Charles Sobhraj Girlfriend

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Guys, wht do u think abt this http://www.nowpublic.com/world.... I think its crazy.

edipre · Jul 20, 2010 3:03 PM · 12,532 views

7 Replies

i think u shud mention that this is a 2 year old article that you have dug up.

dekchidriver · Jul 20, 2010 3:07 PM

@edipre- October 10, 2008 ko article...esto ta bha a na ni mitra. Aba arko thread pani suru garau na Charles Sobhraj caught in Nepal bhanera. Last edited: 20-Jul-10 03:12 PM

sab_nepaliko_sathi · Jul 20, 2010 3:12 PM

Arko thread chahi Charlse Shovraj Born pani gare huncha...

newlynew · Jul 20, 2010 3:14 PM

I didn't know he had 20 yrs old Nepali GF

edipre · Jul 20, 2010 3:50 PM

i dun know wat happen to that 20 years old lady, i wonder how she didn't find someone suitable for her among all those better nepalese guys

sanjam · Aug 4, 2010 7:32 PM

rid · Aug 4, 2010 8:01 PM

सोभराजकी पत्‍नी र सासू पनि थुनामा विनिता दाहाल, काठमाडौं, साउन १९- न्यायालय र न्यायाधीशविरुद्ध गालीगलौज गरेको अभियोगमा मुद्दा खेपिरहेका चार्ल्स सोभराजकी श्रीमती निहिता विश्वास तथा सासू शकुन्तला थापालाई सर्वोच्चले थुनामा पठाएको छ। उनीहरुको बयान बुधबार नसकिएको भन्दै थुनामा पठाइएको हो। [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati..."> सोभराजलाई सर्वस्वसहित जन्मकैदको सजाय दिने पुनरावेदन अदालतको फैसला १४ साउनमा सर्वोच्चले सदर गरेपछि विश्वास र थापाले न्यायाधीशलाई गालीगलौज गरेका थिए। बलराम केसी र रामप्रसाद कुमार शाहको इजालसमा भइरहेको सुनुवाइ बुधबार नसकिएपछि उनीहरुलाई थुनामा पठाउने निर्णय गरिएको हो। थुनामा पठाउने अदालतको आदेशलाई अधिवक्ता थापाले सुनियोजित भएको आरोप लगाएकी छन्। 'हामी विरुद्ध यो सुनियोजित षड्यन्त्र हो', थुनामा पठाउने इजलासको निर्णयपछि नागरिकन्युजसँग थापाले भनिन्- 'यो प्रतिशोध साँध्ने हिसाबले गरिएको गैर न्यायिक कार्य हो।' सर्वोच्च अदालतका स-प्रवक्ता हेमन्त रावलले भने वयान चलिरहेको अवस्थामा थुनामा राखेर कानुनी प्रक्रिया चलाइने प्रावधान रहेको उल्लेख गरे। 'यो कानुनी प्रावधान हो' रावलले भने- 'बयान नसकिएको अवस्थामा थुनामा पठाउनु सामान्य हो।' सर्वोच्चले साउन १४ मा फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई सर्वस्व सहित जन्मकैद गर्ने पुनरावेदन अदालतको फैसला सदर गरेपछि निहिता विश्वास र कानुन व्यवसायी थापाले सर्वोच्चविरुद्ध आक्रोस व्यक्त गरेका थिए। विश्वासले शोभराजविरुद्धको सर्वोच्चको निर्णयलाई 'भ्रष्ट न्यायाधीशको निर्णय' भनी टिप्पणी गरेकी थिइन्। 'न्यायाधीशले पैसा खाएर निर्णय गरेका छन्, अब हामी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्तर्राष्ट्रिय अदालतमा जान्छौं', सर्वोच्चको फैसलापछि क्रुद्ध बनेकी विश्वासले सञ्चारकर्मीसँग भनेकी थिइन्। मुद्दामा शोभराजको तर्फबाट बहस गर्दै आएकी अधिवक्ता तथा निहिताकी आमा शकुन्तला थापाले पनि सरकार र अदालतले पूर्वाग्रही भएर शोभराजराई फसाएको आरोप लगाएकी थिइन्। सर्वोच्चले सोभराजको पक्षमा फैसला नसुनाएपछि आक्रोसित भएकी थापाले भनेकी थिइन्- 'यहाँको सरकार र सर्वोच्च अदालतले पुरै 'बायस डिसिजन' गरेको छ।' आमा छोरीको यी भनाइले न्यायालय र न्यायाधीशको मानहानी गरेको भन्दै अधिवक्ताद्वय राजन अधिकारी र शान्ता सेढाईले सर्वोच्चमा मुद्दा दायर गरेका थिए। आइतबार मुद्दा प्रक्रिया अघि बढाउँदै सर्वोच्चले आमा-छोरीलाई नै तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको थियो। आफैँ अदालतमा उपस्थित नभए प्रहरीमार्फत अदालतमा बुझाउन आदेश दिएपछि विश्वास र थापा आज अदालतमा उपस्थित भएका थिए।

rid · Aug 4, 2010 8:03 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all