कलेज ड्रेसमा होटल र पार्क घुम्नेलाई प्रहरीको निगरानी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

शेरबहादुर केसी,बुटवल, साउन १२ - कलेज गएका तपाईका छोराछोरी आफ्ना विपरित लिङ्गी साथीसगँ होटल, पार्क वा अन्यत्र कतै बरालिएका त छैनन्? ख्याल गर्नुहोस्, कलेज पोशाकमै होटलको कोठा र पार्कबाट तपाईका छोराछोरी प्रहरीको फन्दामा पर्लान नि। तपाईका छोरा छोरी लिन आउनुहोस् भन्दै प्रहरी चौकीबाट तपाईलाई टेलिफोन आउँला नि। [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati...">[Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); इलाका प्रहरी कार्यालय बुटवलले दिनहुँजसो कलेज पोशाकमा होटल र पार्कमा यौनजन्य क्रियाकलापमा भेटिएका बिद्यार्थीलाई नियन्त्रणमा लिएर अभिभावकलाई जिम्मा दिदै आएको छ। छ महिना यता दैनिक दुई जोडी बिद्यार्थी प्रहरी नियन्त्रणमा परेका छन्। मणिमुकुन्द पार्क, हिलपार्क लगायतका पार्कमा निगरानी गर्दा प्रहरीले यौनजन्य क्रियाकलापका कलेज पोशाकका बिद्यार्थी नियन्त्रणमा लिन थालेपछि पछिल्ला दिनमा बिद्यार्थी होटल र लजमा कोठा भाडामा लिइ बस्न थालेका हुन्। कलेजमा पढ्नुपर्ने समयमा पोशाकमै होटल लजमा भेटिएपछि सम्वन्धित कलेजले घटनाबारे पाउँदा पनि गंभीरतापूर्वक नलिएको प्रहरीको भनाई छ। सरकारी कलेजले बिद्यार्थीको गतिविधि बारे जानकारी गराउँदा सहज लिए पनि निजि कलेजले गंभीरतापूर्वक लिन्छन् भन्ने प्रहरीको अनुमान गलत सावित भएको छ।   ‘कलेज पोशाकमा बिद्यार्थी आपत्तिजनक अवस्थामा भेटिएपछि सम्वन्धित कलेजलाई जानकारी गराउदा व्यक्तिगत जीवनको कुरा भनेर कलेज प्रशासनले टार्ने गरेका छन्,-इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर कार्कीले नागरिकलाई भने। अभिभावकलाई आफ्ना छोराछोरी बुझ्न बोलाउदा पनि सकेसम्म प्रहरी कार्यालयमा आउन चाहदैंनन। तर नजिकका अभिभावकको रोहवरमा कागज गराएरमात्रै उनीहरुलाई छाड्ने गरेको प्रहरीले जनाएको छ।   होटल र लजमा बिहान र दिउसोको समयमा बढी बिद्यार्थी भेटिने गरेको प्रहरीको भनाई छ। कलेज जाने समयमा पार्क र होटलमा आफ्ना साथीसगँ बिताएर कलेज छुट्टी हुने समयमा घर पुग्ने गरेको प्रहरी अनुसन्धानले खुलेको छ। पक्राउ परेका आधा जसोले असुरक्षित यौन सम्पर्क कायम गर्ने र लागुपदार्थ सेवन गर्ने गरेको पनि प्रहरीले जनाएको छ। पक्राउ परेका मध्ये बुटवल बहुमुखी क्याम्पसका केही छात्रा व्यवसायिक यौनकर्मीको रुपमा क्रियाशिल भइसकेको पाइएको इलाका प्रहरी कार्यालयका डिएसपी कार्कीले नागरिकलाई बताए। पक्राउ परेका आधा जसो जोडीको मोवाइलमा चेक जाच गर्दा यौन सम्वन्धि भिडियो क्लिप्स पनि भेटिएको छ। प्रहरीका अनुसार ती भिडियो क्लिप्समध्ये केही जोडीले आफ्नै यौन क्रियाकलाप खिचेका छन्। बुटवल आसपासका पार्क र होटलमा निगरानी राख्न थालेपछि बिद्यार्थीहरु मोटरसाइकलमा पाल्पाको जोरधारा र केरावारीमा हुइकिन थालेको जानकारी पाएको प्रहरी श्रोतको भनाई छ। होटलमा बसेर अपराधको योजना नबनोस र समाजमा मर्यादित वातावरण कायम होस् भन्ने उदेश्यले होटलमा प्रहरीले नियमित निगरानी गरिरहेको डिएसपी कार्कीले बताए।

rid · Jul 30, 2010 1:34 AM · 1,906 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all