सम्झ ****** म् लडखडाएर ढल्न लाग्दा , तिम्रा सहयोगी हात हरु अगी बढ्दैनन भने , म् चिथोरिदा ,चिमोटिदा !! तिमीलाई दुख्दैन भने , सम्झ !! मैले आफ्नो डायरि बाट , ‘मित्रता’ शब्द मेटिसके| (1) मेरो अनिछ्या मा आमन्त्रण गर्छौ , आफ्नै गीत सुनाउछौ ,आफ्नै बखान गर्छौ , काउन्टर मा !! आफ्नो मात्र, पैसा तिरेर ,सुटुक्क हिड्छौ , भने !सम्झ !! नैतीकता ले , फरिया लगाइ सक्यो | (2) अनगिन्ती लाश हरु चढेर , टुप्पो मा पुग्छौ , पाइला हरु लड्बडाये भने , सम्झ ! मृत्यु तिमिलाई , दैलो मै ढुकी रहेछ | (3) मान्छे मर्दा ,तिम्रो नाउ आउछ्, गाउ मा कुकुर मोर्दा तिम्रो नाउ आउछ , उस्को धोती फुस्क्यो ,उस्को अपहरण भयो , तिम्रै नाउ आउछ , तेसैले सम्झ !! बद्नामी रिटेल मा हैन , होल सेल्मै आउछ |
prabhat41 · Jul 16, 2010 11:53 PM · 5,783 views
prabhat41 नमस्ते । राम्रो छ । म् लडखडाएर ढल्न लाग्दा , यदि तिम्रा सहयोगी हात हरु अगी बढ्दैनन भने र यदि म चिथोरिंदा अनि चिमोटिदा तिमीलाई दुख्दैन भने: सम्झ !! मैले आफ्नो डायरि बाट , ‘मित्रता’ शब्द मेटिसके । सत्य बचन... मित्रताको के काम यदि मर्दा-पर्दा सहयोग गरिदैंन भने । मेरो अनिछ्या मा आमन्त्रण गर्छौ (मलाई आउने रहर थिएन) अनि आफ्नै मात्र गीत सुनाउछौ र आफ्नै मात्र बखान गर्छौ । त्यत्ति मात्रै होईन (तिमि अधाए पछि) काउन्टर मा आफ्नो मात्रै पैसा तिरेर मलाई खबर नगरि सुटुक्क हिड्छौ: सम्झ ! नैतीकता ले , फरिया लगाई सक्यो । तित्तो सत्य । त्यस्तो नैतिकता गुमाएको मित्र बांकि छन्, डायरि बाट तिनिहरुको नाम मेट्नु उचित छ । अनगिन्ती लाश हरु चढेर टुप्पो मा पुग्छौ; अनि यदि तिम्रा पाइला हरु लड्बडाये भने सम्झ: सम्झ ! मृत्यु तिमिलाई , दैलो मै ढुकी रहेछ । सम्झ !! बद्नामी रिटेल मा हैन , होल सेल्मै आउछ । वाह ! बिर्सिनेलाई उत्तम तरिकाले संझाउनु भयो; अनि बहकिनेलाई तित्तो सत्यताले तर्साउनु भयो । Last edited: 17-Jul-10 03:18 AM
SimpLe_KeTa · Jul 17, 2010 3:16 AM
धन्यवाद
prabhat41 · Jul 17, 2010 9:02 AM
Last edited: 17-Jul-10 10:39 AM
prabhat41 · Jul 17, 2010 9:21 AM
prabhat41 · Mar 28, 2011 11:11 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion