प्याला रित्याउं अनि गाला मिठ्याउं कि ? शरम र धरम बीचको ताला मिल्काउं कि ? सधैं पिइ रहुं लाग्ने तिम्रो जवानीको नशा, लाग्छ जिन्दगीलाई नै मधुशाला बनाउं कि ? छल्की रहने, पोखिन पोखिन खोज्ने यौबन, सदाबहारतिम्रो मातको नदी नाला फर्काउं कि ? नजरले चित्त बुझेन कतै, अधरले मन भरेन टाँसीरहन सधैं तिम्रो हातको बाला बनीरहुं कि ? जती भाबुक छु,त्यती नै कामुक पनि छु म हुन्छ भने.... उन्मादको ज्वाला सल्काउं कि?
rahulvai · Jul 19, 2010 10:28 AM · 24,300 views
वाह रे वाह ठुल्दाइ बेजोड को गयो है एस्पाली त। "सधैं पिइ रहुं लाग्ने तिम्रो जवानीको नशा, लाग्छ जिन्दगीलाई नै मधुशाला बनाउं कि ?... "जती भाबुक छु,त्यती नै कामुक पनि छु म हुन्छ भने.... उन्मादको ज्वाला सल्काउं कि? " हरेक पङ्ती उत्तिकै वजनदार छ् दाई।
बिस्टे · Jul 19, 2010 10:35 AM
जती भाबुक छु,त्यती नै कामुक पनि छु म हुन्छ भने.... उन्मादको ज्वाला सल्काउं कि? ओहो ठुल्दाइ को नि "R" rated गजल आएछ ! jus kidding... वाह ! पंक्ती पंक्ती मा १०/१० किलो को वजन छ ! गज्जब !
riTThe · Jul 19, 2010 10:52 AM
राहुल भाई यो दुई लाइन चै अती मन पर्यो |अरु चै ठीक ठिकै भो | सधैं पिइ रहुं लाग्ने तिम्रो जवानीको नशा, लाग्छ जिन्दगीलाई नै मधुशाला बनाउं कि ?
prabhat41 · Jul 19, 2010 11:07 AM
वाह ठुल्दाइ वाह गज्जब छ
serial · Jul 19, 2010 12:00 PM
Last edited: 19-Jul-10 12:01 PM
serial · Jul 19, 2010 12:01 PM
लोल ... म भन्दानि ठुलो आशावादि हुनु हुंदो रहेछ । बधाई छ ।
Simple_Keta · Jul 19, 2010 5:36 PM
धन्यवाद बिस्टे , राम्रो लागेकोमा मेरो प्रयास सफल भएको मानेको छु । रिट्ठे, आर रेटेड त भन्नु मिल्दैन कि ? अश्लील त छैन नि मखुला ?? प्रभात , दुई लाइन भए नि राम्रो लेखेको रहेछु, धन्यवाद । सेरिल, गजब कबिता होइन टिप्पणी पो छ, मखुला ?? सिम्पल केटा लोल भन्ने ठाउँ कतै देखिन मैले त । हास्य कबिता त हैन जस्तो लाग्यो । अनि आशाबादी त हुनै पर्यो नि बाँच्न लाई ।
rahulvai · Jul 20, 2010 8:15 AM
Rahulvai, चित्त नदुखाउनुस । नराम्रो छ भनेको छुईन । राम्रै छ, बरु त्यहां हास्य रश अर्थ मैले बुझेकोमा लज्जित छु । अलिकत्ति चिरफार गरुम है । माईण्ड नगरि दिनुश है । 5th Couplet लाई अन्तिम अर्थ मान्ने हो भने: "जती भाबुक छु, त्यतीनै कामुक पनि छु म हुन्छ भने.... उन्मादको ज्वाला सल्काउं कि? " मैले बुझेको: एउटा कामुक भाबुकले, बिना भियागरानै, काम थाल्नु आँटेछ । रिसानि माफ होस, गर्दन चिलाकै छ, रुख सोझै छ । अर्थ जस-जस्ले जसरि लियेनि तपाईको गजल(?) शब्द चयन सराहनिय छ । आई टु लाईक ईट ! Loading...';ajaxpage('subscribeto.cfm?userid=f37f8916-6fa4-4b14-b398-783fb7dd885d','subspan1');">
Simple_KeTa · Jul 20, 2010 12:21 PM
ठूल्दाई, मिठ्याईदिउँ, मिल्क्याईदिउँ, फर्काईदिउँ, बनाईदिउँ, सल्काईदिऊँ जे पर्ला पर्ला!
Birkhe_Maila · Jul 20, 2010 12:56 PM
'दुई लाइन भए नि राम्रो लेखेको रहेछु, धन्यवाद ' न् बम फट्यो ,न गोली चल्यो | एउटा चरा ,तेसै भैमा झर्यो |
prabhat41 · Jul 20, 2010 1:04 PM
गज्जब को लाग्यो, ठुल्दाइ। लेख्दै गर्नुस।
Nepal ko Chora · Jul 20, 2010 3:26 PM
मलाईनि प्यासै लाग्छ देखेर अरुको खुशि मलाईनि प्यासै लाग्छ पिएर सस्तो रक्शि मलाईनि प्यासै लाग्छ ॥ राहुलभाई म'नि कुमारनै छु :wink:wink: भित्र-भित्रै हड्डिबाटै मलाईनि प्यासै लाग्छ ॥ हुन्छ रे "एउटा मानिसको बोझ अर्को मानिसको खोझ" राहुलभाई कुनै दिन तिम्लाई अधाए मलाईनि प्यासै लाग्छ ॥ यो सिम्पल_केटोलाई'नि आशले एउटा देव जाग्छ देखेर राहुलभाईको खुशि उसलाईनि प्यासै लाग्छ ॥ Last edited: 22-Jul-10 02:22 AM
SimpLe_KeTa · Jul 20, 2010 9:52 PM
Thuldaai, Here is it, as per your request. I know it's a coarse translation but I have tried my best to preserve the essence of your words.... Normal 0 false false false EN-US X-NONE X-NONE MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:"Times New Roman"; mso-bidi-theme-font:minor-bidi;} Should I… ?? Should I empty those bottles or flood your lips with my affection? Or should I just obliterate the barrier between responsibility and humiliation? Addicted to your beauty obsessed with your youthfulness, Should I just keep on drinking and make a bar out of the continuation? Your youth spills here and your splendor drips there, Should I make a dam to turn back the river of addiction? Neither these eyes nor the body could fulfill the thrust, should I just be your bangles so that it feels like incorporation? Not only I hoard sentiments, can also burgeon the seduction; If you permit, should I just incite the fire of passion? Last edited: 21-Jul-10 04:57 PM
Comcast · Jul 21, 2010 4:52 PM
wah wah wah wah wah CC aka S--S--
बैरे · Jul 21, 2010 4:55 PM
Comcast, rahulvai Compliments! बधाई छ । प्याला रित्याउं अनि गाला मिठ्याउं कि ? Should I empty those bottles or flood your lips with my affection? Great work! Last edited: 23-Jul-10 01:52 PM
Simple_KeTa · Jul 22, 2010 1:33 AM
धन्यवाद कम्कास्ट ब्रो , अंग्रेजी अनुवाद निकै नै अर्थपूर्ण र सुन्दर छ । धन्यवाद सिम्पल केटा, हौसलाले अझ लेख्न प्रेरणा दिने छ ।
rahulvai · Jul 22, 2010 8:08 AM
जती भाबुक छु,त्यती नै कामुक पनि छु म हुन्छ भने.... उन्मादको ज्वाला सल्काउं कि? wah wah... ThulDai...
kyajhoor · Jul 23, 2010 12:28 AM
राहुलदाइ, धन्य हुनुहुन्छ! तपाईं को रचनाहरु देखेर, मलाई पनि लेख्न मन लाग्छ तर के गर्ने, कवितै फुर्दैन। रिसानी माफ हुन्छ भने एउटा सानो टिप्पिणी गर्न मन लाग्या छ। त्यो 'बनिरहुं' को साटो, 'बन्न पाउँ' भइदिये माथि का सबै 'आउं ' सित मिल्थ्यो कि?
uranus · Jul 23, 2010 11:38 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion