शोभराजको कथा सन् १९४४ अप्रिल ६ मा भियतनाममा जन्मिएका सोभराजका अपराध नेपालमा मात्र सीमित छैनन्। सन् १९७६ देखी १९९७ सम्म उनी भारतको तिहार जेलमा बन्दी थिए। उनी भारतीय जेलवबाट भागेपछि पेरिसमा सेलिब्रेटी सरहको जीवन बिताइरहँदा नेपाल आइपुगेका थिए। हत्या अभियोगमा काठमाडौं प्रहरीद्वारा समातिएका सोभराजलाई अगष्ट १२, २००४ मा काठमाडौं जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो। सोभराज १६ वर्षको उमेरबाट नै अपराधमा संलग्न थिए। १९ वर्षको उमेरमै चोरीको अभियोगमा उनी जेल परेका थिए। विभिन्न अपराधमा संलग्न भएपछि पुन पक्राउ हुने डरले उनी सन् १९७० मा भारतको मुम्बई पुगेका थिए। त्यो बेलामा उनकी श्रीमती क्यान्थल गर्भवति थिइन्। उनले भारतमै छोरीलाई जन्म दिइन्। भारतमा पनि उनले कार चोरी गर्ने कामलाइ निरन्तरता दिए। उनी विस्तारै जुवाको शौखिन बन्दै गए। सन १९७३ मा होटल अशोकामा रहेको गहनाको पसलमा भएको लुटपाटमा संलग्न रहेको आरोपमा उनी भारतमा पक्राउ परे। केही समयमै उनी पुन रिहा भए र पुन पक्राउ परे। उनी धरौटीमा रिहा भए र भारत छोडेर अफगानिस्तानतिर लागे। उनीहरुले अफगानीस्तानको भ्रमणमा आएका पर्यटकलाई लुट्न थाले। प्रहरीले उनलाई पक्राउ गर्यो। उनी हिरासतवाट भागेर अफगानीस्तानवाट इरान गए। उनले आफ्नी श्रीमतीलाई अफगानीस्तानमै छोडेर आएका थिए। श्रीमती भने फ्रान्स फर्किइन्। उनले विश्वका विभिन्न देशको भ्रमणका लागि १० वटा भन्दा बढी नक्कली पासपोर्ट बनाएका थिए। यसैको भरमा पूर्वी युरोप र मध्यपूर्वको भ्रमण गर्न सोभराज सफल भए। इस्तानवुलमा उनको भेट भाई आन्द्रेसंग भेट भयो। आन्द्रे टर्की र ग्रिसमा अपराध गरेर कुख्यात भइसकेका थिए। दुबै जना एथेन्समा पक्राउ परे। १८ वर्षको जेल सजाए पाएपनि उनी पुन जेलबाट भाग्न सफल भए। त्यसपछि सोभराज लुटपाटका साथै हत्यामा समेत संलग्न हुन थाले। उनी थाइल्याण्ड आए। थाइल्याण्डमा उनले तीन जना महिलाको हत्या गरे। यसपछि उनको हत्याको श्रृंखला बढ्दै गयो। हङकगङ्गमा तीन जनाको हत्या गरेपछि उनी नेपाल छिरेका थिए। उनीहरुले नेपालमा २ जना पर्यटक महिलाको हत्या गरे अनी नक्कली पासपोर्टको सहयोगमा पुन थाइल्याण्ड फर्किएका थिए। थाइल्याण्डमा हत्यामा संलग्न भएको आशंकामा खोजी भइरहेको चाल पाएपछि उनी पुन भारतको कलकत्ता हान्निए। भारतमा रहेका इजरायली एभोनी ज्याकोभका हत्या गरी उसैको पासपोर्ट प्रयोग गर्दै उनी सिंगापुर छिरे र पछि पुन थाइल्याण्ड फर्किए। उनलाई हत्यामा संलग्न रहेको आशंका प्रहरीले पक्राउ गरी सोधपुछ गरेको थियो। तर चलाख शोभराज त्यसै फुत्किए। उनी पुन भारतको मुम्बई आए। मुम्बइ बसाईमा उनले हत्याको श्रृखला जारी राखे। उनी अपरिचितसंग सहज रुपमा सम्बन्ध बढाउने र चांडै निकट भएर विष खुवाएर मार्थे। अनि अनुहार जलाएर लास फालिदिन्थे। महिला मार्दा उनी विकिनी सहित लास फालिदिन्थे। जसले गर्दा उनको उपनाम नै विकिनी किलर बन्न गयो। भारतमा फेरि सोभराज पक्राउ परे। र हत्याको आरोपमा १२ वर्षको जेल सजाए पाए। उनी भारतको तिहार जेलमा बन्दी थिए। मार्च १९८६ मा उनले जेलभित्रै भब्य पार्टी दिए। प्रहरी सहित सबैलाई नसालु औषधि खुवाएर लठ्ठ पारेपछि उनी फरार भए। २००३ सेप्टेम्बर १७ मा उनी अचानक काठमाडौंमा देखिएका थिए। सोभराज याक एण्ड यतिबाट बाहिरँदै गरेको तस्विर द हिमालयन टाइम्सले तस्विर सहित छापेपछि सोभराज काठमाडौंमा रहेको खुलेको थियो । त्यसपछि काठमाडौं प्रहरीले उनलाई पक्राउ गर्यो। त्यसयता उनी जेल जीवन बिताउदै आएका छन् source: http://news.sunmala.com/?p=811
comingsoon · Jul 31, 2010 10:02 AM · 264 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion