मधुरो आवाजमा कसैले "Yes Father" भन्यो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

क्रमस: धेरै अगाडि केही कोर्ने प्रयास गरेको थिए। कथा को चुरो चाँही गुरुलाई कक्षा मा हजिरी लिदा "एस फादर" कसैले भन्यो। गुरु कदमा स्यानो दारका भए पनि युबा साहित्यकारमा दर्जिएका अनी ब्यङ कबिता बिधामा राम्रो हात चल्ने गुरु मौका पार्खिएर बसेका थिए। झरी अनी घाम पनि लुका मारी गरेको बेला अल्छि मानेको बहाना गरेर मेरो बिचारमा प्रतिसोधको ज्वाला निभाऊने मौकाको पर्खाइ आज टुङ्याए. आफ्नो ब्यग्तिगत कथा स्याङजा देखी बनारसको B.SC. सम्मा बस्नु परेको अनी घर फर्किदा श्रीमती अनी छोरो घरमा न हुनु को चिन्ता गुरुलाई भएको कुरा गत अंकमा थियो. छात्र छात्रा हरु आफ्नै पाराका हुने कुरा हामी आँफै एक उदाहरण थियौ हैन र ?, राजनीतिग्यका, सरकारी सेवाका जो एउटा गान्धी झोला लिएर शहर छिरेको थियो जो नवसामन्त भएका छन पछाडि आफ्नै मस्तिमा थिए,किन्की जाच को ४-५ महिना अगाडि उनी हरु प्रैभेट ट्युसन चली हाल्थ्यो, मिहिनेत र केही गर्नु पर्छ साथै घरको अवस्था लाई बिचार  गरी लक्ष बोकेर हिंडेका अगाडि बेन्च मा थिए। बिचमा बस्ने हरु दोधारमा थिए कहिले पछाडि का सँग त कहिले अगाडिका सँग मिल्न खोज्थे । आफ्नो लक्ष बिहिन वा मता पिताका लागि वा बिहे गर्दा M.Sc. गरेको  छ जोड्न पाउने करणले पढिदिएका थिए।  हुनत जुन दिन देखी हाजिरी लिदा मधुरो आवाज बाट Yes Father सुनिएको थियो गुरु भित्र भित्रै प्रतिसोधको ज्वालामा जलिरहेका रहेछन। पढाउने तरिका पनि अलिक फरक थियो, तेस्को लेखा जोखा कस्ले राख्ने ? तथ्यान्क शास्त्र को हिसाबमा कहिले काही क्रमस हिसाबको एक दुई खुद्किलो मिचेर लेख्ने गरेको पाएको थिए। बिचमा पारीयो आफु चाँही घरमा गएर पुन गर्दा थाहा पाए, अगाडि बस्नेले ३-४ खुद्किलो मिचेर गरे पनि उनिहरुलाई के मतलब, सबै जसो गरी सकेका हुन्थे भने पछाडि बस्ने हरु लाई भनाइ छ नि भातुवा लाई पाडो पाए नि पादी पाए पनि बिगौती, उनीहरु टुसन्मा पढिहालिन्छ भन्ने मा हुन्थे. आफना बाल कथा देखी त्रिभुवन विश्वबिद्यालयमा प्रथम स्रेणिमा प्रथम भएको कुरा र अध्यापन गर्न पाएको मा खुशी ब्यक्त गर्दै पोइल गएकी श्रीमतीले लगेको छोरोको चिन्ताले कोट्याएको घाऊ पुरिदै गएको छ। फेरी ति अगाडि बस्ने छात्र छात्रा हरुले एकै मुख गरी सोधे कसरी चिन्ता हट्यो त ? धरा प्रबाह र नाटकिय सैलिमा  बोलदै जानु भयो अनी हाव भाव ले यो कपो कल्पित कथाहो भन्ने प्रश्न नऊठ्ने गरी, रगतको नाता सबै भन्दा दर्हो अद्रिस्य धागोले बुनेको हुदो रहेछ, नत चुडाल्न सकिने, स्वत: स्फुर्त चुम्बकिय सक्ती समान काम गर्दो रहेछ, बिज्ञान को सिक्षक भएर बल्ल बुझे यो अद्रिश्य सक्तीको खेल(  गुरुको छातीमा प्रतिसोधको ज्वाला दन्कीरहेको रहेछ अनी सहि समयको पर्खाइ ले कती डडेलो लगायो मेरो छुद्र मस्तिस्क ले केही लेखा जोखा गर्न सकेन तेतिखेर,हिजो आज बुझ्दै छु एस्को मर्म )।   म चिन्ता मुक्त भए अब बिदेस उच्च सिक्षा को लागि जान तयार भए। गत महिना यही कक्षा बाट मेरो छोरोले YES FATHER भन्यो. गुरुले पोइल गएकी श्रीमातिलाई धन्यवाद दिन बिर्सनु  भएन, त्यो एक नाटकै भए पनि, क्या सैली बद्ध र सरल थियो सरस थियो नकी त्यो म्याथ जस्तो खुद्किलो भाचिएको सिडी  झै ।  His creation , could remember exact line.   जीन्दगी  कसैलाई भाबिको लाहाना हो जीन्दगी  कसैलाई बिलासको गहना हो  जीन्दगी  जस्लाई जे सुकै भए पनि  जीन्दगी मलाई बाच्ने एक बहाना हो ।  धन्यवाद पढी दिनु भएकोमा .  Last edited: 13-Aug-10 11:56 AM

syanjali · Aug 13, 2010 11:54 AM · 2,297 views

1 Reply

बोतलको नसा भन्दा प्रतिसोधको ज्वाला आत्मघाती हुन्छ मैले बुझेको एही हो गाठे। 

bhojpure01 · Aug 14, 2010 11:48 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all