~चौतारी १९५ ~

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

~चौतारी १९५ ~               हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"  VS "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 195 editions.   Last edited: 08-Jul-10 09:47 AM

rahulvai · Jul 8, 2010 9:24 AM · 165,301 views

196 Replies · Showing 181 - 196
Page 10 of 10

सुचना                                         सुचना                                                  सुचना सचिब को हैसियत ले केही कुरा सार्वजनिक गर्न चाहन्छु ....... केही समय देखी यस द्वितिय शतांक समारोह समिति मा आफु नपरेको गुनासो गर्दै म कुनै कुर्सिको लोभी हैन भन्दै गुनासा हरु आयिरहेको बर्तमान परिस्थितीमा आजको मीटिङ बाट पारीत भएका कुरा हरु यस्प्रकार् छन ..... यत्रो माने ठुलो कार्यक्रम मा जम्मा ४-५ जना ले मात्र कार्यक्रम चलाऊन गाह्रो हुने कुरा सबैलाई सर्ब बिदितै छ ... त्यस्कारण निम्न पद हरु अत्यन्त जरुरिका साथ आवश्यक परेको हाम्रो पार्टी को निर्णय रही आएको छ .... मुख्य कुरा त हाम्रो आजको मीटिङ मा धेरै बेर नै छलफल र अन्न्यौल भयी आएको कुरा चाँही के हो भने .... जलपान समारोह कस्को जिम्मा हो? .. यस्तै अरु रिक्त पद हरु निम्न अनुसार का छन ... (अरु आवश्यक पद हरु छिट्टै घोषणा गरिने छ ......) बजार ब्यबस्थापना, सुचना तथा संचार,  ढुवानी, सरसफाइ, गाना बजाना ( यस्मा पनि रयाप, पप, भजन, गजल ...... छुट्ताछुत्टै सिर्सकमा भिन्दा भिन्दै ब्यक्ती हुने छ .... ) , नाचगान (कुनै निचित नाच मा कसैलाई चासो भये श्याम्पल का साथ मेरो अफिस्मा हाजिर हुनु ), अथिति सत्कार ....... र पून्टे, बैरे, लहरे जस्ता जन्ड्या हरु बाट कार्यक्रम को सुरक्षार्थ ३-४ जना बाउन्सर  .... र अन्तमा अत्यन्तै जरुरी निर्णय : आन्तरिक मतदान वा पर्सनल पहुंच बाट नै उक्त रिक्त पदहरु मा मान्छे हुलिनेछ ..... जय होश रामे सचिब द्वितिय शतांक समारोह समिति

ramronepal · Jul 14, 2010 1:18 PM

तथाकथित् गुप्तबासबाट पठाईएको सूचना- हालै चौतारीको दोश्रो शतवार्षीकीको अवसरमा, चौतारीकै सवैभन्दा ठूला औतारी श्री राहुलभाई रायमाझीले हामिलाई 'मानार्थ' अध्यक्ष नियुक्ती गरेकोमा उक्त पद पछाडिबाट साढे तिन अक्षर पढि अत्यन्तै खुसि भएका छौँ! अपितु, ....... अगाडिको मानार्थको यथार्थ अर्थ कुनै स्वार्थबस हामिलाई पदार्थ चरिरार्थ गर्ने व्यर्थ अर्थमा आएको भए हामिबाट किमार्थ स्विकार हुने छैन। अपितु, जस जति हामिसंग लसपस हुने तर अपजस जति लहरेकान्त लाकौलतिर जाने स्थितीमा भने हामि नाचि नाचि कम्मर भाँचि भाँचि उक्त पद स्विकार गर्दछौँ। पोस्टोको खोलो बग्ने पाँडेवाचा सहित,धन्यवाद् बिर्ख बहादुर बोगटी

Birkhe_Maila · Jul 14, 2010 2:19 PM

अत्यन्त जरुरी सुचना हालै चौतारी द्वितिय शतांक समारोह समिति का सचिव नियुक्त भएका रामे ले सोही समारोह का अध्यक्ष श्री लहरे कान्त लाकौल लाई जड्या भनेको गरेको हुनाले यो सुचना सार्वजनिक गरेका छौ। फेरी पनि निज ले एस्तो घ्रिनित कार्य दोहोराएको खन्ड मा निजलाई सचिव पद बाट घोक्रो ठ्याक लाउन पनि हामी पछी नपर्ने कुरा एही सुचना मार्फत जानकारी गराउन चाहन्छौ। धन्यवाद। लहरे कान्त लाकौल अध्यक्ष चौतारी द्वितिय शतांक समारोह समिति

serial · Jul 14, 2010 2:49 PM

आच्या, खल्तिआँ सुको छैन, कोषाध्यक्ष बनाउनु भेछ, भनेछी यो ताली चाइँ घरको तल्ला थप्न पाइएयला कि भन्ने मान्या छु। लु सप्पै अवतारिहरुले अवतार पिच्छे १०० नभे ५०-५०$ को कम्तिमा दुइता चाइँ मेरो पेपालमा पठाउँदै गरौम केरे। खर्च  विवरण चाइने पछी पथाम्दै गरम्ला, तेसो गरे कसो होला। तेइ उठ्या पैसोबाट उपहारको नि ब्यवस्था गरम्ला केरे भन्ने सोच्याछम्। माथि आका सप्पै अवतारिलाई यो सोझो पुरेको प्रणाम

perfectionist · Jul 14, 2010 2:54 PM

तारेमाम बिर्खे बा । चौतारीका सबैभन्दा जेष्ठ नागरिक हुनु भएकोले सम्मानार्थ मानर्थ अध्यक्ष पदले मान गरिएको हुंदा अन्य अर्थ वर्थ नलगाइ,यस समारोहलाई सफल बनाउनु हुने नै छ । साथइ माइली बजैको उपस्थितिलाई पनि नियमित गर्न प्रयास गर्नु भए ब्रिद्ध दम्पतिलाई दोसल्ला ओढाएर सम्मान गर्न चौतारी बासी पछी नपर्ने जानकारी पनि गराउन चाहन्छौ ।  

rahulvai · Jul 14, 2010 2:58 PM

  चौतारीका सबै औतारिहरुलाई सन्ध्याकालिन तारेमाम्, चौतारीले द्वितिय शतांक समारोह भब्य रुपले मनाउने तयारीमा जुटेका र जिम्मेवारी लिने सबै औतारीहरुलाई धन्यवाद। साथमा एउटा सल्लाह:  नारी पुरुष बराबरी भनी जगतभर जताततै हल्ला फैलिएको अहिलेको अवस्थामा चौतारीमा भने बढी जसो पुरुष औतारीहरुको मात्र जमघट हुनुले चौतारीमा सुन्दरतामा फिकापन महशुस भएको कुरा सर्वबिदितै हो। त्यसकारण चौतारीमा रहेको यो असुन्तलनको अवस्था हटाएर सम्पूर्ण रुपमा चौतारीलाई हरियाली प्रदान गर्न षोडस कलाले युक्त भएका सुन्दरीहरुको चौतारीमा आगमन हुने विशेष व्यवस्था मिलाउन हुन यस समारोह समितिका आयोजक पधादिकारीहरुलाई अनुरोध गरिन्छ। पुनश्च:  यसरी राम्री राम्री युवतीहरुको दर्शन हुने स्थिती आएमा बिहान बेलुकै चौतारीको गौडो ढुकेर बसिन्छ हैन भने पुरुष औतारीहरुको मात्र गन्ध सुङेर चौतारीमा बसिरहन असहनीय पनि हुन सक्छ।  

Geology Tiger · Jul 14, 2010 4:33 PM

तारेमाम गाम्लेहरु! बिहीवारे बगलामुखिय जदौ ! सप्पै जना देबिहरुको दर्शनआभिलाषी नै होला। जितेको गुनासोलाई ध्यानमा राखी चौतारीलाई अझ हरा भरा बनाउन नयाँ नौलो तरुनीहरुलाई चौतारीमा भित्र्याउने कामको जिम्मा चौतारीका स्वयं घोषित ह्यान्सी बैरे लाई दिए कस्तो होला ??

rahulvai · Jul 15, 2010 8:09 AM

राहुल भाई फटा फ्याट गजल हरु लेख न् के एस्तो तुन्तुरे गफ गरेर चौतारी मा बसेको | (सरी है तपाईंको गजल मा बडो वोजन हुन्छ ,)

prabhat41 · Jul 15, 2010 8:26 AM

प्रभातजी चौतारी नेपाली जीवनको प्रतिक हो। यहाँको शितलतामा जिवन्तता छ । यहाँ का औतारिहरुमा नेपाली माटो को सुगन्ध छ । त्यसैले यहाँ बस्छु, जिन्दगीको यो दौडधूपमा केही क्षण शितल निर्मल ठाउँ पाउछु । गजलको फ्याक्टरी छैन म सँग, फुर्ने बेला मा फुर्छ र तत्काल साझामा राखी हाल्छु, नत्र त्यो पनि बिर्सिन्छ । फ्यान हुनु भएकोमा धन्यवाद र खुशी छु ।

rahulvai · Jul 15, 2010 8:37 AM

गूड् मर्निङ चौतारी तारेमाम ठुल्दाइ,जिते एवम आउँदै गरेका गाउले हरु। जिते ले कुरो त ठिकै गर्या हो,तर कसरी तान्ने हो त सोडसी हरुलाई। चौतारी को सदस्यता लीइ,८-५ नियमित भई एक महिना सम्म बस्ने लाई उचित उपहार को बेवस्था गर्‍यो भन्देखिन आउँलान कि। लु एउटा कमर्सियल बनाउ त लाकौल,युवती हरुलाई बोलाउन। चिया पिउन जाँदा कसो होला ठुल्दाइ?

बिस्टे · Jul 15, 2010 8:52 AM

तारेमाम बिस्टे , सोह्रै आना सहि बिस्टे काजी । रिया चौतारी आउन छोडे देखी चिया को हाल नि छीया छिया भा छ बिस्टे , जाम चि चु ब्रेकमा ।

rahulvai · Jul 15, 2010 9:05 AM

तारेमाम ठुल्दाइ, प्रभात, बिस्टे काजी केही त गर्नु पर्ने हो तर कसरी गर्ने त ल ठीक छ म जे भएपनी गरम्ला नयाँ मान्छे आएनी हुन्छ कि पुरानै ठीक छ नयाँ मान्छे बोलाउन चाँही सजिलो के

serial · Jul 15, 2010 9:23 AM

तारेमाम लहरे । टीचर (स्टूडेंट से) : तुम आज स्कूल में इतने लेट क्यों पहुंचे?  स्टूडेंट : जी...! सड़क पर एक आदमी का हजार रुपये का नोट गुम हो गया था।  टीचर : क्या तुम नोट ढूंढने में उसकी मदद कर रहे थे?  स्टूडेंट : जी नहीं...! मैं उस आदमी के जाने का इंतजार कर रहा था, क्योंकि वह नोट मेरे पैर के नीचे था

rahulvai · Jul 15, 2010 9:31 AM

३ फेर आउँदै च्याउदै आउँदै च्याउदै गरे ! अरु केही लेख्न नभ्याये नि जदौ चाँही ठोक्नै पर्ला भनेर नि ! जदौ !

ritthe · Jul 15, 2010 9:33 AM

मेरो पनि बगलामुखीमय बिहीवारे जदौ जम्मै गाम्ले लाई। 

Nepal ko Chora · Jul 15, 2010 9:51 AM

४ ,५ बर्स  भैसक्यो एउटा माड़ बाड़ी नेपाल मा बिजनेस गरेर बसेको |उ घर गएको छैन |घर बाट भाइ को   फोन आउछ , 'भैया आप कि कृपा से भाबि जी ने बेटेको जन्म दिया ' माड्बादी भन्छ ! बहुत अच्छा छोटु ,इसी तारह भाबी जी का ख्याल रखना ' एक बर्स पछी फेरी भाइ ले माड्बादी लाइ फोन गर्छ | 'भैया इस बार  ,आप कि कृपा से भाबि जी ने एक बेटी को जन्म दिया ' माड्बादी 'अरे ये तो बहुत खुसि कि बात हे ,कल पशुपति नाथ को मे एक पेडा चढाउगा ' फेरी उ भोलि पल्ट एउटा पेढा लिएर पशुपति जान्छ 'ययूतई पेढा चिमोट्दै पशुपति ,गुहेस्वारी , १०८ लिंग , भैरब, बासुकी , किरात अर्जुन सबलाई चधाउदै आदि आफ्नो भाग राख्छ र ब्रेक फास्ट खान्छ |

prabhat41 · Jul 15, 2010 12:51 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all