हारेका बाघ - प्रचंड

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कहिले बोली कहिले व्यवहारका कारण राजनीतिकबृत्तमा चर्चामा छाईरहने माओवादी अध्यक्ष पुष्पकमल दाहालको बोली हिजोआज र्दुलभ छ। प्राय दिनकै टेलिभिजनको पर्दामा छाउने दाहालको अनुहार टेलिभिजनको स्त्रि्कनमा देखिन छाडेका छन्। उनका भाषणका समाचार पत्रिकामा छापिन छाडेका छन्। सार्वजनिक कार्यक्रममा उनको उपस्थिती पातलीएको छ। पार्टीको कार्यक्रमहरुमा उनको उपस्थिती न्युन देखिएको छ। मुटुनै घोच्ने गरी विपक्षीलाई गरिने कटाक्ष सुन्य छ। आखिर किन दाहालमा यो परिर्वतन? केही समय अगाडि बसेको माओवादीको केन्द्रिय समितिको बैठकमा उनले मौखिक प्रतिवेदन पेश गर्दै भारतका कारण आफ्नो नेतृत्वमा सरकार गठन हुन नसकेको बताएको समाचारहरु आएका थिए। त्यो पनि स्रोतका आधारमा। उनको बोली चै सुन्न सकिएको थिएन त्यो बेला पनि। त्यसपछिका दिनमा उनी पार्टीको कुनै औपचारिक कार्यक्रममा भाग लिएको भेटिएको छैन, देखिएको छैन, सुनिएको छैन। प्रधानमन्त्री पदको मनोनयन अगाडिसम्म सक्रिय नै देखिएका थिए दाहाल। प्रधानमन्त्रीको निर्वाचनको तेस्रो चरणसम्म फाट्टफुट्ट उनी झुल्कीरहेका थिए संचारमाध्यमहरुमा। तर, चौथो चरणको निर्वाचनपछि गुप्तवास बसे सरह छ उनको उपस्थिती। आखिर के भयो उनलाई? दाहाल निकटहरु भन्छन् अहिले उनी घायल छन् अनी निरास पनि। प्रधानमन्त्री निर्वाचनका परिणाम र आफन्त अनी दुष्मनको व्यबहार दुबैवाट उनी घायल छन्। संसदिय राजनीतिको सबै खेलको अभ्यास गर्दापनि ३०१ मत ल्याएर प्रधानमन्त्री चुनिन नसक्दा निरास। जसका कारण उनले आफ्नो दैनिकीलाई माओवादी छापामारको शुरक्षा घेरामा रहेको नयांबजारमा सिमित गरेका छन्। सधै आफुलाई जितुवाको पहिलो श्रेणिमा राखेर विपक्षीलाई क्वाप्लाक्कै खाउंला झै गर्ने उनी जव चारौ पटकको प्रधानमन्त्री निर्वाचनमा पनि पराजीत भए तव एकाएक भुमिगत समान बनेको छ उनको दैनिकी। पार्टीका नेता या प्रतिष्पर्धी दलका नेताले उनको विषयमा नरम वा गरम जे टिप्पणी गरेपनि उनी अहिले प्रतिवाद गर्ने मुडमा देखिएका छैनन्। रोए पनि चर्चा, हांसेपनि चर्चा। हुंकार गर्दै सार्वजनिक स्थलमा को हो त्यो भन्दै तीनवित्ता माथि उफि्रदा पनि चर्चा। सार्वजनिक राजनीतिक जीवनमा उत्रिएपछि दाहाल सधै चर्चाका विषय बने। उनको हाईहाई भयो त्यो बेला। उनले जे बोलेपनि हटकेक बन्न थाल्यो। एकप्रकारले उनी ठुलो शक्ति केन्द्र बने। पार्टी संविधान सभामा सबैभन्दा ठुलो दल बनेपछि उनको चमक र स्वर दुबै बढ्दै गयो उनको। दाहाल मात्र हैन, श्रीमती सिता, छोरा प्रकाश अनी उनका बाबु समेत चर्चाका केन्द्रमा रहे। पुरा पार्टीपक्ति उनको पछिपछि थियो। उनले जस्तो लगायो सबैले सकेसम्म त्यस्तै लगाउने। जस्तो कपाल बनायो त्यस्तै बनाउने र जस्तो बोल्यो त्यस्तै बोल्ने प्रतिष्पर्धा नै शुरु भएको थियो।   जव उनको नेतृत्वमा सरकार बन्यो तव विस्तारै उनी विवादका घेरामा तानिन थालिए। कहिले सुत्ने खाटको विवाद चुलियो त कहिले घडीले उनलाई विवादमा तान्यो। छोरा प्रकाशको व्यबहार अनी श्रीमती सिताको बोलीले पनि पटक पटक संकटमा पारेको नै हो उनलाई। तर, पनि उनको हुंकार सेलाएको थिएन।   पार्टीभित्र आन्तरिक संघर्ष बढेपनि उनले जसरी पनि थामथुम पारेका थिए। कहिले मोहन बैद्य जस्तै बनेर होस या बाबुराम भट्टराई झै उनी पार्टीभित्र बलियोनै थिए। उनको बोली र निर्णयको सार्वजनिक रुपमा प्रतिवाद गर्ने हिम्मत गर्ने कोही जन्मीएकै छैन जस्तै थियो। तर जव उनी प्रधानमन्त्रीको कुर्सी छोडेर सडकमा उत्रिएपनि पनि पुन कुर्सीमा पुग्ने प्रतिष्पर्धामा उत्रिए तव विस्तारै कमजोर बन्दै गए।  आफ्नै पार्टीको कार्यक्रममा भट्टराईलाई भारत परस्तको आरोप लगाउंदै भारतको निर्देशनमा प्रधानमन्त्री बन्न खोजेको भनेपछि त उनीमाथि यस्तो पदलोलुपको आरोप लाग्यो जसलाई उनले पखाल्नै सकेनन्। उनको पार्टीभित्र पनि उनको विरोध शुरु भयो। प्रधानमन्त्रीको उम्मेदवार बन्न पार्टीभित्रै उनले कम संघर्ष गरेका हुन र? संघर्षपछि प्रधानमन्त्रीका उम्मेदवार त बने। तर यसले उनको राजनीतिक साख बढाउनुको साटो थप खस्कायो। जितुवा दाहाल हरुवाको सूचीमा सुचिकृत भए। तेस्रो चरणको निर्वाचनमा जसरी पनि जित्छु भन्ने उनका रहेको आत्मविश्वास निर्वाचनको परिणामवाट असफल बन्यो। चौथो चरणको निर्वाचनमा आफ्नै सभासदको समेत भोट पाएनन्। भारतका विशेष दुत मान्छन् कि भनेर एक्लै भेटेपनी केही भएन। राजावादीसंगको सांठगांठले पनि रगं ल्याएन। अनी हराए उनी। खै कता छन् अहिले? पत्तो छैन। लाग्छ राजनीतिको फ्रेमवाट आउट छन् उनी। साच्चै कहां छन् उनी? Source :  www.hamroblog.com Last edited: 18-Aug-10 09:35 AM

Syandai · Aug 18, 2010 9:34 AM · 15,156 views

1 Reply

पर्खिन जाठो, १ दिन प्रचन्डले कुकुर धुलाई सहित नराम्रो गड्यौले खाल्को मृत्‍यु भेटछ। धराने कालो बङूरलाई साबुन पानीले धोएर पोख्रेली सेतो बङूर बनाउन मिल्छ त गुले हो?

Rodiohead · Aug 18, 2010 1:07 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all