- पदम ठकुराठी, वरिष्ठ पत्रकार ममाथि आक्रमण भएपछि आक्रमण गर्नेहरू धमाधम समातिए । विजयराज भट्ट भन्ने एकजना डीएसपी थियो । उसको सक्रियतामा उनीहरू समातिएका थिए । एकपछि अर्को गर्दै अभियुक्तहरू समाति“दै गएपछि यथार्थ पनि खुल्दै गएको थियो । गोली हान्ने विकास गुरुङलाई समात्न नसके पनि अरू प्रायः सबैलाई प्रहरीले एक एक गर्दै पक्राउ गर्न सफल भएको थियो । पुलिसले पक्राउ परेका यिनीहरू कसैलाई पनि अरूस“ग भेट दिएको थिएन । भेट दिएको भए फेरि यिनीहरूले अर्को कुनै षडयन्त्र गरेर निस्किहाल्न पनि सक्थे । तर, भेट नदिएपछि उनीहरूको एकअर्कास“ग सर्म्पर्क भएन । पुलिसले पनि एकमार्फ अर्को अर्को गरेर प्रायः सबैलाई पक्राउ गर्न सफल भयो । पुलिसले यिनीहरूस“ग बयान लिन थाल्यो । उनीहरू पनि खुल्दै गए । उनीहरूस“ग लिइएको बयानमा सबै कुरा स्पष्ट भएपछि पुलिसले अदालतमा उनीहरूका विरुद्ध मुद्दा दर्ता गर्यो । तर, अदालतमा गएपछि त्यहा“ षडयन्त्र सुरु भयो । अदातलका वकिलहरूले षडयन्त्र गरेर अभियुक्तहरूलाई नया“ बयान दिन लगाए । प्रहरीले हामीलाई समातेर जबर्जस्ती झूटा बयान लिएको हो भनेर अभियुक्तहरूले अदालतमा बयान फेरे । प्रहरीस“ग दिएको बयानका सम्बन्धमा सबै अभियुक्तले इन्कार गरिदिएपछि मुद्दा प्रभावित हुनेभयो । यो घटनाको सम्बन्धमा जा“चबुझ गर्न कृष्णजंग रायमाझीको अध्यक्षतामा एक सदस्यीय आयोग गठन भएको थियो । त्यतिबेला रायमाझी क्षेत्रीय अदालतको प्रमुख न्यायाधीश हुनुहुन्थ्यो । पुलिसलाई मात्र नभएर सबैलाई पक्राउ परेका सबै दोषी हुन् भन्ने कुराको एकिन भइसकेको थियो । तर, पनि षडयन्त्रका कारण मुद्दाले नया“ मोड लि“दै थियो । पुलिसलाई समेत झूटा सावित गर्न खोजि“दै थियो । एउटा कस्तो संयोग परेछ भने- ममाथि गोली प्रहार भएपछि मलाई उपचारका लागि तत्काल वीर अस्पतालमा भर्ना गरियो । घटनाका सम्बन्धमा त्यहा“ व्यापक हल्लाखल्ला मच्चियो । मलाई वीर अस्पताल लगिएकै राति न्यायाधीश रायमाझीकी श्रीमती पनि आफ्नी बहिनीको डेलिभरी केसका लागि त्यो रात वीर अस्पतालमै हुनुहु“दो रहेछ । उहा“ले अस्पतालमा मेरो अवस्था प्रत्यक्ष देख्नुभएको थियो । र, सम्पर्ूण्ा घटना विवरण सुन्नुभएको रहेछ । त्यसैले पछि यो घटनाको छानबिन न्यायाधीश रायमाझीको जिम्मामा गएपछि श्रीमती रायमाझीले पनि दोषीहरूलाई कसैगरे पनि उम्कन दिनुहुन्न, उनीहरूलाई सजाय हुनर्ैपर्छ भनेर रायमाझीलाई दबाब दिनुभएको रहेछ । कृष्णजंग रायमाझीलाई पनि थाहा थियो कि यिनीहरू दोषी हुन् । तर, अभियुक्तहरूले प्रहरीमा दिएको बयान अदालतमा अस्वीकार गरिदिएपछि प्रहरीको बयानको कुनै अर्थ हु“दैनथ्यो । अदालतका लागि अर्को कुनै भरपर्दो प्रमाण थिएन । त्यसपछि न्यायाधीश रायमाझीले त्यो मुद्दालाई तारिख टार्दै लगे । मुद्दाको तारिख बढाउ“दै लगियो । यही बीचमा विकास गुरुङ पक्राउ पर्यो । मलाई गोली हानिसकेपछि विकासलाई यिनीहरूले बम्बै पठाएका रहेछन् । भारतमा पनि नेपाली बस्तीहरू रहेका सिक्किम, दार्जलिङ, देहरादुनलगायतका ठाउ“हरूमा त नेपाल प्रहरीले पनि खोजीका लागि पहु“च पुर्याएको थियो । तर, ऊ बम्बैमा रहेछ, प्रहरीले कसरी पत्ता लगाउनु । उसको खर्चका लागि ४० हजार रपैया“ भारु प्रतिमहिना यिनीहरूले बम्बै पठाउने गरेका रहेछन् । तर, पछि विकासले मलाई प्रत्येक महिना ४० हजार होइन, एकमुष्ठ २० लाख रुपैया“ पठाइदेऊ । त्यति रकम पठाएपछि तिमीहरूको र मेरो सम्बन्ध सकिन्छ । त्यो पैसाले म यहीं कुनै व्यवसाय गरेर बस्छु भनेर यिनीहरूलाई चिट्ठी पठाएको रहेछ । तर, त्यो चिट्ठी पठाएपछि ४० लाख त के महिनावारी पठाउने ४० हजार रुपैया“ पनि यिनीहरूले पठाउन छाडेछन् । त्यसपछि विकास गुरुङ रिसाएर काठमाडौं आएको रहेछ । यहा“ आएपछि बल्ल उसले पैसा नआउनुको कारण पत्तो पायो । यहा“ सबैजना पक्राउ परेकाले उसलाई बम्बैमा पैसा पठाइएको थिएन । ऊ फेरि फर्केर बम्बै जाने अवस्था भएन । त्यसपछि ऊ आफ्नो पुरानै चोरी धन्दामा लागेछ । त्यसै क्रममा सानेपामा बसेको एउटा विदेशीको घरमा चोरी भएछ । ग्रिल काटेर भित्र भएका सबै सामान चोरी गरिएको रहेछ । यो चोरीको प्रकृति देखेपछि डीएसपी विजय भट्टलाई लागेछ- यो चोरी पक्कै पनि विकासले नै गरेको हुनर्ुपर्छ । त्यसपछि भट्टले काठमाडौंका विभिन्न नाकाहरू बन्द गरेर उसको फोटोसहित खोजीकार्य सुरु गरेछ । त्यतिबेला टयाक्सीमा अगाडिको सिटमा एकजना प्रहरी राखेर काठमाडौंमा अपराधी खोज्दै हि“ड्ने चलन रहेछ । नभन्दै यसरी नै खोज्दै जानेक्रममा वन मन्त्रालयअगाडि टेम्पुबाट झरेर साथीको कोठामा जा“दै गरेको अवस्थामा प्रहरीले विकासलाई पक्राउ गरेछ । पक्राउ पर्नेबित्तिकै उसलाई डीएसपी भट्टकोमा लगिएछ । भट्टले उसलाई सामान्य सोधपुछ गरेछ । यसैक्रममा उसले सबै यथार्थ बताएछ- 'यिनीहरूले मलाई दिने भनेको पैसा दिएनन् । त्यसैले म कि आफ्नो पैसा असुल गर्छर्ुुक यिनीहरूको सबै पोल खोल्छु भनेर यहा“ आएको हु“ ।' 'तेरा साथीहरू सबै पक्राउ परिसकेका छन् । यिनीहरू सबैले तेरा विरुद्धमा साविती बयान पनि दिइसकेका छन् । त्यसैले अब त“ त परिस्,' भनेर डीएसपी भट्टले उसलाई तर्सर्ाा । पढेलेेखेको र बुद्धि भएको भए पो उसले केही सोच्न सक्थ्यो । विजयका कुरा सुनेपछि ऊ आत्तिएछ र आफ्नो सजाय कम गरिदिनका लागि आग्रह गर्न थालेछ । 'तेरो सबै सजाय हटाउन त म पनि सक्दिन,' त्यसपछि विजयले उसलाई भनेछ, 'त“ यदि सरकारी मुखभिर भइस् भने तेरो सजाय आधा घटाउन म प्रयास गर्छर्ुु' विजयलाई के थाहा थियो भने विकास समातियो भन्ने थाहा पाउनेबित्तिकै वकिलहरूले उसको पनि बयान फर्ेन लगाउ“छन् । त्यसैले उसले विकास पक्राउ परेको घटना गोप्य नै राखेको थियो भने उसलाई कसैस“ग भेट गर्न पनि दिएको थिएन । तर, एक दिन विकासले डीएसपी विजयस“ग मलाई भेट्ने इच्छा राखेछ । डीएसपी विजयले सोधेछ- 'हिजो जसलाई गोली हानिस् आज उसैलाई किन भेट्न खोज्दैछस् -' विकासलाई अब म कसैगरे पनि फुत्किन सक्दिन भन्ने बोध भइसकेको हुनर्ुपर्छ । र, उसमा पश्चात्ताप पनि भएको थियो, सायद । त्यसैले उसले भनेछ- 'पदम ठकुराठी एकजना राम्रो लेखक हो । त्यसैले मैले अब आफ्नो जीवनका सबै घटना उहा“लाई सुनाउ“छु । उहा“ले मेरो जीवनका बारेमा एउटा किताब लेखिदिनुहुन्थ्यो कि †' उसको इच्छा सुनेपछि डीएसपी विजयले त्यसको भोलिपल्ट नै उसलाई मस“ग भेट गराउने चा“जोपा“जो मिलाएको थियो । विकास पक्राउ परेको हल्लाखल्ला भएको भए फेरि पनि यो मुद्दालाई बंग्याउने प्रयास हुन्थ्यो होला, तर यसैको सुइ“को पाएर नै डीएसपी भट्टले उसलाई कसैस“ग भेट गर्न नदिई सोझै अदालत लिएर गयो । अदालतले सोझै ऊस“गै बयान लियो । अदालतको पहिलो प्रश्नको जवाफमा नै उसले भएभरका सबै कुरा लिखितम् बयान दियो । अरू अभियुक्तहरूले पुलिसस“ग दिएको बयान र विकासले अदालतमा दिएको बयान मिलेकाले अदालतले त्यसैका आधारमा सबैलाई सजायको फैसला सुनायो । तर, पछि सबैले अदालतबाट सफाइ पाए भनेर प्रचार गरियो, तर वास्तविकता त्यस्तो होइन । यिनीहरू कसैले पनि अदालतबाट सफाइ पाएका होइनन् । प्रजातन्त्र आएपछि विसं २०५१ सालको मध्यावधि चुनावको घोषणा भइसकेपछि गिरिजाप्रसाद कोइरालाले आठ करोड रुपैया“ लिएर त्यो मुद्दा फिर्ता गरिदियो । सरकारवादी मुद्दा भएकाले सरकारले मुद्दा फिर्ता लिएकाले अदालतबाट सजायका लागि फैसला भइसकेको भए पनि उनीहरू जेलमुक्त भएका हुन् । तर, ६/६ वर्षसबैले जेल सजाय भोगेका हुन् । भरत गुरुङको मात्र एक अर्बको बिगो थियो । त्यसैकारण भरतले नै गिरिजालाई आठ करोड रुपैया“ बुझाएर मुद्दा फिर्ता लिन लगाएको हो । क्रमशः source: http://www.nepalnews.com/conte... Last edited: 15-Jul-10 08:41 AM
_____ · Jul 15, 2010 8:39 AM · 4,154 views
हो हो , आज भोली त करोड भन्दा कमिको कुरा गर्न लाज मर्दो भएको छ, बिदेस बाट फर्कनु हुने महानुभाब् हरुले रकमको कुरा कानी मा होस् गर्नु होस् है !खाए बजिया हरुले करोडौ हैन हिसाब गर्दा अरबौ खाए, राख्न पो कता राखेका छन ? बिदेसमा राखेको भए नेपाल सरकारले कर नतिरेको वा तेस्ताइ अन्य कारणले बुझी लिन मिल्दैन ?
Syanjali · Jul 15, 2010 9:10 AM
yasta ghusyaahaa girija nepalko mahana neta!!! God help us.
newlynew · Jul 15, 2010 1:05 PM
Well, let me ask all of you, just review your ancestral history and re-write the comments. If you landed abroad in full bright then I will say your were the great.
syanjali · Jul 15, 2010 1:26 PM
What does ancestral history have to do with it?
newlynew · Jul 15, 2010 2:32 PM
१ पैसा को घुस पनि घुस नै हो अरबौ को घुस पनि घुस नै हो ? कोही कोही आफ्ना बाउ बाराजुले खाएको सानो तिनो घुस लाई करोडौ को मुनी छोप्न खोजेको हो कि भनी सोधेको ?
Syanjali · Jul 15, 2010 3:03 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion