अब भारतीये सैनिक हतियरको जिम्मा नेपालले लीन पर्ने भो केही आतंकबदी हरुले नेपाली पास्पोर्ट प्रयोग गरेको भएर भारतीय सुरक्षामा असर् परेको ठानेर भारतले नेपाली MRP भारतमा छाप्न पर्छ भनेर प्रेस्सोर् दिएको थियो। एस्मा भारत चाँही पर्फेक्ट नेपालमा चाँही जहिलीए पनि JPT हुन्छ भन्ने भारतिय् मानसिक्ता झल्केको थ्यो अब त्यस्तो पर्फेक्ट भारतीये सेनाले प्रयोग गर्ने ग्रिनेड् समेत् चोरि भएर नेपालमा आतंकबादी हरुले प्रयोग गर्ने सम्भाबना देखिएको हुँदा अब नेपालले भारत लाई तिमीहरु आफ्नो हात हतियारको सुरक्षा गर्न असमर्थ छौ तेस्करन तेस्को सुरक्षाको जिम्मा हामी लाई देउ भन्न परेन त? आखिर भारत को सुरक्षा पनि नेपाली हरुले गरेकै छन भारतीये सेनामा गये र के छ बिचार ? ल पढ्नुस् भारतीय सेनाले प्रयोग गर्ने ग्रिनेड काठमाडौंमा 18/08/2010 01:29:00 विनोद न्यौपाने नयाँ पत्रिका काठमाडौं, १ भदौ भारतीय सेनाले प्रयोग गर्ने हाते गि्रनेड काठमाडौंमा अपराधीहरूबाट बरामद भएको छ । छिमेकी देशको राष्ट्रिय सेनाले प्रयोग गर्ने हतियार अपराधीसम्म कसरी पुग्यो ? प्रहरी अनुसन्धानमा जुटेको छ । प्रहरी परिसर काठमाडौंको विशेष टोलीले मंगलबार बिहान काठमाडौं, कालिमाटीबाट हतियारका कारोबारी रामविनय सिंह र विनोद चौधरीलाई पक्राउ गरेको हो । सिंहले भारतबाट हतियार ल्याउने र चौधरीले काठमाडौंमा हतियार बेच्ने गरेको प्रहरीको दाबी छ । उनीहरू दुवैजना सर्लाहीको बलारा-४ निवासी हुन् । काठमाडौं परिसरका एसपी रमेश खरेलका अनुसार सिंह र चौधरीबाट हाते गि्रनेड २ वटासमेत बरामद गरिएको छ । उनीहरूको साथबाट मेड इन युएसए लेखिएको २ थान पेस्तोल, त्यसको म्यागजिन ४ वटा, गोली १९ वटा, एउटा रिभल्बर र त्यसको गोली ३ वटा बरामद गरेको छ ।एसपी खरेलले यसबारेमा अनुसन्धान भइरहेको बताए । 'भारतीय सेनाले प्रयोग गर्ने गि्रनेड कसरी आयो, अनुसन्धान भइरहेको छ,' उनले भने । भारतीय सेनाले प्रयोग गर्ने ३६ एमएमको गि्रनेड अरूभन्दा शक्तिशाली भएको प्रहरीले जनाएको छ । 'पड्किएको ठाउँबाट ५० मिटर टाढासम्म यसले गम्भीर क्षति पुर्याउँछ । भारतीय आर्मीले प्रयोग गर्ने गि्रनेड नेपाल आइपुग्नु गम्भीर विषय हो,' अनुसन्धानमा सक्रिय प्रहरी स्रोतले भन्यो । प्रहरीका अनुसार सिंह र चौधरी सोमबार राति रौतहटको गौरबाट माँ कल्याणी यातायातको बस उनीहरू लामो समयदेखि राजधानीमा हतियारको कारोबारमा संलग्न रहेको प्रहरीको दाबी छ । जितेन्द्रले काठमाडौंका आपराधिक समूहलाई जेलभित्रैबाट 'डिल' गरी हतियार बेच्ने गरेका हतियार कारोबारी समातेपछि महानगरीय प्रहरी आयुक्तको कार्यालयले अप्रेसनमा संलग्न यसरी हुन्थ्यो कारोबारयस्तो गि्रनेड करिब ३० हजारमा बेच्न ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीस्रोतका भनाइ छ । त्यस्तै बरामद पेस्तोल र रिभल्बर पनि महँगा छन् । पेस्तोलको मूल्य एउटाको ९० हजार र रिभल्बरको ६० हजार पर्छ । अमेरिकामा निर्माण गरिएको लेखिए पनि ती पेस्तोल र रिभल्बर भारतमै निर्माण गरिएको प्रहरीको भनाइ छ । चढेर राजधानी आएका हुन् । उनीहरूलाई पिछा गरिरहेको प्रहरीले बिहान कालिमाटीमा 'अप्रेसन' गरी पक्राउ गरेको हो । टोलीका अर्का सदस्य सर्लाहीकै प्रमोद चौधरी भने भागेका थिए । तीन महिनादेखि उनीहरूलाई पक्राउ गर्न प्रयास गरेको बताउँदै एसपी खरेलले गिरोहका अन्य सदस्यको खोजी भइरहेको जानकारी दिए । उक्त समूहका सदस्यको मोबाइल नम्बर पत्ता लगाएर प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो । तीन महिनादेखि उनीहरूको 'फलो' गर्दै काठमाडौं परिसरको टोली रौतहटको गौरसम्म पुगेको थियो । उनीहरूले काठमाडौंको आपराधिक समूहलाई हतियार दिन ल्याएको बताइए पनि किन्न खोज्ने समूहको पहिचान भने हुन सकेको छैन । सिंह र चौधरीलाई पक्राउ गरेपछि राजधानीमा हतियार तथा विष्फोटक पदार्थ भित्र्याउने एउटा ठूलो नेटवर्क तोडेको प्रहरी दाबीे छ । यसअघि प्रहरीले राजधानीमा हतियार बेच्ने एजेन्टलाई मात्रै पक्राउ गरे पनि भारतबाटै हतियार ल्याउने र राजधानीमा कारोबार गर्नेलाई एकैपटक पक्राउ गरेको पहिलोपटक हो । प्रहरीलाई पुरस्कृतसमेत गरेको छ । हतियारसहित मान्छे समाउनेलाई पुरस्कृत गर्ने योजनाअनुसार रेकर्डमा उल्लेख हुने गरी प्रतिव्यक्ति पाँच सय रुपैयाँका दरले पुरस्कार दिइएको हो । बढीमा एक हजार एक रुपैयाँसम्म पुरस्कार दिने व्यवस्था प्रहरीमा छ । यो अपे्रसनमा ९ जना प्रहरी सहभागी भएको काठमाडौं परिसर स्रोतले जानकारी दिएको छ । मंगलबार हतियारसहित पक्राउ परेका रामविनय सिंह गिरोहका 'सेकेन्ड म्यान' भएको प्रहरीले जनाएको छ । मुख्य कारोबारी त उनका दाजु जितेन्द्र सिंह हुन् । गिरोहका मुख्य नाइके जितेन्द्र सशस्त्र प्रहरीका पूर्वहवल्दार हुन् । उनी सशस्त्र प्रहरीको भण्डारण शाखामा रहेका वेला हजारौँ थान गोली आपराधिक समूहलाई बेचेको आरोपमा ०६४ कात्तिकमा पक्राउ परेका हुन् । जितेन्द्रले भारतीय आपराधिक समूहलाई समेत गोली बेचेको सशस्त्रले त्यसवेला गठन गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । उनी अहिले डिल्लीबजार कारागारमा छन् । उनका भाइ रामविनयको भने तराईका धेरैजसो सशस्त्र समूहसँग साँठगाँठ रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ती समूहलाई समेत रामविनयले हतियार बेच्ने गरेको पाइएको छ । गिरोहले अहिलेसम्म दर्जनौँ थान पेस्तोल र रिभल्बर काठमाडौं भित्र्याएको प्रहरी अनुमान छ । छन् । स्रोतका अनुसार जेलभित्र पुगेका विभिन्न आपराधिक समूहका नाइकेमार्फत हतियार मगाइदिने ठेक्का जितेन्द्रले लिने गरेका थिए । जितेन्द्रसँग भेटेर तथा मोबाइलमार्फत कुरा गरी हतियार बेच्ने काम गर्दै आएका थिए प्रमोद र विनोद चौधरीले । सम्झौता भएपछि जितेन्द्रका भाइ रामविनयले भारत पुगेर हतियार ल्याउने गरेको प्रहरी स्रोतको दाबी छ । चाैधरीद्वयले देखावटी व्यापारका लागि ठमेलमा तरकारी पसलसमेत चलाउँदै आएका थिए । सम्झौताअनुसार हतियारको ५० प्रतिशत रकम लिएपछि रामविनयले नेपालसँग सीमा जोडिएका भारतीय बजार जयनगर, बैरगनियालगायतका स्थानबाट हतियार किनेर ल्याउने गरेका थिए । ती बजारमा संगठित रूपमै हतियारको कारोबार गर्ने भारतीय अपराधी भएको प्रहरीको अनुमान छ । सिंहले विभिन्न रुटमार्फत रौतहटको सदरमुकाम गौरसम्म हतियार ल्याएपछि बसका चालक तथा खलासीलाई हतियार दिने गरेका थिए । हतियार राखेकै बसमा आउने गरेका रामविनयले काठमाडौंमा पूरै पैसा लिएपछि ग्राहकलाई दिने गरेको प्रहरी स्रोतले बताएको छ । Last edited: 18-Aug-10 11:23 AM
_____ · Aug 18, 2010 10:59 AM · 1,669 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion