एकातिर यो अर्को तिर त्यो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एकातिर Ridgewood Nepalse Society is going to organize a hefty religious event "SHRIMAD BHAGAWAT MAHAPURAN", ancient Hindu philosophical relish by proficient narrator and renowned pandit Deen Bandhu Pokhrel in between August 9 Mon and 15 Sun, 2010. The venue for this event is SAGARMATHA HALL, 62-02 Roosevelt Ave, NY 11377. The purpose of this event is to raise fund for constructing building of proposed DURGA TEMPLE & NEPALESE CULTURAL CENTER in Ridgewood, Queens, New York. To make a Donation please click here :http://www.nycharities.org/don... Note: To know the detail about this project, please click here:http://dtncc.rnsociety.org&nbs... अर्को तिर http://www.youtube.com/user/ch... http://www.youtube.com/watch?v... पुरान लगाउनु बेठिक हैन तर के को लागि ठीक होला ??????

12 Bajyo · Aug 10, 2010 7:29 PM · 14,196 views

7 Replies

12 Bajyo · Aug 10, 2010 7:31 PM

मलाई केही समयदेखि यो कुरा मनमा खट्किरहेको थियो, मनमा लागिरहेको थियो यो मेरो मनमा लागेको कुरा कसरी पुर्याउने होला हिंन्दु धर्मका ठेकेदारहरुलाई? १२ बज्योले यो धागो खोलेर मलाई मौका दिएकोमा धन्यवाद। म जन्मले हिन्दू र ब्राह्मण हुँ। तर कर्मले के हुँदै छु त्यो मलाई थाहा छैन। मलाई पुराण र उपनिषदहरुमा उल्लेख गरिएको तेतिस कोटी देवीदेवताको कुरा या पुनर्जन्मको कुरा आदि इत्यादीमा विश्वास छैन तर पनि अन्तर्मनले भन्छ कतै न कतै कुनै न कुनै प्रकारको शक्तिले संसारलाई चलाईरहेछ। भौतिक विज्ञानले जतिनै प्रगति गरे पनि अहिलेसम्म बिग ब्याङ भन्दा अगाडि के थियो भन्नसकेको छैन। कहिलेकाँही यस बिषयमा सोच्न थाल्छु, ब्रह्माण्डको बिशालता र समयको लम्बाइ सम्झेर कहाली लाग्छ। त्यसपछी सोच्न छोडिदिन्छु। हिन्दू धर्ममा वर्णित सबै कुरामा मलाई विश्वास छैन, तर पनि यो धर्मसँग जोडिएका थुप्रै संस्कारहरुको माया लाग्छ, धर्मकै पनि माया लाग्छ। माया लाग्छ त्यसैले त सोच्छु हिन्दू धर्ममा उखेल्नु पर्ने धेरै कुसंस्कारहरु छन्, थुप्रै कुमान्यताहरु छन्। यदि यसलाई समयमै नसुधार्ने हो भने हिन्दू धर्मावलम्बीहरुमा रहेको हिन्दू धर्मप्रतिको आस्थामा त पक्कै कमी आउनेछ, साथै यो विश्वकै अबैज्ञानिक धर्ममा गनिनेछ। खालि शिवसेना जस्ता अतिबादी जस्ता तयार गर्दैमा वा महापुराण लगाउँदैमा न त धर्मको रक्षा हुन्छ न त धर्मालम्बीहरुको। मैले महापुराणहरुबाट संकलित रकमबाट भएको सामाजिक कार्यको बिरोध गर्न खोजेको होइन। तर धर्मको नाममा सामाजिक विभाजनलाई बढावा दिएर, मानवीय विभेदलाई बढाएर अनि महापुराण लगाएको पैसाबाट अस्पातल खोलेर हुनेवाला केही छैन। यी धर्मको गुरुहरुले उपचार गर्नुपर्ने पहिलो विषय भनेको धार्मिक कुसंस्कारकै हो, मानवीय बिभेदकै हो। तर गुरुहरुलाई यस बिषयमा चासो छैन, उहाँहरुलाई त व्यासमा बसेर श्रीकृष्ण लीलाकै वर्णन गर्न पाए पुग्यो। वहाँहरु श्रीकृष्णले सब जनजनमा प्रेम फैलाएको वर्णन त मजाले गर्नु हुन्छ, तर व्यवहारमा लागू कहिले पनि गन सक्नुहुन्न। न त वहाँहरु आफू भित्र भएको जातिय विभेदको कालो फाल्ने चेष्टा गर्नसक्नुहुन्छ न त आफ्ना श्रोताहरुलाई त्यो गर्नको लागि अभिप्रेरित गर्न सक्नुहुन्छ। पढेरलेखेर मात्रै कुनै मान्छे बिद्द्वान हुनसक्दैन, बिद्द्वान हुन बुद्धी हुनुपर्छ। अमेरिका घुमेपछि ठुला ठुला बिल्डिङ, फराकिला सडकहरु र चिल्ला कारहरु त सबैले देख्छन् तर नेपालमा यसो हुन नसक्ने कारण के हो भनेर बुझ्नसक्ने धेरै कम नै हुन्छन्। ती अबुझहरुको लागि अमेरिकनहरु म्लेच्छ नै हुन्। नेपाल छोडे देखि मैले जनै लगाएको छैन, म दिनको दुई चोटि गायत्री मन्त्र पनि पढ्दिन र पनि म अहिलेसम्म बाहुनको बाहुननै छु, नित्य ब्रह्म कर्म नगरे पनि बाहुनै छु।  महिनौ नधोएको कन्दनी मात्र लगाएर भान्सा पस्ने ब्राह्मणहरुलाई यो थाहा छैन कि लुगा फुकालेर खाना खानुको मतलब खेतबारिमा काम गर्दा लुगामा लागेको फोहर खानामा पर्नसक्छ भनेर त्यसो गरेको। उनिहरुलाई त खालि लुगा खोल्नु पर्छ भन्ने मात्र थाहा छ तर महिनौ नधोएको कन्दनी अरु केही महिना नधोए पनि फरक पर्दैन। के यस्तो कुराहरुमा धर्म गुरुहरुले कहिले बोल्नु पर्छ भनेर सोचेका छन्? यदि धर्मले एक अर्कामा बिभेद गर्न सिकाउँछ,अरु छुट्टै धर्म मान्ने मान्छेहरुलाई घ्रिणा गर्न सिकाउँछ भने ती विभेदकारी कुराहरुलाई चाँही उखेल्नै पर्छ। शायद ९-१० कक्षा पढ्ने विद्यार्थी हुदो हुँ, डा. स्वामी प्रपन्नाचार्यले लेखेको 'बेदमा के छ' भन्ने नयाँ पुस्तक किन्न पैसा नपुगेर भ्रिकुटीमन्डपमा रहेको प्रयोग भएका पुस्तक बेच्ने पसलमा गएर किनेँ। तर डा. साहेबले बेदमा के लेखेको छ भन्दा पनि हिंन्दु धर्म र अरु धर्मलाई दाँज्ने काम गर्नु भएको रहेछ, पछि वाक्क लागेर पढ्न छोडे। तर बेदको बारेमा जे बुझे त्यो चाँही प्रकृति पूजन नै हो। बेदले सुर्य, चन्द्र, धर्ती, अग्नी, बायु, बर्षा जस्ता यावत कुराहरुलाई पुज्न सिकाउँछ, जुन सम्पूर्ण जीवहरुको जीवनको श्रोत हुन्। तर कँही पनि बेदले मानविय भेदभावलाई प्रश्रय दिएको छैन। यो कुरा हाम्रा पन्डितहरु किन आम मानिसलाई बुझाउन सक्दैनन्? समयको कालखण्डहरुमा विभिन्न व्यक्ति वा समूहको निहित फाईदाको लागि यस्ता वर्गविभाजनहरु गरिएको कुरा किन उनीहरु बुझाउन सक्दैनन्? कि उनिहरुले आफू पनि बुझेका छैनन्? जवसम्म धर्मका यी ठेकेदारहरुले यस्ता कुराहरु आफू बुझ्दैनन र समाजलाई बुझाउन सक्दैनन तबसम्म समाजको युगान्तकारी परिवर्तन हुन सक्दैन। वास्तवमा धर्मगुरुहरुको लागि पनि यो सुनौलो अवसर हो, हिन्दू धर्मलाई पूनर्परिभाषित गर्ने, सामाजिक कुसंस्कार र सामाजिक विभेदलाई निर्मूल पार्ने। अनि मात्र नयाँ नेपाल बन्छ। सत्तारुपी हाडमा लुछाचुँडी गर्ने ६०१ जना कुकुरहरुलाई बानेश्वरमा थुपार्दैमा नयाँ नेपाल बन्दैन।                           

Geology Tiger · Aug 11, 2010 1:58 AM

Geology Tiger, I really liked this point you are making: पढेरलेखेर मात्रै कुनै मान्छे बिद्द्वान हुनसक्दैन, बिद्द्वान हुन बुद्धी हुनुपर्छ। अमेरिका घुमेपछि ठुला ठुला बिल्डिङ, फराकिला सडकहरु र चिल्ला कारहरु त सबैले देख्छन् तर नेपालमा यसो हुन नसक्ने कारण के हो भनेर बुझ्नसक्ने धेरै कम नै हुन्छन्। ती अबुझहरुको लागि अमेरिकनहरु म्लेच्छ नै हुन्। By the way, I love the way you write: honest and from the heart. It is refreshing. But my friend, I feel that your definition of dharma and religion is too narrow. Dharma and religion come in many forms. Communism is also a form of religion. Corporate culture is also a kind of a religion. Read this article: http://www.ventzine.com/articl... The modern propaganda goes: earning money by hook or crook is the way to find security, love and happiness. The panacea to all of life’s problems is ‘material symbolism’ as promoted by the Church of Multi-National Corporate Culture (COMNCC). Corporate evangelists  It’s quite understandable why people would respond to the ‘spiritual calling’ of corporate culture with such force. Dedicated corporate evangelists religiously appear to inspire us during commercial breaks. The amount of energy and charisma they put into their advertisements make me shake in rapture. Each corporate evangelist wants us to join their particular church. Ah, so many choices of spiritual discipline to join, so little time and money.  The economic bear  Of course, you can’t have a church without also having a devil to be against. In modern COMNCC, the devil is portrayed as 'the bear.' The bear is the global economy that is very hungry and chomping at our heels. This bear is what everyone is supposed to run away from by not falling behind in the rat race. This global economy is all devouring and never satisfied. We all fear being eaten alive by the bottomless pit of the stomach of the economic bear. This bedtime story is told in many different shapes and forms on many channels of the media. The effects of the bedtime story on us kids Every kindergartner knows that a good bedtime story needs to have a good moral. What is a good story without a moral right? The moral of the bedtime story of the economic bear is that we should feel shame and guilt. We don’t need to personally feel shame and guilt, but since we know that the story is told in every household across the nation and the world, when we talk to someone at a party, we feel that they are judging us based on where we stand in relation to the chomping bear. Pretty clever, huh? We fear being detested and rejected by those around us because we aren’t good enough for their friendship. We fear not being loved by the people we identify with because we are not seen to be deserving. We fear being laughed at because the wealth we own does not match up to the ‘acceptable’ standards of those around us. So we find ourselves constantly comparing our own economic standing in relationship to others. In such an environment, each person fears having less than the people around them.  The fastest rat in the race wins  It’s like that story of the two friends who are being chased by a bear. One friend runs faster than the other feeling that he doesn’t need to outrun the bear, he only needs to outrun his friend. The lesson is that in order to be saved by the bear, we need to make sure we are surrounded by people who are weaker and run slower than we do. There are two options to play this game of the economic bear chasing you with gnashing teeth: 1) Either learn to run faster than the other people around you. Afford to buy yourself and your loved ones ‘Nike’ shoes, pain killers, muscle cream, plenty of Gatorade and other performance enhancers. This is the option taken up by developed nations. 2) Or trip the guy next to you. In developed nations, where there are lots of opportunities, you learn to run faster. In under-developed nations, where there aren’t a lot of opportunities, you learn to smile in front of people but to drag them down when no one is looking. In essence, you learn to be Manipulative Mike. This is why there is rampant corruption and back biting amongst people in under-developed nations.     

Homeyji · Aug 11, 2010 2:58 AM

"म्लेच्छ" vaneko ke ho tiger Ji?  Just curious.

Srijana 12 · Aug 11, 2010 7:13 AM

Homeyji thanks for the appreciation and the suggestions. Definitely, there are more dimensions of religion than I stated above and these different dimensions are active in different level in different parts of the world. सिर्जना जी, म्लेच्छ शब्दको शब्दकोशीय अर्थ चाँही म दिन सक्दिन तर यसको शाब्दिक अर्थ चाँही पानी नचल्ने जात त्यो पनि अहिन्दू हो। मलाई एक दुई चोटि पुराणहरुमा यो शब्द सुनेको जस्तो लाग्छ। अमेरिकालाई (अथवा यूरोप किनकी त्यो बेला सम्मा अमेरिका पत्तै लागेको थिएन) शायद त्यो पातलमुनिको देश कि यस्तै केही भनेर बर्णन गरिएको थियो अनि हिन्दू राजाहरुको त्यो पातल देशको मानिसहरुसँग (म्लेच्छहरुसँग)  युद्द भएको कुरा पनि उल्लेख छ। अनि म्लेच्छ भनेको शायद केही आसुरी शक्ति पनि भएको हुनुपर्छ। यदी म गलत रहेछु र कसैलाई यसको ठेट अर्थ थाहा छ भने लेखिदिनु होला, धन्यवाद।     

Geology Tiger · Aug 11, 2010 10:42 AM

पुरान लगाउनु भनेको पौरनिक कालमा प्रबचन दिनु नै हो, यो बिसुद्ध धर्म सँग relation छैन। पहीले धेरै मान्छे पढ्न नसक्ने बेलामा त कथा सुनौदा धर्म र समाज सेवा नै हुनेथियो होला तर एउटै कथा दोहोरै तेरै सुन्दा त के नयाँ सिकिन्छ र ? तै पानी अझै केही पाखन्दीलाई सुकाम मा लगाउन  काम   पन्दित बाजेहरुको काममै खाने बाटो पानी हरैदिन भएन नी , ती पौरनिक कथा हरु सछ नै होलान् तर व्याख्या गर्ने र बिस्लेशन गर्ने तरिका हेर्दा हिन्दू धर्म र सन्क्रिस्तीलाई केही वर्गले दुरुपयोग् गरेको जास्तो लाग्छ है .  

badure · Aug 11, 2010 12:10 PM

पुरान लगएर उठेको पैसा गरीब को सेवामा  पो लगाउने हो कि के मन्दिर बनाउनु जरुरी छ त  भारतीय हरु को मन्दिर छ नेपाली को मन्दिर छैन भन्दै के हामीले ले प्रतिस्पर्धा नै गर्न खोजेको हो त  बिरामी शिशुको उपचार खर्च नभएपछि आत्महत्या E-mail खिलानाथ ढकाल,  डाँगीहाट (मोरङ), साउन २७- बिरामी बच्चाको उपचार गर्ने खर्च नभएपछि मोरङको डाँगीहाटकी एक आदिवासी महिलाले आत्महत्या गरेकी छिन्। डाँगीहाट-५ की २८ वर्षीया कल्पना धिमालले मंगलबार बेलुका घरकै धुरीमा पासो लगाई झुण्डिएर आत्महत्या गरेकी हुन्।  आमाले आत्महत्या गरेपछि सिकिस्त बिरामी परेकी नवजात शिशुको पनि बुधबार बिहान मृत्यु भएको छ। साउन १६ गते जन्मेकी नवजात शिशुले आमाको दुध खान छोडी सिकिस्त बिरामी परेपछि धिमालले २० गते उपचार गर्न विराटनगरस्थित विराट नर्सिङ होम ल्याएकी थिइन्।  चिकित्कका अनुसार जण्डिसले गाँजेको शिशुलाई त्यसमाथि १ सय ५ डिग्री ज्वरो आएको थियो। नर्सिङले दिएको जानकारी अनुसार शिशुलाई बचाउन कृत्रिम स्वासप्रश्वास गराउनुपर्थ्यो। त्यति गर्न दैनिक १ हजार ७ सय रुपैयाँ लाग्ने भनेपछि उनले शिशुको उपचारै गराइनन् र घरमा कसैलाई केही भनिनन् पनि।  ‘यहाँ राख्न नसक्ने भए धरानमा केही सस्तो हुन्छ जानुहोस् भनेर पठाएँ', नर्सिङका बालरोग विशेषज्ञ डा. हिरालाल साहनीले नागरिकसँग भने, ‘उनी त्यसै फर्केर घर गइन्।' उनका अनुसार भेन्टिलेटर मेशिनमा राखेर शिशुको उपचार गर्नुपर्थ्यो। ‘नर्सिङमा यो उपचारको व्यवस्था नभए पनि पैसा खर्चिएको खण्डमा शिशु बचाउन भने सकिन्थ्यो', साहनीले भने। उनका अनुसार समय नपुगी जन्मेको र राम्रो स्याहारसुसारको अभावमा बच्चालाई बिरामले सिकिस्त पारेको थियो।  उपचार अभावमा छट्पटिएको शिशुको अवस्था नाजुक बन्दै गएपछि उनी आफ्नै फुसको घरको धुरीमा लाइलुनको डोरी प्रयोग गरी झुण्डिइन्। श्रीमान् रामबहादुरका अनुसार उनी पासोमा परेका बेला काकाको मृत्युको पाचौं दिनको काजकिरिया भइरहेको थियो। खाना खाइरहेकी कल्पना घरमा कोही नभएको मौकामा उठेर आएकी थिइन्।  ‘केही समयअघि घरमै गएर मैले बच्चालाई चम्चाले दुध पिलाई फर्केकी थिएँ', छिमेकी माया राईले भनिन्, ‘एकछिनपछि उनको मृत शरिर भेट्टाएँ।' उनका अनुसार बच्चालाई लुगा फेर्न घर गएकी भन्ने ठानेर कसैले वास्ता गरेनन्। त्यसको १० मिनेटपछि घर पुगेका श्रीमान् रामबहादुरले उनको लाश भेट्टाए। पासोमा झुण्डिनुअघि उनले एउटा चिठी छोडेकी छिन्। चिठीमा आफ्नै कारणले आत्महत्या गरेको उनले उल्लेख गरेकी छिन्।  उनको मृत्युपछि अढाई वर्षीया छोरीको पनि बिचल्ली भएको छ। आफन्तका अनुसार नर्सिङ होम गइकन् उनी निराश र धेरै दुःखी भएकी थिइन्। बच्चाको उपचार गर्ने खर्च जुटाउने सामर्थ्य नभएपछि उनी चिन्तित थिइन्। तर उनले बच्चाको अवस्थाबारे कसैसँग केही भनिनन्। ‘उनले बच्चाको अवस्था उपचार खर्चबारे भनेकी भए पैसा जहाँबाट पनि जुटाउने प्रयास गर्थें', श्रीमान् रामबहादुरले भने। कल्पनाको शव उर्लाबारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टमपछि बुधबारै अन्तिम संस्कार गरिएको छ। छिमेकीका अनुसार रामबहादुर र कल्पना अरुको जग्गामा अधिँया खेती गरेर जीवन गुजार्थे। उनीहरुको फुसको घर रहेको जग्गामात्रै आफ्नो हो। ‘श्रीमती हुँदा जसोतसो अधिँया कमाएर जीवन चलेको थियो', रामबहादुर भक्कानिए, ‘अब कसको सहारामा जीउने होला।' http://www.nagariknews.com/new...

12 Bajyo · Aug 12, 2010 7:36 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all