just n immature attempt of versification so might hav weaknesses. yr comments r highly appreciated. offcourse not free from lots of grammatical mistake so never mind it..... म एउटा यात्री......a traveller म सिर्फ म भीडहरु बीच उभिएको एक्लो मान्छे सुनौलो भबीश्येको आशामा जिन्दगीका सजिला अप्ठ्यारा जोड घटाउ गर्दै अनन्त यात्रामा पैताला खियाईरहेको एउटा यात्री म सिर्फ म हर अन्त मा सुरुवात लुकेको हुन्छ भन्ने मान्छे घनिभूत रात्रिपछी बिहानीको आशामा जिन्दगीका अध्यारा पाटाहरूमा प्रकाश छर्दै समयको बहाबसंगै गतिशील एउटा यात्री म तेही मान्छे बगैचामा फक्रिएका अनेकौ कोपिला मध्येको एक मिठो सुगन्ध छर्ने आशामा घाम पानी र हुरी बताससंग पैठेजोरी खेल्दै बिशाल बगैंचामा फुल्न खोजिरहेको एउटा यात्री एनाको परावर्तनमा आफुलाई नियालीरहेको एउटा मान्छे जिन्दगीका रंगहरु भर्ने आशामा सप्तरंगी इन्द्रेणी जस्तो लुकामारी खेल्दै जिबनरुपी तलाउमा खुशीका घामहरुसंगै परावर्तित हुनखोजिरहेको एउटा यात्री जिन्दगी एउटा यात्रा र म तेस्को यात्री सफलता असफलताका उकाली ओराली गर्दै कहिले चौतारीमा थकाई मार्दै त कहिले भन्ज्यांगमा बिलय हुदै आशा र निराशा बीच खुशी खोज्दै हिडिरहेको एउटा मान्छे तेसैले त म एउटा यात्री, आफ्नै परिचयको खोजीमा तेसैले त म एउटा यात्री, आफ्नै परिचयको खोजीमा अस्तु
lapid · Jul 16, 2010 10:57 PM · 13,672 views
हे कबिज्यु कलम ले निरन्तरता पावोस | सुन्दर ,अती सुन्दर |
prabhat41 · Jul 17, 2010 9:00 AM
very nice. keep it up.
village · Jul 17, 2010 3:16 PM
नमस्ते । राम्रो लाग्यो । अनि याद आयो: ॥ जिंदगि यात्रा हो, तर गंतब्य होईन । जिवन अनि आसिर्वाद हो, पु्र्खाको स्राप होईन ॥
Simple_Keta · Jul 17, 2010 5:28 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion