आज म हराएँ आज आफ्नै देशमा By: Simple_KeTa मेरो बिदेशि मित्र ! के त्याँ पनि बाँच्न यत्तिनै गार्हो छ र ? के त्याँ पनि जिउनलाई हावा अनि पिउनलाई पानि छ र ? मलाई आज यहाँ आमाले डि.भि. भर्न पैशा दिँदै भनिन जानु त्यहाँ जहाँ रगत होईन पानि छर्छ खेतमा अनि जानु त्यहाँ जहाँ किडनि बेच्नु पर्दैन भोको पेटको जोशमा मेरो बिदेशि मित्र! अनि आज म हराएँ आफ्नै देशमा अनि म हराएँ आज आफ्नै देशमा सायद चक्काजाम र आन्दोलनको द्वेषमा सायद बोलि र गोलिको क्लेशमा अनि म हराएँ आज आफ्नै देशमा मेरो बिदेशि मित्र! के साच्चैं जिँदगि त्याँ महँगो छ र ? के साच्चैं त्याँ बाँच्नलाई सपना र जिउनलाई रोजगार छ र ? शुभकामना तिमिलाई मेरो बिदेशि मित्र मेरो कल्पनाको स्वर्ग तिम्रै देश पो रैछ यहाँ स्वर्ग जान धर्म गर्नु पर्छ अनि धर्म गर्न बलि दिनु पर्छ मेरो बिदेशि मित्र! के साच्चैं त्याँ धर्म छ र अनि त्याँ आफ्नो खुशिलाई अरु मर्नै पर्छ ? अनि म हराएँ आज आफ्नै सोचमा सायद होश र बेहोशिको बिचमा या सायद हात र खुट्टाको भरमा अनि म हराएँ आज आफ्नै देशमा क्रृपया कमेण्टस दिनुहोला । पढिदिनुभएकोमा धन्येबाद । Last edited: 15-Aug-10 05:22 PM Last edited: 15-Aug-10 05:33 PM
Simple_KeTa · Aug 15, 2010 5:00 PM · 19,584 views
खुट्टा भर्खर टेकेको ले आरु दौडे को देखेर अचम्म नहुनु साथी दौडन लाई तिमी ले अझ समय बिताउनै पर्छ दौडन कोशीस गर्दा बिदेशमा थाकेर यस्तै रैछ जिन्दगी भन्नै पर्छ बिदेसी खेतमा पसिना मात्रै छर्दा जिन्दगी चाउरी परेको पनि देखेकै छौ चक्काजाम, आन्दोलन नभएपनी बिदेशमा आन्त्यहिन दौडमा जिन्दगी खियाएको देखेकै छौ किड्नी बेच्न नपरेपनी बिदेशमा हजारौं पटक स्वाभिमान बेचेको देखेकै छौ जिन्दगी महँगो अनी बाँच्न लाई रोज्गार भएपनी बिदेशमा सम्बेदन सुन्य जिन्दगी बाचेको देखेकै छौ कल्पना को स्वर्ग भएपनी, फुल्बारी भएपनी बिदेश प्लस्टिक्का फुल र प्लस्टिकका परि के काम? नजिक को देउता हेलाँ किन साथी ? म्रिगत्रिस्ना को कथा त सुनेकै छौ Last edited: 15-Aug-10 06:23 PM
timi_mero_sathi · Aug 15, 2010 6:06 PM
देश र विदेशलाई छोएर लेखेको, देशको पिडा र बिदेशको सपनालाई दाँजेर लेखेको, विदेशको यथार्थतालाई खोलेर लेखेको केटो र साथी दुबै जनाको प्रयास राम्रो छ, प्रयास राम्रो छ तर निरन्तरता आवश्यक छ, साथीकै शब्दमा भन्ने हो भने दौडन अलि पर्खनै पर्छ।
Geology Tiger · Aug 15, 2010 6:12 PM
superb Last edited: 15-Aug-10 10:33 PM
amitraja · Aug 15, 2010 9:54 PM
Just one word "Outstanding" to both of you.
allegro · Aug 15, 2010 10:21 PM
....hats off to kta and sathi........ maan chuyyo yaar..... ...... kta.. dunno what ur going thru right now...tara bidesh pani soche jasto nahuna sakcha... i have seen ppl .............. fade up with their lives... here too.... sukkha dukkha jaha pani huncha yaar....... the only solution is u have to fight against em .. hold your ground.....
alche · Aug 15, 2010 11:14 PM
नमस्ते ! --------------------------------------------------------------------- timi_mero_sathi धन्येबाद । मेरो शब्दहरुमा कमि-कमजोरि हुँदा-हुँदै पनि तपाइले तपाईको गहिरो जिवन-दर्शन भरिएको भावपुर्ण साहित्यले मेरो प्रयासलाई श्रींगारि दिनुभो । म भाग्यमानि रैछु । धन्येबाद । " किड्नी बेच्न नपरेपनी बिदेशमा " बिदेशमा " हजारौं पटक स्वाभिमान बेचेको देखेकै छौ " म त्यो लाईनको भाव चोर्न चहान्छु । --------------------------------------------------------------------- --------------------------------------------------------------------- Geology Tiger Click here to subscribe to Geology Tiger's postings. You will get notification when the users posts in sajha. धन्येबाद मलाई तपाईको सुझाव बहुमुल्य छ । दौड्न चहान्छु तर बामे सर्दै छु... के गर्नु मेरो चकचके चाहना !? डोर्याउदै लानुहोला; म औंला पक्रनेनै छु । --------------------------------------------------------------------- --------------------------------------------------------------------- Amit Raja Thank you . समय दिनुभो । --------------------------------------------------------------------- --------------------------------------------------------------------- Allegro Click here to subscribe to Allegro's postings. You will get notification when the users posts in sajha. Loading...';ajaxpage('subscribeto.cfm?userid=a529db04-8752-4824-81b1-0d6beee7a349','subspan5');"> --:::Thank You:::-- --------------------------------------------------------------------- --------------------------------------------------------------------- Alche Ah! I wish, I were there I care not, heaven or hell... it's the moment, O my friend a story to remember; a story to tell. - (Ah! How's this?) " now you can high tail* it outta the jungle but it never leaves your heart ... " - a song from "The Jungle Book 2" - Jungle Rhythm *High Tail: "retreat at full speed" www.thefreedictionary.com Alche you wrote, "dunno what ur going thru right now" Thanks for the warm words. I'm fine. No worries. Click here to subscribe to alche's postings. You will get notification when the users posts in sajha. Loading...';ajaxpage('subscribeto.cfm?userid=2626fe67-c082-4f1a-8796-538bd4cc3f5a','subspan6');">--------------------------------------------------------------------- --------------------------------------------------------------------- धन्येवाद / Thanks Loading...';ajaxpage('subscribeto.cfm?userid=e3f9639d-f877-4741-9aa8-71b1fef9a955','subspan2');"> Last edited: 16-Aug-10 05:16 AM
Simple_KeTa · Aug 16, 2010 4:04 AM
Geology Tiger धन्येबाद । बामे सर्दै छु अनि सिक्दै छु । Click here to subscribe to Geology Tiger's postings. You will get notification when the users posts in sajha. Loading...';ajaxpage('subscribeto.cfm?userid=e7ceeacf-a194-4be6-b3f8-2a215c4c89c1','subspan3');">
Simple_KeTa · Aug 16, 2010 4:11 AM
Amitraja धन्येबाद । Click here to subscribe to amitraja's postings. You will get notification when the users posts in sajha. Loading...';ajaxpage('subscribeto.cfm?userid=56073a47-3662-47f8-b696-886063147303','subspan4');">
Simple_KeTa · Aug 16, 2010 4:13 AM
जीवन-जगतका कुरा मित्रहरु ले गर्दै गर्दा एउटा खुराक यहाँ पस्कन्छुँ: बुदै बुँदाले बनेको म जन्मेको देश जन्मभुमि भएपनि कर्मभुमि नहुन सकेको देश बुदै बुँदाले बनेको अहिले ३ बुँदाको बार्ता बेला-बेला बुँदैका जात्रा कहिले ४० बुँदा को क्रान्ति बुँदै बुँदैमा अल्मल्ले को शान्ति बाटाका बिकास बुँदैले गर्यो लोडशेडिङ् बुँदैले हटायो छाक बुँदैले टार्यो सडकमा टायर बुँदैले बाल्यो कामका बुँदैले बैसे ठिटो बिदेश हरायो बुँदै बुँदैले नेपाली झुल्यायो कुरै कुरैमा राम्रो काम गर्नुपरे अरुको बुँदै बुँदैले बनेको देश अस्तित्वो गुमेको, न दुख्छ लागे पनि ठेस्
subrath · Aug 16, 2010 2:04 PM
सुब्रथको साहित्यिक यात्राको बाटोमा बुदँ बुदँ मात्र नहोस्, पुरै भरिएको गाग्रो होस्। शुभकामना!
Geology Tiger · Aug 16, 2010 3:19 PM
Nice one Subrath. Last edited: 16-Aug-10 03:42 PM
Allegro · Aug 16, 2010 3:41 PM
Simple keta ji धन्यवाद त मैले यहाँ लाई पो दिन पर्ने। मेरो यो लेखाइ तपाईं को कबिता को उपज हो. GT कहिले काही जागर् चल्छ लेख्न तेत्ती हो, रोमान्टिक् चाँही लेख्न नाऔने हुनाले चोर् चार पार्छु Allegro, Alche, amitaraja लाई पनि धन्यवाद सुब्रथ जिउ लाई पनि देश को चिन्ता मा कबिता कोर्नु भएको मा धन्यवाद TMS
timi_mero_sathi · Aug 16, 2010 8:48 PM
सबैलाई मेरो मुस्कान अनि अभिवादन । --------------------------------------------------------------- Subrath Loading...';ajaxpage('subscribeto.cfm?userid=23aa1d08-ef28-4246-bc10-de1366e79da6','subspan8');"> जि को भावना र राजनैतिक चेतनाको म ईज्जत गर्छु । लेख्नु भएको छ, "जीवन-जगतका कुरा मित्रहरु ले गर्दै गर्दा एउटा खुराक यहाँ पस्कन्छुँ" ... अनि, सार्है मिठो पस्कनु भो, मेरो छिमेकि फेमस साईलिको भट्टिको तिहुन भन्दानि मिठो - जिब्रोलाई ट्वाक्क । अनि तिखो - पिरो; साईलिको "फेमस झोल" स्वाट्टै पार्न मिल्ने खाल्को । वहाँले आफ्नो भावना सुन्दर-तिखो शब्दमा यसरि ब्यक्त गर्नु भएको छ: बुदै बुँदाले बनेको म जन्मेको देश जन्मभुमि भएपनि कर्मभुमि नहुन सकेको देश ईतिहासझै सत्य वचन । गौतम ले बुद्ध बन्न नेपाल छाड्नु पर्यो रे, सिताले पुजिन राम संगै जानु पर्यो रे... भन्छन देउताले समेत छाडेको देश रे - यो नेपाल भन्ने देश । म कद्र गर्छु सुब्रातजिको... कुरै कुरैमा राम्रो काम गर्नुपरे अरुको बुँदै बुँदैले बनेको देश हल्लै हल्लाको देश भनेझैं "बुँदै बुँदाको देश" पनि मेरो लागि नेपालको स्विकार्य सत्य तथ्य हो । "कुरै कुरैमा राम्रो" भुईफुट्टे नेताहरुको मगजको एक्टोपिआ रे नि सैदान्तिक युटोपिआ, अनि देशचैं बन्यो झन्डै ईथिओपिआ ... खै के खै के... जे होस... सुब्रातजि लाई धन्येबाद । --------------------------------------------------------------- Last edited: 17-Aug-10 07:53 AM
Simple_KeTa · Aug 17, 2010 7:52 AM
नमस्ते ! यहाँ अलि गर्मि बढेकोले आखाँको शितलाताको लागि एक टुक्रा: आज एफ.एम. मा तिम्रो मन पर्ने गित बज्दा हामि संगै नाच्थेम होला, अनि गित गाउँथेम होला यदि तिमि यहाँ हुन्थ्यौ र मसँगै गित सुन्थ्यौ ॥ तर तिमि यहाँ छैनौ, नत्र मसँगै गित सुन्थ्यौ अनि शायद मेरो आँखामा हेरथ्यौ... अनि शायद मुस्कुराउँथ्यौ... तर तिमि यहाँ छैनौ ॥ गर्मि काट्ने प्रयासमा: (कमेण्ट वा करेण्ट पिलिज) Last edited: 17-Aug-10 08:05 AM
Simple_KeTa · Aug 17, 2010 8:01 AM
यि भोगिएका भावहरुमा टाइगर को शुभकामनाका लागि धन्यबाद, अनि धन्यबाद अल्लेग्रो र साथीलाई। केटा ले ति भावहरुलाई ब्यख्या गर्नु भो राम्रो लाग्यो, तर अहम् चाहि फुर्क्यो।
subrath · Aug 17, 2010 11:37 AM
अक्षरहरु बिच्की रहदा कविता आलै छ कुर्कुरे जोवनमा प्रेमिका ले छोडे झै भाव कहा छ! भावनालाई थहाँ होला जिन्दगीले दोस्रो मौका खोजे झै रितिए छ गलासका प्याला!
subrath · Aug 19, 2010 2:22 PM
जदौ! देश-दर्शन गरि फर्कदै गर्दा; पाक्दै अनि पस्क्दै छुँ केहि खुराक पारखीका माझ। देश-दर्शन कतै केही ज्ञान पाईन्छ कि! कतै घर्तीका अर्ती भेटिन्छ कि! यही ईच्छामा देश-दर्शन गर्न आएँ कुनै कुनामा आफ्नो अस्तित्व पाएँ। देश देख्न आएँ यहाँ आफै हराएको पाएँ आँखाका पवित्रताका लागि डुले देशबासीका हालतमा रन्भुल्ल परे। आध्यात्मिक उर्जा खोज्दै छुँ के गर्न सक्छु! सोच्दै छुँ जान्ने,बुझ्ने अनि बुझ्पचाउने देख्छुँ अचम्म लाग्छ किन देशका लागि सोच्छुँ। फलामका चिउरा चपाउन जान्दिन अभाव अनि भाव छ,अरु देख्दिन देश-दर्शनमा के रहेछ ज्ञान आफ्ना अस्तित्व गुमाउदै सबै छन् अन्जान। के कति सिक्छुँ होला थहाँ छैन यि भोलीका खहरे खोला आत्मा यही कहि कतै डुल्दै छ यात्रा जारी छ,दुई कदम चल्दै छ।
subrath · Nov 19, 2010 3:31 PM
subrath sir यो बारे केहि लेखुँ अपवित्र हुने डर, पत्र लेख्छु तपाईलाई ।
simple_keta · Nov 20, 2010 10:05 AM
Superb!
Unteem Bhet · Nov 20, 2010 6:35 PM
subrath सर धन्येबाद । मेरो उत्तर: देशको जन्ता मन्त्रिको भत्ता राजाको प्रजा बाँकि चैँ यत्ता न उत्ता स्वार्थ ठुलो भकारिमा दुलो सुकेको कुलो बालि चैँ अन्न न कुचो बाई ।
simple_keta · Nov 24, 2010 2:29 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion