पुरानो साथी पुरानो साथी खै किन बिरानो भयो नयाँ साथी दुई दिन मै पुरानो भयो हाल उस्तै थियो, थाल एउटै थियो कसको चालमा आज फलानो भयो ? जाने सम्मन मान मर्दन राखेकै थिएं कुन रीसमा आज गर्धन अचानो भयो? साथीको प्रगतिमा इर्ष्या हैन गर्ब थियो आफ्नो उपलब्धिमा आँखो कानो भयो
rahulvai · Jul 8, 2010 10:24 AM · 24,825 views
ramronepal · Jul 8, 2010 10:30 AM
वाह ठुल्दाइ वाह गजब कहनु भयो एस्तै छ् अचेल यो " हाल उस्तै थियो, थाल एउटै थियो " हरफ मा चै थाल को अर्थ के लाई लाउन खोज्नु भा हो एसो बुझाई दिनु हुन्छ कि?
बिस्टे · Jul 8, 2010 10:50 AM
वा ठुल्दै वा ।।जओस न त अरु पनि जओस
Himalaya178 · Jul 8, 2010 10:59 AM
गजब छ ठुल्दाइ ! बिस्टे ब्रो, थाल एउटै थियो भन्न खोज्या चाँही तेइ साथी सँग पहिला एउटै थाल मा खाइन्थ्यो भन्न खोज्या होला ठुल्दाइले ! मैले चाँही लास्ट को यो हरफ बुझिन खै किन हो साथीको प्रगतिमा इर्ष्या हैन गर्ब थियो आफ्नो उपलब्धिमा आँखो कानो भयो
ritthe · Jul 8, 2010 11:57 AM
रिट्ठे ब्रो एह हो हो बल्ल किलियर भयो। अनी त्यो लास्ट्को हरफ चाइ आफुले चाइ साथी को प्रगतिमा गर्ब गरेर हेर्ने ,साथी भने आफुले गरेको प्रगती लाई बाल नदिने होला कि भन्ठान्छु है। मैले ओवरअल बुझ्या चै पुरानो साथी को नौलो चाला लाई गुनासो गर्दै लेख्नु भा जस्तो छ् यो कबिता कबिसिरोमनी राअहुल्भाइ रायमाझी ले
बिस्टे · Jul 8, 2010 4:09 PM
Thuldai Kasto ramro !!!!!!!!!!!!
love life · Jul 8, 2010 4:32 PM
रामे बुझेर हाँसेको कि न बुझेर ठुस्स पर्या ? बुझ्या भए मरी जाम । बिस्टे, " हाल उस्तै थियो, थाल एउटै थियो " को अर्थ रिट्ठेले स्पष्ट पारी सक्यो । हुबहु नक्कल गरे हुन्छ । हिमाल दाई, धन्यवाद वाह वाह को लागि । रिट्ठे, साथीको प्रगतिमा इर्ष्या हैन गर्ब थियो आफ्नो उपलब्धिमा आँखो कानो भयो - को भाव बिस्तार बिस्टेले तल गरेको छ। लभ लाइफ राम्रो लागेकोमा खुशी छु । धन्यवाद ।
rahulvai · Jul 9, 2010 8:20 AM
ठुल्दाइ मान्छे नै हसिलो त्यही भएर त्यो माथि को हासेको टाउको हो ........... कबिता पढेर चाँही बोर लाग्यो अनी त्यो उदासि टाउको हाल्देको ....
ramronepal · Jul 9, 2010 8:33 AM
Damiii :)
cheli · Jul 9, 2010 9:30 AM
दाइ, मेरो बिचारमा कतै दाइको साथीको आँखामा केहि समस्या थियो कि? Just kidding! ha ha! पुरानो साथी बिरानो भयो किन भने .... किनभने नयाँ साथी पुरानो भयो। शायद जिन्दगीको रीत यस्तै हो।
crazy_love · Jul 9, 2010 9:52 AM
SimpLe_KeTa · Jul 9, 2010 2:22 PM
राहुल भाइ को शब्द शब्द मा दम छ | Last edited: 10-Jul-10 12:24 AM Last edited: 11-Jul-10 12:43 AM
prabhat41 · Jul 9, 2010 5:45 PM
" जाने सम्म मैले मान सम्मान राखेकै थिएं (तर) कुन रीसमा आज गर्धन अचानो भयो? " वाह । आई लाईक ईट । औंला चिलायो: Verse सायद कान फुक्ने धेरै होलाकि उसको त्यसैले आज मेरो गर्धन अचानो भयो सायद बेहोसिमै मुटू घोचेकि उसको त्यसैले मेरो गर्धन अचानो भयो । मेरो शुभकामना ।
Simple_Keta · Jul 16, 2010 1:12 PM
कोइ कोइ मुटु दुखाई हास्छन् कोइ कोइ मुटु बिना नै बाच्छन् कोइ कोइ तेल खन्याई , आगो लगाई जलेको मुटु ताप्छन् कोइ कोइ चिप्लो घसी, सुइरो घोची घाऊ गहिरो नाप्छन कोइ कोइ न लेख केही, गलत वा सहि सात जुनी सराप्छन कोइ कोइ तेसैले , बसन्त मा फुल फुल्छ , फुल्छ गुलाब जस्तो कहा ? गजल धेरै ले लेख्छन , राहुल भाइले जस्तो कहा ? राहुल भाइ , येस्तई २ ,४ प्याकेट काठमान्डू बाट गाउ मा दाइलाई पठाइदेउ न | स्याम्पल तल छ , Last edited: 16-Jul-10 07:23 PM
prabhat41 · Jul 16, 2010 1:30 PM
आह गजल ! प्रियसिको गाजलझैं गजल । लेखदै गर्नुस ।
Simple_Keta · Jul 16, 2010 1:53 PM
Rahulvai ko yo kabita sarai ghatlagdo lagyo hai malai ! Satya kura jhalkeko cha
Pokhrelikanchi · May 10, 2012 7:55 AM
Wah ! Wah ! Wah ! Thuldaai ......... hajur ko dubai gazal/kabita dohorai teherai padhey....... chisikka man choyo... bhitrai gadhera basyo.... Last edited: 24-Jan-13 08:20 PM
ThahaChaena · Jan 24, 2013 7:51 PM
वाह ठुल्दाई वाह! सारै घतलाग्दो कविता! हजुरको यो कविताले "Make new friends. Keep the old!" भन्ने उखान याद आयो मलाई!
riddle · Jan 24, 2013 8:26 PM
थाने भाइ तथा रिडल, मैले नि बिर्सी सकेको कबिता पाताल मुनीबाट खोजि गरी पढी दिनु भएकोमा धन्यबाद. कहिले काहीं लेख्छु , जे देख्छु, जे भोगेको छु त्यहि लेख्छु .
rahulvai · Jan 24, 2013 9:05 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion