~ चौतारी १९६ ~

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

~  चौतारी १९६ ~ आउनुहोस् आउनुहोस् आगामी केही हप्ता मा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस् हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९६  औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"  "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 196 editions.

बिस्टे · Jul 15, 2010 10:02 AM · 185,475 views

201 Replies

नयाँ चौतारीमा नयाँ तारेमाम । बिस्टे काजीको जय होस् ।

rahulvai · Jul 15, 2010 10:02 AM

हेर्दा हेर्दै रिट्ठे बोर फस भो ! अब कसैको केही लाग्छ त? लोल धन्यवाद बिस्टे प्रभु, झकी झकाउ चौतारी बनाको मा

ritthe · Jul 15, 2010 10:04 AM

धन्यवाद हैन रिट्ठे , ठुल्दाइ एस्ले मलाई इडिट गर्न किन नद्या हँ

बिस्टे · Jul 15, 2010 10:08 AM

तारेमाम रिट्ठे , मनको लड्डु बटर् सँग खानु............................... । बोर्ड फस उहिलेइ भैयो । २ मिलेट अगाडि नै ।  एस.एल.सी को सिजन छ, यो बोर्ड को पो महत्व, बाँकी को बालै भएन। मखुला बिस्टे ??

rahulvai · Jul 15, 2010 10:12 AM

ठुल्दाइ एस्पाली बोर फस हान्या देखेर त म तिरिमिरी भाको मैले छानो हाल्न पा छैन ठुल्दाइ ढोका भित्र छिरी सक्नु भछ,  किन सुस्ताए फेरी सबै, सबै उतै ब मु तिरै त होला

बिस्टे · Jul 15, 2010 10:27 AM

ल बोर्ड फर्स्ट भएको मा मलाई बधाई छ है क्या टाईम मा पोस्टिङ् भएछ भने सिधै बोर्ड फर्स्ट

serial · Jul 15, 2010 10:29 AM

praNaam biste kaaji le kyaa khaasaa ko chautaari banaayechan bhanedekhun.. malai ta saarhai mann paryo..

perfectionist · Jul 15, 2010 10:53 AM

प्रणाम । ल बिस्टे काजी लाई धन्यवाद है .... दामी चौतारी खनेको मा ...... ठुल्दाइ, लहरे, रिठ्ठे लाई झ्याम्म लाएर हाइ है .....

ramronepal · Jul 15, 2010 10:57 AM

तारेमाम रामे, पुरे । गजलले पुरै रात आँखा सजल भयो कि क्या हो रामेको ? भर्खर ?

rahulvai · Jul 15, 2010 11:30 AM

  ल जदौ चौतारीका सबै औतारिहरुलाई, यहाँ काजीले नयाँ चौतारी चिनिसकेछन् आफू पाजिको भने गर्नु पर्ने सबै काम लठबज्र छ। धन्न ठुल्दाइले मेरो मर्का बुज्ने सम्भावना देखिएकोले यो आहत मनलाई अलिकती भए पनि राहत मिलेको छ। रामचाले चाँही हिजो रातभरी नै 'तिम्रो त्यो हसिलो मुहारको झझल्को जब आउँछ.... तिम्रो तस्बिरले चित्त बुझाउँछ' भन्ने गानामा रसिदै रातभर आफ्नै तस्बिर हेरेर बसेको कुरा गाईगुई सुन्नमा आएको व्योहोरा जानकारी गराउन चाहन्छु। धन्यवाद!   

Geology Tiger · Jul 15, 2010 11:47 AM

naya chautaari maa baire ko pranaam ...

बैरे · Jul 15, 2010 11:57 AM

baire naataki, jaile bg bg jasto garcha... moro.. thuldaai, raame, biste, lahare, GT, ritthe sappai lai praNaam

perfectionist · Jul 15, 2010 12:00 PM

के खानि के खानि भो यार

ritthe · Jul 15, 2010 12:42 PM

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। तारेमाम बैरे, जिते । रामे ! के जितेले ल्याको हल्ला सत्य हो ?  हो भने............................. ।  

rahulvai · Jul 15, 2010 12:45 PM

यो गर्मी याम मा म्वाइ खान त रमाईलै हुने हो,रिट्ठे बरु पाईन्छ कि पाइन्न त्यता

बिस्टे · Jul 15, 2010 12:45 PM

दोस्रो राउन्ड को ठोके है मैले नि हर्क्या इस्टाइल मा। पुरे बैरे रामे जिते रिट्ठे ठुल्दाइ सप्पै लाई।

बिस्टे · Jul 15, 2010 12:48 PM

हरे किन न पाउनु बिस्टे काजी, डल्ली भैंसी को म्वाइ त जत्ती नि पाईन्छ नि ! तारेमाम ठुल्दाइ, माम हाम भो? रामे को के हो हल्ला? जिते नि बेला बेला टुच्च टुच्च पार्दैरछ ! पुरे, लहरे, बैरे यि थ्री इडियट्स हरु किन चुप चाप छन अचेल?

ritthe · Jul 15, 2010 12:53 PM

डल्ली भैंसी को म्वाइ के खाइ  भो हो म त अर्कै म्वाइ सम्झिरा को Last edited: 15-Jul-10 12:58 PM

serial · Jul 15, 2010 12:55 PM

ठुल्दाइ, गजल ले केही समय चाँही खाएकै हो है ...... अनी त्यो जिते ले चाँही मिलाउन खोजेको हो तर अली उल्टो मिलाएछ ...... आफ्नो फोटो देखाउँदै .. कोही अरुलाई नै त्यो गीत गुन्-गुनाउन लगाएको हो दाई ...... मोरो जिते .. उल्टो उल्टो कुरो गर्छ (मोरो लाई त थाहा थियो नि, कसलाई देखाएको हो फोटो भनेर ....) "पुरे, लहरे, बैरे यि थ्री इडियट्स हरु किन चुप चाप छन अचेल? " यि यस्तै हुन लहरे ...... जे चाँही खान पर्ने हो त्यो चाँही सम्झिन्दैनन ....... गर्मी भयो भने खुरुक्क AC भा कोठामा गएर बस्नु नि ...

ramronepal · Jul 15, 2010 1:11 PM

डल्ली भैंसी को त मोइ मात्र खान्थे क्यारे ..... डल्ली भैंसी को म्वाइ चाँही मोरो रिठ्ठे ले मात्र खान्छ जस्तो छ ... कहिले सुध्रिनी भएन मोरो .....

ramronepal · Jul 15, 2010 1:13 PM

लोल रामे लोल । लहरेले अलि ढिला बुझ्छ क्या। त्यो रिट्ठ्या  स्टेशन मा काम गर्ने काली मोती लाई भैंसि भन्नेगरेको लहरेलाई थाहा नै छैन । अनि म्वाइ खान मन लाग्दैन त रिट्ठे लाई ।

rahulvai · Jul 15, 2010 1:33 PM

3 idiots ko amir khaan ta mai pare .. aru jo j sukai pare ni baalai ho ... Raame le gajal gaayo re... Bokaa aafu balchhi handai baschha aru lai dosh lauchha ... Ritthe pani k ho k bhaisi lai samma moi khaye thikkai chha .. saadhe lai ni khalau ni hos garesh Lahare daku mero baare maa bakafuse halla failauchhau ahile paak dhung dhung garideu

बैरे · Jul 15, 2010 2:08 PM

rahulvai · Jul 15, 2010 3:36 PM

<<<Lahare daku mero baare maa bakafuse halla failauchhau ahile paak dhung dhung garideu >>>

perfectionist · Jul 15, 2010 3:43 PM

Dherai bhayo chautari tira aauna napaako pani :) ko ko hunuhunchha sabailai namaste gare hai, baroo chinne po ho ki hoina :(

riya77 · Jul 15, 2010 4:09 PM

ल हेर यहाँ बैरे को ताल बैरे को भको दुइटा रौ नि क्या सोलिड आको लोल

serial · Jul 15, 2010 5:57 PM

  नमस्ते रिया! किन नचिन्नु नि मजाले चिनिन्छ, रिया तुने ए क्या किया? इतनी देर कियु किया? बरु रिया चाँही साबधन हुनु पर्‍यो है, यहाँ चौतारीमा अनावश्यक रौ भएका, देख्दै घिन लाग्दा झ्याप्पुलेहरु पनि टन्न छन्,  आफू त सबैको भलो चिताउने मान्छे तिम्रो नराम्रो भएको कसरी हेर्नु?  

Geology Tiger · Jul 15, 2010 6:27 PM

४ ,५ बर्स  भैसक्यो एउटा माड़ बाड़ी नेपाल मा बिजनेस गरेर बसेको |उ घर गएको छैन |घर बाट भाइ को   फोन आउछ , 'भैया आप कि कृपा से भाबि जी ने बेटेको जन्म दिया ' माड्बादी भन्छ ! बहुत अच्छा छोटु ,इसी तारह भाबी जी का ख्याल रखना ' एक बर्स पछी फेरी भाइ ले माड्बादी लाइ फोन गर्छ | 'भैया इस बार  ,आप कि कृपा से भाबि जी ने एक बेटी को जन्म दिया ' माड्बादी 'अरे ये तो बहुत खुसि कि बात हे ,कल पशुपति नाथ को मे एक पेडा चढाउगा ' फेरी उ भोलि पल्ट एउटा पेढा लिएर पशुपति जान्छ 'ययूतई पेढा चिमोट्दै पशुपति ,गुहेस्वारी , १०८ लिंग , भैरब, बासुकी , किरात अर्जुन सबलाई चधाउदै आधि आफ्नो भाग राख्छ र ब्रेक फास्ट खान्छ | Last edited: 15-Jul-10 06:39 PM

prabhat41 · Jul 15, 2010 6:37 PM

 पुर्ब  (धरान,झापा,धनकुटा आदि  )बाट निर्बाचित  सभासद् , तराइ तिर बाट निर्बाचित  सभासद् र्   पहाड  तिर बाट  निर्बाचित सभासद् सिंह दरबार भित्र क्यान्टिन मा एकै चोटी खाजा खान छिरेछन् | पहाड तिर बाट निर्बाचित  सभासद्   दौरासुरुवाल ले ठात्तियेर गएका ,पूर्वका ले पाइन्ट,शर्ट र टाई भिरेका ,चस्मा लगाएका र् तराइका सभासद  कुर्ता सुरुवाल र चस्मा मा !! सबैले आ आफ्नो पाराले एकैचोटी बेरालाई बोलाउछान| बेरालाई अफ्ट्यारो पर्छ ,उ दौरासुरुवाल मा ठात्तिएको सभासद् नजिक 'हजुर ' भन्दै पुग्छ  पहाडी सभासद्  :: (बेरा लाइ बोलाउदै ) 'ये केटा!, हामीका आज के के पाकेको छ भन् त् !'(बेरा ले मेनु अगी सार्छ ),येसो मेनु हेरे जस्तो गर्दै ,हेर्नु भन्दा पहिले मुख खोल्छन ,'के हो तिमीहरु यहि हो खाजा बनाएको!!खानु जस्तो केहि छैन ,!! यार '   बेरा ::(अलि डराएको भाब मा ) 'हजुर म: म: ,तरकारी ,चिउरा ,जेरी,हलुवा ,छोइला,भुटान ,अम्लेट सबै त् छदै छ |' पहाडी सांसद :: 'सेल पुरी खै ??'   बेरा लाजबाब हुन्छ | तराइको साभासाद ले प्वाक्क जबाफ दिन्छन , 'त् सभासद ज्यु ,तिहार त् आइले छैन ,अनि सेल पुरी काहा मिल्छ ' पुर्ब का सभासद् अहिले सम्म चुप थिए |उनले पनि मुख खोले ' किन मिल्दैन ?यो देश हाम्ले मिलाए पछी जे पनि मिल्छ | भोलि यहा सेल पाकेनु भने मुइले ज्याना छ ' तराइको सभासद ,'अरे बाफ रे ' भन्दै पहाडी सभासद् तिर आखा झिम्कौछान| अब सबै अलि सिरियस भए | पहाड का शभासाद पुर्ब को सभासद् नजिक जादै ' यहा को परिचय पाम न ' पुर्ब का सभासद् छोटकरीमा ' मु  संबिधान लेख्ने मुन्छे  हो , लेख्दा लेख्दा भूक लागेर खाजा खानु  आएको ,तेरो नाम बाता! तु कहाबाट आयु ! 'तु पनि संबिधान लेख्छा !!भुन ता | तराइको सभासद् (बिचैमा ):: अरे हुजुर ! उहा पनि लेख्ने , म पनि जो छ कि संबिधान  लेखिहाल्छु , त् हामि सबै संबिधान लेख्ने हो |' पर्ख दा पर्खदा बोर लागेको ले बेरा फेरी भन्छ |'हजुरहरु  अर्डर पाउ ,के लेउने हो '|  पुर्बेली    सभासद अलि  झर्किदै  !!,यो  काती  काराउछु  हो ,जा  त् सग  भुये  जाती  साबुइ  ले ,मो  साबुइ  खान्छ  ' जा  ले ? पहाडी सभासद ::(शान्त परामा ) 'यो केटा नयाँ जस्तो  छ् ,अडर लिन अली जान्दो रहेनछ | ' 'ठिक भन्नु हुन्छ   'तराइका सभासद ले थपे | तराइको सभासद:: 'त म् अगी देखी नै बिचार  जो छ् ,गरिरहेछु ' बेरा तर्फ देखाउदै 'उहा सग जो छ् ,मेनर पनि तेती हुनुहुन्न ' 'म सभाशद छु, संबिधान लेख्छु ,म सग सोधेको पनि छैन कि मेरो के मा पसन्द छ् ,के मा छैन , म् परमानन्द जि को मान्छे भएको शायद उहालै थाहा जो चैन् ' पहाडी सभासद  र् पुर्बेली सभासद तिर हेर्दाइ 'परमानन्द जि !जो उप् राष्ट्रपती  हुनु भये छ्' हाम्रो न् मान्छे हुनुहुन्छ ' सभासदहरु  ले बुझेको भाब देखाउछन | बेरा आफ्नो नालायकी न् चाहदा न् चाहदै समर्थन गर्न वाध्य हुन पुग्छ | पहाडी सभासद :: 'ये केटा ,तेरो मालिक कहाँ छ् ,बोला त् ' धेरै बेर को हल्ला खल्ला र् अर्डर अझै न् आएपछी क्यान्तिन मालिक आँफै अाईपुग्छ् ' 'हजुर हरुलाई के ट्टक्र्याउ ' तराइको सभासद ::' ल् हेर केटा , उहा ले ठीक भन्नु भये छ् |त साहु जि उहालाइ भोली नै निकाल्नुस् ,उहा ले काम गर्न जाने छैन ' क्यान्टिन मालिक :: हस हजुर | पूर्व को सभासद:: (सिरियस भएर ) हामी संबिधान लेख्ने मुन्छे हो |हामीलाई भुक लागेको छु ,तिर्खा पुनी लागेको छु ,नु धाटी भुन |(सानो स्वर मा ) 'तिमी का जाड छ् ??'   क्यान्तिन मालिक :: 'त्यो त् छैन हजुर |' 'तेसो भये किन खोलिस त् होटेल |' पुर्बेली  सभासद  निकै रिसाये | अरु सभासद तिर लक्षित गर्दै'जाउ हिड !!,मानानीय हरु ,आजु मु तिमीहरुलाइ गातिलो खाजाखुवाउछ | मेरै पैसामा खुवाउछ  , हिन  !'दुबै सभासद्लाई समातेर तान्छन | तेस्पछी सबै सभासद निस्कन्छन |तर जाने बेलामा ढोकै मा क्यान्तिन मालिक ले सोध्छन 'हजुर हरु!! ,अहिले सम्म संबिधान कती लेखियो ?'     

prabhat41 · Jul 15, 2010 7:00 PM

तरुनी आएको देखे पछी एती ढिला नि आउने जिते ? प्रभात जि बढो मजाको कुरा गर्नु भयो ...

ramronepal · Jul 15, 2010 7:22 PM

तारेमाम गाम्लेहरु ! शुक्रबारे जदौ ! किलास छ, गिलास छैन, तारेमाम।

rahulvai · Jul 16, 2010 7:55 AM

तारेमाम गाम्लेहरु ! शुक्रबारे जदौ !

serial · Jul 16, 2010 8:14 AM

तारेमाम गाम्लेहरु ! शुक्रबारे जदौ !

ramronepal · Jul 16, 2010 8:43 AM

जिन्दगी के सफर मै गुजर जाते है जो मुकाम वो फिर नही आते वो फिर नही आते भने पछी सुनार को सय चोट लोहार को एक भने झै गरेछन होटेल मालिक ले हैन त प्रभात जी? रामे, लहरे, ठुल्दाइ सबैमा साझाकै सबैभन्दा सोझो रिट्ठे को सोबर नमस्ते !                                          

riTThe · Jul 16, 2010 8:57 AM

अड्डा आउनु पाछैन ढुकेर बस्छ यार म्यानेजर त पुग्ना साथै काम देर गयो - आज दिन भरी काम छैन भनेर बस्या त - अड्डा पुग्न पाछैन काम आयो आज त शुरु मै ब्याड लक

serial · Jul 16, 2010 9:54 AM

काम देर गयो भन्या हैन? ठिकैछन्त ! अब गैसकेसी कसरी थाहा पाउछ त म्यानेचोर ले तिमीले काम गरेउ कि गरेनौ भनेर ! ढुक्क हौ न तिमी नि !

riTThe · Jul 16, 2010 9:59 AM

Taaremaam gaamle haru , sukrabaare jadau .. aananda bhayo lahare ko kaam bhayera moraa aru lai matrai aakhaa lagaauthyo .. bhane pachhi timi SB tira naaune ho ,,,, aayera ni khasai kehi khyaasa ta chhaina tyehi pani eklaoti sarkaar aanadai hunthyo ... Bhannu hunna Raame bakhri khojna aai pugi halchha . tara j bhaye ni sarbajanik dai ta ho .. Pure ko bhau chahi kina badyaa ho .. la maathi tyaha Thuldai le lekhyaa padha "kahan mare ko this saale"   Lau aru aaudai garekaa ra bhaekaa autaari haru lai mero pranaam .  

बैरे · Jul 16, 2010 10:01 AM

तारेमाम लहरे, रिट्ठे, रामे शुक्रबार लाई झुक्रबार बनाउनु भएन लहरे । काम भे पो चोर्ने , न भे चोरेको के मज्जा ? मस्तिले काम गर्ने, चौतारीको गस्ती गर्ने । बाँकी पुरे, बिस्टे, चेली, क्रेजी खै ?? चिप्ले आउने ट्याम भा छैन, बैरे को ठेगान् छैन ।

rahulvai · Jul 16, 2010 10:01 AM

अहिले यो म्यानेजर छिन् छिन् मा आएर कती सक्यो - के भइराछ भनेर सोध्न आउछ हुन त काम सकाइ सके - आएर सोधे नी बालै हो की कसो फेरी अहिले देखी नै सक्यो भनेर भन्न भएन नी - अर्को काम आउन बेर छैन - चुप बस्यो ठीक छ

serial · Jul 16, 2010 10:02 AM

लेख्दा लेख्दै बैरे टुपुल्किएछ । लामो आयु राइछ बैरेको। १०१ बर्ष बाचेस् । तारेमाम।

rahulvai · Jul 16, 2010 10:03 AM

तारेमाम गाम्ले हरु शुक्रबारे झम्झमे जदौ गिव वान गेट २ फ्री एस्पाली त कत्ती छिट्टो आ भन्या शुक्रबार। गर झम्ल्याङ हाम फालु जस्तो छ (स्विमिङ पुल्मा) ब्यान ब्यान देखिन  ठुल्दाइ,रामे,लहरे,रिट्ठे सबैजना फस किलास हैन त ?

बिस्टे · Jul 16, 2010 10:03 AM

लेख्दा लेख्दै बिस्टे पनि  टुपुल्किएछ । लामो आयु राइछ बिस्टे को।  १०१ बर्ष बाचेस् । तारेमाम।

rahulvai · Jul 16, 2010 10:05 AM

लेख्दा लेख्दै बैरे टुपुल्किएछ । लामो आयु राइछ बैरेको। १०१ बर्ष बाचेस् । तारेमाम।

बिस्टे · Jul 16, 2010 10:06 AM

101 barsha baachera k garne mantri parishad sab bhaai bandhu haru lai dinu bhayo ..

बैरे · Jul 16, 2010 10:06 AM

बैरे को आयु लामो नभए कस्को हुन्छ त ठुल्दाइ टाउको नै ठुलो छ मुला को - दुइटा बाल बाँकी भएर ९९.९% भाको नत्र १००% नै हुन्थ्यो हैन बिस्टे सान हाम्फालौ हाम्फालौ स्विम्मिङ पूल मै हाल्फालौ - गर्मी त त्यती साह्रो छैन तैपनी ठुल्दाइ काम सकेको हो - की बाँकी छ 

serial · Jul 16, 2010 10:06 AM

चाहिएन दाई १०१ बर्ष तेस्मा ३६ जती माइनस गरेर दिनुस्,नत्र लिन्न।

बिस्टे · Jul 16, 2010 10:07 AM

हाम फाल्ने भन्दा एउटा साथी को याद आयो तरुनी देख्यो कि बिस्टे बोरो त्यो बैस को पोखरी मा हाम फाल्न पाए भन्थ्यो क्या तेसैले बैसँ को पोखरीमा हाम फाल्न पाए अझै रमाइलो।

बिस्टे · Jul 16, 2010 10:09 AM

ल अब एक्छिन काम गर्या जस्तो गरे है म चाइ।

बिस्टे · Jul 16, 2010 10:10 AM

खर्च गर्नु बैरे, देशका प्रधान मुन्त्रिले त जांदा जांदै आफ्नो भाई लाई इन्जिनियरिङ्ग काउन्सिल को उपाध्यक्षमा नियुक्त गरेर गए भने, हामी त सर्बसाधरण जनता । अली अली त भाई भतिजाबाद चली हाल्छ नि , फरियाबाद त अझ चलाएकै छैन । १०१ देशको बिकास बजेट जस्तो हो, खर्छ हुने हैन। काम सकेको छैन लहरे, अझै एउटा किलास छ ।

rahulvai · Jul 16, 2010 10:14 AM

ठुल्दाइ लाई मोज छ क्लास गयो तरुनी हेर्दाइ बस्यो - टाईम पास

serial · Jul 16, 2010 10:25 AM

उकालीको दोबाटो पाइला तिम्रै तिर लम्कन्छ झ्यालबाट हेरेको तिमीले झ-झल्को आउँदछ के भो आधी रातमा यो मन तिमीलाई नै खोज्दछ चिसो चिसो हावामा तेसै मन बरालिन्छ.... बिस्टे, बैरे, ठुल्दाइ लाई पनि हेल्लो है ! ठुल्दाइ अहिलेको यस्तो महगाइमा १०१ बर्ष बाचेस् भन्नु भनेको त सराप्नु सरह हुन्छ नि ! लामो आयु को आशिर्वाद दिदा नि अली कन्जुस्याइ गर्ने बेला आको छ !

riTThe · Jul 16, 2010 10:25 AM

  लौ तारेमाम है ठुल्दाइ, लहरे, रिठ्ठे, बिस्टे काजी, बैरे, रामे लगायत चौतारीका सबै ज्ञात अज्ञात औतारिहरुलाई, ए ठुल्दाइ लहरेले गरेको कुरा साँचो हो? यदी हो भने दुइचार वटा हिस्सी परेका तरुनीहरु चौतारीमा झिकाइ पाँउ होइन भने वैकल्पिक व्यवस्था गर्नु पर्‍यो। बिचरा बल्लतल्ल आएकी एउटी रियालाई पनि असत्तीहरुले तर्साएर भगाईदिए जस्तो छ। त्यही रिठ्ठे हो कि के हो उकालीमा गएर बाटो ढुकेर बस्ने बज्जे..?    

Geology Tiger · Jul 16, 2010 10:34 AM

bg bhaiyoo pranaam biste, lahare, thuldaai, GT, ritthe, baire, raame (naheri haaleko hai, etti ta aaye holaan bhanne maanera)

perfectionist · Jul 16, 2010 10:55 AM

तारेमाम जिते, लहरेलाई के थाहा किलास साहरा मरुभूमी जस्तो छ भनेर । लरकी हुने किलास भे त फरकी फर्की जान्थें नि । २०० औं अंकमा तरुनी सरुनी को मारुनी पनी हुने छ जिते धैर्य गर ।

rahulvai · Jul 16, 2010 10:57 AM

अमीर-गरीब अमीर आदमी : आज मेरे पास 14 कार, चार घर, तीन फार्महाउस और 50 करोड़ रुपये का बैंक बैलेंस है। तुम्हारे पास क्या है...  गरीब आदमी : मेरे पास मेरा बेटा है, जिसकी गर्लफ्रेंड तेरी बेटी है

rahulvai · Jul 16, 2010 11:04 AM

२०० औ अकँ मा देस बिदेसका तरुनी हरु चौतारीमा झिकाउने ब्यवस्था लहरे ले गरिसक्यो,उनिहारुको मारुनी नाच को एक झलक हेर्नुहोस्।                

बिस्टे · Jul 16, 2010 11:14 AM

एह हैन कता गएछन गाउले हरु ठिटीहरु नाच्दा नाच्दा थाकेर गए कोइ नि आएनन भनेर,कता लगेउ ए सप्का सप। म चै हसुर्न हिने। आज सुकबार को दिन नि किन सुस्ताको यो सारो,रामे त भात्टी पुइसको होला।

बिस्टे · Jul 16, 2010 12:41 PM

छुइन छुइन ..... येहि छु ....

ramronepal · Jul 16, 2010 12:49 PM

  के जानु त्यो फुङ उडेको भट्टीपसलमा, हिजो आज त त्यो भट्टी पसलमा राखेको जाँडको स्वादनै छैन भनेको...  उनी भट्टी पसललाई छोडेर के गईन् जाँडको सारा स्वाद पनि लिएर गईन्, ए रामचा बोल न यार म मात्रै कती कराउनु, कि दुई जना मिलेर लाग्ने हो उतै तिर उनीलाई भेट्न... त्या मलाई पत्ता नदिई खुसुक्क जाने चाँही होइन नि पहिले नै भन्देको छु। त्यस्तो घात प्रतिघात भयो भने फेरी राम्रो हुने छैन  

Geology Tiger · Jul 16, 2010 12:55 PM

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। बल्ल सकियो किलास सिलास , जाउं जिते रित्याउन गिलास । त्यो गणेशस्थान्  वरको भट्टिमा एउटी नक्कली छे रे, रौसी भन्दा नि नशालु छे रे रिट्ठे ले भनेको । त्यतै  जाने हो कि ??

rahulvai · Jul 16, 2010 1:09 PM

जिते ...... तिम्रै समाचार हो क्यारे ...... मलाई त के थाहा र ...... अब जिद्दिनै गर्छौ भने ..... जाने भने जाम ......... फेरी त्याहा गये पछी झम्टी हाल्ने होइन नि .... पहिले आफु भन्दा ठुला बडाको ख्याल गर्नु पर्छ ....... दाई अब म हो ? भनेर सोद्ध्ने ...... मैले सन्तुस्ट भाब मा हो भने पछी मात्र अघी सर्ने .... ओहो .... ति दुई चन्चल नयन हेरेर प्याला नरित्याएको पनि धेरै नै भएछ ...... खुइयायायायाया 

ramronepal · Jul 16, 2010 1:10 PM

प्याला रित्याउं, अनि गाला मिठ्याउं कि ? शरम र धरम बिचको ताला मिल्काउं कि ?

rahulvai · Jul 16, 2010 2:15 PM

लोल ठुल्दाइ लोल पत्या बुढा भनेर त्यसै कहाँ भन्या हो र ठुल्दाइ लाई गो ठुल्दाइ गो

serial · Jul 16, 2010 2:31 PM

प्याला रित्याउं, अनि गाला मिठ्याउं कि ? शरम र धरम बिचको ताला मिल्क्याउं कि ? पस्चाताप हैन प्रेमको माला उनेर  म आफु भित्रै रमाउँ कि ?

बिस्टे · Jul 16, 2010 3:29 PM

हन सेलाये छन त हाम्रा औतारिहरु ! झन मैले भरै लाई भनेर ह्या भोड्का को कक्टेल र चिकेन चिल्ली बनाएर ठीक्क पारेर भट्मास् नि सादेर राखिसक्या छु ! ए जाग हो ! आओ घाटी चिस्याउने हो भने !

ritthe · Jul 16, 2010 3:55 PM

भोड्का को कक्टेल भन्दा नि यो गर्मी मा त एसो चिसो हाइनी साइनी चुस्क्याउन पो मजा आउथ्यो माट्साब। बरु बाइर निस्केर पोलौ न कुखुरो, अनी मार्साब अझै एता अचम्म भो नि त आज

बिस्टे · Jul 16, 2010 4:01 PM

हुन त हो बिस्टे गर्मी मा त चिसो हाइनी अझ यता त कार्ल्सबर्ग नै पाईन्छ तेइ मजा हुन्थ्यो ! तर बनाइ त हालियो क्यार्नु ! म त अघी २ बजे नै  हुइकिहाले नि अड्डा बाट ! ह्या कत्ती काम गर्नु भनेर ! अनी सर को के छ त यसपाली को पलान ?

ritthe · Jul 16, 2010 4:15 PM

अझै यता रहेछन शुक्रबार नि। म पनि एक जना लौका लाई कुरेर बस्या । पुरानो मित्रको मित्र फिलि आउने रे। भेटउं भन्छ क्याअर्नी ??

rahulvai · Jul 16, 2010 4:28 PM

लु म पनि तार्न बसे अब , चिसो र तारेको मासु , चिरिप्प पारेर झिरिप्प हुनु परो कि कसो? झिकत रिठ्ठे तिम्रो कार्लस्बर्ग पिउ त्यो साँधेको बदाम सँग ।

Harka_Bahadur · Jul 16, 2010 4:32 PM

ए तीन भाई जम्मा भईसकेछन, लु लु कार्ल्स्बर्ग सँग त्यो साँधेको चिकन त साह्रै सुहाउने नि हो हर्के बङुर सक्यौ अस्ती संन्चर बार ढाल्या ? ठुल्दाइ जिब्रो फ्राइ खानु पर्ने पोहोर जस्तो, कहिले होला अब?  भोली को पिलान भोकाको चट्टान भन्ने ठाम राइछ एत तेतै जाने बिचार  मा छु सर।

बिस्टे · Jul 16, 2010 4:35 PM

आफ्नो पार्टी छ । ग्राजुएशन पार्टी । हार मात्र दिएर नपुग्ने उप-हार दिनु पर्ने । घाटा कै बिजिनेस छ ।

rahulvai · Jul 16, 2010 4:43 PM

बूङूर त अस्ती होल्यान्ड हारेको झोक्मा कोक सँग खार सकियो बिस्टे, आज त कुखोरो तार्ने हो । ठुल्दाइको त ब्यबस्था भै सकेको रैछ , ल बधाई छ , रिठ्ठे कता गो फेरी लु साधेको भटमाश कता छ खै झिकत ।

Harka_Bahadur · Jul 16, 2010 4:48 PM

ए हर्के नि त आएछ नि ! काँटी ल्याउनु र मैले साधेको बदाम ! एइ चिकेन चिल्ली छ खानि भे खाउ चिरिप्प पारेर ! तिम्रामा बुङुर ढाल्या बेला हाम्लाई एक चोक्टा मासु नि सम्झेउ? हाम्रा त मुखै छैन जस्तो अरेउ त ! ठुल्दाइ आर्का पार्टी खान भन्दा नि अब आफ्नो पार्टी ख्वाउने नि सुरसार गर्नु पर्‍यो नि ! यो समर सक्के पछी त के मजा भो र खै बिस्टे गुरु भोकाको चट्टान मा के रछ त खास हेर्न पर्नी चाँही? 

ritthe · Jul 16, 2010 5:04 PM

हाम्रो डेराँ त जहिले आए नि पार्टी रिट्ठे । जहिले झरे नि हुन्छ, हुलमुल पो हुन्न ।

rahulvai · Jul 16, 2010 5:06 PM

लु चिसो कार्ल्स्बर्ग र चिकेन चिल्ली र चिकेन पकौडा ल्या' छु ! को को खाने हो खाओ ! Last edited: 19-Jul-10 09:31 AM

ritthe · Jul 16, 2010 5:08 PM

मैले झन त्यो ह्याकुलो चै रिठ्ठे लाई मुन पर्छ भनेर छुट्टार राख्देको थिए तिमी नआएसी आँफै बजाइयो ताइ चिन् चिउरा सँग , अस्ती नेपालबाट लेर आको थियो साथीले ताइ चिन् चिउरा बङरा दुख्ने गरेर चपाइयो नि गान्ठे, अहिले सम्म गिजा दुखेको छ । लु हामीनी आउने हो मो मो खान ठुल्दाइकोमा ।

Harka_Bahadur · Jul 16, 2010 5:11 PM

हैन बज्जेले आन्द्रानै बट्टरिने गरी खानाको फोटो राखेछ , कती मिठो छ होला है त्यो चिकेन चिल्ली , मलाई त चार बोतल चाहिन्छ । लु बसम चिरिप्प पारेर झिरिप्प हुनु परो अब चै जे पर्ला पर्ला।

Harka_Bahadur · Jul 16, 2010 5:15 PM

Namaste from abu dhabi airport! on the way to Nepal, will be back soon! harke hantakali dherai na khaau, cherapati laagla..........he he he!

crazy_love · Jul 16, 2010 5:33 PM

Have a safe journey Crazs Bring some koseli for us all chautarians

बिस्टे · Jul 16, 2010 8:06 PM

तारेमाम गाम्लेहरु ! सोमबारे शिवमय जदौ । शुक्रबार 21.06 पूर्बी समय पछी एउटा मुसो नि चौतारीमा छिरेका राइन छ । कर्फ्यू लाग्या थियो कि क्या हो ? जाग उठ, अल्छि का पोका अनी बोकाहरु हो । महिला पहिला उठेर कत्रो प्रगती गरी सके ।

rahulvai · Jul 19, 2010 8:13 AM

तारेमाम गाम्लेहरु ! सोमबारे शिवमय जदौ ।

serial · Jul 19, 2010 8:24 AM

प्रणाम गाम्लेहरु ! सोमबारे शिवमय जदौ । प्रणाम लहरे, ठुल्दाइ। हिजो फुन घुमाउँछु भन्दा भन्दै अस्त-ब्यस्त हुन पुगियो, माफ पाउम है ठुल्दाइ, घराँ भाउजुलाई नि सोध्या छ भन्दिनु है

perfectionist · Jul 19, 2010 8:34 AM

तारेमाम लहरे एन्ड पुरे । भाउजु लाई सोध्ने तर दाईलाई न सोध्ने ? भेन पुरे भेन। पक्षपात भो ।

rahulvai · Jul 19, 2010 8:36 AM

दाईको हाल चका-चक छ भन्ने थाहा छ नि त, भाउजु कै मात्र थाहा नभेर सोध्द्या नि, भाउजु को राम्रो भो भने दाईको नि फस किलास हुन्छ भनेर थाहा भेर नसोध्या नि दाई, लौ केइ गल्ती भेर मिस्टेक भा भे माफ पाम् केरे, पिट्नै परे त्यो लहरेलाई पाता कसेर पिट्नलाई म साथ दि हाल्छु।

perfectionist · Jul 19, 2010 8:47 AM

चौतारीको डिलमा बसी ए मेरी मायालु एउटा चिट्ठी कोरी पठाइदेउ... प्रणाम गाम्लेहरु ! सोमबारे शिवमय जदौ । ठुल्दाइ, लहरे र पुरे के छ नयाँ नौलो? क्रेजी को यात्रा सफल रह्यो होला भन्ने आशा गर्दछु ! बिस्टे ले भन्या जस्तै मिल्यो भने कोशेली ल्याइदिनु हाम्लाई ! अनी सबैको विकेन्ड कस्तो भयो त? मेरो त क्वाइट् र रेस्ट्फुल भयो !  

riTThe · Jul 19, 2010 8:57 AM

तारेमाम ठुल्दाइ,लहरे,पुरे,रिट्ठे सोमबारे शिवमय जदौ । ठुल्दाइ लाई फुन त घुमाको हो,उता ठुल्दाइ लाई म्:म: ले घुमाइरा राइछ अनी मैले कुरो घुमाए र राख्दिए ,रिगँटै लाग्यो धेरै घुमार :) आफ्नो त विकेन्ड क्वाईट टाइरसम भह्यो, भोको चट्टान पनि गैईयो,पिक्निक मनाइयो,रमाइलो भयो।

बिस्टे · Jul 19, 2010 9:01 AM

तारेमाम बिस्टे , रिट्ठे । ब्यान ब्यान देखि म: म: को नाम लिएर बिस्टे ले अब कत्तिको पेट बटारिने होला................................... । कत्ति ले सराप्ने होला ।  यस्तो कुरा त गोप्यै राखे बेश । मखुला ??

rahulvai · Jul 19, 2010 9:08 AM

जदौ बिस्टे ब्रो ! घुमाको घुमाइ मा बितेछ त हा हा ! अनी एउटा कुरा नबुझेको नि मैले बिस्टे सोम भोको चट्टानमा पिकनीक जाँदा त्यो चट्टान लाई पनि खान दिनु पर्छ हो? ठुल्दाइ तारेमाम, भनेपछी सप्तान्त म:ममय भएछन्त ! हुन त ठुल्दाइलाई फुन त हाम्ले नि घुमाँ हो है "तपाइले संपर्क गर्नु भएको ब्यक्ती अहिले अचार् बनाउदै हुनुन्छ केही समय पछी फेरी बिचार  गर्नु होला" भनेर भनी अनी मेरो पालो लौ त भनेर...

riTThe · Jul 19, 2010 9:19 AM

जदौ ठुल्दाइ,रिट्ठे म्:म: खाको कुरो नि गोप्य राखेर राखिन्छ र ठुल्दाइ,वाँ लहरे समोसा खार म्:म: खा धाक लाउछ,तपाइ त म्:म: किङ, खा लाई खा भन्दिनु न के जान्छ र। रिट्ठे ब्रो हो नि भन्या चट्टान लाई खुवाउदा खुवाउदा आफ्लाई भाग नपुग्ने जस्तो भर हा हा ठुल्दाइ को मेसेज चाइ सही लाग्यो ल,तेस्ताइ सुन्या हो त रिट्ठे lol lol "तपाइले संपर्क गर्नु भएको ब्यक्ती अहिले अचार् बनाउदै हुनुन्छ केही समय पछी फेरी बिचार  गर्नु होला" भनेर भनी अनी मेरो पालो लौ त भनेर...

बिस्टे · Jul 19, 2010 9:26 AM

तारेमाम ठुल्दाइ पुरे रिट्ठे बिस्टे काजी क्रेजी लाई चाँही ह्याप्पी जर्नी - यो पुरे बिहान बिहान देखी म सँग किन निहुँ खोज्ने भन्या मेरो झापड नखाइ खाएको पच्दैन कि के हो - ओई असत्ती डाँकु 

serial · Jul 19, 2010 9:35 AM

ठुल्दाइ नि कत्ती मेसेज चेन्ज गर्दै बस्नु हुँदो रइछ बा! मैले गर्दा त एस्तो पो थ्यो त मेसेज: "तारेमाम! पोको पार्दै छु म:म: को डल्लो, कुरो गर्न नपाएकोमा जिन्दगी खल्लो! अचार बनाउँछु ट्याक्क, देन आइ विल कल यु ब्याक्क! मखुला?" अनी म नि "ख! ख!" भनेर चुपचाप ह्याङ अप गर्न बाहेक अरु केइ जानीन. नौस्ते है पुरे, ठुल्दै, लहरे, रित्थे आदी सबैलाई!

Poonte · Jul 19, 2010 10:15 AM

biste laai ta jhandai nadekhyaa ke! lau...saadu dai ko samdhi laai ni pranaam ke re! :p

Poonte · Jul 19, 2010 10:17 AM

"तारेमाम! पोको पार्दै छु म:म: को डल्लो, कुरो गर्न नपाएकोमा जिन्दगी खल्लो! अचार बनाउँछु ट्याक्क, देन आइ विल कल यु ब्याक्क! मखुला?" काइता को रइछ यो मेसेज भने हे हे हे नौस्ते अरे है मुइले नि पुन्टे बुडा लाई,अनी के गरियो नि विकेन्डा ? खप्पर कत्तिको ट्यान भो नि?  

बिस्टे · Jul 19, 2010 10:29 AM

तारेमाम पूण्टे दाई , लोल रिट्ठे , लोल पू दाई । यस्तो यस्तो मेसेज पनि दिने रहेछ मेरो मोबाइलले त बाइ । मो-बाइल पनि मो मो-मय भए छ बाइ ।

rahulvai · Jul 19, 2010 10:30 AM

"तारेमाम! पोको पार्दै छु म:म: को डल्लो, कुरो गर्न नपाएकोमा जिन्दगी खल्लो! अचार बनाउँछु ट्याक्क, देन आइ विल कल यु ब्याक्क! मखुला?" ROTFL पुन्टे दाई लाई मैले नि नौस्ते फर्काये

riTThe · Jul 19, 2010 10:31 AM

शुभप्रभात । ठुल्दाइ, बिस्टे, पुरे, लहरे, रिठ्ठे, पून्टे बुढा सब्बैलाई प्रणाम है । होइन ठुल्दाइ, झन झन बुढेस्काल लाग्दै गयो झन झन सेउसी हुँदै जाने भन्या ....... बिस्ते बुढालाई हरेक पङ्ती उत्तिकै वजनदार लागेछ ...... मलाई त के के लाग्यो के के ......

ramronepal · Jul 19, 2010 10:48 AM

हैन कता मुन्टे सप्का सप ? तारेमाम रामे हसिला के के लाग्यो हँ तिमीलाई ठुल्दाइ को कबिता,सुनम न हामी नि

बिस्टे · Jul 19, 2010 11:48 AM

  म नी खान जानु पर्‍यो कि के हो - भोक लागेर हैरान छ - खाएर आम है त - ल लागे त्यसो भए खाना

serial · Jul 19, 2010 12:02 PM

पख पख लहरे म नि आउँदै छु सँगइ जाम धुर्ब्या हुटला चना चिउरा खान।

बिस्टे · Jul 19, 2010 12:06 PM

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। सप हन्ताकालिहरु हसुर्न गए होलान, चौतारी सून्य छ ।

rahulvai · Jul 19, 2010 12:47 PM

ल म त आइपुगे त्यो पाट्या बिस्टे बुढा त्यही छ धुर्ब्या पसल मा धुर्ब्या साली रैछ अनी के चाहियो बुढालाई - साली पनि त्यस्तै नखर्माउली बिस्टे बुढा को हात च्याप्पइ समात्यो - बिस्टे बुढा पनि तरुनी ले हात समातेपछी त्यसै छोड्नु हुन्न भनेर तानी मोरी लाई आफु तिर - त्यसपछी त भित्र कोठा तिर लागे दुबै - अनी त के के हो के हो - भनेर साध्य छैन - अनी अरु कता लागे त

serial · Jul 19, 2010 1:03 PM

ल हेर लहरे आर कुरो अर्न भ्याइ सकेछ सप्पै ठुल्दाइ बुडा ले गरेर हो त्यस्तो कबिता भर्खरै पढेर गा अनी मन के थाम्न सकिन्थ्यो र भन्या,प्याला नि रित्त्यैइयो,गाला नि मिठ्याइयो ल जा त।

बिस्टे · Jul 19, 2010 1:09 PM

बिपना नभै बाँचिदिने म भित्रका मेरा सपना म रोए पनि हाँसिदिने मेरा प्यारा प्यारा सपना मेघगर्जनमय सोमबारे अपरान्हको जदौ सबै गाम्लेहरुलाई। बिष्टे, फून फर्काउन सकिन, माफ पाम्। अनी कहाँ हो त्यस्तो भोको चट्टान भनेको? ठुल्दाइलाई मैले पनि फून हान्न खोज्या हो तर यस्तो सन्देश आयो "तपाइंले संपर्क गर्न खोज्नु भएको महानुभाव हाल चिलिम ब्रेकमा हुनुहुन्छ। कृपया फेरि प्रयास गर्नुहोला, तारेमाम।" रिट्ठे, क्रेजीको यात्रा चाँही कता नि? बाँकी सबैलाई तारेमाम।        

chipledhunga · Jul 19, 2010 1:11 PM

लोल ठुल्दाइले चाँही बिस्टे लाई ठुलै गुन लाउनुभएछ त्यो गजल टाँसेर आज ! गाला मिठ्याइ ओरी आउन भ्याएछन बिस्टे ले ! ओहो चिप्ले सर, अनी हामी सञ्चै? प्रभु को त दर्शन नै दुर्लभ भो हौ अचेल त? क्रेजी त नेपाल जान लाको अबुधाबी बाट लेख्दैछु है भन्दैथीन अस्ती शुक्रबार ! लहरे के खाएउ बाओ? ठुल्दाइ, अड्डा पुगिसक्या हो? रामे बज्जे नि कता गो फेरी? बाखरी को पुच्छर खा' जस्तो एउछिन नि बस्न सक्तैन त्यो

riTThe · Jul 19, 2010 1:19 PM

तारेमाम चिप्ले सर हाम्रो मो-बाइल ले त अचम्म गर्न थाले भने। मान्छे हेरी हेरी मेसेज दिने । अनि कबिता-सबिता किन पढ्नु नि बिस्टे ? कन्ट्रोल ब्रो कण्ट्रोल । आमा समूह, फुफु समूह सकृय छ गाउंमा ।

rahulvai · Jul 19, 2010 1:21 PM

चिप्ले ब्रो जदौ या सुचना को खेस्रा तयार गर्दै थिए,टाल्न मात्रा बाँकी थियो,आईपुगेछौ,वेकेसन सेक्सेसन गाथेउ कि कसो,बेपत्तै भएu अनी माफ साफ त माग्नै पैदाइन नि एता तिर त्यो भोको चट्टान (इस्टार्व्ड रक ) भन्ने एउटा इस्टेट पार्क राइछ एउटा एतै २ घण्टाको बाटो मा निक्कै झर्ना सर्ना भनेर हेर्न गाको एस्पाली पानी नपरेर झर्ना नि सुक्या छ् भन्दिरा,तर पनि निकै रमाइलो ठाम राइछ। छन चै। तेही एक हरफ मै कन्ट्रोल गरेर नि दाई नत्र त ...

बिस्टे · Jul 19, 2010 1:25 PM

अब भाको कुरा गर्न नी के आईतवार कुर्ने त होइन र भन्या - जे गर्‍यो बिस्टे ले गर्‍यो आज चाँही - बुढा सँग खेत बेच्या पैसा छ अनी किन नसल्कियोस त तरुनी हरु - बुढा ले ५-७ लाख नै हात पारेको भन्या सुन्या थे - बिस्टेनी बजै लाई २ लाख मा बेचेको भनेर बाँकी बैसा सबै आफ्नै हात मा पर्या रे होइन रिट्ठे सान के खानु - रोटी खाको नि मैले - अरु त के खानु - उ त्यही बिस्टे ले तिर्देको हो पैसा सप्पै चिप्ले मार्ट्साब तारेमाम - के छ हौ -

serial · Jul 19, 2010 1:26 PM

भोको चट्टन को टुप्पा बाट देखिने एक द्रिस्य

बिस्टे · Jul 19, 2010 1:30 PM

बिस्टे · Jul 19, 2010 1:31 PM

येतै छु हो येतै छु ......... कता जानु ...... को छ र .... बिस्टे को जस्तो दिन नि आएन ..... न मन नै न्यानो भयो न त गाला नै ..... आमा समूह, फुफु समूह गाममा सक्रिये भये नि बाल थिएन हुन त ..... लोल बीस्टे लोल "एस्पाली पानी नपरेर झर्ना नि सुक्या छ् भन्दिरा" ल चिप्ले गुरु त आइवोरी  चिप्लिसकेछन त .. अब फेरी कहिले चिप्लिने हो कुन्नी .....

ramronepal · Jul 19, 2010 1:33 PM

तारेमाम गाम्लेहरु ! मंगलबारे गन्नुमय जदौ । अल्छिका पोका अनि बोकाहरु हो, यती बेला सम्म नि सुत्ने को , टुट....... .

rahulvai · Jul 20, 2010 8:10 AM

के भन्न ला'थे भुसुक्कै बिर्सें ! अहिले लाई जदौ है त ! ठुल्दाइ तारेमाम ! च्या पानी भो?

ritthe · Jul 20, 2010 8:40 AM

तारेमाम रिट्ठे, चिया भो पानी भरे मात्र ।  चिया सँग पाउरोटी भयो । अनि रिट्ठे सान को ?? रिया न आइ चिया न खाने हो कि ?

rahulvai · Jul 20, 2010 8:45 AM

तारेमाम रिट्ठे सान अनी ठुल्दाइ अरु खोइ त

serial · Jul 20, 2010 10:08 AM

तारेमाम लहरे  साझा बिग्रे छ जस्तो छ, साझा संसार बाट छिरेको । अरु कता भाँसिए कुन्नी ?? 

rahulvai · Jul 20, 2010 10:38 AM

तारेमाम लहरे  साझा बिग्रे छ जस्तो छ, साझा संसार बाट छिरेको । अरु कता भाँसिए कुन्नी ?? 

rahulvai · Jul 20, 2010 10:38 AM

मेरो मा त खुल्छ ठुल्दाइ अघी चाँही बिग्रेको हो - तर अहिले चाँही मज्जाले खुल्छ ल आम बात मारम -

serial · Jul 20, 2010 10:46 AM

मेरो मा नि दुई घण्टा त खुल्दै खुलेन ! ढोकामा कुरेर बसेको सान दाई को भोटे कुकुर ले झन्डै लखेटेन !

riTThe · Jul 20, 2010 10:52 AM

इन्टेलिजेन्ट कुकुर रैछ, रिट्ठे लाई टोकेर कुकुर लाई रबिज लाग्न नी सक्थ्यो त्यही भएर नलखेट्या होला - टोक्नै नपा पछी के लखेट्याइ भो र हैन

serial · Jul 20, 2010 10:57 AM

  तारेमाम रिट्ठे , अहिले पनि गडबड बडगड छ साझा ।  साझा डट कम टाइप हान्यो भने तल को लिन्क खुल्छ । http://74.208.75.107/sajha/htm...

rahulvai · Jul 20, 2010 11:29 AM

जता गएपनी खुल्न त खुल्यो नी होइन र ठुल्दाइ तपाईं आप खानुस् न - रुख कोउन्ट नगरे हुन्छ

serial · Jul 20, 2010 11:33 AM

लहरे गांजर लाई के थाहा ढोका बाटै छिर्नु पर्छ भनेर । झ्याल बाट ख्याल ख्याल मा छिर्ला, झ्याल खाना पुग्ला ।

rahulvai · Jul 20, 2010 11:36 AM

तारेमाम गन्नुभक्त हरु ब्यान देखीन र्यागनै गर्‍यो नि,साझा ले नि बल्ल खुलेछ ढोका, भा चै के रछ। ठुल्दाइ रिट्ठे लहरे त झ्याल बाट छिरिसकेछन,हाम्लाई आउँदैन त्यस्तो काइदा। ठुल्दाइ ले त इलाहाबाद मा सिक्नु भा होला,लहरे ले स्वोयम्भु मा रिट्ठे ले का बाट सिकेउ नि ? अरु अझै ढोका कुरेर बसिराछन कि  क्सो

बिस्टे · Jul 20, 2010 11:49 AM

ओहो बिस्टे ब्रो ! तेइ त भन्या खोइ के भा हो ब्यान ब्यान ! साझा ले सबैको बजायो बाजा ! अनी हसुराइ सक्क्यो ब्रो को?

riTThe · Jul 20, 2010 12:19 PM

अचेल त खोइ गन्नु पुराण नि राख्दैनन कसैले ! २०० अंक को चौतारी बनाउनेले माथि दौडिने नाम हरुमा अहिले सम्म चौतारीमा आएका सबै आगन्तुक पाहुना हरु को नाम खोजी खोजी सोधी सोधी थपौ है ! धेरै को नाम छैन त्यसमा अचेल ! मैले चाँही २०० अंक बनाउनको लागि बिस्टे माट्साप लाई नोमिनेट गरे है ! गज्जब को बनाउछन यिनैले ! मखुला ठुल्दाइ?

riTThe · Jul 20, 2010 12:28 PM

गन्नुभाई- "अबे वो भुतनि के काणा!" रिठे काणा- "ज् ज् जि गन्नुभाई!" गन्नुभाई- 'अबे ये सब चौतारीके पब्लिक लोगको क्या हो गेला? अबे बोले तो आइटम लोग, आन्टि लोग सबके सब अपनि खोलिके अन्दर छिपके काहे कु बैठेला है?" रिठे काणा- "गन्नुभाई वो छोकरा लोग और अंकललोग भि ज्यास्ति नक्को है आजकल!" गन्नुभाई- " ये सब काहे कु रे?" रिठे काणा- "भाई वो बोले तो अपुनका राहुल डाक्टर हैन न भाई..." गन्नुभाई- "कौन राहुल डाक्टर रे?" रिठे काणा- "भाई वहि जिसकि आप गेम बजाते बजाते रुकगेले थे पिछले सालको!" गन्नुभाई- "अबे हाँ याद आया, क्या किया रे वो नासपिटे?" रिठे काणा- "भाई वोले त वो डाक्टरको जवानि सुझरेलि है!" गन्नुभाई- "अबे निचेसे निकलेली हवा, जवानि क्या सिरफ तेरे कु हि सुझने का है?" रिठे काणा- "भाई आप भि न, अब वो राहुल डाक्टर तो अपुनसे ज्यास्ति घोडा खिलाया है न, वोले तो अपुनसे ज्यार्ति बडा है न लगभग बुढे कि माफिक, तो उसको जवानि सुझके ए सब होगेला!" गन्नुभाई- "अबे किचडके बौछार, काहेकु इन्स्टालमैन्टमे बात कररेला है, पुरे के पुरे बक् नहिँ तो अब्बि के अब्बि टेँटुवा दबा देंगा अपुन!" रिठे काणा- " वहि बोलरेला था भाई, वो राहुल डाक्टर, जवानिके  ऐसा करारा पायम लिखके सब् के सब् साझा गलिके नुक्कड नुक्कडपे पिचकाके आरेला है, कि साला जो बि पढ्ता है पसिने से भिँग जाता है!" गन्नुभाई- "तो?" रिठे काणा- " तो सबके सब आईटम लोग और आन्टि लोग बोले तो शरम से पानी पानी हो के खोलिके अन्दर! और सब के सब छोकरा लोग वहि पायम बोल बोलके छोकरि पटानेको बाहर! गन्नुभाई- "हम्म! तु एक पैग बना और मेरेको वहि पायम सुना रे जल्दी!"

Birkhe_Maila · Jul 20, 2010 12:50 PM

मैले अस्ती बनाउदा त २,४ जना को नाम थपे को हुँ, तर अहिले मलाई यो इडिट गर्नै दिदैन किन हो कुन्नी। हुन्छ हुन्छ म बनाउल २०० अंक को झक्कस को । अनी हसुराइ भा हो ता हाम्रो ?

बिस्टे · Jul 20, 2010 12:51 PM

dbl posting :( Last edited: 20-Jul-10 01:04 PM

riTThe · Jul 20, 2010 1:04 PM

ओह लोर्ड ! जिम्मी सुड्ढा आएर गन्नु पुराण नि भन्न भ्याइसकेछन ! बोलेतो एकदम झक्कास ! "वोले तो अपुनसे ज्यार्ति बडा है न लगभग बुढे कि माफिक, तो उसको जवानि सुझके ए सब होगेला!" हाहा ठुल्दाइ मुर्मुरिने होला अब ! जिम्मी बुढा जदौ गरे ल ! नली खुट्टो कस्तो छ त अचेल? हो हो बिस्टे माट्साप ले नै बनाउनु होला ! मैले सान दाई सँग कुरा गरेको छु २०० पोस्टिङ् लाई unlimited  बनाइ पाउ भनेर ! बुढाले कुराकानीको सबै भन्दा माथि पिन गर्दिन्छु भन्या छन त्यो २०० भाग लाई ! अनी त गज्जब हुने भो !

riTThe · Jul 20, 2010 1:04 PM

नमास्ते सम्धीज्यू! आरामै हुनुहुन्छ भन्ने आशाका साथ यो तमाखु तपाइँतिर सारिदिएँ! जदौ रिट्ठे! नलिखुट्टो अलि बिसेक भा छ अचेल त तर गोलिगाँठोको बेथा बल्झो क्यार्नु। ठूल्दाईको पायमले आज बिहानै देखि मन मचलाईराखेको छ भन्या आज। क्या फुराएछन्!

Birkhe_Maila · Jul 20, 2010 1:08 PM

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। बिस्टे माट्साबको नोमिनेशन प्रती मेरो पूर्ण समर्थन छ र ह्विप जारी गर्नु परे गर्ने छु ।

rahulvai · Jul 20, 2010 1:09 PM

तारेमाम बिर्खे बा। सञ्चै ? झक्कास गन्नु पुराण । हैन के थियो त्यो पोयम मा बिर्खे बा, मन मचलाई राख्ने ? तन मचलाउन चाँही सक्छ है ।

rahulvai · Jul 20, 2010 1:12 PM

अरी साला गन्नु पुरान आईसकेछ, झक्कास को पुरान सुन्न पाईयो हे गाठे,धेरै पछी कानै न्यानो भो। जदौ टक्र्याए है सम्धी ज्यु,काँ बिलाउनु भा यसरी अचेल,आरामै हुन्हुन्छ भन्ठान्छु? ठुल्दाइ को पायम ले नि साझा हल्लायो, तेसैले हो त ह आन्टी र बेहेन लोग चौतारी आउन छाडेको?

बिस्टे · Jul 20, 2010 1:21 PM

हैन बिस्टे काजी तरुनी भाग्ने पोयम त थिएन जस्तो लाग्यो, तरुनी भगाउनलाई छै मद्घत गर्ने खाल को छ । बैंसमा कुतकुती कसलाई हुंदैन र , मखुला ? कसैले कबितालाई भन्ला कसैले सबिता लाई । मखुला ??  

rahulvai · Jul 20, 2010 1:25 PM

मंगलवारे मध्यान्न कालीन जदौ जम्मै गाम्ले लाई।  

Nepal ko Chora · Jul 20, 2010 3:25 PM

प्रणाम!!!

perfectionist · Jul 20, 2010 5:52 PM

ठुल्दाइको कविता जस्तै भाव भा गीत Last edited: 20-Jul-10 05:56 PM

perfectionist · Jul 20, 2010 5:56 PM

perfectionist · Jul 20, 2010 6:13 PM

perfectionist · Jul 20, 2010 6:14 PM

तारेमाम गाम्लेहरु ! बुधबारे जदौ । किलास छ , मिटिङ छ । पुरे जस्ताइ बिजी हुने भैयो आज ।

rahulvai · Jul 21, 2010 7:57 AM

तारेमाम ठुल्दाइ । मेरो पनि ठुल्दाइ कै ताल छ आज ।

ramronepal · Jul 21, 2010 8:50 AM

गूड् मर्निङ जनता लोग ! तारेमाम ठुल्दाइ अरु चाँही नेपाल को ३४ औ प्रधान मन्त्री चुन्न भोट् हाल्न गये कि क्या हो? खोइ त राम चन्द्रे राम चन्द्रे भन्थे प्रचन्ड को जती नि भोट् ल्याउन सकेनन छ त ति ले ! झल्लु को प्रस्ताव चाँही फिर्ता भएछ ! अब फेरी शुक्रबार लाई सारेछन चुनाप ! नेपालमा नराम्रो काम चाँही सबै शुक्रबार मात्र हुने रछ

ritthe · Jul 21, 2010 8:52 AM

तारेमाम ठुल्दाइ रामे रिट्ठे ल मैले नी हाजिर जनाए है त - काम छ मेरो नी - के साह्रो बिजी भइयो भन्देखिन हामी त बिजी भा पनि दुई चार पोस्टिङ् गर्छौ दिन मा अरु त बिजी भनेर पोस्टिङ् नै नगरदिने - के ताल हो -   Last edited: 21-Jul-10 09:49 AM

serial · Jul 21, 2010 9:12 AM

आच्या! काँ हो यो?

Poonte · Jul 21, 2010 9:16 AM

धोबिनीको रछ्यान हो बुडा... बिउँझिन नि कस्तो ठाउँमा बिउँझेछौ...हिजो राति कतिखेर ढ्ल्या थेऊ यता सउँजना छ? कि धोक्या मात्तै याद छ?

Birkhe_Maila · Jul 21, 2010 9:37 AM

तारेमाम गाम्ले हो ठुल्दाइ को नि बिहान किलास दिउसो गिलास (चियाको नि फेरी ) बाहेक केही काम भएन । रामे हसिला जदौ रिट्ठे सरकार ले के कुरो अर्या हुन केइ बुजिएन लहरे बल्ल बिजी हुन थालेउ,गूड् फर यू। दर्शन सम्धी ज्यु ए पुन्टे बुडा लाई एक बाल्टिन पानी ल्यार छ्यापिदेउ न,फेरी घुर्न थालेछ,डुङ डुङ्ती गनाछ,के सारो धोक्या हो त्यो कोदा झोल।

बिस्टे · Jul 21, 2010 9:46 AM

प्रणाम ठुल्दाइ रामे रिट्ठे लहरे, पून्टे दाई, जिम्मालबा ल मैले नी हाजिर नजाए है त - काम छ मेरो नी - के साह्रो बिजी भइयो भन्देखिन हामी त बिजी भा पनि एक दुई पोस्टिङ् गर्छौ दिन मा अरु त बिजी भनेर पोस्टिङ् नै नगरदिने - के ताल हो -

perfectionist · Jul 21, 2010 9:46 AM

तारेमाम पुन्टे दाई, जिम्बाल, पुरे अनी बिस्टे काजी बिजी भर नि गूड् फोर मी कसरी हुन्छ भन्या - केही बुझ्न सकिएन बिजी नभा भे के के गरिन्थ्यो के के - चौतारी नै हुन्थ्यो नभा भे चिच्याउने बाकसमा बल्छी हाल्दै बसिन्थ्यो केही गर्न पाइन मैले - हैन चोर्न नि मिलार चोर्नु पर्छ नी - के साह्रो अल्छि भाको को पुरे प्यारेलाल त हेर्दा हेर्दै पोका नै हो यो पुरे त अल्छि को पोका     

serial · Jul 21, 2010 9:53 AM

Zzzzzzzzz....ह्म्म्म्म्...आईँ! काँ~टी दैत्य सोर चैनी गर्ज्यो भुनेको त तो सैतान बिर्खे अझै जिम्दै रे'छन? हर्श ले चैनी मलामी जाने तर्खरी गरी रा' बेलाँ फेरी जिम्दै मुन्टेछन्! कालले चैनी घोक्र्याउन नसक्या असत्ती! तीन ठाम्मा छप्का'र चैनी बोराँ पोको पारी कालिआँ हुर्‍यौन नपुग्या!!! Zzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzz   

Poonte · Jul 21, 2010 10:01 AM

इक कन्या कुँवारी हम्री सुरत पे मर गयी हाय हाय हाय इक मीठी कटारी हमरे दिलमे उतर गयी हाय् हाय् कैसी गोरी गोरी वो तिखी तिखी छोरी वाह वाह अरे कैसी गोरी गोरी वो तिखी तिखी छोरी करके जोरा जोरी करगई हमरे दिलको चोरि मिली छोरी तो मिली छोरी तो हुवा निहाल छोरा गंगा किनरे वाला ओ छोरा गंगा किनारे वाला ओ खाइके पान बनारस वाला खुलगई बन्द अकलका ताला जिम्मालले भने ट्वाक्क जवाफ दिएछन पुन्टे बुडा लाई ! बुडा राती कता लडेका थिए खुन्नी ! बिस्टे माट्साप हाम्रै नेपाल को पर्धान मुन्तरी बन्ने होड्बाजी को कुरा गरेको नि ! लहरे, पुरे, रामे के छ तिमार्को? पुरे ले नि लहरे को कपी क्यात गर्ने भएछ हेर्दा हेर्दै !

ritthe · Jul 21, 2010 10:03 AM

काम धेरै छ क्यार्नु त। तिउँरा जस्तो चोर्न पाइने हो र? आज त अन्मार किताबाँ नि हाजिरी राम्ररी जनाउन पा छैन। उफ्फ्फ्फ जिन्दगी बाइ ड् वे, म्यान यु को गेम हेर्न कोइ आउँदै छ, यो आईतवार?

perfectionist · Jul 21, 2010 10:15 AM

उ आयो डाँका, उसलाई अन्मार किताब कै ध्याउन छ एसो स्याटर नहानी चौतारी अन्मरिने जातै होइन यो पुरे भन्ने मान्छे अब म्यान यू त मेरो दुश्मन टिम हो पुरे - चेल्सी आएपो हेर्न आउनु अब बर्सिलोना आए त दौडेर नै आउथे

serial · Jul 21, 2010 10:24 AM

तारेमाम , लहरे पुरे, बिर्खे बिस्टे, रिट्ठे पूण्टे, रामे । बल्ल एक छिन सास फेर्ने चानस मिल्यो , यही चानसमा डानस गर्न आको । अचम्म भो नि आज त भे भर को बुढा पार्टी जम्मा भाको रहेछ, हामी जस्ता तन्नेरिको काम छैन रामे आज , भाग रामे भाग ।    

rahulvai · Jul 21, 2010 10:25 AM

jo aaye ni premier league ko bhaye jaane rahar ta chhandai chha...tara weekday paryo, purre! :( nattra ta yei bahaanaa maa thuldai kaa momo ko kwaappa paarera farkinthem ni ;)

Poonte · Jul 21, 2010 10:25 AM

taaremaam !!!!! Thuldaai mero kaam banyo ... Man U pahilaa jasto Man U hoina kyaare haarchha sure ho laa jaa bhandey maile tyo Octopus le bhanyaa jhai hahahahahahaha... La khasai kehi chhaina ali ali kaam chha bhetna aaune bhaye utai aaune kyare

baire · Jul 21, 2010 10:47 AM

मान युको हेर्न जानी हैन, सुनिल क्षेत्रीको गेम हेर्न जान ला म त। आउनी भे आउम केरे, त्याइँ भेटम। मिल्या बेलाँ bbq नि छ शनिबार

perfectionist · Jul 21, 2010 12:32 PM

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। म्यान यु को गेम त आज हाम्रो छिमेकी गाउंमा छ क्या रे । यो गर्मी मा त्यो पनि कामकाजी दिनमा सकिन्न । बाँकी सप गाम्लेहरु हसुर्‍याइ पछी १-२ निद्रा सुत्दै होला। मखुला पुरे ?

rahulvai · Jul 21, 2010 12:40 PM

एस्तो नि ताल हो ...... न औतारी हरु छन ..... न त तरुनी हरु नै छन ....... एही ताल हो भने त म आऊनै छोडिदिन्छु है ....

ramronepal · Jul 21, 2010 2:02 PM

ल हस्सुरेर आइयो के हुँदैछ त - कता लागे फेरी सबै जना बैरे र रामे लाई उता चिच्याउने बाकसमा देख्या थे  

serial · Jul 21, 2010 2:04 PM

बैरे डाकुको भँडा-फोर हुन लाको छ, प्रतिक्षा गर्नु होस्

perfectionist · Jul 21, 2010 2:16 PM

कता हो गेम - ल टिकट पठाउ पुरे म आउन तयार बैरे को भन्दा फोर रे लौ अनी प्रतिक्षा गर रे - हैन गर्ने चाँही के गर्ने प्रतिक्षा लाई

serial · Jul 21, 2010 2:28 PM

oyeee puree daaku ahile paak dhung dhung garideu moraaaa

baire · Jul 21, 2010 2:58 PM

कता हो गेम - ल टिकट पठाउ पुरे म आउन तया: kansas ल आउ, गेमको टिकस दियो।

perfectionist · Jul 21, 2010 2:59 PM

o bajye baire.. 1 ghantaaa sakyo?

perfectionist · Jul 21, 2010 2:59 PM

गेम को टिकट दिएपछी प्लेन को टिकट नि देउ न त्यो मात्र किन नदिने होइन र टाढा भो अली - प्लेन मै आउनु पर्ने  भो ल दिलदार मान्छे पुरे प्लेन को टिकट नी पठाउ 

serial · Jul 21, 2010 3:09 PM

के हो पुरे भन्डाफोर भन्डाफाइभ, बैरे को ? यसो हिण्ट सिण्ट पाउं न । के काण्ड मच्चाए बैरे डाकु ले फेरी ?

rahulvai · Jul 21, 2010 3:17 PM

बैर्या सब काण्डै-काण्ड छन दाई, तर याँ ज्यान मार्नी धम्की आउन थाल्यो, केइ दिनको लागि भे पनि गुप्त-बास बस्न पर्नी भै सक्यो। एक्लो ज्यान , डराउनै परो, क्यार्नु। तेसैले प्रतिक्षा अलिक लामै होला जस्तो छ।

perfectionist · Jul 21, 2010 3:45 PM

बैर्या सब काण्डै-काण्ड छन दाई, तर याँ ज्यान मार्नी धम्की आउन थाल्यो हाहाहाहा हसायो पुरेले

ritthe · Jul 21, 2010 3:51 PM

सलहको भाग्य मेरो मर्ने बाच्ने ठेगान छैन , भाग्य फाटे सिउथे बरु तर मन सिउने केले हो ? एस्तो मुटु छोएला कचेला हुने गीत चौतारीमा गीतान्जली कार्जेक्रममा नबजेकोनी धेरै भयो है ठुल्दाइ , कि कसो रिठ्ठे ।

Harka_Bahadur · Jul 21, 2010 7:03 PM

 

Harka_Bahadur · Jul 21, 2010 7:09 PM

serial · Jul 21, 2010 7:45 PM

perfectionist · Jul 21, 2010 8:27 PM

perfectionist · Jul 21, 2010 8:28 PM

तारेमाम गम्लेहरु! बिहीवारे बगलामुखिय जदौ । सप जना देबी दर्शन गरेर मात्र यता आउने होला। मेरो नाम को एक मोहर देबिलाई चढाइ दिनु होला ।

rahulvai · Jul 22, 2010 8:10 AM

तारेमाम गम्लेहरु! बिहीवारे बगलामुखिय जदौ ।

serial · Jul 22, 2010 8:14 AM

बिहीवारे बगलामुखिय जदौ । के कसो छ हालखबर ठुल्दाइ, लहरे? ब्यान ब्यान दुस्ट छिमेकीको पसलको भेलपुरी खाको पेटै कस्तो कस्तो भैराछ ! तर अचम्मको कुरा चाँही खै कस्तो खाल्को भेलपुरी हो तेस्मा त पुरी नै थिएन  

ritthe · Jul 22, 2010 8:39 AM

तारेमाम ठुल्दाइ रिट्ठे पुरी त पुरे ले लगिहाल्यो अनी कहाँ बाट हुन्छ त पुरी

serial · Jul 22, 2010 9:04 AM

तारेमाम लहरे, रिट्ठे । सेल पुरी खाए पो पेट दुख्दैन, दुष्ट छिमेकिको भेल पुरी खाए सि दुख्दैन त । भेल पुरी त्यो पनि ब्यान ब्यान । ब्यान ब्यान पान खाए जस्तो पो भो।

rahulvai · Jul 22, 2010 9:10 AM

प्रणाम । लहरे, रिठ्ठे, ठुल्दाइ .........

ramronepal · Jul 22, 2010 9:22 AM

ठुल्दाइ को गजल कस्तो हिट खाएको यार ......... बिभिन्न भाषामा निस्कन थालेछ ...... ल बधाई छ ठुल्दाइ ........

ramronepal · Jul 22, 2010 9:25 AM

तारेमाम रामे। हट भए सि हिट नि हुने रहेछ रामे ।  आखिर सोच र स्रोत कसको ? त्यो पनि भन्देम कि ??

rahulvai · Jul 22, 2010 9:45 AM

प्रणामम्, नमस्कारम्, जदौ, योSS! प्रथमत‌: दीप प्रभोको दामी डायलागको लागि २ सिठ्ठी! सुईय! सुईय!! स्कूलका सपैजना पास भ'र क्याम्पस लागेचन् के रे, त्यो बेला' दौंतरी त तेती देख्खेनन्। हुन त आफू पनि मुग्लान पस्या, उता' उतै भैयो। ती बजिया-बजिनीहरूहरू चाडबाडाँ मुख देखाउँचन् कि देखाउँदैनन् हँ? ऊ बेलाका जिम्माल उसै लिखुरे बुडा, अहिले त लौरो टेक्न पर्ने भ'चन्! कपाल पनि कति लामा लामा पालेका हुन्, टाउको सेतै भ'चन गाँठे! राउलदाइका कपाल पनि अलि फुल्या जस्तै लायो। पुन्टे बुडाका त .... कपाल भे पो कमेन्ट गर्नु! टाउकोको हकमा कुरा गर्दा, जाइने, खेतसँग तुलना गर्ने हो भनी, पैले धान काट्या बेला' जस्तो थ्यो क्यार, अहिले त खलो खन्या जस्तै भ'च। धोबिनी भाउजू पनि गलिचन् बरा! भट्टीमा रौसी बाँड्दा बाँड्दा लठ्ठी जस्तै भा'रचिन्। सबैको जय होस्। नारायण! नारायण!! अस्तु:।।

gaalab · Jul 22, 2010 9:47 AM

गालब गुरु तारेमाम। धेरै बर्ख पछी चौतारी फर्किनु भयो, खुशी लागो। हामी त चौतारी मै कपाल सपाल फुलाइयो । आफ्नो हाल पनि बयान गर्नुस् । पुराण सुराण को वाचन हुन्छ कि हुंदैन अचेल। पुराण भट्याएरै पण्डित महोदयहरु करोड पती , बहुपत्निको पती भेका छन रे नयाँ नेपाल मा ।  

rahulvai · Jul 22, 2010 10:03 AM

  तारेमाम गम्लेहरु! बिहीवारे बगलामुखिय जदौ ।

बैरे · Jul 22, 2010 10:10 AM

तोता-मैना प्रेमिका (प्रेमी से) : सामने खिड़की में जो तोता-मैना बैठे हैं, दोनों रोज यहां आते हैं। साथ बैठते हैं, चहचहाते हैं, प्यार से एक-दूसरे को गुदगुदाते है और एक हम हैं कि हमेशा लड़ते ही रहते हैं।  प्रेमी : तुमने उनकी एक चीज नोट नहीं की। यहां पर रोजाना बैठने वाले जोड़े में तोता तो वही होता है, पर मैना हमेशा नई होती है

rahulvai · Jul 22, 2010 10:25 AM

Namaste sappailai. Gauma alikata kaam parera chhireko thiye. Ani chautaarima suskeraa halna ayeko. Ko ko hunuhunchha han??

SurNaTal · Jul 22, 2010 10:26 AM

राहुलदाइ, त्यो पुरानो इलम छोडियो! त्यति बेला पढीओडी क्यै समय निकाली यसो भट्भट्याइन्थ्यो। अब अहिले, कसैको नून खान थालेसि त्यस्का बाउका कामले हैरान! "उठ, जाऊ, उतै खाऊ; रात पर्च, लुख्रुलुख्रु आऊ" अस्तु॥

gaalab · Jul 22, 2010 10:39 AM

तारेमाम रामे, गालब गुरु, सुन्तले अनी बैरे धुरन्धर औतारी हरु आएछन नि हौ आज त

serial · Jul 22, 2010 10:44 AM

जदौ सिरियलज्यू प्रणाम! चौतारीका औतारीहरू दौंतरी खोज्दै भौंतारिंदा अन्त जाने ठाम पो कता छ र? हैन?

gaalab · Jul 22, 2010 10:52 AM

त्यो नि हो गालब गुरु जे छ चौतारी मा छ - जे छैन चौतारी मा छैन

serial · Jul 22, 2010 11:07 AM

ल मुथैया मुरलिथरन ले ८०० विकेट पुर्याएर टेस्ट क्रिकेटमा सबै भन्दा बढी विकेट लिने खेलाडी को ईतिहास रचे ! हुन त वान डे मा नि उस्कै छ क्यारे हाइएस्ट रेकर्ड ! सबैलाई दोश्रो राउण्ड को जदौ है ! गालब आएछन धेरै पछी ! जदौ गरे है गालब ! कताबाट आज उक्ल्या हो चौतारी तिर?

ritthe · Jul 22, 2010 11:31 AM

Last edited: 22-Jul-10 12:38 PM

ritthe · Jul 22, 2010 12:34 PM

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। चरो मुसो छैन आज चौतारीमा । मुसो मुसी खोज्न गो होला, चरो चरी । अर्थात चिच्याउने बाक्समा होला सप औतारी। मखुला ??

rahulvai · Jul 22, 2010 1:19 PM

हेल्लो चौतारी ...

NitiSa · Jul 22, 2010 9:36 PM

म छु नि दाई, कस्लाई खोज्नु भा हो थाहा भएन है

ritthe · Jul 22, 2010 9:37 PM

NitiSa · Jul 22, 2010 9:46 PM

NitiSa · Jul 22, 2010 9:50 PM

NitiSa · Jul 22, 2010 9:54 PM

NitiSa · Jul 22, 2010 10:01 PM

NitiSa · Jul 22, 2010 10:08 PM

तारेमाम गाम्लेहरु! शुक्रबारे झम्झमाउदो जदौ । रामाइलो दिन बिताऔं रमाइलो साँझ हाँसी खुशी रमाऔं साथी सँगी माझ , मखुला ??

rahulvai · Jul 23, 2010 8:02 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion