साझाका मित्रहरुलाई एउटा आग्रह! हुन त यो आग्रह कुनै ठूलो सामाजिक कार्यको लागि होइन, नत मेरो ब्यक्तिगत फाईदाको लागि नै हो, तर पनि साझाका साथीहरुबाट मेरो अपेक्षा भनेको एउटा परिवार र त्यो परिवारसँग सम्बन्धित व्यक्तिहरुको खुशीको लागि सानो योगदान हो। वास्तवमा कुनै पनि परिवारमा एउटा सन्तानको आगमन हुँदा कति हर्ष हुन्छ र त्यो सन्तानको लागि बाबुआमाले कसरी सके जति खुशी दिन चाहन्छन् भन्ने कुरा त कतिपय साथीहरुले अनुभव पनि गरिसक्नु भयो होला (भलै हामी मध्य धेरैले हामीलाई बाबुआमाले कस्तो दु:ख गरेर हुर्काएका थिए भन्ने कुरा चाँही बिर्सिसकेका हुन्छौ)। आफ्नो पहिलो सन्तानको रुपमा जन्मेको निकेत ढकाललाई एउटा वेबसाइटको baby of the month बनाउने मेरो दाजुभाउजुको प्रयासलाई यहाँहरुको सद्भाव र समर्थनले सार्थक बनाउन सक्छ। मैले यो आग्रह यहाँहरुसँग गर्नुको उद्देस्य त्यो परिवारमा अलिकति खुशीको माहोल छओस् भनेर मात्र हो अन्यथा नलिनु होला। साथीहरुलाई मेरो कुरा चित्त बुज्छ भने यो तलको लिन्क म क्लिक गरेर आफ्नो ईमेल राखी निकेतलाई भोट गर्नु होला। यो भोटिङ प्रत्येक दिन गर्न पाईन्छ। http://www.gerber.com/Photo/?e... कोही साथीलाई मेरो कुरादेखी रिस उठे मलाई मजाले गाली गर्नु होला। धन्यवाद! अर्की एउटी नेपालीकी छोरी फुच्चीको फोटो भोट दिन मिल्ने भएछ यो महिना चैं .. यो महिनाकी बच्ची "संबिधा" लाई भोट दिन यो लिंक मा जानुहोला .. http://www.gerber.com/Photo/?e... Last edited: 10-Sep-10 10:49 AM
Geology Tiger · Aug 6, 2010 11:37 AM · 147,271 views
GT bro मलाई धन्यवाद टक्राउनु भएकोमा धन्यवाद छ है । भोटिङ को परीनाम कहिले हो ? आशा छ हाम्रो भोट् खेरो जादैन होला । कुनै दिन SB मा भेट्ने आशा राख्दै ...
darjdai · Sep 7, 2010 12:49 PM
अर्की एउटी नेपालीकी छोरी फुच्चीको फोटो भोट दिन मिल्ने भएछ यो महिना चैं .. यो प्रतियोगितामा हरेक महिना नेपालीलाई जिताउनु पर्ला जस्तो छ ... निकेत को रिजल्ट के भयो ? यो महिनाकी बच्ची "संबिधा" लाई भोट दिन यो लिंक मा जानुहोला .. http://www.gerber.com/Photo/?e...
cheli · Sep 9, 2010 10:03 AM
I am for it :)
Poudel Anil · Sep 9, 2010 10:07 AM
ani ke ho cheli aafu chai vote nagarne?
Poudel Anil · Sep 9, 2010 10:09 AM
त्यो १ भोट मैले नै देको हो अनिल जी !!
cheli · Sep 9, 2010 10:14 AM
लौ यो धागोबाट मैले सबैलाई धन्यवाद दिएर बिदा लिएको थिए। अब अर्की नेपाली फुच्चिलाई भोट दिन पनि यो काम लाग्ने भएछ। मैले चाँही मिलेसम्म दिनमा दुइटा नत्र भने एउटा भोट चाँही दिन दिनै हाल्ने भए। लौ अब अरु साथीहरुले पनि सहयोग गरिदिनु होला, अब निकेतको रिजल्ट आउन केही समय लाग्ला जस्तो छ। के भयो र त्यतिन्जेल हामी संबिधालाई भोट हाल्दै गरौन कि कसो?
Geology Tiger · Sep 9, 2010 10:20 AM
संबिधान सभामा भोट् न हाले नि संबिधा लाई चाँही भोट् हालियो ।
rahulvai · Sep 9, 2010 10:23 AM
कस्तो गाह्रो बनाएछन् बज्जेहरुले यो चोटि! ईमेलमै खोलेरै कन्फर्म गर्नु पर्ने... तर केही छैन मैले चाँही गरी सके
Geology Tiger · Sep 9, 2010 10:24 AM
देशमा संबिधान चाहिएको बेला छोरी जन्मी अब यै छोरीले ल्याउँछे संबिधान भनेर संबिधा नाम राख्या रे .. Last edited: 09-Sep-10 12:21 PM
cheli · Sep 9, 2010 12:19 PM
मैले त दिएँ आजको भोट.... तपाइंले दिनुभो ?
cheli · Sep 10, 2010 6:59 AM
लौ आफुले त एक भोट खसाइयो, अब अर्को भोट दिउसोसम्ममा खस्छ होला। ए देशमारा, जनतामारा, भत्तामारा, ज्यानमारा नेताहरु हो, तिमीहरुलाई जतिनै भोट खसाए पनि देशले संबिधान पाएन। अब संबिधालाई भोट खसाउँछौ, शायद देशको संबिधान बनि पो हाल्छ कि!
Geology Tiger · Sep 10, 2010 10:04 AM
आज नि खसाइयो भोट्, खुशी को भोट् । उत्तर तिर को दुष्ट सँग मागी ल्याको १ करोडे भोट् हैन, मनको भोट् हो , अनमोल भोट् हो।
rahulvai · Sep 10, 2010 10:16 AM
khai nakhai.. bhyai nabhyai bhaye ni maile ta aaja feri vote diye ni!! http://www.gerber.com/Photo/?e...
cheli · Sep 11, 2010 8:24 AM
cheli · Sep 13, 2010 9:43 AM
लु आजको मेरो दुई भोट हाली दिए है..
Geology Tiger · Sep 13, 2010 2:43 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion