अपराधी छाड्ने न्यायाधीश कार्की निलम्वित ; ३१ असार, काठमाण्डौ । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालका डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न अपहरणकारीलाई दुई वर्षअघि पक्राउ परेका बला तारेखमा छाड्न आदेश दिएका न्यायाधिस तेजवहादुर कार्की निलम्वनमा परेका छन् । न्याय परिषदको बिहीबार बसेको बैठकले न्यायाधीश कार्कीलाई निलम्वन गर्ने निर्णय गर्दै सो प्रकरणमा छानविन अगाडि बढाउने निर्णय गरेको छ । न्याय परिषद्ले सो प्रकरणबारे विस्तृत छानविन र बयानका निम्ति सर्वोच्चका न्यायाधीश बलराम केसीको एक सदस्य आयोग समेत गठन गरेको छ । आयोगले न्याय परिषद् ऐन २०४७ को दफा ४ ‘क’ देहाय २ को ‘घ’ अनुसार छानविन प्रक्रिया अगाडि बढाउने छ ।परिषद्ले सो प्रकरणबारे छानविन गर्न एक महिनाको समयावधी दिएको छ ।अपहरणकारीले अदालतबाट छुट्दा ३५ हजारदेखि एक लाख २५ हजार रुपियाासम्म धरौटी राखेको भए पनि न्यायालयमा उनीहरूको ७० लाख रूपैयाा खर्च भएको र सो रकम डा. भक्तमानको फिरौतीबाट आफूहरूले शोधभर्ना गर्नुपरेको बताएपछि न्यायाधीशहरूको नियतमाथि नै शंका उत्पन्न भएको भन्दै परिषदको बैठक बसेको हो डा. भक्तमानको अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरी हालै पत्रकार सम्मेलनमा सार्वजनिक गरेका सञ्जय श्रेष्ठ, रोहित पालिवाल अग्रवाल र भीमसेन पण्डितलगायतलाई गत साल पनि यस्तै अपराधमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । तर, काठमाडांै जिल्ला अदालतले ३५ हजार धरौटी लिएर यी अपहरणकारीलाई केही दिनमै थुनामुक्त गर्न आदेश दिएको थियो । ओमकार भट्टचनलाई नियन्त्रणमा लिई अज्ञातस्थलमा बन्धक बनाएर धनमाल लुटेको अभियोगमा देखिने धरौटी ३५ हजार र विनोदकुमार न्यौपानेलाई अपहरण गरी फिरौती रकम लिएको कसुरमा अर्को धरौटी एक लाख २५ हजार तिरेर ०६५ साल असार १० गते मंगलबार नख्खु जेलबाट तारेखमा छाडिएका यी तीनैजना अपराधीले रिहाइका निम्ति नदेखिनेगरी ७० लाख खर्च गर्नुपरेको र सो रकम भक्तमानबाट असुलेको बयान प्रहरीसमक्ष दिएका थिए । --> Last edited: 15-Jul-10 08:17 AM Last edited: 15-Jul-10 08:17 AM
_____ · Jul 15, 2010 8:15 AM · 1,747 views
Good job, it should applied in most government office who ever had not followed the rules and have worked bias and corrupted. Specially malpot karyalaya . Just curious; He may be threatened to do the same to him too( you never know)???????????? Last edited: 16-Jul-10 09:02 AM
Syanjali · Jul 15, 2010 9:05 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion