August 4 ma Mr. Upendra Yadav ko interview, Published in August 4, Interview date must be August 3 or before that उपेन्द्र यादव, अध्यक्ष, मधेसी जनाधिकार फोरम २१ गतेको मतदानमा मोर्चाले के गर्छ? अब मोर्चा तटस्थ बस्दैन। तटस्थ नबस्ने निर्णय भएको छ। तपाईंको पार्टी तटस्थ नबस्ने कि मोर्चा? मोर्चा तटस्थ बस्दैन। निर्णय नै तटस्थ नबस्ने भएको छ। अझै तटस्थ बसिरहने कारण छैन, बस्दैन। त्यसो भए २१ गते मुलुकले नयाँ प्रधानमन्त्री पाउँछ? हामी मतदानमा जान्छौं। एमाले मतदानमा आएन भने समस्या छ। एमाले पनि मतदानमा आए राम्रो। माओवादीसँग कुराकानी हुँदैछ? छलफल जारी छ। माओवादीको पछिल्लो जवाफ खासै फरक छैन भन्छन्, के हो? सामान्य फरक छ। तर कुराकानीका क्रममा भएका सहमतिअनुसार लिखित जवाफ आएन। तपाईंको पार्टीका सांसदले क्रस भोट गरे, के हुँदैछ पार्टीमा? यो अत्यन्त गलत भयो। अनुशासनविपरीत काम भए। के गर्नुहुन्छ उनीहरूलाई? अनुशासनको कारबाही हुन्छ। तपाईं आफैंले पनि ह्विप थिएन भन्नुभएको छ, सांसदहरू पनि संसदीय दलको निर्णयका आधारमा फ्लोरक्रस गरेको भन्छन् नि? पार्टीले नयाँ निर्णय गरेको थिएन। तटस्थ बस्ने पहिलेकै निर्णय हो। भावावेशमा आएर त्यस्तो गर्नु हुँदैनथ्यो। अब पार्टीले उनीहरूलाई स्पष्टीकरण सोध्छ। उनीहरूले त्यस्तो गर्दैछन् भन्ने तपाईंलाई अन्तिम समयसम्म पनि थाहा थिएन? थाहा थिएन। मोर्चाको बैठक भइरहेको बेला तपाईं र सहअध्यक्षलाई बोलाएर तटस्थ नबस्ने जानकारी गराएको सांसदहरू बताउँछन् नि? बोलाएर जानकारी गराएको त हो। तर मोर्चाको निर्णय मान्नुपर्थ्यो। अहिले क्रस गर्नेहरू गल्ती भएको महसुस गर्दैछन्। आफ्ना सभासदको चाहना र भावना मोर्चा बैठकमा राख्नु भएन? मोर्चाले सामूहिक निर्णय लिन्छ। Source: http://www.nagariknews.com.np/ August 4 ma Indian special envoy Mr. Saran visited Nepal August 6 election of prim minister Madhesi Morhca including Mr. Yadav Party stayed neutral and there was no floor crossing form Mr. Yadav's party unlike previous election. There was also an alleged threat to one of Maobadi MP from the official of the Indian Embassy माधव ढुङ्गेल, काठमाडौं, साउन २२ - एकीकृत माओवादीका केन्द्रीय सदस्य सभासद् रामकुमार शर्माले आफूलाई भारतीय दूतावासका एक काउन्सलरले 'फेरि तराई-मधेस लोकतान्त्रिक पार्टीमा नफर्के अपहरण गर्ने र ज्यान मार्ने धम्की दिएको' रहस्य सार्वजनिक गरेका छन्। बाहिरी दबाब र हस्तक्षेपका कारण पार्टीहरू माओवादी पक्षमा लाग्न नसकेकाले सरकार बन्न नसकेको दाबी गर्दै उनले यो रहस्य खोलेका हुन्। संविधानसभा भवन नयाँ बानेश्वरमा प्रधानमन्त्री चयनका लागि भएको मतदान सकिएलगत्तै बाहिर निस्केका सभासद् शर्माले शुक्रबार दिउँसो १२ बजे दास थरका काउन्सलरले आफूलाई धम्की दिएको बताए। खुल्ला प्रतिस्पर्धाबाट छानिएर भारतमा पढिरहेकी आफ्नी छोरीलाई फिर्ता पठाउने धम्की दिएको पनि उनले बताए। शर्मा तमलोपाको उम्मेदवारका रूपमा ०६४ चैत २८ को संविधानसभा निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित सभासद् हुन्। ठिक एक वर्षअघि साउन २१ कै दिन उनी माओवादी प्रवेश गरेका थिए। अहिलेको सत्ता समीकरणको खेलमा उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेसवादी दलसँग 'डिल' गर्ने विशेष जिम्मेवारी दिएको स्रोतले जानकारी दियो। 'हिजोदेखि काउन्सलर र राजदूतको मसँग कुरा भएको छ। उहाँहरूले तपाईं पनि मधेसको मान्छे, विद्रोह गरेर माओवादीमा गएकै कारण भाँडभैलो मच्चिएको छ, तपाईं पुनर्विचार गर्नुस् भनेर हिजो अलिक कूटनीतिक ढंगले कुरा आयो,' शर्माले भने, 'तर आज काउन्सेलर दास भन्नेले मलाई १२ बजे स्पष्ट रूपमा धम्की दिनुभो। उहाँले अपहरण गर्ने र ज्यान मार्ने धम्की दिनुभो।' शर्माले योग्यताका कारण दुई हजार विद्यार्थीको प्रतिस्पर्धाबाट १३ जनाभित्र नाम निकालेकी छोरीलाई समेत स्कुलबाट निकाल्ने धम्की दिएको उनले बताए। 'यसपालि एसएलसीमा ८६ प्रतिशत अंक ल्याएर मेरिटले केन्द्रीय विद्यालयमा आइएस्सी पढ्ने मेरी छोरीसम्मलाई स्कुलबाट निकाल्ने र मेरो ज्यान मार्ने धम्की आएको छ,' उनले भने। सरकार बन्न नदिन विदेशी हस्तक्षेप भएको आरोप लगाउँदै उनले भने, 'म सभासद् र माओवादीको केन्द्रीय सदस्यलाई ज्यान मार्ने, अपहरण गर्ने र मेरिटले केन्द्रीय विद्यालयमा भर्ना भएकी छोरीलाई निकाल्ने धम्की दिनुले के प्रमाणित गर्छ?' शर्माले कडा शब्दमा भने, 'यसरी नाङ्गो रूपमा एम्बेसीको काउन्सलरले गुण्डागर्दीको भाषा प्रयोग गर्छन् भने यो देशका पार्टीहरू कति सुरक्षित होलान्, यहाँका सभासद्हरू कति प्रेसरमा होलान्, यो सरकार नबन्नुमा के कारण होला?' मोबाइलको रिसिभिङ कलमा रेकर्ड भएको नम्बर देखाउँदै उनले भने, 'भारतीय एम्बेसीका काउन्सलरले ४-५ पटक ९८५११०७००५ नम्बरको मोबाइलबाट फोन गरे। यो नम्बर रिसिभिङ कलमा हेर्न सक्नुहुन्छ, म देखाउँछु। यो अत्याचारको, भारतीय थिचोमिचोको चरम नमूना हो। स्वाभिमानी नेपाली भएको नाताले, जनप्रतिनिधि भएको नाताले मलाई जेसुकै होस्, म बाँचौं, मरौं जेसुकै होस्, नेपाली जनतालाई भन्न आवश्यक ठानेँ।' शर्मा ०६३ माघमा भएको मधेस आन्दोलनका कमाण्डर हुन्। उनले तत्कालीन नेकपा (मानन्धर) को विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका थिए। प्रजातन्त्र प्राप्तिपछि सीतानन्द राय, जीतेन्द्र देवसँगै ०५० मा एमाले प्रवेश गरेका उनी ०५७ सम्म वन मन्त्रालयअन्तर्गत 'रेन्जर' को जागिर खान्थे। त्यसपछि राजीनामा दिएर माओवादीको पूर्णकालीन कार्यकर्ता बने। ०६३ माघमा मधेस आन्दोलन परिचालन कमिटीका संयोजक रहेका शर्मा मधेसीको भावनाविपरीत उपेन्द्र यादवले सम्झौता गरेको आरोप लगाउँदै त्यहाँबाट अलग भए। सात सदस्यीय कमिटीमध्ये चारजनाले फोरम छाडे। उनीसँगै फोरम छाड्नेमा जीतेन्द्र सोनार, किशोर विश्वास, भाग्यनाथ गुप्ता थिए। तमलोपाका १७ जना संस्थापकमध्येका शर्मा संयुक्त महामन्त्री बने। 'मधेसमा असल क्रान्तिकारी पार्टी बनाउने चाहना थियो,' शर्माले भने, 'पञ्चायती पृष्ठभूमिका, ज्ञानेन्द्र सरकारमा रहेका र एमाले-कांग्रेसको राजनीतिमा असफल भएका थोत्रा मान्छेमात्र पार्टी सचिवालयमा राखेपछि त्यो चाहना पूरा नहुने देखेँ।' आफू पहिलेदेखि माओवादी भएकाले त्यहीँ गएको कुरा उनले माओवादी प्रवेश गरेलगत्तै नागरिकलाई बताएका थिए। ०६४ चैत २८ गते भएको संविधानसभा निर्वाचनमा शर्मा महोत्तरी जिल्लाको क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष रूपमा विजयी भएका थिए। source: http://www.nagariknews.com.np/ So Indian special envoy was in Nepal to orchestrate the Drama to stop maobadi to lead the govt. शरणको सन्देश नेपालमा एक महिनादेखि प्रधानमन्त्री चयन हुन नसकेर उत्पन्न राजनीतिक गतिरोधप्रति भारतले प्रत्यक्ष चासो प्रकट गरेको छ । भारतका प्रधानमन्त्री मनमोहन सिंहले पूर्वविदेशसचिव श्याम शरणलाई विशेष दूतका रूपमा काठमाडौं पठाएर यस्तो सन्देश दिएका हुन् । नेपालका लागि पूर्वभारतीय राजदूत शरणले बुधबार यहाँ उत्रिएयता विभिन्न राजनीतिक दलका नेताहरूसँग सामूहिक र छुट्टाछुट्टै भेटघाट गरेका छन् । उनले 'राजनीतिक सहमति निर्माणकालागि राजनीतिक परामर्शलाई सहजीकरण गर्न आएको' बताएका छन् । नेपालतर्फको आमन्त्रणबिनै निकट छिमेकीको स्वनिर्णयमा आएका विशेष दूतको सघन छलफलबाट नेपाली राजनीतिमा धेरथोर प्रभाव पर्ने प्रस्ट छ । तर त्यसको परिणाम के-कस्तो हुनेछ भन्नेचाहिँ हालसम्म अस्पष्ट छ । तत्कालीन सात दल र माओवादीबीच १२ बुँदे समझदारी गराएर शान्ति प्रक्रिया थाल्न र गणतान्त्रिक अभियान अगाडि बढाउनमा नयाँदिल्लीको महत्त्वपूर्ण भूमिका रहेको स्पष्टप्रायः भइसकेको छ । त्यो प्रक्रियामा भारतीय संस्थापनतर्फबाट तत्कालीन विदेशसचिव श्याम शरणको उल्लेख्य भूमिका थियो । अहिले भारतीय प्रधानमन्त्रीले सेवानिवृत्त जीवन बिताइरहेका शरणलाई नै काठमाडौं पठाएर विद्यमान संयन्त्र बाहिरबाट नेपाल मामिला बुझ्न र तदनुरूप नीति-योजना कार्यान्वयन गर्न चाहेको देखिन्छ । यसबाट नेपालप्रति भारतको चासो, चिन्ता र संलग्नता बढ्दै गएको स्पष्ट सन्देश पनि मिलेको छ । विभिन्न राजनीतिक शिविरका प्रतिनिधिहरूलाई भेटे पनि शरणको भ्रमण मूलतः माओवादी र मधेसी दल केन्दि्रत देखिन्छ । नेपालमा राजदूत रहँदा र त्यसपछि दिल्लीमा विदेशसचिव छँदा शरणले दुवै शक्तिलाई नजिकबाट बुझेका थिए । भारतीय संस्थापनले माओवादीलाई आफ्नो विरोधी र मधेसी दलहरूलाई आफूनिकट शक्तिका रूपमा लिने गरेको छ । परस्परविरोधी ठानिएका यी दुई शक्तिबीच समन्वय भई नयाँ सत्ता समीकरण बन्न सक्ने सम्भावनालाई दिल्लीले रुचाएको छैन । प्रधानमन्त्री चयनका लागि भएको तेस्रो मतदानमा मधेसी फोरमका १२ सभासदले 'फ्लोर क्रस' गरेर माओवादीलाई मत दिएलगत्तै शरण काठमाडौं आउनाले पनि त्यो प्रस्ट हुन्छ । उनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई फुट्न नदिई यथावत् राख्न चार मधेसी दलका प्रमुखहरूलाई आह्वान गरेका छन् । उनको आह्वानपश्चात् शुक्रबारको मतदानमा मधेसी दलहरूले माओवादीलाई समर्थन गर्ने सम्भावना न्यून बनेको छ । विशेष दूत शरणले अन्य दलका नेताहरूलाई लडाकु व्यवस्थापन नभएसम्म माओवादीलाई सरकारको नेतृत्व दिन नहुने भारतीय धारणा पनि अवगत गराएका छन् । नयाँ सरकारमा माओवादी सहभागी हुनुपर्छ तर नेतृत्वचाहिँ सकभर कांग्रेस-एमाले गठबन्धनबाटै होस् भन्ने भारतको चाहना उनले दोहोर्याएका छन् । नेपाली नेताहरू आफैंले भारतलाई जारी राजनीतिक एवम् शान्ति प्रक्रियाको अघोषित सहयोगीको भूमिकामा राखेकाले आन्तरिक मामिलामा दिल्लीको चासो बढेको हो । शान्ति प्रक्रियालाई टुंग्याउन र सहमतीय सरकार गठन गर्न भारतले दलहरूलाई प्रेरित गर्न सक्छ भने त्यो नेपालको हितमै हुनेछ । दिल्लीले नयाँ संविधान र दिगो राजनीतिक पद्धति निर्माणका पक्षमा पनि रचनात्मक सहयोग गर्न सक्नुपर्छ । साना-ठूला आन्तरिक मामिलामा चासो बढाउनुभन्दा द्विपक्षीय सम्बन्धलाई सहज र मजबुत बनाउनेतर्फ भारतीय नीति परिलक्षित हुनुपर्छ । Source: http://www.ekantipur.com/np/20... Looks like India is playing a dirty game. why don't they concentrate on their own problem like Kashmir, Maoist, and separatist problem in east Last edited: 07-Aug-10 08:49 PM
_____ · Aug 7, 2010 8:45 PM · 1,840 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion