सहयोगी नभएकोले आफैं कुट्न बाध्य भएँ 27/07/2010 05:36:00 प्रकाश लम्साल Font size: १७ जना गाउँलेलाई बन्दी बनाएर कुटेको आरोप लागेका 'तपस्वी' रामबहादुर बम्जनले पत्रकार सम्मेलन गरेर भने म ध्यान गरिरहेको समयमा गाउँले आएर डिस्टर्ब गरे, मलाई हात हाल्न खोजे, त्यसैले कुट्न बाध्य भएँ मोटो छानेको त होइन, एउटा गाउँको नेताजस्तो थियो, त्यसलाई चाहिँ अलि बढी नै पिटेको हुँ धर्मको पनि एउटा कानुन हुन्छ, धर्म बिगार्न खोजेकोले पिटेको हुँ, संसारलाई किन ढाँट्ने ? तर तपाईंहरूले पनि बुझ्नुपर्यो, म केका लागि तपस्या गर्दै छु भन्ने तपस्वीजस्तो मान्छे पनि तारेख धाउँछ र ? नयाँ पत्रिका हलखोरिया (बारा), १० साउन साग खोज्न गएका बारा मनहर्वाका १७ सर्वसाधारणलाई २४ घन्टासम्म बन्दी बनाएर कुटी घाइते बनाउने तपस्वी रामबहादुर बम्जन पत्रकारमाझ उपस्थित भएका छन् । उनले आफूविरुद्ध उजुरी परे पनि प्रहरी कार्यालयमा उपस्थित भएर तारेख नधाउने बताएका छन् । पीडितको उजुरीपछि कारबाही अघि बढाउन आइतबार तपस्यास्थल हलखोरिया पुगेका जिल्ला प्रहरीको टोली र पत्रकारमाझ बम्जनले यस्तो अभिव्यक्ति दिएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत रुद्रकान्त झा, निजगढका प्रहरी निरीक्षक भेषराज रिजालसहित दुई दर्जनभन्दा बढी प्रहरीसहितको टोली तपस्यास्थल पुगेर तपस्वीलाई सोधपुछ गरेको थियो । पीडितले जैतापुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयमा तपस्वीविरुद्ध मुद्दा दर्ता गराएपछि प्रहरीले कारबाहि अघि बढाएको हो । सोधपुछकै क्रममा तपस्वीले आफू अन्यायमा परेको र धर्मभित्र पनि कानुन हुने हुदा उनीहरूलाई सामान्य सजाय दिएर छाडेको बताए । गत बिहीबार जंगली साग खोज्न गएका मनहर्बा गाविसका १७ सर्वसाधारणलाई २४ घन्टा नियन्त्रणमा राखी तपस्वीले सख्त घाइते बनाई कुटपिट गरी छाडेका थिए । 'म तपस्या गरेको स्थलमा आई चुरोट, बिंडी पिएर होहल्ला गरेपछि मेरो ध्यान भंग भयो, सम्झाउँदा नमानेपछि सबैलाई गोदेको हुँ,' सोधपुछका क्रमममा बम्जनले भने । बम्जनले आफूलाई कारबाही गर्न खोजेर प्रहरी र पत्रकारले धर्मको उल्लंघन गर्न खोजेको आरोपसमेत लगाए । तपाइं लिटिल बुद्ध, शान्तिको दूत । तर, आफैं गाउँलेलाई कुटपिट किन गर्नुभयो ? म ध्यान गरिरहेको समयमा उनीहरू आएर डिस्टर्ब गरे । हात हाल्न खोजे । कुट्न बाध्य भएँ । तपाईं उनीहरूलाई चिन्नुहुन्थ्यो ? चिन्दिनँ । नचिनेका मान्छे हुन् सबै । बन्चरोको पासोले पो हान्नुभएछ नि ? हातले पिटेको हुँ, बन्चरोको पासोले होइन । गाउँलेले बोलेका सबै कुरा झुटा हुन् । दुई-तीन झापड भने लगाएको हुँ । गाउँलेको त टाउको फुटेको छ त, हातैले झापड लगाउँदा टाउको फुट्छ र ? ममाथि आक्रमण गर्न खोजे उनीहरूले, अनि त्यस्तो भयो । हल्ला गर्ने, चुरोट खाने गरे पनि सहेर बसेँ । मेरो आसनमा आएर मजस्तै बसेर ध्यान गर्न खोजे । अति भएपछि कुटेको हुँ । तपाईंले त बन्दी बनाएर पिट्नुभएको भन्ने छ नि ? बन्दी बनाएर कुटेको होइन । तल ध्यानस्थलमै पिटेँ । माथि घरमा ल्याएर पिटेको होइन । तपाईंजस्तो तपस्वीले यसरी पिट्न मिल्छ ? उनीहरू आक्रामक रूपले आएपछि कुटपिट गर्नुपर्ने बाध्यता रह्यो । कति समय कुट्नुभयो ? २४ घन्टासम्म कुटेको भन्ने आरोप छ । तर, पाँच मिनेट मात्र कुटेको हुँ । मोटो मान्छेलाई छानेर अलि बढी पिट्नुभयो रे, मोटामाथि थप रिस किन नि ? मोटो छानेर होइन, एउटा गाउँको नेताजस्तो थियो । त्यसलाई चाहिँ अलि बढी नै पिटेको हुँ । तपाईंले तपस्या गर्नुभयो भन्दैमा गाउँलेले जंगलमा गएर स्याउला पनि टिप्न नपाउने ? गाउँलेको अधिकारमाथि तपाइंलाई रिस किन ? घाँस र सागपात जहाँबाट पनि ल्याउन सकिन्छ । तर, उनीहरू मै भएको ठाउँमा आए । सागपात टिप्न मात्र आएका होइनन् उनीहरू । मेरो ध्यान भंग गर्न पनि आएका हुन् भन्ने मलाई लाग्छ । तपस्वीजस्तो मान्छे दुई-चार शब्द सम्झाएर पठाएको भए पनि हुन्थ्यो नि ? मैले सम्झाउन खोजेको हुँ । सम्झेनन् । अनि पिटेँ । तपाईंले त बीचबीचमा थकाइ मार्दै पिट्नुभयो रे नि ? चौबीसै घन्टा ध्यान गर्ने मान्छे कसरी थाक्छ ? त्यति थाक्नेगरी पिटेको पनि छैन । गढीमाईमा किन बोका चढाएको भनेर पनि सोध्नुभयो रे ? मैले गढीमाईको कुरा गरेकै थिइनँ । तपाईं अहिले त ध्यानमा हुनुहुन्न त ? म सबै दिन ध्यानमा छु । तर दिनमा एकपटकचाहिँ घरमा आउने गरेको छु । तपाईंविरुद्ध प्रहरीमा उजुरी परेको छ । अब के गर्नुहुन्छ ? धर्मको पनि एउटा कानुन हुन्छ । धर्म बिगार्न खोजेकोले पिटेको हुँ । संसारलाई किन ढाँट्ने ? तर तपाईंहरूले पनि बुझ्नुपर्यो, म केका लागि तपस्या गर्दै छु भन्ने । तपाईं अरूका लागि धर्म गर्ने, शान्तिको सन्देश दिने तपस्वीलाई रिसचाहिँ किन उठ्यो ? हामीलाई रिस उठ्दैन । हामी त हाँसी-हाँसी सबै काम गर्छौं । ममा रिस भएको भए तपाईंसँग यति लामो कुरा गर्ने थिइनँ । अप्ठ्यारो परेको भए सहयोगीलाई भन्न सक्नुहुन्थ्यो, आफैं अघि सरेर किन कुट्नुभयो ? सहयोगीहरू नभएको अवस्थामा म आफैंले पिट्नुपर्यो । सर्वसाधारणलाई स्याउला पनि टिप्न नदिने, तपाईं आफूचाहिँ यत्रो वन घेरेर किन बसेको ? जगत् र प्राणीको संरक्षणका लागि वन रोकेको हुँ । शान्तिको खोजीमा बसेका मान्छेले त सहेर बसेको भए हुन्थ्यो नि ? मैले घरबाट थुतेर पिटेको होइन । सुरक्षाका लागि पिट्नुपर्यो । कुट्नुभयो, अब तपाईंमाथि कारबाही होला, होइन ? उनीहरू आक्रामक शैलीमा आए । म तपस्यामा थिएँ । अब कारबाही कसलाई गर्ने, मलाई कि उनीहरूलाई ? तपाईंले त पहिला पनि यस्तो गर्नुभएको हो नि ? होइन, पहिलोपटक पिटेको हुँ । यसअघि छैन । अब त तारेख धाउनुपर्छ । ध्यान गर्नुहुन्छ कि धाउनुहुन्छ ? (हाँसेर) तपस्वीजस्तो मान्छे पनि तारेख धाउँछ ?
timer · Jul 27, 2010 11:01 AM · 12,828 views
ha hahahaहांसई उठेर आयो भन्या . हां हां हां .....
PeaceSoul · Jul 27, 2010 11:21 AM
one vs 17....lol......why is he even questioned?...he seems to quite outnumbered yet he still beat them ....lol...and all those questions were so dumb......it still amazes me why those 17 dumb fugs had to pick that spot to gather stuff when they had other places too...beats me. BUT the fact that 1 man who barely mooves and meditates all the time beats hardened villagers who work all the time leaves me amazed....May be he is inventing his own Martial arts.......I Want to learn that.
Gorhalisainik · Jul 27, 2010 12:31 PM
we need lots of these guys so that they can protect our forest ....
ratoragat · Jul 27, 2010 12:53 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion