आफ्नो भन्दा बाहेकको जात लाई गाली गर्नु सत्टा काम गरे कसो होला

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपाल सुनको अन्डा पार्ने कुखुरी हो अश्विनी कोइराला सपना देख्ने तर व्यवहारमा उतार्न नसक्ने धेरै विज्ञको भीडमा अनिल चित्रकार फरक देखिन्छन्। उनले ग्रामीण क्षेत्रमा सञ्चालन गरेको सौर्य टुकीको अवधारणाले संसारभर प्रसिद्धि पाएको छ। बिजुली नपुगेका  ग्रामीण क्षेत्रमा मटीतेल महँगो हुने वा नपाइने कारणले मानिसहरूले बत्तीसमेत बाल्न नसक्ने अवस्था छ। चित्रकारले सौर्यऊर्जाबाट टुकी मात्र बालेनन्, रेडियोको ब्याट्रीसमेत चार्ज गर्ने व्यवस्था मिलाए। ब्याट्री  चार्ज गर्न विद्यालय जानुपर्ने योजना ल्याएपछि विद्यार्थीहरू विद्यालय जान बाध्य भए। एउटै योजनाले लाखौं ग्रामीण जनतालाई फाइदा पुगेपछि उनले अशोका फेलोसिप, ग्लोबल लिडर्स एवार्ड, टेक म्युजियम एवाडर् जस्ता विश्वप्रसिद्ध पुरस्कार जिते। यी पुरस्कारबाट उनले करिब २ करोड रुपैयाँ पाए। अहिले त्यही पुरस्कारबाट आएको आम्दानीले उनी विभिन्न परियोजनामा काम गरिरहेका छन्। चित्रकार नवीकरणीय ऊर्जा,  प्राकृतिक स्रोत संरक्षण एवं मानवीय सम्पदा संरक्षण विज्ञ पनि हुन्। सौर्य टुकीको अवधारणा कसरी आयो ? म काठमाडौंको नेवार भए पनि नेपालका सबैजसो गाउँ-घर घुम्ने व्यक्ति हुँ ।  यसरी घुम्दा नेपालीहरूले स-साना कुराका लागि ठूलो परिश्रम गरेको देख्दा यी समस्यालाई कसरी हटाउन सकिन्छ भन्ने चिन्ता  लाग्थ्यो । नेपालमा ठूलो कुराको दुःख छैन, सानातिना कारणले मानिसहरू समस्यामा परेका छन् भन्ने बुझेपछि मैले समस्या पहिचान गर्न थालेको हुँ । तैपनि त्यो कुन घटना हो, जसले तपाईंलाई विश्वप्रसिद्ध अवधारणा ल्याउन मद्दत गर्‍यो ? करिब २० वर्षअघिको कुरा हो । दाङको एउटा गाउँमा महिलाहरू पानी लिन जाँदा आफ्ना स-साना सन्तानलाई खाँबोमा बाँधेर हिँड्दा रहेछन् । पानी लिन जाने ठाउँ टाढा भएकाले छोराछोरी कुनै दुर्घटनाको  सिकार नहुन् भन्ने चाहना थियो । यदि पानी लिने ठाउँ नजिक भएको भए त्यस्तो अवस्था सिर्जना हुँदैनथ्यो । त्यहाँ बिजुली थिएन, मैले त्यो गाउँमा सौर्य ऊर्जाबाट पहिलो पटक पानी निकालें । त्यसबेला गाउँले हरूको अनुहारमा जुन खुसी देखें, मलाई लाग्यो, सानो कुराले पनि ठूलो परिवर्तन ल्याउन सकिन्छ । त्यही बेलादेखि मलाई स-साना योजनामा काम गर्न मन लाग्यो । त्यसमध्ये सौर्य टुकी पनि एक हो । तपाईंका प्रविधिले विश्वप्रसिद्ध पुरस्कारहरू जितेका छन्, ठूला-ठूला प्रविधि देखिसकेको संसारले यति सानो कुरामा किन महत्त्व दिएको होला ? नेपालमा यस्तै स-साना कुराको आवश्यकता छ । ठूला-ठूला विकासका परियोजनाको कुरा सुन्दा त मीठा लाग्छन्, तर व्यवहारमा ती अप्ठयारा छन् । हेर्दा सानो भए पनि यसले राती टुकी बाल्छ, गाउँमा रेडियोको  ठूलो महत्त्व छ । ब्याट्री महँगो भएकाले मानिसले रेडियो सुन्न पनि डराउनुपर्ने अवस्था थियो । गाउँमा मोबाइल पुगेपछि त्यही प्यानलले मोबाइल चार्ज हुन थालेको छ । यस्तो प्यानल स्कुलमा राख्ने र रेडियो तथा  टुकीको जिम्मा विद्यार्थीले लिने भएपछि रेडियो, मोबाइल, टुकी चार्ज गर्न विद्यालय जान उनीहरू बाध्य भए । यसले विद्यालय पनि नियमित भयो । यसले सानो कुराबाट कसरी बढीभन्दा फाइदा लिन सकिन्छ  भन्ने अवधारणा पेस गरेको छ । अहिले स्थानीय एफएमहरूले रेडियोमै ट्युसन पढाउन थालेपछि यसको माग अझ बढेको छ । अहिलेसम्म ३ लाख सौर्य टुकी बिक्री भैसकेको छ, तपाईंले व्यापार गरिरहनुभएको हो कि समाजसेवा ? केहीअघि अर्थमन्त्री हुँदा डा. रामशरण महतले कणर्ाली अञ्चलका लागि ८० हजार सौर्य टुकी सित्तैंमा बाँड्ने व्यवस्था गर्नुभयो । मैले कुनै पनि कुरा सित्तैंमा दिँदा त्यसको सदुपयोग हुन सक्दैन भनेर त्यसो नगर्न सुझाव दिएको थिएँ, तर त्यसको सुनुवाइ भएन । अहिले सुन्दैछु, ८० प्रतिशत सौर्य टुकी जसलाई दिइएको हो,  उनीहरूको घरमा छैन । यदि थोरै पैसा लिएर सहकारीमार्फत त्यसलाई व्यवस्थापन गरेको भए करोडौं रुपैयाँको दुरुपयोग हुँदैनथ्यो । हामीले केही पैसा लिने हुनाले यो एक प्रकारको व्यवसाय नै हो । यसलाई  समाजसेवामुखी व्यवसाय भन्न सकिन्छ । अरूको दास भएर बस्नुभन्दा यस्तो प्रभावकारी व्यवसाय गर्नु उत्तम हो । आज धेरै युवा कलेजमा म्यानेजमेन्ट पढिरहेका छन्, केवल २०-२५ हजार रुपैयाँका लागि, तर  उनीहरूले हात्ती किनेर पर्यटकलाई चढाउने हो भने उनीहरू दिनहुँ २०-२५ हजार रुपैयाँ कमाउन सक्छन् । अहिले नयाँ अनुसन्धान के गरिरहनुभएको छ ? नेपालमा १० हजार घट्ट छन् । गाउँघरमा पिठो पिस्नदेखि विभिन्न कुटानीका लागि यिनै घट्टको प्रयोग हुन्छ । यदि यी घट्टबाट १८ भोल्टको ब्याट्री चार्ज गर्न सकियो भने त्यसले अपुग बिजुली स्वतः पूरा गर्न  सकिन्छ । यसमा म गम्भीर रूपमा लागेको छु । एउटा भाँडोमा नुन र पानी हालेर त्यसमा तामाको तार राख्ने र त्यसलाई घाममा तताउने हो भने त्यो क्लोरिनमा परिवर्तन हुँदो रहेछ । १ हजार लिटर क्लोरिनलाई  ४ हजार लिटर पानीमा मिसाएर त्यसले गाउँघरको अस्पताल सफा गर्न सकिने रहेछ । गाउँघरमा केमिकलयुक्त किटाणु सफा गर्ने सामग्री हुँदैन, त्यसैले यो पनि एउटा महत्वपूर्ण उपलब्धि हो । तपाईंका कारण निकुञ्जक्षेत्रका बासिन्दाले राहत पाएको समाचार प्रकाशित भएको थियो, त्यो कुन प्रविधि थियो ? जहिले पनि निकुञ्ज क्षेत्र वरपरका बासिन्दा र त्यहाँका जनावरबीच ठूलो द्वन्द्व हुन्थ्यो । त्यो द्वन्द्व ऊर्जा -दाउरा) र चरण -घाँस) का कारणले उब्जिएको हो । किनभने गाईवस्तुलाई चरण चाहिन्छ, बाल्नलाई दाउरा ।  यदि गाईवस्तु बाँधेर पाल्ने र त्यसको मलबाट खाना पकाउने लगायतका ऊर्जाको व्यवस्थापन गर्ने हो भने यो द्वन्द्व समाप्त हुने थियो । यही कुरा बुझेर मैले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका १० वटा घरमा गोबर  ग्याँसको अवधारणा भित्र्याएँ । सुरुमा त्यसलाई लागू गर्न निकै गाह्रो भएको थियो, तर जुन घरमा गोबर ग्याँसको प्लान्ट लागेको थियो, ती घरका महिलाले कालो भाँडा माझ्नु नपर्ने, सुकाएको लुगा सफा हुने दे खेपछि यो लोकपि्रय हुन थाल्यो । गाईवस्तुलाई जंगली जनावरले खाला भन्ने पीर पनि भएन । अर्को कुरा निकुञ्जले जति आम्दानी गर्छ, त्यसको केही प्रतिशत गाउँलेले पाउने व्यवस्थाका लागि लविङ पनि   गरियो । किनभने यो उनीहरूको अधिकार थियो । त्यही पैसाले गाउँलेहरू गोबर ग्याँस प्लान्टलगायतका काम गर्न सक्ने अवस्थामा पुगे । यो पनि दीर्घकालीन फाइदाको काम थियो । अहिले नेपालका १ लाख  घरमा वायोग्याँस छन् । कुनै पनि राष्ट्रिय निकुञ्जक्षेत्रका घरमा वायोग्याँस छैन भने अब अचम्म मान्नुपर्ने हुन्छ । तपाईं आफूले हात हालेका सबैजसो क्षेत्रमा सफल देखिनुहुन्छ, यसको मुख्य कारण के हो ? प्रविधि र परिस्थितिको सही मूल्यांकन । तपाईं जुन ठाउँका काम गर्दै हुनुहुन्छ, त्यहाँको परिस्थिति के छ ? अर्थात् उनीहरूको आवश्यकता के हो ? त्यसपछि त्यो आवश्यकता पूरा गर्न कुन प्रविधि ल्याउनुपर्छ ? यी  कुरा बुझेपछि असफल हुने सम्भावना हुँदैन । आज काठमाडौंमा आठ घण्टा लोडसेडिङ छ, तर नेपालका १ हजार ४ सय गाउँमा एक मिनेट पनि लोडसेडिङ हुँदैन । यसको अर्थ के हो भने जुन क्षेत्रमा जुन  परिस्थिति छ, जुन प्रविधिको आवस्यकता छ, त्यही प्रविधिको उपयोग गर्ने हो भने अवश्य सफलता हात लाग्छ । तपाईं ऊर्जाका बारेमा विज्ञ हुनुहुन्छ, तपाईंसँग तत्काल लोडसेडिङ घटाउने उपाय छैन ? छ, म तीन दिनमा पनि तत्काल लोडसेडिङ घटाउन सक्छु । तीन महिनामा सय मेगावाट विद्युत् बचाउन सक्छु । तीन वर्षमा दीर्घकालीन रूपमा लोडसेडिङ अन्त्य गर्ने उपाय मसँग छन्, तर त्यसलाई लागू गर्न  दृढ इच्छाशक्ति हुनुपर्छ ।  के हुन् ती उपाय ? तीन दिन र तीन महिनामा लोडसेडिङ अन्त्य गर्ने उपाय त सबैलाई चाहिएको छ, होइन र ? काठमाडौंका सबैजसो उद्योग, होटल, विद्यालय-कलेज, घराना आदिमा ठूला-ठूला जेनरेटर छन् । ती सबैले दैनिक ६० मेगावाट विद्यूत् उत्पादन गर्छन् । पहिलो दिन पत्रिकामा 'दिउँसो सबै कम्पनीले जेनरेटर  चलाउनुहोस्, त्यसबापत राती विद्युत् प्राधिकरणले तपाईंलाई सस्तोमा विद्युत् उपलब्ध गराउँछ' भनेर सूचना दिनुहोस् । दोस्रो दिन ती सबै कम्पनीलाई बोलाएर उनीहरूसँग राति सस्तोमा बिजुली दिने एग्रीमेन्ट  गर्नुहोस् । तेस्रो दिनदेखि दिनभरि ती उद्योगमा जेनरेटर चल्न थाल्नेछन् । तपाईंको घरमा रातभर बिजुली आउँन थाल्छ । किनभने ६० मेगावाट विद्युत काठमाडौंका लागि राम्रै हो । राति उद्योगहरू कम चल्ने  हुनाले यसले तत्काल लोडसेडिङ अन्त्य हुन्छ । तीन महिनाको योजनाचाहिँ कस्तो छ ? पहिलो महिना विद्युत् महसुल तिर्न विद्युत् प्राधिकरणमा जाने ग्राहकलाई अर्को महिना बिल तिर्न आउँदा घरका सबै चिम लिएर आउने नियम बसालिदिनुहोस् । पहिलो महिना १ सय शुल्क तिर्ने व्यक्तिलाई दोस्रो  महिना पुरानो चिमको साटो कम ऊर्जा खपत हुने चिम दिएर पठाउनुहोस् । सय रुपैयाँ बिल तिर्ने व्यक्तिले १० रुपैयाँ मात्र तिर्नुपर्छ । त्यसो हुँदा चिमका लागि केही रुपैंया किस्ताबन्दीमा तिर्न जुनसुकै ग्राहक  राजी हुन्छ । तीन महिनाभित्र सबै घरका बल्भ फेरिए भने सय मेगावाट विद्युत् बचत हुन्छ । यसले देशभरिकै लोडसेडिङ घटाउन मद्दत गर्छ । तपाईंसँग धेरै योजना छन्, राजनीतिमा किन जानुहुन्न ? एउटा वडाध्यक्षले गाउँको विकासको काम पनि गर्नुपर्छ, श्रीमान्-श्रीमतीको झगडा पनि मिलाउनुपर्छ । एउटा बौद्धिक एवं सिर्जनशील मानिस गाउँको विकास गर्न त चाहन्छ, तर अरूको झगडा मिलाउन मन  पराउँदैन । मजस्ता धेरै मानिस राजनीतिमा जान नचाहनुको प्रमुख कारण यसभित्र गर्न मन नलाग्ने काम गर्न बाध्य हुनु नै हो । यदि समाज असल चरित्रको हुने हो भने धेरै मानिस राजनीतिमा जान्थे । राजनीतिलाई गाली गर्ने तर राजनीतिमा जान नचाहने बौद्धिक वर्गले देशलाई हानि भैरहेको छ भन्यो भने गल्ती हुन्छ ? सोह्रै आना ठीक हुन्छ । आज नेपालको राजनीतिमा जति पनि गलत काम भैरहेका छन्, हामी जस्ता व्यक्ति राजनीतिमा नगएर पनि हो । जब-जब देशको राजनीति बिग्रन्छ, म आफूलाई दोषी महसुस गर्छु, तर  राजनीतिमा जान आँट आउँदैन । किनभने त्यसभित्रको फोहोरदेखि डर लाग्छ । बाहिर बसेर पनि देश बनाउन सकिन्छ । बाहिर बसेर देशलाई सहयोग गरेको कुरा सम्झनुपर्दा कुन कुरा सम्झनुहुन्छ ? आज म जुन स्थानमा छु, त्यहीँ बसेर नेपालका पक्षमा विदेशी दातासँग लबिङ गर्ने अवसर पाएको छु । आज एसियाली विकास बैंकले नेपाललाई दुई वर्षका लागि १ अर्ब ऋण दिएको  छ । जलवायु परिवर्तनमा  सकारात्मक भूमिका खेल्ने विश्वका दश देशमध्ये नेपाल पनि पर्न सफल भएको छ । जसबाट नेपाललाई ६ करोड डलर आउने भएको छ । विश्वमा बाघ संरक्षण गर्ने जम्मा चार देशमा नेपाल पनि परेको छ,  जसका लागि नेपाललाई १० करोड डलर रकम आउने भएको छ । विश्व बैंकले नेपाललाई ५० अर्ब रुपैयाँ दिने सहमति गरेको छ । म उनीहरूकै कलेजमा पढेको मानिस उनीहरूलाई के भन्दा पैसा र्झछ भन्ने  बुझेको मानिस भएका कारण नेपालका पक्षमा बार्गेनिङ गर्न सजिलो भएको छ । त्यो रकम नेपाल ल्याउन मैले पनि केही योगदान गरेको छु भन्ने लाग्छ । सधैंभरि मागेर मात्र कति देश चलाउने, दीर्घकालीन उपाय सोच्नुपरेन ? यसका लागि हाम्रो सोचमा परिवर्तन ल्याउनुपर्छ । आज गल्फ एयरमा कति नेपाली विदेश गए भन्ने गणना हुन्छ, तर त्यसको लगेजमा, कार्गोमा कति नेपाली तरकारी कतार वा दुबई गए भन्ने कुराको चिन्ता  हुँदैन । चार वर्षपछि कोेदारीसम्म चिनियाँ रेल आइपुग्छ । कोदारीमा रेल आएपछि चिनियाँहरू लुम्बिनी जान चाहन्छन्, तर त्यसका लागि हामी कति चिनियाँ भाषा बोल्ने नेपाली गाइड तयार गरिरहेका छौं, त्यसका  बारेमा सोच्ने मानिस भएन । हिमाल भनेको दक्षिण एसियाको पानी ट्याङ्की हो । यसलाई बेनिफिट सेयरिङका हिसाबले लिडिङ गर्ने मानिस भएन । हामी कुरा गरिरहेका छौं, यतिबैलै लाखौं क्युसेक लिटर पानी  सित्तैंमा बगेर गैरहेको   छ । नेपाल त सुनको अन्डा पार्ने कुखुरी हो । यस्तो कुरा सोचेर देशलाई समृद्ध पार्ने मानिस चाहिएको छ । एउटा मानिसले मात्र सोचेर कसरी हुन्छ ? यसका लागि ठूलो बार्गेनिङ पावर चाहिन्छ, त्यस्ता मानिस कति होलान् त ? त्रेतायुगमा लक्ष्मणको उपचार गर्न हनुमानले सञ्जीवनी बुटी भएको पहाड श्रीलंका लिएर गएका थिए । त्यो फर्काएको कुरा अहिलेसम्म बाहिर आएको छैन । त्यो पहाडबापत श्रीलंकाले क्षतिपूर्ति दिनु वा त्यो पहाड  फर्काउनुपर्छ कि पर्दैन, कुनै पनि कुरा सोच्ने तरिका हुन्छ । हामीकहाँ योजना भएका मानिस धेरै छन् । काम पनि गरिरहेका छन्, तर सबै प्रोडक्ट वा सर्भिसमा मात्र ध्यान दिन्छन् । जबकि सिस्टमलाई ध्यान  दिनुपर्छ । यस्तो सिस्टम बनाउनुपर्छ, जसले हजारौं वर्षसम्म हामीलाई आम्दानी आइरहोस् । तपाईं काठमाडौंको रैथाने नेवार, देश दुनियाँ बुझेका तपाईंजस्ता साथी कति बनाउनुभएको छ ? दुःखका साथ भन्नुपर्छ, मेरा कतिपय साथी घर बहालमा लगाएर बियर पिएर रमाइरहेका छन् । म काठमाडौंको अफिस साइकल चढेर जान्छु, यस्तो बेलामा उनीहरू तेरो जागिर खुस्कियो कि क्या हो ? भनेर प्रश्न  गर्छन् । म किन साइकल चढिरहेको छु, त्यो पनि बुझ्न नसक्ने साथीहरूको बीचमा छु । तपाईंको विचारमा नेपाल कहिले धनी होला ? हामी चीन र भारतको बीचमा छौं । चीनले १२ प्रतिशत र भारतले ९ प्रतिशतका दरले आर्थिक वृद्धि गरिरहेका छन् । दुवै देशका मानिस धनी हुँदै गएको अवस्थ्ाामा हामी नेपाली जनता गरिब हुन्छौं भनेर बस्दा  पनि हामी धनी हुन बाध्य हुन्छौं । यति हो, हामी आफैंले पौरख गरेर धनी हुने कि दुईतिरको सेप लागेर धनी हुने हाम्रै हातमा छ । http://www.ekantipur.com/sapta...

_____ · Aug 15, 2010 5:08 PM · 1,715 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all