कसरी चिरिने हो नेपालको भूगोल?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  हुनत नेपालमा संबिधान बन्ला र देश नयाँ नेपालमा परिवर्तन होला भन्ने सोच राख्नु भनेको दिवास्वप्न देख्नुकै पर्याय भैसक्यो। तर पनि म कहिलेकाँही सोच्ने गर्छु यदी नेपाललाई संघीय प्रणालीमा लगियो भने नयाँ नयाँ राज्यहरु त अवश्य नै बन्ने छन्, तर हाल कायम रहेको भौगोलिक विभाजन कसरी परिवर्तन होला? एक अर्काले जतिसुकै खिसीट्युरी गरे पनि हामी सबैलाई आफू जन्मेको र हुर्केको ठाउँ, गाउँ र जिल्लाको धेरै माया लाग्छ। जन्मेको ठाउँ त उही रहला तर त्यसको नाउँमा कस्तो परिवर्तन आउँला? के लमजुङमा जन्मेको व्यक्तिले मेरो घर लमजुङ हो भन्न पाउँला अथवा तमुवान हो भनेर भन्नु पर्ने हो? के धादिङमा जन्मनेले म धादिङे भन्न पाउँला कि उसले मेरो घर ताम्सालिङ राज्यमा पर्छ भनेर भन्नु पर्ने हुन्छ? मैले माओवादी र अरु दलहरुले तयार पारेको राज्य विभाजनको नक्सा राम्रोसँग हेरेको छैन। खै कसरी छिया छिया पारेर चिर्ने हुन् यिनीहरुले हाम्रो भूगोललाई......    

Geology Tiger · Jul 19, 2010 12:14 AM · 2,184 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all