भन्छन नि "beauty lies in the eyes of beholder" may be sth. wrong with my eyes. http://www.missnepal.com.np/mn... मिसनेपाल २०१० का सहभागीहरु को फोटो हेर्दा त साच्चिकै हाम्रो देशमा सुन्दरी (सुन्दरी बादर्नी भन्न खोज्या होइन) तरुनी हरुको खडेरीनै लाग्या जस्तो लाग्यो ! के छ साझाबासीहरुको प्रतिक्रिया ! hey sajhaites have your say !
rajan101 · Aug 8, 2010 2:54 PM · 10,466 views
Testo hoina, IMHO I think if someone says you're beautiful inside-out , you tend to be ambitious to try your luck in a beauty contest, contesting among many alike you. I give it to their confidence than good looks that they actually took whatever "CRAP" was given to them by their family/peers to materialize it into a competition. This will eventually make a not-so-attractive girl attractive after she's come to realize the harsh reality that she was indeed not that attractive to begin with. And her realization would make her shine more! Regardless, I think its the competition for the seek of the lady with beauty, brains and personality. And everybody deserves their chance to flaunt or apply for that matter. There are equally beautiful and brainy girls that didn't apply for whatever reasons(which we all understand), however those who came out the closet to prove their elegance in a contest like this, should be judged and ranked among themselves!
Sleepless · Aug 8, 2010 4:06 PM
सुन्दरीहरु परापूर्वकालदेखि नै पुरुषहरुको कमजोरी रुपमा रहँदै आएका छन्! ॠषिमुनि देखि राजामहाराजासम्म सुन्दरीहरुको रुपको चक्रव्युहमा फसेका, सुन्दरीहरुकै नीउँमा अनेकौ युद्दहरु भएका, साथीहरु शत्रु भएका अनेकौ उदाहरणहरु ईतिहासका कालखण्डहरुमा वर्णित छन्। समयको परिवर्तनसँगै सुन्दरीहरुको सुन्दरताको प्रयोगमा पनि धेरै परिवर्तन आएको छ। हिजोआज सुन्दरीहरुको सुन्दरता युद्दमा होइन बजारमा बिक्छ। धन्न! पुरुषहरुमा सुन्दरीहरुको सुन्दरताप्रतिको मोहमा कुनै परिवर्तन आएको छैन। नेपालमा 'नेपाल सुन्दरी' भनेर प्रतियोगिता आयोजना गर्न थालेको पनि धेरै भैसक्यो। हुन त दुईचार जना आहा नै भन्नुपर्ने सुन्दरीहरु पनि नआएका होइनन् तर धेरै जसो भने ठिक-ठिकै थिए। यदि म विश्वामित्र भएको भए र तिनीहरु मेनका भएको भए एक दुईलाई छोडेर मेरो तपस्या भङ हुँदैन थियो होला। त्यसो भए प्रश्न उब्जन्छ, के नेपालमा मेनका, उर्बशी जस्ता उच्च कोटिका सुन्दरीहरु नभएकै हुन् त? पक्कै पनि होइनन्। पहिलो कुरा त जति प्रतियोगीले त्यो प्रतियोगितामा भाग लिन्छन् ती मात्रै नेपालमा भएका सुन्दरीहरु होइनन्; प्रतियोगितामा भाग लिने भन्दा नलिने सुन्दरीहरुको संख्या धेरै छ र तिनीहरु पक्का पनि धेरै राम्रा पनि छन्, मेनका जस्ता, उर्बशी जस्ता। मलाई कहिले काँही झोक चल्छ होइन जाबो ४०- ५० जना केटीहरु बटुलेर यिनीहरु किन नेपाल सुन्दरीको नारा लगाउँछन् हँ? ल ठीक छ जो सुन्दरीहरु भाग लिन चाहँदैनन् उनीहरुलाई प्रतियोगितामा ल्याउनै पर्छ भन्ने केही छैन तर जो चाहिरहेका हुन्छन् उनीहरुले त मौका पाउनु पर्यो नि चाहे पूर्व मेचीमा बसेका हुन् कि पश्चिम महाकालीमा। अनि प्रतियोगिता भाग लिनकै लागि पनि मोटो रकम तिर्नु पर्ने कुरा झन् बुझिसक्नु छैन। बर्षे नि नेपाल सुन्दरी प्रतियोगिताको दिन नजिकै गर्दा यसको प्रचार प्रसार पनि जोडतोडसँग हुन्छ। बिभिन्न उमेरका नेपालीहरु पनि उत्साहित भएर यो प्रतियोगिताप्रति चासो देखाउछन् बिशेष गरी भर्खरै प्लस टु पढ्दै गरेका वा भर्खरै कलेज जाँदै गरेका समूह र सुन्दरीप्रती बिशेष चासो राख्ने र गोजी गरम भएका अधबैसे पुरुषहरु। त्यस बाहेक सुन्दरी र सुन्दरतासँग सम्बन्धित क्षेत्रहरुमा काम गर्नेहरुको बिशेष चासो हुनु त स्वभाविक भैहाल्यो। बाहिरबाट झट्ट हेर्दा आयोजकहरुको पनि ठुलै धनराशी खर्च गरेको देखिन्छ, तर भित्र के छ त्यो उनीहरुलाई थाहा होला। सुन्दरी प्रतियोगिताका आयोजकहरुले चर्को रुपमा झर्को लाग्ने गरी लाउने नारा भनेको 'beauty with the brain' हो। हुन पनि ठिकै भनेका हुन् उनीहरुले, शायद उनीहरुले with brain लाई शाब्दिक अर्थमा बुज्नु भनेर चाहेका हुन्, यसको मतलब with brain मात्रै हो त्यसमा intelligence हुन पनि सक्छ नहुन पनि सक्छ। मिस नेपाल घोषित भए पछी सुगरिका के.सी लाई WWF ले सद्भावना दूत बनायो। सुगरिकाको काम थियो वन्यजन्तु संरक्षणमा ज्ञानगुणको कुरा बाढ्नु र प्रवचन दिनु। यस्तै प्रवचन दिन क्रममा उनले Hits एफ.एम. द्वारा संचालित एउटा कार्यक्रममा भनिन् नेपालमा गैंडा संरक्षणमा ठुलो प्रयास भएको छ। बर्दिया राष्ट्रिय निकुन्ज र शिवपुरी राष्ट्रिय निकुन्जमा ठुलो संख्यामा गैंडाहरु संरक्षित छन्। नेपाल सुन्दरीको बुद्धी देखि म अवाक् भए। अर्की पूर्व नेपाल सुन्दरी माल्भिका सुब्बाले नेपाल सुन्दरी प्रतियोगिताकै कार्यक्रम संचालित गर्ने क्रममा आफ्नो एक बर्षे नेपाल सुन्दरीको अवधि पुरा गर्न लागेकी पायल शाक्यलाई सोधिन्, 'आज तपाईंको अन्तिम दिन, तपाईंलाई कस्तो लागिरहेछ?' शायद उनले नेपाल सुन्दरीको रुपमा अन्तिम दिन भनेर सोध्न खोजेको होला तर उनको प्रस्तुती र सोधाई यस्तो रह्यो कि उनी कुनै मर्न लागेको मान्छेसँग कुरा गरिरहेकी छिन्। यो त भयो सुन्दरीहरुको बुद्धीको कुरा, त्यसैसँग जोडीएको आयोजकहरुले दावी गर्ने अर्को पक्ष यो प्रतियोगिताले प्रतियोगीहरुको व्यक्तित्व बिकास गर्नमा मद्दत गर्छ। कुरा त गजबकै गरेका हुन् तर यो प्रतियोगिता सुरु भए देखि अहिलेसम्म भएका नेपाल सुन्दरीहरु क-कसले के के गरी रहेका छन् भनेर हेरौ त। हुन त नेपाल सुन्दरीको ताज पहिरने बित्तिकै सुन्दरीहरुले सुनाउने भविस्यको योजना सुन्यो भने त देशमा ठुलो परिवर्तन ल्याउनेछिन, गरीब बालबालिका र असाह्यहरुलाई ठुलो सहयोग गर्नेछिन्, महिलाहरुको सशक्तीकरणमा ठूलो भूमिका खेल्नेछिन् जस्तो लाग्छ। तर रेकर्डले भन्छ कि कोही यूरोप भागे, कोही अमेरिका लागे, कोही बिहे गएर आनन्दसँग घरजम गरेर बसेका छन्, कोही भने मोडेलिङ र सिनेमा तिर ब्यस्त छन्। सिनेमा खेल्नु नै व्यक्तित्व बिकास हो? हो भने ती प्रतियोगिहरुले नेपाल सुन्दरीको प्रतियोगितामा भाग लिनु भन्दा रेखा थापाको पछी लागे हुन्छ। नेपाली चलचित्रको फाँटमा उनले जति ब्यक्तित्व बिकास गर्न सकेको कसले होला? कुरा जति तन्काए पनि यस्तै हो, तन्किरहन्छ चुइगम जस्तै। खासमा भन्ने हो भने यी नेपाल सुन्दरीहरु आयोजकहरुकोलागी पैसा छाप्ने मेसिनमात्र हुन्। टन्न पैसा कमाए पछि आयोजकहरु पनि दङ; सुन्दरीहरुलाई बिज्ञापन खेलाएर सामान बेच्ने ब्यापारीहरु दङ; रेडियो, टेलिभिजन र पत्रिकामा फोटो र इन्टरभ्यु छापिएपछि सुन्दरीहरु कति न ठूलो मान्छे भैइएछ भनेर यसै दङ; पत्रिका र ईन्टरनेटमा राखिएका सुन्दरीका तिघ्रा र छाती देखिएका फोटोहरु हेरेर तन्नेरीहरु दङ; सबै जना दङै दङ, शायद win-win खेलको उत्तम उदाहरण। मेरो विचारमा त त्यो सुन्दरी प्रतियोगिता हुँदा सडकमा बसेर नारीलाई वस्तुको रुपमा प्रयोग गर्न पाइदैन भनेर नारा लगाउने नारीहरुले पनि नारा लगाउने कार्यक्रम सकिएपछि मोटो रकम प्राप्त गरी दङ हुन्छन् होला। आखिर उनिहरु पनि वस्तुकै रुपमा प्रयोग भएका त हुन्छन्। काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ, नेपाल सुन्दरी प्रतियोगिता यसरी नै चल्दै गर्छ, हामीहरु यसरी नै हल्ला गर्दै गर्छौ, जय होस्! सुन्दरी प्रतियोगिताको अनि सुन्दरीहरुको! कम से कम केही लेख्न त पाइएको छ। Last edited: 08-Aug-10 04:46 PM
Geology Tiger · Aug 8, 2010 4:42 PM
miss nepal hune jasto anuhar ta teti dekhina ni ta sir..............
the unique keto · Aug 8, 2010 8:33 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion