I got this email in my mail box and share here to discuss.एकाएक खोलामा आश्चर्यजनक ढिस्को महेश श्रेष्ठ, (धरान), धरानमा ज्वालामुखी विस्फोटन हुने खतरा देखा परेको छ। धरानको सर्दुखोलाको बगर एक्कासि लगभग ३५ फिटमाथि उठेपछि ज्वालामुखी विस्फोटन हुन सक्ने अवस्था देखिएको हो। धरान नपा -१७ को सगरमाथा टोल र विष्णुपादुका गाविस- १ अन्तर्गतको कार्कीछाप डाँडाको बीच भएर बग्ने सर्दुखोलाको बगरमा एक्कासि ३ सय फिट लामो र ३५ फिट अग्लो ढिस्को उत्पन्न भएपछि स्थानीय बासिन्दाहरु आश्चर्यचकित भएका छन्। आइतबार राति ९ बजे बम विस्फोटको आवाजजस्तो सुनेका स्थानीय बासिन्दाले बिहान हेर्दा बगरको बीचमा ढिस्को देखे। वर्षौंदेखि सर्दुखोला बगेको सो बगरको बीचमा उत्पन्न भएको ढिस्कोमा जमिनमुनिको चिम्टाइलो र कमेरो माटो देखिएको छ। न्यूनतम १५-२० फिटमुनिसम्म ढुंगागिट्टी भएको सो बगरमा चिम्टाइलो र कमेरो माटो देखिनुले ५०-६० फिट मुनिदेखिको सतह माथि आएको सहजै अनुमान गर्न सकिन्छ। आइतबार राति एक्कासि ठूलो आवाजसँगै उत्पन्न भएको सो ढिस्को रहेकै स्थानमा गत कार्तिकमा समेत यस्तै आवाजका साथ सा-साना ढिस्का देखिएको स्थानीय बासिन्दाहरु बताउँछन्। त्यसबेला १२-१५ फिटको ढिस्को अहिले बढेर ३०-३५ फिटको भएको र बढ्दै गइरहेको उनीहरुको भनाइ छ। http://www.rasranga.com/archiv...
evilinside · Jul 21, 2010 5:11 AM · 3,796 views
i already heard about it but i want to see the picture too
raju161 · Jul 21, 2010 5:20 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion