एउटा प्रेम कथा ... बिदेशको

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

घर-अफिस-घर को चक्र बाट केही दिन को लागी भए पनि मुक्ती मिल्ने भयो भनेर म दंग थिए।  अफिसियल कामले फेरी  एक चोटी थाइल्यान्ड  जानु पर्ने भयो।  हुन त थाइल्यान्ड  मेरो लागी नयाँ  गन्तब्य त थिएन,  अफिस कै कामले  पहिला ३-४ चोटी ब्यङ्कक  पुगेकै हो। तर  मैले यस पटक  को भ्रमण लाई  अली फरक बनाउने  निधो गरे। एक  हप्ता को अफिस  को ट्रेनिङ सँग  दुई हप्ता को  ब्यक्तिगत घुमघाम मिसाएर थाइल्यान्ड  को बसाइ लाई  तीन हप्ता तन्काउने।  भीसा पाउन त्यती  धेरै पापड बेल्नु  परेन। बिहान गएर  पासपोर्ट र अरु  चाहिने कागजातहरु बुझाइयो, बेलुकी  हातमा पासपोर्ट पर्‍यो,  भीसाको साथमा। आउने जाने  अनी एक हप्ता  को बसाइ खर्च  त अफिस ले  नै बेहोर्ने भएको  ले त्यसको कुनै  चिन्ता भएन, तर  बाँकी दुई हप्ता  चाही के गर्ने  भनेर योजना बनाउनु  पर्ने भयो। थाइल्यान्ड मा आफु ले चिने-जानेको कोही भए दुई हप्ता बिताउन धेरै गाह्रो हुने थिएन, फेरी घुम्न जाने ठाउँ को बारेमा पनि धेरै सोच्नु परेन। कहाँ कहाँ घुम्न रमाइलो छ भनेर भनि दिने गाइड पनि पाईन्छ भन्ने लागेर कोही छ की थाइल्यान्ड मा चिनेजाने को भनेर सोच्दा झल्यास्स अन्जली को याद आयो।   नाता ले त काकी को भान्जी पर्ने, तर घर नजिकै भएको ले पहिला देखि नै चिन्जान थियो। केही महिना अगाडी मात्र सिङ्गापुर बाट पढाई सकेर फर्केकी अन्जली को बिहा भएको थियो। उनको श्रीमान ब्याङ्कक मा काम गरिरहेको ले उनी पनि त्यतै गएकी थिइन। डायरी बाट अन्जलीको एड्रेस खोजेर एउटा ईमेल पठाए: “अफिसको कामले थाइल्यान्ड आउन लागेको अनी त्यहां आएको बेला मा उनको फुर्सद भए भेटौ भनेर।“ भोली पल्ट उनको रिप्लाइ आयो: “भै हाल्छ नि, कहिले आउने हो? सबै डिटेल पठाउ अनी मिल्छ भने २-४ दिन हामी का पनि बसेर जाउ।“ मलाई त ढुङ्गा खोज्दा देउता मिलेको जस्तो भाई हाल्यो, मेरो योजना को सबै बेलिबिस्तार लेखेर पठाइ दिए। जिन्दगी को भाग-दौड मा कति चाडो दुई हप्ता बितेको पत्तै भएन। थाइ एयरवेज को दिउसो को फ्लाइट थियो। भाग्य ले झ्याल तिर को सिट परेको रहेछ, हिमालको मनोरम द्रिश्य हेर्दै केही घण्टामै ब्यङ्कक पुगियो।  एयरपोर्ट बाट ट्याक्सी लिएर होटल पुगे, त्यही होटल मा नै ट्रेनिङ थियो। दुई बर्ष पछि ब्याङ्कक पुग्दा त्यहा खासै केही परिवर्तन भएको देखिन, उही भिडभाड, त्यही गाडी को तातीहरु। एकपल्ट त झुक्किए पनि के म आफ्नै काठमान्डु मै त छैन भनेर? तर अग्ला अग्ला घर अनी अली चौडासडकहरु देखेर बिश्वस्त भए, हैन साचिकै ब्याङ्कक नै पुगेको रहेछु।   भोली पल्ट देखि ट्रेनिङ थियो, दिनभर को भागडौद ले होला बिछौना मा पल्टेको मात्र के थिए भुसुक्कै भएछु।  दिन भरी को ट्रेनिङ अनी बिहान बेलुकी त्यही ट्रेनिङ मा भेट भएका साथीहरु सँग को भलाकुसारी र ब्याङ्कक को अली अली चहलपहल हेरेर पहिलो हप्ता त सजिलै बित्यो। एक हप्ता चाही अन्जली कहाँ बसेर ब्याङ्कक कै वरीपरी घुम्ने अनी अर्को हप्ता चाही फुकेट जाने मेरो योजना थियो। ट्रेनिङ सकिएको दिन अन्जली लाइ फोन गरे, भोली पल्ट बिहान को खाना खाने गरी आउनुस न त भनेर निम्ता गरिन।  बिहान उठेर हात मुख धोएर फ्रेश भए। अरु दिन त सधैं त्यही होटल मा नास्ता खाने गरेको ले होला त्यो दिन भने नास्ता खाना बाहिर जान मन लाग्यो। बाटो पारी एउटा क्याफे रहेछ। काउन्टर मा गएर कफी र केक अर्डर गरे अनी एउटा खाली टेबल मा गएर बसे। केही क्षण मै अर्डर आइ पुग्यो, पत्रीका मा ब्यस्त भएको आँखा उठाएर हेरे। एउटी सुन्दर युबती ले कफी र केक ल्याएर मेरो टेबल मा राखी दीइन। उनको अनुहार मा मन्द मुस्कान थियो। हेर्दा त थाइ जस्तो लागेन, मङोलियन अनुहार त पक्कै थिएन त्यो। की त इन्डियन न भए त नेपाली हो की जस्तो लाग्यो। एक मन ले त सोधौ की जस्तो लागेको थियो, तर सोध्ने आट गर्न सकिन।  "थ्यान्क यु" भने, केही शिस्टता त देखाउनै पर्यो। "यु आर वेलकम" भनेर उनी फर्किन, एउटा अङ्रेजी गीत सानो स्वरमा गुन गुनाउदै, म भने उनलाई एक छिन हेरी रहे। धपक्क बलेकोअनुहार, कुम सम्म आउने कपाल अनी मिलेको शरीर, उनमा एउटा छुट्टै आकर्षण थियो। क्रमश ……. Last edited: 13-Jul-10 10:32 AM

Nepal ko Chora · Jul 13, 2010 10:21 AM · 39,348 views

26 Replies · Showing 21 - 26
Page 2 of 2

 नेप्चे बल्ल दोस्रो भाग आएछ ...अब चाडै अरु पनि आउला भन्ने आशा गरेको छु !! क्याफेवाली अन्जलिको नन्द कुन्जिनी नै हुनु पर्ने लख काटेकै हो पहिलै !!  ल पेलम् पेलम् कथा !!

bhakte dai · Mar 8, 2012 11:57 AM

शंका त लागेको थियो नन्द त्यतै भनेपछि त्यही केटी नै हो कि भन्ने। लौ अब २० महिना होइन २० घण्टा भित्रै तेस्रो भाग पढ्न पाइयोस् है।  

chipledhunga · Mar 8, 2012 1:06 PM

अस्तिन क्रेजी ले तीन बर्ष लगाएर कथा सकीछे भनेको त नेप्चु को पनि उही ताल रहेछ। एक भाग मै सुस्ताको तिमी?  च्याङ माइ शहर को थाइ खाना त खुब प्रख्यात छ भन्ने सुनेको थिएँ,  तिमीले बयान गरेको देख्दा त शहर पनि निकै रमाइलो होला जस्तो लाग्यो। बाँकी भाग चै अल्छि नगरिकन नै अघी बढाउ है।

Dipika02 · Mar 8, 2012 1:39 PM

नेप्चे-जी , खै लुना कथा को यो धागो अड्केको धेरै भो.... मैले येस्सो धक्का मात्र दिएको है सम्झाउन ... बाकि चाडै पढ्न पाउ है ...... जय नेपाल आमा

thahachaena · Mar 9, 2012 4:57 PM

2 part sakke pachi balla prem katha suru hola jasto cha :)

facebook · Mar 10, 2012 9:49 AM

La hai Aba kehi hola jasto cha!!!

atomic · Mar 10, 2012 10:00 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all