मलाई ज्यान मार्ने धम्की दिइयो: शर्मा/आधारहिन आरोप: भारतीय दुतावास कान्तिपुर संवाददाता काठमाडौ, श्रावण २१ - माओवादी केन्द्रीय सदस्य एवं सभासद् रामकुमार शर्माले भारतीय दवावका कारण प्रधानमन्त्री निर्वाचनको परिणाम निस्कन नसकेको आरोप लगाउँदै आफुलाई भारतीय दुतावासबाट ज्यान मार्ने धम्कीसमेत आएको दावी गरेका छन् । प्रधानमन्त्री चयनका लागि सदनमा चौथो पटक मतदान गरेर बाहिरिंदै गर्दा संविधानसभा परिसरमा उनले आफुलाई धम्की दिने भारतीय दुतावासका अधिकारीको नाम र टेलिफोन नम्बर समेत सार्वजनिक गरेका हुन् । शुक्रबारमात्र आफुलाई दुतावासका अधिकारीले चार पटक फोन गरी अपहरण गर्ने, हत्या गर्ने र भारतीय केन्द्रीय विद्यालयमा अध्ययनरत उनकी छोरीलाई त्यहाँबाट निस्काशन गर्नेसम्मको धम्की दिएको दावी गरे । उनले यस्तो आरोप लगाइरहँदा आफ्नो मोबाइलमा रिसिभ नम्बर देखाएका थिए । 'दूताबासको काउन्सिलर दासले मलाई १२ बजे मोवाइल नम्वर ९८५११०७००५ बाट स्पष्ट रुपमा ज्यान मार्ने, अपहरण गर्ने धम्की दिनुभयो,' उनले भने- 'मलाई भारतीय राजदूत र त्यहाँको काउन्सुलर लगायतले 'तपाई मधेशको मान्छे, व्रिदोह गरेर जानु भयो, त्यहीं भएर भाडभौलो मच्चिएको छ, तपाई पुर्नविचार गर्नुहोस् भनेर हिजो अलि कुटनैतिक भाषामा फोन आएको थियो । तर आज धम्कीको भाषामा पुनः फोन आयो ।' संविधानसभा निर्वाचनमा महोत्तरी-४ मा तमलोपाबाट निर्वाचित सभासद् शर्मा केही समय अघि माओवादी प्रवेश गरेका थिए । उनी अध्यक्ष दाहालको पक्षमा मधेसी सभासद्को समर्थन जुटाउन विशेष सक्रिय छन् । 'म माओवादीको केन्द्रीय सदस्य रहेको ब्यक्ति समेतलाई यसरी नाङ्गो रुपमा राजदूताबासले गुण्डागर्दीको भाषामा जसरी व्यवहार गरेको छ, यसले प्रष्ट हुन्छ नेपालका पार्टी कति सुरक्षित छन' उनले भने- 'यहाँका सभासद्हरु कति प्रेसरमा होलान् । सरकार बन्न किन सकीरहेको छैन भन्ने यसले प्रष्ट हुन्छ ।' उनले घटनाबारे पार्टी अध्यक्ष र पदाधिकारी जानकारी गराएको र सार्वजनिक गर्नुपर्छ भन्ने ठानेर सार्बजनिक गरेको बताए । भारतीय दुतावासकी प्रबक्ता अपुर्वा श्रीवास्तबले भने आरोप 'आधारहिन र गैरजिम्मेवार' रहेको बताइन् । 'भारतीय दुतावास यस्तो आधारहिन र गैरजिम्मेवार आरोपलाई जबाफ दिएर महत्व दिन चाहँदैनौं' उनले इकान्तिपुरसंग भनिन् । सभासदलाई तमलोपाको स्पष्टिकरण तराई मधेश लोकतान्त्रिक पार्टिले सभासद शर्मासंग पार्टिको नीति विपरित अर्को पार्टी प्रवेश गरेको भन्दै शुक्रबार स्पष्टीकरण माग गरेको छ । पार्टी अनुशासन समिति संयोजक डा. विजयकुमार सिंहले जारी गरेको विज्ञप्ती अनुसार महोत्तरी- ४ बाट निर्वाचित सभासद् शर्मा अर्को पार्टीमा प्रवेश गरेकोले साधारण सदस्यतावाट किन निष्कासित नगर्ने भनी तीन दिन भित्र लिखित स्पष्टिकरण पेश गर्न समेत निर्देशन दिइएको छ । शर्मा तमलोपाका सहमहामन्त्री समेत रहेका थिए । उनले तमलोपा परित्याग गरी गत वर्ष माओवादीमा प्रवेश गरेका थिए । उनी माओवादीका केन्द्रिय सदस्य हुन् । पार्टी सदस्यबाट निश्कासन गरेपनि निर्वाचित सभासद्को पद नजाने प्रावधान छ । Last edited: 06-Aug-10 10:51 AM
_____ · Aug 6, 2010 10:50 AM · 1,611 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion