Inspiring Story Of A Nepali Woman's Hope

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

From Himal Patrika -------------------------------------------- God bless the journalists who write these stories of true women suffering in our villages. Sadly, the guys with fake stories of achievement in Kathmandu hog the media limelight, while woman like her don't. ----------- "त्यो दिन आउँछ" मुनीदेवी दमाई  कैलाली दीर्घराज उपाध्याय छिमेकीहरूले मलाई बोक्सी भन्न थालेको आठ वर्ष भयो। उनीहरूको यो आरोपसँग जुध्दै जाँदा मैले बुझ्ेँ― बोक्सी भनेका गरिब हुँदारैछन्, दलित हुँदारैछन्, म जस्ता बेसहारा हुँदारैछन्। बोक्सीले जादु-टुना गरेर मान्छेमाथि कपट गर्छन् भनेको सानोमा सुनेकी थिएँ। उतिबेला गाउँमा फलानीलाई बोक्सी लाग्यो रे भन्ने हल्लाहरू चल्थे। मेरो दिमागमा पनि बोक्सीहरू डरलाग्दा हुन्छन् र जे चाह्यो त्यही गर्न सक्छन् भन्ने छाप परेको थियो। तर, ४० वर्षको उमेरमा एकदिन अचानक यो समाजले मलाई नै बोक्सी भन्यो। दिउँसो गहुँ काट्न जाँदैथिएँ, छिमेकीले यता आऊ, कुरा गर्नुछ भनेर बोलाए। उनी भएको ठाउँमा पुग्दानपुग्दै झ्म्टेर भाटाले टाउकामा हिर्काए। लडेपछि लात्तैलात्ताले हाने। तँ बोक्सी भन्दै मुखमा दिसा कोच्याए। त्यसपछि म बेहोस भएछु। धनगढी अस्पतालको बेडमा बिउँझ्दा आफैँलाई चिन्न नसक्ने अवस्थामा थिएँ। अनुहारभरी घाउचोट थिए। धन्न अर्का छिमेकमा बस्ने चन्द्र विकले अस्पताल पुर्‍याउनुभएछ। ऐनामादेखिएको आफ्नै अनुहार हेरेर म आत्तिएँ। वान्ता र दिसाबाट काँचो रगत निस्किरहेको थियो। के म साँच्चै बोक्सी भएँ त? छिमेकीहरूले मलाई कसरी बोक्सी देखे? मैले धेरै सोचेँ, तर जवाफ पाइनँ। १५ दिनको उपचारपछि घर फर्कंदा मेरा लागि गाउँ पहिले जस्तो थिएन। मान्छेहरू आँखा तरेर हेर्थे, आपसमा मुखामुख गर्थे। कोही बोल्दैनथे। अहिले पनि यो बोक्सी हो, यसले भेद्न सक्छे भनेर छिमेकीहरू तर्किन्छन्। कसैलाई भेद्न सक्ने भए, मेरो मुखमा दिसा कोच्नेलाई छाड्थेँहुँला त? मनभरी पीडा र आक्रोश छ, तर अकारण मलाई मरणासन्न तुल्याउनेहरूलाई तह लगाउने मन्त्र मसँग आज पनि छैन। दुई वर्षअघि हिँड्दाहिँड्दै तिर्खा लागेर पानी खान बाटैछेउको ठकुरीको घरको धारामा गएकी थिएँ तँ बोक्सी, डुमिनी, मेरो धारो छुने भन्दै लछारपछार गरे, कुटे। मेरो उजुरीको आधारमा प्रहरीले उसलाई समात्यो, तर एकजना सभासद्ले तुरुन्तै छुटाइदिए। पछि उसले उल्टै मेरा छोराहरूलाई गुण्डागर्दी गरेको आरोपमा थुनायो। गाउँका कसैले तिमीमाथि अन्याय भयो भनेन। यसरी सहयोग गर्ने कोही नभएपछि न्यायका लागि लड्न सकिनँ। पूर्व-पश्चिम सबैतिर महिलाहरूलाई बोक्सी भनेर कुटियो, जलाइयो भन्ने खबर सुन्छु। उनीहरूलाई पनि गरिब, दलित र बेसहारा भएकैले बोक्सी बनाइएको कुरा मलाई थाहा भएको छ। म ठोकेरै भन्न सक्छु, धनी भएकी भए म बोक्सी बनाइने थिइनँ। अरू महिलाको कुरा पनि यही हो। तीन कठ्ठा जग्गाको कमाइले गुजारा नचलेपछि पहिले-पहिले काम गर्न श्रीमान् भारत जानुहुन्थ्यो। तर, आँखा कमजोर भएपछि उहाँ घरैमा थला पर्नुभयो। घरको यो अवस्था टार्न भारत गएको जेठो छोरोलाई कुनै पापीले उतै मारिदियो। यता गाउँमा म बोक्सी बनाइएँ। गाउँमा यस्तो भएपछि काम खोज्न पनि टाढाका गाउँसम्म पुग्नुपर्छ। आठ वर्षको यो भोगाइले सानी छँदा मेरो मगजमा बनेको बोक्सीप्रतिको धारणा ध्वस्त भएको छ। बोक्सी भनेको विवेकहीनहरूले लगाउने आरोप मात्रै हो। यस्तो आरोप गरिब र पेटभरि खान नपाउनेहरूमाथि लगाइन्छ। अहिले मेरा कान्छो छोरा र छोरी हुर्किसकेका छन्। मेरो पीरव्यथा बुझ्ेका केही मान्छेहरू पनि छन्। हुर्केका छोराछोरी र असल मानिसहरूको ढाडसले आँट आएको छ। दुर्व्यवहार, छिःछि-दूरदूर हुँदाहुँदै पनि मैले गाउँ छाडिनँ। कुनै दिन यो समाजले मलाई मुनी दिदी, तिमीमाथि अन्याय भयो भन्नेछ। मलाई विश्वास छ, त्यो दिन पक्कै आउँछ। रामेश्वर बोहरा  

Pire · Jul 20, 2010 4:25 PM · 2,652 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all