लौन "अक्टोपस" भन्देउ नेपालमा प्रधान्मन्त्री को होला?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  यो अक्टोपसले सच्चिकै मिलाउने हो भने यस्लाई अब नेपालमा को प्रधान्मन्त्री हुन्छ भनेर भाबिस्यबाणि गर्न लाउन पर्यो। अहिलेको गेममा धेरै जसो prediction मिलाको हुनाले यसले खेलाडीहरु र टिम लाई psychological असर् परेको पनि हुनु पर्छ।माधव नेपाल ले रजिनामा देको २ हप्ता हुन लागि सक्यो। तर अझै पनि नयाँ सरकारको खाका आउन सकेको छैन। सबै पार्टी र तीन्का नेताहरु आ आफै प्रधान्मन्त्री हुने दाउमा छन्। सहमतीको सरकार त नाम मात्रै हो। आखिर मा बहुमत्कै सरकार बन्ने छट्काट देखिन्छ। काम चलाऊ सरकारले कति दिन सममा सरकार चलाउने? सबै भन्दा ठुलो पार्टी माओवादी बाट प्रचन्ड र बाबुराम्, काङ्रेसबाट रामचन्द्र र शेर बहादुर अनी एमाले बाट झलनाथ मैदानमा उत्रेका छन्। कसैको छनोटमा को कसैकोमा को। मान्छेहरुका अनुमान पनि आ आफ्नै छन्। टिभी पोल हरुले बाबुरामलाई एक नम्बर मा देखाको छ। पाच वटा बक्समा पांच नेताको फोटो टासेर तिन्मा पाउल को खाना राखेर उसलाई रोज्न दिने। कुन चाइ नेताको फोटो भाको बक्सको खाना खाने रैछ। यसो गर्न पाए र हेर्न पाए रमाइलै हुने थ्यो। मानम शेर बहादुर लाई छन्यो। उनले यस्तो तर्क गर्न बेर छैन - "पाउल अक्टोपस ले त म प्रधान्मन्त्री हुने देखाइसक्यो त्यसैले म नै हुनु पर्छ।  interesting blog post copy paste from Science to Society

guruji · Jul 11, 2010 1:27 AM · 5,528 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all