पत्रकारहरु मुर्ख कि प्रहरीहरु मुर्ख?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

घाटी रेटेर श्रीमतीको हत्या TUESDAY, 10 AUGUST 2010 09:03 नागरिक   1 2 3 4 5 Share this Twitter  Digg  Del.icio.us  StumbleUpon  Facebook Print E-mail काठमाडौं, साउन २५(नागरिक)- जोरपाटी नयांबस्तीमा घाटी रेटेर हत्या गरेको अवस्थामा २५ वर्षिया रविना विकको शब फेला परेको छ। महानगरिय प्रहरी बृत्त बौद्धले सोमवार मध्यान्ह १२ वजे नयाँबस्ती-२ मा रहेको विकको डेरामा उनको शब फेला पारेको हो।प्रहरीले घटनास्थलमा मृतकको श्रीमान रामलाल विकले श्रीमतीको हत्या मैले गरेको हुँ भनेर लेखिएको चिट फेला पारेको छ। विक परिवार सानु बनको घरमा डेरामा बस्दै आएका थिए। काभ्रेपलान्चोक दाप्चा-३ की विकले काभ्रेपलान्चोक कानपुर- २ का रामलालसँग विवाह गरेकी थिईन।बौद्ध बृत्तका प्रमुख गोविन्द परियार घटनाको प्रारम्भीक अनुशन्धानवाट खुकुरीले घाटीमा हानेर हत्या गरेको देखिएको बताए। घटनास्थलमा प्रहरीले खुकुरी बरामद गरेको छ। अभियुक्त रामलाल भने फरार छन्। प्रहरीले मृतकको शब पोष्ठमार्टमका लागी शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सीक मेडिसिन विभागमा पठाएको छ. " अब हत्या गर्नेले पनि चिट छोड्दाई हिड्छ र भन्या? आत्महत्या गर्ने ले पो छोड्ला त। हुन सक्छ, अरु कोही ले हत्या गरेर श्रीमानको अपहरण गर्‍यो। अनुसन्धानबिना अपराधी पत्ता लाउनु त अचम्म कै कुरो भयो।अझ पत्रकार नै पुलिस हुने हो भने पुलिस को के काम?" Last edited: 10-Aug-10 04:01 PM

dimag kharab · Aug 10, 2010 4:00 PM · 1,999 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all