A man killed his wife to marry his girlfriend

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बिहे गरेको महिना नपुग्दै श्रीमतीको हत्या काठमाडौ, श्रावण ४ - बिहे गरेको एक महिना नपुग्दै राजधानीका एक युवकले प्रेमिकाको मिलेमतोमा श्रीमतीको हत्या गरेका छन् । काठमाडौंको काभ्रेस्थलीका सन्तोष फुयालले १८ वषर्ीया श्रीमती अञ्जु खनालको घाँटी थिचेर हत्या गरेका हुन् । प्रेमिकालाई पाउन उनैको सल्लाहमा आफूले श्रीमतीको हत्या गरेको फुयालले बताएका छन् । गत असार १० गते उनले चण्डोलकी खनालसँग मागी विवाह गरेका थिए । बिहेपछि हनिमुन मनाउन भन्दै गत साउन २ गते पोखरामा लगेर फुयालले लेकसाइडको मदरल्यान्ड होटलमा श्रीमतीको हत्या गरेको बयान प्रहरीलाई दिएको महानगरीय प्रहरी वृत्त महाराजगन्जमा डीएसपी दीपक थापाले बताए ।  'होटलमा बियर खुवाएर लठ्ठ बनाएपछि घाँटी थिचेर हत्या गरें, अनि  बाहिरबाट ताल्चा मारेर भागें,' उनले बयानमा भनेका छन्, 'अर्कै होटलमा बसेर भोलिपल्ट काठमाडौं आएँ ।' हत्यापछि फुयाल होटलको कोठामा बाहिरबाट ताल्चा मारेर रिसेप्सनमा पान किन्न जानु छ भन्दै श्रीमतीले लगाएका गहना बोकेर निस्किएका थिए । काठमाडांै आएपछि घर परिवारले श्रीमतीबारे सोधपुछ गर्दा उनले अपहरणकारीले सुनचाँदी देखेर अपहरण गरेर लगेको बताउँदै आएका थिए । छोरी बेपत्ता भएपछि अञ्जुका बुवा नवराजले प्रहरीमा उजुरी दिएका थिए । 'श्रीमानसँग घुम्न गएको भनेपछि हामीले फुयाललाई पक्राउ गरेर ल्यायौं,' डिएसपी थापाले भने । उनका अनुसार फुयालले राति १२ बजे मात्र आफूले हत्या गरेको स्वीकारेका थिए । उनले राखेको श्रीमतीको गहनासमेत प्रहरीले बरामद गरेको छ । सन्तोषले प्रेमिका गोलढुंगाकी कोपिला फुयालसँग ६ वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको बताएका छन् । तर, परिवारले एउटै थरसँग बिहे गर्न नमिल्ने भन्दै अस्वीकार गरेपछि उनले खनालसँग बिहे गरेका थिए । खनाल शिवपुरी उच्चमावि महाराजगन्जमा  ९ कक्षामा पढ्दै थिइन् । उनी तीन दिदीबहिनीमध्येकी माहिली हुन् । प्रेमिकाले आफूले बिहे गरेको खबर थाहा पाएपछि उनलाई फकाउन श्रीमतीको हत्या गरेको सन्तोषको बयान छ । 'बिहे गरे पनि तिमीलाई नै माया गर्छु भन्दा कोपिलाले मानिनन्, अनि दुवै जनाको सल्लाहमा खनाललाई मार्ने योजना बनेको थियो,' फुयालले भने । प्रहरीले राति २ बजे गोलढुंगा पुगेर कोपिलालाई पक्राउ गरेर ल्याएको थियो । कोपिला मनमोहन मेमोरियल कलेज सोह्रखुट्टेमा १२ कक्षामा पढ्दै छिन् । प्रहरी वृत्त आएकी खनालकी आमा शोकविह्वल भएकी थिइन् । बुवा नवराज छोरीको शव लिन मंगलबार पोखरा गएका छन् । फुयाल र उनकी प्रेमिका कोपिलालाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरेर मंगलबारै पोखरा पठाएको वृत्त डिएसपी दीपक थापाले जनाए ।  अभियुक्तलाई हेर्न पाउनुपर्ने भन्दै चण्डोलका स्थानीयवासीले मंगलबार दिनभर प्रहरी वृत्त घेरिरहे । वृत्तको कम्पाउन्डबाहिर र भित्र स्थानीयको भीड थियो । डिएसपी थापाले आएका आफन्त र छिमेकीलाई अभियुक्तमाथि कानुन बमोजिम कारबाही हुने बताएका थिए । साँझसम्म पनि भीड कम नभएपछि प्रहरीले सामान्य बल प्रयोग गरेर उनीहरूलाई हटाएको थियो । http://www.ekantipur.com/kanti...

pintu · Jul 21, 2010 8:04 PM · 12,180 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all