गुलामहरूको गाइजात्रे देशभक्ति

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

―भरत दाहाल नेपालका कुनै पनि सरकारी वा गैरसरकारी निकायहरूको निमन्त्रणा बिना भारतीय नागरिक श्यामशरण त्यहाँका प्रधानमन्त्रीको स्वघोषित दूत बनेर काठमाडौं आए। आफ्नो विस्तारवादी चरित्रअनुसार उनले सरकार गठन र अन्य दलीय झगडाबारे के भइरहेको छ भनी गुलामहरूलाई रिपोर्टिङ गर्न आदेश गरे। गुलामहरूले आफूले प्राप्त सीमा अनुसारको धर्म निर्वाह गरे। तर श्यामशरणको यो गैरकानुनी भ्रमणलाई विरोध गर्ने विवेक कुनै गुलामले देखाएनन्। त्यसको लगत्तै एमाओवादीका सभासद् रामकुमार शर्मालाई भारतीय दूतावासको काउन्सुलर भनिने सुव्रत दास ('रअ'को नेपाल शाखा प्रमुख)लेज्यान मार्नेसम्मको धम्की दिए। दूतावासभित्रको कर्मचारीले नेपालमाथि नै गरेको यो आक्रमक क्रियाकलाप यहाँका गुलामहरूलाई आपत्तिको विषय बन्ने सम्भावना त थिएन नै। बरु परराष्ट्रमन्त्री दूतावासको कथित खण्डनपत्र पाठ गर्दै  त्यसको बचाउमा देखा परिन्। अन्य संसदवादीहरूका लागि यो देशको सार्वभौमसत्ताको होइन कि रामकुमार शर्माको मामिला मात्र देखियो भने एमाओवादीले आफ्नो 'राष्ट्रवादी' मुखुण्डो जोगाउन मामुली वक्तव्यबाजी गर्नुबाहेक अरु कुनै कदम चाल्न आवश्यक ठानेन। श्यामशरणको भ्रमणपछि नेपालका लागि पूर्व भारतीय राजदूत केभी राजनले सबै दलका व्यक्तिहरूलाई भेटिरहेका छन्। एउटा विदेशी व्यक्ति आएर यस प्रकारका क्रियाकलापहरू गर्दा त्यसलाई समर्थन गर्ने वा मौन रहनेहरूका बीचमा देखाइने गरेका विवादहरूको कति अर्थ हुनसक्छ भन्ने कुरा सोचनीय छ। माथिका ३ वटा घटनाहरू सरकार गठनको खेलसँग जोडिएका भर्खरैका घटनाहरू हुन्। घटनाहरूको चरित्रबाट जो कोहीले पनि के कुरा बुझ्न सक्दछ भने नेपालको सत्ता र सरकार भनेका भारतीय शासक वर्गको झोलाभित्रका रोटीहरू हुन् र गुलामहरूका बीचमा रोटीका लागि झैझगडा भयो भने त्यसको बाँडफाँड गरिदिन तिनीहरू आफै अगाडि सर्नुपर्छ। नेपाली जनताहरूको मनमा छ कि दलहरू मिल्न सके संविधान बन्छ र शान्ति कायम हुन्छ। सर्वसाधारण मानिसहरूको विचार हुनसक्छ कि दलहरूका आपसी अडानका कारणले सरकार बन्न सकिरहेको छैन। दलहरू इमान्दार भैदिएको भए नेपाल स्वर्ग बन्ने थियो भन्ने भावना धेरै नेपालीहरूमा छ। सायद, कमजोर, अचेत, असहाय र दरिद्रहरूको नियति भनेको अर्काको आशामा बाँच्नु तर इतिहासबाट केही कुरा सिक्न नसक्नु हो। पञ्चायत ढलेको भए..., बहुदल आएको भए...., दलहरू मिलेको भए..., राजतन्त्र ढलेको भए..., संविधानसभाको चुनाव हुन सकेको भए..., एमाओवादीको सरकार बनेको भए...  आदि। नेपाली जनताका यी सबै सपनाहरू देखावटी रुपमा साकार भएका छन्। पञ्चायत र राजतन्त्र ढलेका छन्। बहुदल र लोकतान्त्रिक गणतन्त्र आएको छ। संविधानसभाको चुनाव भएको छ र संसार हल्लाउने 'विद्रोही शक्ति' माओवादीको सरकार पनि बनेको छ। तर यी सबै जीतहरूको कूल परिणाम प्राप्त छ– रसातल। एउटा विदेशी अनाधिकृत रुपमा आएर सबैलाई हप्की, दप्की र उर्दी जारी गर्दा शरीरबाट ठूलो श्वास पनि निकाल्न नसक्नेहरूको ढोँगी आदर्श सुन्ने हो भने यस्तो लाग्छ कि मानौं तिनीहरूले धामी झाँक्रीको धन्दा गरिरहेका छन्। समस्यालाई 'हो' भन्न सक्ने हैसियतमा नरहेकाहरूले कति ठूलो विरोधाभाष, विसंगति र विकृति बोकेर बाँचेका हुन्छन् भन्ने कुराको प्रमाणको रुपमा प्रधानमन्त्री चुनाव प्रकरणमा निस्केका केही हठहरूलाई हेरे पुग्छ। एमालेभित्रको एउटा पक्षले 'राष्ट्रिय सहमति' नभएसम्म अनन्तकालका लागि तटस्थ बस्ने अडान लिएको छ। यसो भन्ने पक्षले संसदीय राजनीतिलाई आफ्नो आदर्श मान्छ र संसदीय राजनीतिबाटै त्यसको जिन्दगी फलिफाप भएको छ। त्यसलाई थाहा छ कि संसदीय प्रणाली भनेको बहुमतको शासन र अल्पमतको विपक्ष हो। बहुमतका लागि भोट नहाल्ने ढोँग प्रदर्शन गर्दा त्यसले संसदीय प्रणालीलाई मान्दैनौं चाहिँ भन्दैन। बहुमतीय प्रणाली स्वीकार नगर्ने घोषणा गरेको भए त्यसको सम्मान गर्न सकिन्थ्यो। बरु यो पक्षले दुईतिहाइ बहुमत (जो राष्ट्रिय सहमति नभएर बहुमत नै हो) पाएको भए राष्ट्रिय सहमतिलाई पोलेर आफै प्रधानमन्त्री खाइदिन तयार भएको थियो। दोस्रो ढोँग भारतीय हस्तक्षेपको विरोध गर्ने गाइजात्रे 'देशभक्ति'सँग जोडिएको छ। आफू बस्ने कुर्सीलाई मेरुदण्ड बनाएर नागरिक सर्वोच्चता, राष्ट्रिय स्वाधिनता, नयाँ नेपाल र स्थायी शान्तिको परिभाषा दिँदै आएको यो पक्ष (एमाओवादी)ले श्यामशरणदेखि केभी राजनसम्मका अनाधिकृत दूतको दर्शनका लागि लामवद्ध भएर बस्न कत्ति पनि संकोच मान्दैन। तेस्रो ढोँग कथित मधेसवादका नाममा प्रदर्शन भइरहेको छ। कथित मधेसवादका नाममा भारतीय राष्ट्रिय स्वार्थको वकालत गर्नुबाहेक देशका अन्य कुनै पनि वर्ग, समुदाय र क्षेत्रसँग एक कौडीको सरोकार नभएको यो जमातले आफ्नो प्रभुको हितका लागि यतिसम्म तल गिर्न सक्ने चरित्र प्रदर्शन गरेको छ कि अब यसलाई विश्वास गर्ने ठाउँ नै बाँकी छैन। जुन शक्तिहरूसँगको सहयोगले त्यसले एक वर्षसम्म सत्ताको तर मारेर धन कमाएको छ, त्यही शक्तिलाई लात हानेर तटस्थ बस्ने नाटक गरेको मात्र होइन कि यो जमातले आफ्नो र दिल्लीको स्वार्थका लागि एमाओवादीसँग समेत मिल्न सक्ने चरित्र देखाइसकेको छ। बाँकी ढोँगी पात्रहरूछन् कांग्रेस र एमालेभित्रका। देशको समस्याको स्रोत के हो भन्ने कुरा यिनीहरूले पनि ढाँटिरहेका छन् तर आफ्नो राजनीतिक मूल्यमा यिनीहरूमाथि उल्लेख गरिएका पात्रहरूको तुलनामा धेरै स्पष्ट र निष्ठावादी छन्। संसदीय राजनीतिभित्र चुर्लुम्म डुबेर रसचाहिँ चुसिरहने र बाहिर 'क्रान्ति'का नक्कली कुरा गरेर भाँडभैलो पनि मच्ाइरहने एमाओवादीसँग सहकार्य गर्नु हुँदैन भन्ने यिनीहरूको धारणा राजनीतिक धारणा हो र यो आफ्नो वर्ग तथा मूल्यप्रतिको इमान्दारिता पनि हो। सारमा भन्नुपर्दा बाहिरी रुपबाट राजनीतिका नाममा आज जे भइरहेको छ, यसरी जनतालाई धोकाम हाल्नु भन्दा र जनतामा सत्य कुराको सम्प्रेषण हुन नदिने अपराध गर्नुभन्दा यथार्थलाई ठीक ढंगले प्रस्तुत गर्नु राम्रो हुन्छ। नेपालको राजनीतिको जटिलताको प्रश्न होस् वा अहिले प्रधानमन्त्रीको चयनमा देखापरेको गत्यावरोधका कुरा होस्, जोडिएकोसवाल विदेशीहरूकै हो। किनभने नेपाल पराधिन नवऔपनिवेशिक राज्य हो। यस्तो राज्यको लगाम विदेशीहरूकै हातमा हुन्छ भन्ने प्रमाण जुटाउन कतिवटा घटनाहरू हेर्नुपर्ने हो। अहिलेको जटिलता त्यसबेला खुकुलो हुनेछ, जब तानातानमा रहेका विदेशी स्वार्थहरू सापेक्ष सन्तुलनमा आउनेछन्। यसलाई बुँदामा यसरी अभिव्यक्त गर्न सकिन्छ– – १२ बुँदे समझदारीपछि नेपालभित्र बहुध्रुवीय बनेर गएको विदेशी शक्तिहरूको उपस्थिति र भारतीय स्वार्थका बीचमा कसरी सन्तुलन मिलाउने? – राज्यका अंग, मुख्य गरी सेना र निजामती प्रशासन, सम्मको पकडलाई सबै विदेशी शक्तिहरूका बीचमा कसरी बाँडफाँड गर्ने? – नेपालभित्रको प्राकृतिक स्रोत साधनमाथिको नियन्त्रणको अनुपातलाई कसरी मिलाउने? – अमेरिका–चीन, भारत–चीन, अमेरिका–भारत र यससँग जोडिएका अन्य युरोपिय  शक्ति राष्ट्रहरूले आप्ना बीचको सम्बन्धलाई आफ्नो अनुकूल र आफ्नो उद्देश्यमा सफलता प्राप्त गर्न नेपालको राजनीति र दलहरूलाई एक अर्काविरुद्ध कसरी प्रयोग गर्ने? – १२ बुँदे समझदारीपछि नेपाली राजनीतिभित्र उदाएको बहुध्रुवीय शक्तिकेन्द्रबाट दिल्ली आतंकित अवस्थामा छ। तसर्थ, त्यसले तराईलाई 'तटस्थ क्षेत्र' बनाएर वा आत्मनिर्णयको अधिकारका नाममा नेपालबाट अलग गरेर आफ्नो उपस्थिति बलियो बनाउने षड्यन्त्र गरिरहेको छ। तसर्थ, अहिलेको जटिलताको एउटा मुख्य पाटो र कथित मधेसवादीहरूको मन्त्र तथा तपस्यताको विषय भारतको खस्कँदो अवस्थालाई सुदृढ गर्नु रहेको छ। यी विषयहरू कल्पना होइन, तथ्यहरू हुन्। नेपालको नवऔपनिवेशिक कुर्सी भनेको उपरोक्त एजेन्डाहरूलाई स्वीकार गरेरक ुनै शक्ति राष्ट्रको निगाहबाट पाइने कुरा हो। विषय यति प्रस्ट हुँदाहुँदै यहाँका दलहरूले प्रदर्शन गरिरहेको नाटकपूर्ण रुपमा भ्रामक छ। यहाँका नेताहरूको अडान र ढोँगी आदर्शबाट हुने केही छैन र यिनीहरूले गर्न सक्ने कुरा पनि केही छैन। यिनीहरूबाट आशा गर्ने र राजनीतिको जटिलतालाई दलहरूका बीचको विवादको परिणाम ठान्नेहरू अचेत मानिसहरू हुन्। विदेशीहरूका बीचको स्वार्थमा सहमति हुनासाथ यहाँका नेताहरूमा रातारात राष्ट्रिय सहमतिका नाममा अर्को समझदारी हुनेवाला छ। तर विदेशीहरूको कृपा नजर नपर्दासम्म यहाँ हुन सक्ने अधिकतम कर्तव्य भनेको निषेधको प्रवृत्ति मात्र हो। http://www.weeklynepal.com/new...   .news_detail{ text-align:left; } .publication_left{ float:left; margin:5px; padding:3px; width:30%; text-align:left; } .publication_right{ float:right; margin:5px; padding:3px; width:65%; text-align:left; } .image_title{ font-weight:bold; font-size:16px; width:150px; padding:5px; } .publication_title{ color:#fff; font-weight:bold; padding:5x; padding-left:15px; height:30px; font-size:18px; background:#106494; } [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);

_____ · Aug 17, 2010 1:23 PM · 1,481 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all