मेरो विचारमा यस्ता नेता हरुलाई समाज बाटनै सामाजिक रुपमा बहिस्कार गर्नु पर्छ यस्को लागि यस्ता भ्रस्ट नेता हरुलाई सामाजिक कामहरुमा ननीम्त्याउने तथा उनिहरुले निम्त्याएको ठाउँमा नजाने आदी जस्ता कुराहरु गरेर सामाजिक रुपमा बहिस्कार गरेर समाजबाट निकाल्नु पर्छ यती गर्न सक्यो भने दिन दुई गुना अनी रात चार गुना नेपाल प्रगतीको बाटो तिर लम्कन्छ अनी नेपाल लाई सम्ब्रिद हुन बाट कसैले पनि रोक्न सक्दैन
shakyaaj · Aug 14, 2010 1:58 PM · 6,369 views
मित्रको कुरा सार्है राम्रो लाग्यो। तर मलाई मित्रले यो धागोलाई दिएको शिर्षकको बिषयमा केही लेख्न मन लाग्यो। 'व्यक्तिगत स्वार्थको लागि देश बिगार्ने'- हो हाम्रो देश मानिसहरुको व्यक्तिगत स्वार्थको कारणबाटै बिग्रेको छ। तर त्यो के नेताको मात्र व्यक्तिगत स्वार्थको कारण बिग्रेको हो? घुस खाएन भने छोराछोरीलाई पढाउन र घरको भाडा तिर्नै पुग्दैन, एउटा अफिसरको स्ट्यान्डर्डनै मेन्टेन हुँदैन भनेर घुस लिने कर्मचारीको व्यक्तिगत स्वार्थलाई के भन्ने? राम्रो क्वालिटीको सामान प्रयोग गर्यो भने त ईन्जिनियरको कमिसननै पुराउनै सकिदैन भनेर कमसल बाटो र पुलहरु बनाउने ठेकेदारहरुको व्यक्तिगत स्वार्थलाई के भन्ने? कक्षामा राम्रो पढायो भने विध्यार्थीहरु ट्युशन पढ्न आउँदैनन् भनेर नराम्रो पढाउने मास्टरको व्यक्तिगत स्वार्थलाई के भन्ने? सरकारी छात्रव्रितीमा डाक्टर र ईन्जिनियर भएपछि अमेरिका छिरेपछी नेपालमा अवसरनै छैन भनेर नेपाल नफर्कनेहरुको व्यक्तिगत स्वार्थलाई के भन्ने? अझ नेपालको सरकारी तलब बुझेर अमेरिकामै घरजम गरेर बसेका बिद्द्वानहरुको व्यक्तिगत स्वार्थलाई के भन्ने? हो म मान्छु नेताहरुको व्यक्तिगत स्वार्थको असर देशलाई एउटा सामान्य नागरिकको व्यक्तिगत स्वार्थको भन्दा धेरै हुन्छ। नेपालको राजनैतीक अस्थिरताको कारण भनेको नेताहरुको व्यक्तिगत स्वार्थनै हो। तर जब देश बिकासको कुरा आउँछ त्यसमा चाँही नागरिकहरुको संलग्नता हुनैपर्छ। अझ यी नेताहरुलाई आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्ने बातावरण कसले बनाइदियो। ल ठीक छ बहिष्कार गर्ने तर हामी मध्य कति जानाले यो कुरा साँच्चिकै गर्न सक्छौ र कति जना नेता आउने बित्तिकै ज्यु ज्यु गर्न थाल्छौ? मलाई लाग्छ हामी मध्य धेरैले पक्का पनि ज्यु ज्यु गर्न थाल्ने छौ हामीलाई आफ्नो व्यक्तिगत स्वार्थ पुरा जो गर्नु छ। हो अनि त्यसै माथि टेकेर नेताहरु आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्छन्। त्यसकारण पहिले आँफै बिरुद्द आन्दोलन छेडौ। तपाईं देशको लागि साँच्चै केही गर्न चाहनुहुन्छ त्यसो भए नेताको बारेमा चिन्ता गर्न छोडिदिनुस्। जनताहरुलाई कसरी शिक्षित बनाउने त्यो बारेमा सोच्नुस्, भोको पेटले कसैले पढ्न सक्दैन त्यसैले उनिहरुको आयआर्जन कसरी बढाउने भनेर सोच्नुस्, नागरिकहरुलाई सिक्षित र सगंठित बनाएर पार्टी र नेताहरुको पछाडि लाग्नुको सट्टा कसरी आफ्नो हकहितको लागि काला बजारियाबिरुद्द, घुसखोरी बिरुद्द, कमिसनखोर बिरुद्द उत्रनको लागि प्रेरित गर्नसकिन्छ त्यो सोच्नुस्। यति गरियो भने ती नेताहरुले कुनै पनि हालतमा आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न पाउने छैनन्।
Geology Tiger · Aug 14, 2010 2:47 PM
साझाका नेता हरु नेपाल गए केही सुधार हुन्छकी ?
syanjali · Aug 14, 2010 2:54 PM
need some person who will do this, kidnap them and shoot them so that every single bad politician will fear next time to do bad stuff and develop our country
sunsweesh · Aug 14, 2010 4:34 PM
मित्र Geology Tiger तपाईंको कुरा पनि ठिकै हो तर एकै चोटि सबैतिर हात हाल्ने हो भने कहिले पनि समाधान निस्किँदैन किन भने स्वछ छबि भएको नागरिक एकदम कम छ भ्रष्टको तुलनामा मैले नेताहरु किन भनेको भने तिनीहरु नै हो देसमा सान्ती को बातावरण निर्माण गर्ने जब देसमा शान्ती आउछ कामको श्रीजना AUTOMATIC हुन्छ अनी नेपालबाट बाहिरेएको जन सक्ती फेरी देस फर्क अभियानमा लाग्ने छन् जब देस मा शान्ती र कानुन हुन्छ भ्र्स्टाचारले ठाउपाउदैन नेपाल मा भाईरहेको जति पनी अनावश्यक कुराहरु छन् सबैको मुख्य जड भनेको नै यि भ्र्स्ट नेताहरु हुन् यदी यिनिहरु लाई निर्मुल गर्न सकियो भने नेपालको समस्याको समाधान आँफै निस्किन्छ जस्तो मलाई लाग्छ
shakyaaj · Aug 14, 2010 5:44 PM
हैन गाठे के कुरा गरेको, के नेता बन्ने जन्तु त्यो लाम्खुट्टे DDT छरेर निर्मुल गरे जस्तै गर्ने जन्तु ठान्नु भयो नि, हो नै भने पनि त्यो DDT पाउनै छोड्यो ।
Bhojpure01 · Aug 14, 2010 8:34 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion