Nepalese civil servants

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बिरामीले तिरेको १७ लाख कर्मचारीद्वारा अनियमितता सोमबार, 26 जूलाई 2010 19:04 नागरिक दिलबहादुर छत्याल, धनगढी, साउन १०- सेती अञ्चल अस्पतालका कर्मचारीले बिरामीले तिरेको शुल्कबाट जम्मा भएको १७ लाख रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ। शुल्क शाखामा कार्यरत् ४ जना कर्मचारी मिलेर यो रकम हिनामिना गरेको  बुझिएको छ। [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati..."> लेखा शाखाले असार मसान्तमा वर्षभरको हिसाव मिलान गर्ने क्रममा १७ लाख हिनामिना भएको कुरा खुलेको हो। 'प्रत्येक दिन शुल्कबाट हजारौं रुपैयाँ जम्मा हुन्छ। त्यसमध्यको केही रकम ४ जना कर्मचारीले बाँडेर गोजीमा हाल्ने गरे। अहिले कुरा छताछुल्ल भयो'- अस्पतालका एक कर्मचारीले बताए। अस्पतालमा बिरामीले तिरेको शुल्कको रकमबाट १७ लाख कर्मचारीले हिनामिना गरेको कुरा सत्य भएको सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. गणेश सिंहले पनि बताए। रकम हिनामिना गर्ने ४ जना कर्मचारीलाई कारबाही गरिने मेडिकल सुपरिटेण्डेन्ट डा. गणेश सिंहले बताए। शुल्क शाखामा कार्यरत् खरिदार जगतबहादुर सिंह, रोशनराज पाण्डेय, मनोज श्रेष्ठ र कार्यालय सहयोगी भोजराज चौधरी मिलेर रकम हिनामिना गरेका उनले बताए। सिंह, पाण्डेय र श्रेष्ठ अस्पताल विकास समितिअन्तर्गतका कर्मचारी हुन। चौधरी भने सरकारी दरवन्दीमा छन। श्रेष्ठ र सिंह अस्पताल विकास समितिअन्तर्गतका स्थायी कर्मचारी हुन। हिनामिना गरिएको १७ लाख रुपैयाँ बुझाउन ती कर्मचारीलाई अस्पतालले पत्र काटिसकेको छ। उनीहरुबाट हिनामिना गरेको रकम असुल गरिन थालेको डा. सिंहले बताए।  करिव ५ लाख रुपैयाँमात्र बाँकी रहेको उनको भनाइ छ। ४ जना कर्मचारीलाई ऐन र नियम बमोजिम कारबाही गरिने उनको भनाई छ। ती कर्मचारीलाई निलम्बन गरिने पनि उनले बताए। शल्यक्रिया, ल्याब, एक्सरे, बहिरङ्ग र आकस्मिक सेवाको पर्चालगायतबाट अस्पतालमा दैनिक २० हजार रुपैयाँ उठ्ने गरेको छ। अस्पतालका कर्मचारीको लापरबाही र अनियमितताका कारण मर्कामा पर्ने गरेको बिरामी बताउँछन्। अञ्चल अस्पतालमा बिरामीलाई दिने औषधीमा पनि अनियमितता हुने गरेको स्रोतले बताएको छ। वर्षेनी लाखौंको औषधी खरिद गरिए पनि बिरामीले पूरै औषधी मेडिकलबाट खरिद गर्ने गरेका छन्। करिव १ सय २५ शैया रहेको यो अस्पतालमा प्रत्येक दिन ३ सयको हाराहारीमा बिरामी उपचार गर्न आउने गर्छन्।

_____ · Jul 26, 2010 10:32 AM · 1,846 views

1 Reply

yo ma[Disallowed String for - bad words]ee corrupted randi ka chora haru le garda hamro desh bigreko, one of the failed state in the world bahyeko ani hami lai nepali bhanan pani laj lageko, corruption nabhyeko bahey desh bikasit hunthyo ani at least developing state bahnera ta ganinthyo, yesta ma[Disallowed String for - bad words]ee ghushyaha harulai katnu aorcha

sunsweesh · Jul 26, 2010 10:23 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all