्टा को तरकारी, इस्कुस को जरा, घर-तरुल, सिमल तरुल, गिट्ठो.... आदि कसरी छुटे ?   "All alkalies are bases but all bases are not alkalies" भनेर +२ मा  पढेको याद आयो!!

cheli · Aug 23, 2010 11:00 AM

नेपालभित्रका सबै जनता नेपाली होइन र? नेपालभित्रका सबै खानेकुरा नेपाली होइन र? नेपाली हो कि नेवारी खाना भन्ने प्रश्न नै गलत छ - यो  प्रश्नले नेवारी खाना र नेपाली खाना mutually exclusive हो भन्ने मान्छ यानेकि चेलीको बिचारमा नेवारी खाना भनेको गैर नेपाली खाना हो भन्ने ठाउ दिन्छ | त्यसैले मैले प्रस्टीकरण दिनै पर्छ |  मैले शिर्षकमा १००० नेपाली खानको लिस्ट बनाउने लक्ष्य राखेको छु | म "नेपाली" भन्ने inclusive word हो यसले "नेवारी" खाना पनि समेट्छ भन्ने सोच्दछु | "All alkalies are bases but all bases are not alkalies" भन्ने सोचाई भित्र एउटा गम्भीर खोट लुकेको छ |  bases लाइ "नेपाली" र  alkalies लाई "नेवारी" मानेर हेर्दा ठिकै हो तर bases भनाउदो "नेपाली" शब्दमा एक वर्ग वा समुदायको एकाधिकार जस्तै छ | हामीलाई त्यस्तै पढाइयो र त्यसैले यो एकाधिकारको कुरो कतिपयलाई पच्दैन | खरो शब्दमा  भन्ने हो भने "बाहुन क्षत्री"ले अंगालेको खाना, भाषा, संस्कार, संस्कृतिलाइ मात्रै "नेपाली" मान्ने, अरुलाई "नेपाली" नमान्ने सोच विकास हुने गरि brainwash गरियो - यो नै मुख्य खोट हो | जस्तो कि "धिमे"लाइ नेवारी बाजा रे, "मादल"लाइ नेपाली बाजा रे | "भात" नेपाली खाना रे "चिउरा" नेवारी खाना रे | "खसीको मासु" नेपाली खाना रे "छोएला" नेवारी खाना रे | "बाहुन क्षत्री"ले पाइला नटेक्ने भए नेपालको मन्दिरलाई पनि "नेवारी" मन्दिर भन्थ्यो होला शायद | "बाहुन क्षत्री"ले पाइला नटेक्ने  घ्यांग लाई अझै पनि  नेपाली घ्यांग नभनी तामांगको घ्यांग भन्ने गरेको उदाहरण छ दै छ | त्यसैले कुरो के भने देखिन् "बाहुन क्षत्री" ले आफुलाई  a kind of alkaly नठानी  bases ठान्ने हो भने यो कन्फुजन सधैं रहिरहने छ | जब कि "बाहुन क्षत्री" वास्तवमा a kind of alkaly among many alkalies न हो उनीहरुले नेवार लगायत अन्य कुनै पनि गैर "बाहुन क्षत्री" संस्कार समेट्न सक्दैन भन्ने कुरा सबैलाई थाहा छ | जन्मजात नेवार भएको नाताले मैले नेवार संस्कार सिकें सभ्यता सिकें खाना सिकें त्यसैले मैले जानेको नेपाली खानाको लिस्टमा निस्चय पनि नेवारी खाना हुनु स्वाभाविक छ | तर नेपाली खानाको लिस्टमा नेवारी, बाहुनी, क्षत्री, तामंगी, मगरी, थरुई, लिम्बुई, थकाली, भोजपुरी, अबधि सबै सबै खाना हरु हुनु पर्दछ |  मैले नेवारले खाने गरेका  मासुको परिकार बाट शुरु गरे, त्यसपछि सागसब्जी मा गए | सकेसम्म परम्परागत खानाका परिकारहरु नछुटाउने मेरो उद्देश्य हो | जानकारीमा भएका अन्य पनि थप्दै जाने हो, जस्तै तपाइले दिनु भएको परिकारहरु पनि यो लिस्टमा आउनु जरुरि छ , कृपया थप्दै जानु होला | यहाँ नेवारी खाना होइन नेपाली खाना को लिस्ट बनाउने उद्देश्य हो |

chanaa_tarkaari · Aug 23, 2010 12:09 PM

मैले bases लाई नेपाली alkalies लाई नेवारी नै भन्न खोजेको हो .. अन्यथा नालियियोस .. list पढ्दा नेवारी खान मात्र राख्न खोजे जस्तो लग्यो र मात्र भनेको हो !! बाहुन क्षेत्री मात्र होइन राई, लिम्बु, गुरुङ,  तामांग, अवधि/ भोजपुरी/ मैथिली/ थारु बोल्ने तराइ बासि , नेवारी बोल्न जान्ने नेवार , नेवारी बोल्नै नजान्ने नेवार, झाँगड , सतार, राजबंशी, चेपांग अनि कथित दलित भनिएकाहरु हामी सबै alkalies मै त पर्छौं नि .. नेपाली खान को लिस्ट बनाउदा चै ल्होसार तिर तामांगहरु ले बनाउने एउटा परिकार नि include गर्नु होला, मैले एकपल्ट खाको थिए, खुब मिठो लाग्या थ्यो.. अनि  नेवारी खानामा  नि चटामरी र य:मरी देखिन नि मैले ??

cheli · Aug 23, 2010 12:36 PM

खाना भौगोलीक अवश्था अनुसार बेग्ला बेग्लै हुन्छ कि भाषा/जाती अनुसार? के एकै किसिमको खानालाई विभिन्न भाषामा बिभिन्न नाम दिइएको हुँदैन? कुनै ठाऊँको भौगोलीक अवश्थाले जे जस्तो खाध्य वस्तु र जनावर उत्पादन गर्छ त्यस्तै त्यस्तै खानाको ईभोलुसन हुँदै आएको हैन र?  खानाको विवीधता तराईमा धेरै छ र खानाको परीकार काठमाण्डौमा धेरै छ भन्दा कसो होला? नेपालको पहाडी तथा हिमाली क्षेत्रहरुमा तुलनात्मक रुपमा उत्पादन नै धेरै कम हुने भएकोले खानाको विवीधता मात्र हैन परिकारै पनि काठमाण्डौ र तराईतिर भन्दा धेरै कम हुन्छ भन्नु सत्य होला?  भात उमालेर त्यसमा कागती निचोरेर 'कागते-भात' भन्ने परीकार ईट्रोड्युस गरेर त्यसलाई नेपाली खाना भन्न पाइन्छ? पाइँदैन भने भात र पुलाउ किन भिन्ना भिन्नै परिकार? तपाईँले एउटा रेसिपी बनाऊनुभयो र त्यो धेरैले मन पराए भने त्यसलाई नेपाली खानामा गाभ्ने नि नगाभ्ने? गाभ्ने हो भने किन गाभ्ने र नगाभ्ने हो भने के नेपालीहरुले खाँदै आएको सबै खानाहरु शताब्दियौँ देखि थिए त?  नेपालमा जिरा खेति हुन थालेको कति भयो? आजभोलि हुन्छ कि हुँदैन? जिरा हालेको खाना अथेन्टीक नेपाली खाना हो?   जस्ता प्रश्नहरु मनमा उबजँदा भया!

Madness · Aug 23, 2010 1:10 PM

हो मलाई नि भौगोलिक अवस्था अनुसार नै हुन्छ जस्तो लाग्यो .. जस्तो माथि चना-तरकारी दाइले लिस्ट गर्नु भाको कुरा हरु  नेवारी खाना हुन् भन्छौं हामी तर स्यांग्जा का नेवारले ति खानेकुरा कहिल्यै चाखेका नि नहुन सक्छन .. फेरी जे जस्तो कुरा उपलब्ध हुन्छ त्यहि खान्छन मान्छेले  भनम भने पानी , नुन, घिउ त जताततै पाइन्छ, किन शेर्पाहरुले मात्र नुनिलो चिया खान्छन त ? Cultural Inheritance को कारण होइन ? Cultural Inheritance भनेकै त जात हो नि .. होइन र ? झन  कुरो बुझो, झन कान्फुज भने जस्तो पो भो त!! 

cheli · Aug 23, 2010 1:35 PM

खानामात्र हैन  सभ्यताको विकास नै भौगोलिक अबस्थानुसार हुन्छा भन्ने थ्यौरी पनि छ | अझै अगाडी बढेर मान्छेको शरीरको रुप रंग नाक नक्सा आँखिभौ कपाल आदि पनि भौगोलिक अबस्थानुसार नै हुन्छ भन्ने शोधपत्र पनि पढेको छु | अफ्रिकाको निक्खर कालो मान्छेलाई क्यानाडाको उत्तरतिर बसोबास गराउने हो भने २०० पुस्ता पछी अरु गोरा सित छुट्याउने नसक्ने गरि गोरो हुन्छ रे, त्यो पनि जिन क्रस नगरिकनै | जिन क्रस गर्न दिने हो भने २० देखि २५ पुस्ता सम्ममा छुट्याउने सकिन्न रे | त्यहि थ्यौरी अनुसार चैनिजलाई अफ्रिकन बनाउन नि सकिन्छ रे | त्यस्तो तागत हुने रहेछा भौगोलिक अबस्था को, भनेपछि यो खानेकुरोको बिबिधता के हो र? अर्को कुरा - एकै किसिमको खानालाई भिभिन्न भासा मा उल्लेख गरेपनि हुन्छा अहिलेलाई | पछी त्यो मिलाएर एकै ठाउमा राख्नु पर्ला | तर मद्नेस ले भने जस्तो भातमा कागती राखेर कागते भात सुन्तला राखेर सुन्तले भात - त्यस्तो चाइ नगरौ मित्रहरु | हाम्रो समाजमा चालेको परम्परागत परिकार छ भने त्यो उल्लेख गरौ | जस्तो कि गुन्द्रुक साँधेको र गुन्द्रुक पकाएको - दुइतै गुन्द्रुक नै हो | तर यी दुबैको स्वाद फरक मात्र होइन कि दुइतै व्यापक परिचित भिन्दाभिन्दै परिकार हो | साँधेको गुन्द्रुक भन्नासाथ जुन स्वाद याद आउँछ, गुन्द्रुक पकाएको याने कि गुन्द्रुक तरकारी को अर्कै स्वाद याद आउँछ, हैन त? तर गुन्द्रुकमा वाइवाई चाउचाउ मिसाएर वाइवाई गुन्द्रुक भन्ने परिकार चाइ नाराखौ होला, त्यो हाम्रो पारम्परिक परिकार मा पर्दैन | मलाई जापान मा एउटा जापानिजले तिमीहरुको नेपाली मम दुधमा उमालेर पकाएर केरासित खायो भने कस्तो स्वादको हुन्छ भनेर सोधेको याद आयो | सुन्ने बित्तिकै वाक्क आयो, छ्या, मम लाई दूधमा पकाएर केरासित खाने रे | मिसमास गर्यो भने के हुन्छ के हुन्छ | हा हा हा  मैले माथि उल्लेख गरेको नै सम्पूर्ण नेवारको खाना हो भनेर नासंझिनु होला, क्षेत्र, जाति, धर्म र चलन अनुसार नेवार भित्र पनि थुप्रै बिबिधता छन, यहा मैले उल्लेख गरेको खानाहरु मेरो सिमित जानकारीमा समेटिएकाहरु मात्र हुन् | स्यांजा वा धनगडी का नेवारले नचाखेको वा कहिलेइ नसुनेको पनि हुन सक्छा | मेरो एउटा अनुभव यस्तो छ कि हामी दोलखा गयोउ - मोतार्सैकल र्याली मा न्हू दाँया भिन्तुना भन्नलाई, उनीहरुले हामीलाई उनीहरुको परम्परागत खाना ले सत्कार गरे, तर झन्डै आधा परिकार हरु हाम्रो लागि नौला थिए | नेपालको बिशेसता नै ति बिबिधता हो, जसको हामीले सम्मान गर्नु पर्छा, यहि कुरा त म भन्दैछु | 

chanaa_tarkaari · Aug 23, 2010 7:13 PM

"सुन्ने बित्तिकै वाक्क आयो, छ्या, मम लाई दूधमा पकाएर केरासित खाने रे |" मलाई यौटा जोक याद आयो .. "सारा जीवहरू को सृस्टि गरिसकेपछि ब्रह्माजीलाई संसार को सबैभन्दा राम्रो प्राणी बानौना मनलागेछ रे .. अनि बनाउन थाल्नु भयेछा, लरक्क परेको height हाल्दिनु भयेछ.. पानी store हुने hump पनि जिउ मै रख्दिनुभयेछ.. eye-lids पनि ३ ३ ओटा हाल्दिनुभयेछ.. अनि उँट बनेछ!! " ममलाई दूधमा पकाएर केरा सित खायो भने नि तेस्तै केइ हुन्छ होला  .. ल ४६ देखि यी खान थपम न त .. (साँची मम हाम्रो हो कि होइन नि ? ) ४६. सेल रोटि ४७. मालपुवा ४८.मस्यौरा ४९. गुन्द्रुक ५०. सिन्की ५१.  जेरी ५२.  ढिंडो ५३. अर्षा ५४. अनरसा ५५. पत्रे ५६. पाते रोटी ५७. फर्शीको मुन्टा को तरकारी ५८. इस्कुस को जरा ५९. घर-तरुल ६०.सिमल तरुल ६१. गिट्ठो

cheli · Aug 24, 2010 11:10 AM

लौन बरु कसैलाई लाखामारी बनाउन आउछ भने बनाउने तरिका सेर गरम !!! स्प्यारो !!!

jacksparrow · Aug 24, 2010 11:33 AM

I think best is to list all these food under nepali food and subgroupped in food form different ethinic group, just like different chapter under book nepali food.

sandi · Aug 24, 2010 12:09 PM

मम पनि परम्परागत नेवारी खाना नै हो | चामलको पिथोमा चुंला (किमा) राखे योमरी बन्छ । चामलको पिथो नराखी गहुको पिथो मा चुंला राखे मम बन्छ । पहिला पहिला चुंला बनाउन धेरै मेहनत पर्‍थ्यो तेसैले योमरी तथा मम एकदम स्पेशल अबसरमा मात्रै पकाइन्थ्यो ।  पछी मैदा, मासु पिन्ने मेशिन र ठुलो द्रम मा पकाउने चलन आए पछी सर्ब सुलभ भयो । चामलको पिथोमा बनाउने योमरीको ब्यापारीकरण कम भयो र योमरी "नेवारी" खाना भयो । "भित्र के छ के छ बाहिर पिथोको डल्लो छ" भन्दै मासु खान वर्जित समुदायले पनि खान थालेपछी मम "नेपाली" खानामा दरिन थाल्यो । वा व जाकी या परिकार ============ ६२- जा (भात)   ६३- हाजा ६४- हलू जा ६५- मि जा ६६- क ६७- गो:जा ६८- पोक ६९- जावला ७०- बजी ७१- च्वक बजी ७२- समय बजी ७३- खत्या ७४- योमरी ७५- चतांमरी ७६- ल्वोँचा मरी

chanaa_tarkaari · Aug 24, 2010 4:46 PM

भैंसीलाइ कालो अक्षर "कुनी के" बराबर हो कि के भन्थे ...तेस्तै भो गाँठे!  अनुबाद नि गर्दिम न! अन्खेरुन, म:म: त वास्तव मा परम्परागत भोटिया (तिबति) खाना होइन र?

Poonte · Aug 25, 2010 6:08 AM

माफ गर्नु होला चना दाई ! जसरी समोशा, डोसा, चाट्, बिर्यानी, पराठा, भेल पुरी आदी इत्यादी नेपालमा बसोबास गर्ने बिभिन्न समुदायले खाने परीकारमा परे पनि म चाँही तिनलाई भारतीय परीकार (इन्डियन डिश) नै भन्छु तेसै गरी नेवारी खाना पनि नेपाली नै हुन भन्ने कुरामा दुई मत नभये पनि माथि लिस्टमा भएका परीकारलाई नेवारी खाना नै भन्न मन पराउछु ! एउटा पहिचान पनि त हो ! कसैले मलाई ५ वोटा नेवारी परीकारको नाम भन भन्यो भने मेरो दिमागमा "छोइला, कचिला, चटामरी, समय बजी, व:" आदी इत्यादी नै दौडिन्छ !

ritthe · Aug 25, 2010 8:45 AM

हे हे हे हाम्रो नेवा: ल्यान्डको प्रथम राष्ट्रपति चना तरकारीजी ले अहिले समोशा, डोसा, चाट्, बिर्यानी, पराठा, भेल पुरीआदि इत्यादिलाई समेत नेवारीमा अनुवाद गरेर देखाइदिनु हुन्छ अनि हरेको हेरै गर्छौ मुला रिठ्ठे।

indramaharjan · Aug 25, 2010 4:11 PM

पुन्टे दाजु, अनुवाद गर्न मन छ, तर यो बैरी "समय"ले दु:ख दी रा'छ । अहिलेलाइ सम्झेसम्मको नाम चैने टिपोट गर्दि हालम भन्ने प्रयास गर्या हो । जाँगर चले अनुवाद र रेसिपि पनि थपम्ला नि, हुन्न ? मम भोटियाको पनि परम्परागत खाना होला । जस्तो रोटि हामी पनि खान्छम, बिहारी नि खान्छन, गुजराति नि खान्छन, तमिल नि खान्छन । भोटियाको परम्परागत मम, मैले जानेअनुसार, मासुमा प्याजस्याज नमिसाइ, मसला कम र बाक्लो पिठोले मोडेर बनाएको हुन्छ । भोटिया मम ठुलो पनि हुन्छ । पातलो पिठो, प्याज लसुन धनिया र मासुको मसालेदार मिक्सड फिलिङ नेवार ममको बिशेषता हो । यसको साइज पनि सानो हुने हुनाले यसको ठेट नाउँ ममचा हो । तर यसको ब्यापारीकरण हुँदा किन हो कुन्नि बिसर्ग बीचमा थपेर "म:म" लेख्न थाले, कतै कतै म:म: पनि लेख्न थाले । नेवारी ब्याकरणको नियमले यी दुवै बिसर्गहरु उपस्थित हुनुको कुनै औचित्य छैन, तर चलनचल्तीमा त्यहि छ र धेरैलाइ त्यहि "म:म" नै यो खानाको वास्तविक नाम भएको भ्रम छ । गुन्पुन्हि (जनैपुर्णिमा) को अवसरमा खाने क्वाँटीमा पनि ममचा प्रयोग गरिन्छ । फोटो राखेको छु । रिठ्टे सान, नेवारको खाना पनि नेपाली खाना नै हो भन्ने कुरामा दुइ मत छैन भन्ने कुरो सोह्रै आना ठीक हो । त्यसैले नेवारी कि नेपाली भन्ने प्रश्न नै गलत हो भनेको नि त । पहिचानको निमित्त नेवारी खाना भन्दा अन्यथा ठहरिन्न पनि ।   अर्को कुरा, चलनचल्ति पछ्याउँदा कुनै गम्भीर गलति भैरा'छ भन्ने थाहा लाग्यो भन्ने सच्चाउन मनाशिव नै हुन्छ । जस्तो कि समोशा, डोसा, चाट्, बिर्यानी, पराठा, भेल पुरी आदी इत्यादी लाइ मात्रै "इण्डियन" नभनी कालो छाला हुने र धोति लाउने भैयाहरु जम्मैलाइ हाम्रो समाजले कुनै बेला "इण्डियन" नै मानेको थियो नि । तिनिहरुको चालचलन संस्कृति लवाइखवाइलाइ "इण्डियन" नै मानेको थियो, तर अहिले त्यो गलत हो भन्ने सबैले महशुस गरीसके, त्यसलाइ सच्चाउनु पर्छ भनेर भन्दा नभन्दै अहिले उनिहरुको जमातसँग देशको राजनीतिको तालाचावि परिसकेपछि तिनीहरुलाइ "इण्डियन" भन्ने हिम्मत कसको ? उनीहरुको परम्परागत खानालाइ "इण्डियन"नै भन्छु भन्नु एककिसिमको अर्घेल्याँइ हो जस्तो लाग्यो ।  कमसेकम समोसा, चाट वा पराठा जस्ता नेपालीकै परम्परागत परिकारलाइ "इण्डियन" भन्नु बेठिक हुनेछ । डोसा, बिर्यानी उत्तपम जस्ता खानाहरु, जुन मलाइ थाहा भएसम्म नेपालमा त्यति खाइन्न, लाइ "इण्डियन" भन्न सकिन्छ होला । इन्द्रमहर्जन जु, नभएको नामलाइ जबर्जस्ति अनुवाद गर्छु भन्दैमा कहाँ सकिन्छ र ? समोसा संसारको जुनसुकै भागमा पुगेपनि जुनसुकै भाषामा भनेपनि समोसा नै रहन्छ, हैन ? योमरी, चटाँमरी पनि संसारको जहाँसुकै पुगेपनि योमरी, चटाँमरी नै कहलाइन्छ ।

chanaa_tarkaari · Aug 25, 2010 9:19 PM

k ho yaar malai ta yo photo hera ta momo nai khan man nalagne bhaniadyo, k gareko testo momo ma chanko jhol misayera chya chya, ani chan dai ho ki bhai k ho newari khana matra include garne parikara ma, kasto racust bhako, nepal nai kahne bicha cha kya ho ki hitler bhanne bichar cha?

sunsweesh · Aug 26, 2010 9:37 AM

यो फोटो देख्दा नेपालमा हाम्रो घरबेटी आमाले खान दिएको क्वाँटी याद आयो | "धम्मा तस्कं सा:" भन्यो भने मख्ख पर्नु हुन्थ्यो |  हाम्रो घरबेटीलाई टोलमा धेरैले "धम्मा" भन्थ्यो, अन्त मैले "धम्मा" भनेको सुनेको छैन | चना दाइलाई थाहा छ कि? "धम्मा" भनेको के हो? 

तिका: · Aug 26, 2010 9:45 AM

एउटा कुरा छुटे जस्तो लाग्यो अस्यध्है  मिठो हुन्छ। १, कुराउनी २, ढकनी ३, पुवा : चामल को पिठो बाट बनाइन्छ

mayamero · Aug 26, 2010 10:19 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all