Interesting Read

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अधिराजकुमारहरूले हत्यारालाई आश्वासन दिएका थिए - पदम ठकुराठी, वरिष्ठ पत्रकार मलाई गोली हान्ने मान्छे विकास गुरुङ हो । जगत गौचनको निर्देशनमा विकास गुरुङले नै मलाई गोली हानेको थियो । मलाई सिध्याउने उद्देश्यले ममाथि आक्रमण गरिएको थियो । तर, संयोगवश म बा“चें । त्यो विकास गुरुङ भन्ने मान्छेको पनि छुट्टै कथा छ । विकास स्याङ्जा आ“धीखोलाको मान्छे हो । गाउ“मा गुन्डागर्दीका लागि कहलिएको मान्छे रहेछ ऊ । गाउ“मा एउटा मान्छेको हत्या गरेपछि फरार भएर त्यो काठमाडौं आएको रहेछ । काठमाडौं आए पनि ऊ पुलिसको नजरबाट बच्न सकेन । स्याङजाबाट पुलिसले काठमाडौं पठाएको फोटो र रिपोर्टका आधारमा काठमाडौंको पुलिसले समातेर उसलाई डिल्लीबजारको खोरमा राखेको रहेछ । डिल्लीबजारको खोर त्यति बलियो थिएन । राणाको पालामा बनेको त्यसका भित्ताहरू मक्किएका र झयालका डन्डीहरू सबै खियाले खाएका थिए । त्यसका झयालका डन्डीहरू पनि फलामे नभएर बन्दुकको नालजस्ता भित्र धोध्रो परेका थिए । त्यस्तो कमजोर खोरबाट चाहने हो भने भाग्न गाह्रो थिएन । एक दिन विकासले खाना पुर्‍याउन आउने आफ्नो मान्छेलाई फलाम काट्ने हयाक्सो ब्लेड ल्याउन लगाएछ । चियाको थर्मसभित्र लुकाएर ल्याइएको हयाक्सो ब्लेडले झयालका दर्ुइओटा नाल काटेर ऊ त्यहा“बाट भाग्न सफल भयो । डिल्लीबजार खोरबाट भागेपछि ऊ ताहाचलतिर एउटा डेरा लिएर बस्न थालेछ । त्यहींबाट उसले आफ्नो चोरधन्दा चलाएको रहेछ । उसको धन्दा पनि गजबको रहेछ- विदेशी पर्यटकका कोठा फोर्ने । दिनभरि आफ्ना केटाहरूलाई काठमाडौंका कुन कुन ठाउ“मा विदेशीहरू बस्छन् भनेर पत्ता लगाउन पठाउने र राति लाइट अफ भएका ठाउ“हरूमा आफूसहित केटाहरूलाई लिएर चोर्न जाने । विदेशी पर्यटक त नेपालमा घुम्न आएका हुन् । उनीहरू सा“झ-बिहान जतिबेला पनि घुम्ने नै भए । झयालमा ग्रिल छ, ढोकामा ताला लगाएपछि उनीहरू त ढुक्कले राति बाह्र एक बजेसम्म कोठामा नर्फकने । त्यही बेलामा यिनीहरूको ग्याङ पस्दोरहेछ र पर्यटकका सबै सामान लट्टपिट्ट िपार्दो रहेछ । तिनै सामान बेचेर यिनीहरू काठमाडौंमा टिकिरहेका रहेछन् । उता, जगत गौचनले अमेरिकामा मलाई सिध्याइदिन्छु भनेर वचन दिएर आएको थियो । तर, मान्छेलाई सिध्याउन त्यति सजिलो कहा“ छ र † न उसले मलाई देखेको छ न मैले नै उसलाई देखेको चिनेको थिए“ । ऊ मलाई सिध्याउनका लागि सूत्रको खोजीमा रहेछ । यस्तैमा एक दिन म पत्रिकाको कार्यालयमा बसिरहेको थिए“ । बाग्लुङ घर भएका एकजना राजसभा स्थायी समितिका सदस्य-शर्मा थरका नाम अहिले बिर्सर्ेेको छोरो मकहा“ आयो । उसको बुबामार्फ उसले मलाई चिनेको थियो । म पनि पञ्चायत र्समर्थक मान्छे नै भएकाले उनीहरूस“ग मेरो चिनजान हुनु स्वाभाविक थियो । कहिलेकाहीं भेटघाट पनि हुन्थ्यो । उसले आफूलाई पत्रिकाको बाग्लुङ संवाददाता बनाइदिन मस“ग आग्रह गर्‍यो । मैले भनें- 'हेर पत्रिकाको बाहिरको संवाददातालाई पैसा दिने चलन छैन, तिमीले लेखेको केही पत्रिकामा छापियो भने त्यसको ५० रुपैया“ पाउ“छौ । यसरी काम गर्न राजी छौ भने ठीकै छ ।' उसले स्वीकार गर्‍यो । 'म बाग्लुङ-काठमाडौं आवतजावत गरिरहन्छु । यदि पत्रिकाको परिचयपत्र भयो भने मलाई भाडामा पनि केही छुट हुन्छ,' उसले भन्यो, 'र, मलाई पत्रिकामा काम गर्न पनि साह्रै इच्छा छ ।' फोटो पनि बोकेरै आएको रहेछ । तुरुन्तै मैले उसको परिचयपत्र बनाइदिए“ । त्यसपछि उसले मेरो घरको ठेगाना माग्यो । मैले भनें- 'घरको ठेगाना किन चाहियो - पत्रिकाको ठेगाना भए त भैहाल्यो नि । यसैमा समाचार पठाए हुन्छ ।' उसले भन्यो- 'हैन दाइ, कहिलेकाहीं व्यक्तिगत काम पनि पर्नसक्छ, त्यसैले ।' मैले आफ्नो एउटा भिजिटिङ कार्ड उसलाई दिए“ । यसको तीन चार दिनपछि एक दिन मेरो घरमा फोन आएछ । म त सधैं दिउ“सो अफिसमै हुने । घरमा मेरी एकजना साली थिई । उसैले फोन उठाइछ । 'हामी कञ्चनपुरबाट आएको । माननीयज्यूलाई भेटौं भनेर । माननीयज्यूको डेरा कहा“निर छ - हामी भोलि बिहान भेट्न आउ“छौं,' फोन गर्नेले भनेछ । उसले होला त भनेर डिटेलमा लोकेसन बताइदिइछ । बेलुका म कोठामा पुगेपछि सालीले सबै कुरा भनी । 'को रहेछन -' मैले सोधें । 'खै नाउ“ त भनेनन्,' सालीले भनी । को रहेछन् त भनेर भोलिपल्ट बिहानभरि म घरमै बसिरहें । तर, बिहान कोही पनि आएन । को हुन् पनि थाहा छैन र फोन गरौं भने नम्बर पनि छैन । त्यसपछि म अलि ढिलो गरेर अफिसतिर लागे“ । उनीहरू बेलुकी तीन/ चार बजेतिर मेरो घरमा पुगेछन् । 'उहा“ त अफिस जानुभएको छ,' मेरो घरकाले भनेछन् । 'ए हामी हिजो फोन गरेका मान्छे । बिहान आउने भनेको मन्त्रीलाई भेट्न जानुपरेकाले भ्याएनौं ।' उनीहरूले मेरो एकदम नजिकको मान्छेजस्तो गरेर- 'माननीयज्यूको कोठा कुन हो - भनेर सोधेछन् । घरभित्र र बाहिर घुमेर पनि निकै हेरेछन् । म त्यतिबेला कम्पाउन्डसहितको सानो एकतले घरमा बस्थें । जगत गौचनले टंक गौचन भन्ने आफ्नो एकजना साथीस“ग मेरो विषयमा कुरा गरेको रहेछ । मलाई सिध्याउनका लागि उसले टंकस“ग- 'एकजना मान्छे खोज्दे न †' भनेको रहेछ । टंकले विकासलाई चिन्दो रहेछ । 'ज्यानमारा मुद्दा लागेको तर अहिले जेलबाट फरार भएको एकजना मान्छे छ । म ऊस“ग कुरा गर्छर्ुु टंकले भनेछ । उसले विकासस“ग गएर- 'त“लाई जति पैसा चाहिन्छ हामी दिलाइदिन्छौं, यो एउटा काम गरिदे,' भनेछ । विकासले 'मलाई पैसासैसा होइन, मेरो मुद्दामा जिताइदिने ग्यारेन्टी गर्र्छौ भने म सिध्याइदिन्छु,' भनेछ । अधिराजकुमारले भनेपछि सर्वोच्चले मुद्दा नजिताउने कुरा हु“दैन भनेर विकासलाई अधिराजकुमारस“ग भेटाउने जगतको र टंकको सल्लाह भएछ । त्यसपछि ज्ञानेन्द्र र धीरेन्द्र दुवैस“गै लगेर विकासलाई भेटाएछन् । ज्ञानेन्द्र र धीरेन्द्रले 'ल मुद्दाको तिमी चिन्ता नगर, हामी जिताइदिन्छौं' भनेपछि विकासले मलाई मार्ने जिम्मा लिएको रहेछ । पहिला त मलाई खुकुरीले काट्ने भनिएको रहेछ तर एकचोटी परिसकेकाले विकासले खुकुरीले काट्न मानेनछ । त्यसपछि मलाई गोली हानेर मार्ने योजना बनेको रहेछ । योजना त बन्यो । तर, पिस्तोल उनीहरूस“ग थिएन । जगत गौचन करा“तेको खेलाडी । उस“ग करा“ते सिक्ने चेलो रहेछ-नरशमशेरको छोरो प्रदीपशमशेर । जगतले एक दिन प्रदीपस“ग भनेछ- 'मलाई तर्राईतिर जानुपर्ने भएको छ । एउटा पेस्तोलको बन्दोबस्त गर्दे न †' करा“तेमा गुरुलाई अत्यन्तै मान्दा रहेछन्, चेलाहरूले । 'गुरु तपाईंलाई किन चाहियो हतियार - चालीस/पचास जनाका लागि त तपाईं एक्लै काफी हुनुहुन्छ नि †' प्रदीपले ठट्टा गर्दै भनेछ । 'विनाहतियार आए त पचास के सय पनि फाल्छु, तर हतियार लिएर आए भने के गर्ने नि †' जगतले जवाफ दिएछ । त्यसपछि प्रदीपले जगतका लागि हतियारको बन्दोबस्त गरिदिने भएछ । यो घटनामा इतिहास पनि जोडिएको छ । राजा त्रिभुवन जुरिच जा“दा त्यहा“को एउटा हतियार कम्पनीले राजालाई दर्ुइओटा पिस्तोल प्रिजेन्ट गरेको रहेछ । ती दर्ुइटा पेस्तोलमध्ये एउटा राजा त्रिभुवन आफैंले राखेछन् । अर्को एउटा चाहि“ नरशमशेरलाई दिएका रहेछन् । बाबुको त्यही पेस्तोल प्रदीपले जगतलाई ल्याएर दिएछन् । पेस्तोल त भयो अब गोली कहा“ खोज्ने † त्यतिबेला फिल्डमार्शल नीरशमशेरको नाति विनयशमशेर हाम्रा भाइहरूस“गै खरिपाटीमा आर्मीको टे्रनिङ गर्न गएको थियो । त्यहा“ तिनीहरूलाई 'चा“दमारे' हान्नलाई गोली दिइन्थ्यो । त्यसैमध्ये अलिकति गोली विनयले लुकाएर घरमा ल्याएको रहेछ । त्यो गोली त्यो पेस्तोलमा फिट हु“दो रहेछ । प्रदीपशमशेरले 'दसैंको बेलामा चा“दमारे हान्नर्ुपर्छ, दर्ुइचारओटा गोली दे न †' भनेर विनयस“ग मागेर ल्याएको रहेछ । यसरी प्राप्त भएका गोली र पेस्तोल लगेर हात्तीवन भन्ने ठाउ“मा लगेर विकासलाई गोली हान्ने तालिम दिइएको रहेछ । क्रमशः

_____ · Jul 8, 2010 8:22 AM · 8,789 views

8 Replies

I had heard about the incident regarding Mr. Thakurathi however never knew what waschurning the whole incident. Very interesting indeed.

CyLegend · Jul 8, 2010 8:44 AM

Post the remainder.

Kiddo · Jul 8, 2010 8:52 AM

Dudes,            I read many stories about this at that time. I used to learn Kekushian Karate at Stadium from Jagat Gauchan when he was arrested on that crime. But, Padam Thakurathi was also related to the same underGround group (Bhumigat Giroha) with Kamal Thapa, SaradChandra Shaha, Direndra at that time. Later on, he tried to disassociate himself from that group, then they tried to kill him. Keep posting!

Tmobile · Jul 8, 2010 9:16 AM

I wonder what the root cause of dispute was between Jagat Gauchan and Mr. Thakurathi. Any info on what might have instigated the whole incident? Last edited: 08-Jul-10 10:09 AM

CyLegend · Jul 8, 2010 10:09 AM

I always assumed that Thakurathi being a journalist wrote something that Gauchan didn't like. At that time there was a big scandal uncovering of Lama, Gurung and Gauchan. Why is the article being withheld here with Kramasha and all?? As if you are writing a story.

Kiddo · Jul 8, 2010 10:32 AM

What I learnt at that time, the rift was not between Jagat Gauchan and Mr.Thakurati. Rift was between Bharat Gurung plus Bhumigat giroha and Thakurati. Jagat Gauchan just followed gang's decision to finish him before leaking their secrets !!!  I think Marich Man Singh became the strongest PM in Panchayat system( I should say !!!) so he jailed most of them. Due to these scandals, Direndra got removed from Royal family !!!     

Tmobile · Jul 8, 2010 10:39 AM

Guys , I forgot to post the source for above article. The article is published on a weekly newspaper "janadharana" in "Antarbarta" section. I was reading when they started to publish the article. I do not know how honest was Mr. Padam Thakurathi while writing this. Read if you like it, analyze and judge if you want to. source : http://www.nepalnews.com/conte... following article was published before above one. पत्रिकामार्फ पञ्चायतप्रति व्रि्रोह गर्न थालें - पदम ठकुराठी, वरिष्ठ पत्रकार ०३६ सालको जनमतसंग्रहमा पञ्चायतले जित्यो । पञ्चायतको यो जित स्वाभाविक थियो । वास्तममा यो एउटा चाल मात्र रहेछ । पञ्चायतले जित्ने निश्चित भएकाले नै बहुदलवादीका मुखमा बुझो लगाउनका लागि यो चुनावको नाटक गरिएको थियो । हुन त म पनि पञ्चायतकै र्समर्थक थिए“ । पञ्चायतलाई जिताउनका लागि लागिपरेको थिए“ । तर, म पञ्चायतको अन्धभक्त भने थिइन“ ।  पञ्चायत व्यवस्थालाई प्रजातान्त्रिक पद्धतिमा ढालेर क्रमिक सुुधारहरू गर्दै अगाडि बढ्नर्ुपर्छ भन्ने मान्यता मेरो थियो । त्यसमा सहमति जुटेकाले नै म यो चुनावमा पञ्चायतका पक्षमा खुलेर लागेको थिए“ । त्यसैले नै मैले मस्यौदा समितिमा आफ्नो फरक विचार राखेको थिए“ । र, त्यो दरबारबाटै स्वीकृत पनि भएको थियो । तर, पञ्चायतले जितेपछि त यसका र्समर्थक र राजामा समेत के भ्रम पैदा भयो भने- पञ्चायत नै एक मात्र निर्विकल्प व्यवस्था हो । जनताको यसप्रति ठूलो आस्था र लगाव छ । अब हामीले जे गरे पनि हुन्छ । जनमत संग्रहको परिणामपछि राजा झन् कडा रूपमा प्रस्तुत भए । राज्यका अधिकारहरू केन्द्रीकृत भए । निर्वाचनपर्ूव जनताका सामु गरिएका प्रतिबद्धताहरूको समेत पालना गरिएन । जनताका अधिकार कटौती गरेर राजाले आफूमा निहीत गरे । राजाका भित्रिया सल्लाहकारहरूको फर्ूर्ति एक्कासि बढ्न थाल्यो । उनीहरू राजालाई आफूहरूले जे चाह्यो त्यो गराउन उद्दत हुन थाले । वास्तममा जनमत संग्रहको चुनावमा पञ्चायतले स्वच्छ तरिकाले जितेको पनि थिएन । त्यहा“ अनेकौं चालबाजी र तिकडम भएका थिए । त्यो बेलाको नेपाली समाज चेतनशील थिएन । राजा भनेका विष्णुका अवतार हुन् भन्ने भ्रम आमजनतामा थियो । राजाविनाको राज्यको कल्पना पनि गर्न सकि“दैन भन्ने मानसिकता जनतामा थियो । राजाप्रति जनताको 'रिजनेबल' नभएर अन्धभक्ति थियो । राजाले जे बोले पनि र जे गरे पनि त्यो नै सत्य हो भन्ने जनता ठान्थे । यो सब हुनको एउटै कारण थियो-जनतामा चेतना नहुनु । जनताको यस्तो अशिक्षा र अचेतनताको फाइदा उठाएर पञ्चायतका र्समर्थकहरूले चुनावलाई आफ्नो प्रभावमा पार्न सफल भएका थिए । चुनाव प्रचारका सिलसिलामा राजालाई भोट दिने कि बीपीलाई भनेर जनताको अचेतनताको फाइदा उठाउने काम भएको थियो । वास्तममा यो चुनाव राजा र बीपीबीचको चुनाव त थिएन । यो त पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्थाका बीचमा भएको चुनाव थियो । तर, पञ्चायतका धर्ूत र्समर्थकहरूले राजाको नाममा बिचरा लाटासीधा जनतालाई यसरी भ्रममा पारे कि उनीहरू राजालाई भोट नदिएर अरूलाई दिनु भनेको महापाप हो, भगवान्का रूपमा रहेका राजालाई भोट नदिनु भनेको भोलि घोर नरकको बास रोज्नु हो भन्ने मानसिकताबाट ग्रसित भए । अनि राजालाई विष्णुको साक्षात अवतार मान्ने त्यो बेलाको नेपाली समाजले पञ्चायतलाई भोट नदिएर बहुदललाई भोट दिने कुरा हु“दैनथ्यो । अर्कातिर त्यो समयमा पञ्चायतमा सम्पर्ूण्ा संरचनाहरू थिए । सेना थियो । पुलिस थिए । विभिन्न राजनीतिक संगठनहरू मौजुद थिए । राज्यको सम्पर्ूण्ा शक्ति र संरचना पञ्चायतको पक्षमा खुलेर लागेको थियो भने उता, सीमित स्रोत र साधनहरू भएका र सानो समूहमा रहेका बहुदलवादीहरू भने जनताको दिमागमा गाडिएको अन्धविश्वासको जरा उखेल्न प्रयत्नरत भए पनि तत्काल सफल हुने अवस्थामा थिएनन् । उनीहरूका लागि चुनाव सहज थिएन । चुनावको परिणामपछि बहुदलवादीहरूका कुराहरूलाई समेत केही हदसम्म एडे्रस गरिएला भन्ने धेरैको विश्वास थियो । कमसे कम मैले त बहुदल नै नभए पनि पञ्चायतको सुधारिएको अवस्थाको कल्पना गरेको थिए“ । त्यो हुने प्रतिबद्धता पनि व्यक्त भएको थियो । तर, चुनावलगत्तै पञ्चायत झन् केन्द्रीकृत र निरंकुश भएर पो आयो । पञ्चायतको प्रजातान्त्रिक छवि चाहने हामीजस्ताका विचारहरूले त्यहा“ कुनै ठाउ“ नपाउने मात्र होइन हामी नै पञ्चायतका प्रतिद्वन्द्वीजस्ता पो ठानियौं । पञ्चायतको यस्तो रवैयाप्रति मेरो चरम असन्तुष्टि बढ्दै गइरहेको थियो । तर, असन्तुष्टि बढेर मात्र के गर्नु † म निकै असमञ्जस्यमा परें । कांग्रेस कम्युनिष्टहरू पनि सानो समूहमा थिए । उनीहरू पनि पञ्चायतका विरुद्धमा तत्काल केही गर्नसक्ने अवस्थामा थिएनन् । र्सवप्रथम त जनतामा राजतन्त्रविरोधी चेतना नजागेसम्म उनीहरूले जनताको पनि साथ पाउनसक्ने अवस्था थिएन । जनतामा चेतना जगाएर परिवर्तन गर्ने कुरा लामो प्रक्रियाको कुरा थियो । मेरा विचारहरूको पञ्चायतमा कुनै सुनुवाइ नभए पछि र यसले आफ्नो चरित्रमा सुधारको अपेक्षा झन् कठोरता अपनाएपछि मैले फरकढंगबाट आफूलाई प्रस्तुत गर्ने विचार गरें । मलाई पञ्चायतका आन्द्रा भू“डी थाहा थियो । यसका र्समर्थकहरूले गर्ने भ्रष्टाचार र कर्ुकर्महरूका बारेमा म जानकार थिए“ । पछिल्लो समयमा उनीहरू जनताप्रति झन् झन् बेइमान बन्दै गएका थिए । यो कुरा मैले  राम्रोस“ग बझिरहेको थिए“ । त्यसैले उनीहरूका यी कर्ुकर्महरूको भन्डाफोर गर्ने र उनीहरूको वास्तविक चरित्रलाई जनतासमक्ष जस्ताको तस्तै राखिदिने कामका लागि मैले पत्रकारितालाई रोज्ने अठोट गरें । अरु क्षेत्रबाट भन्दा पत्रकारिताबाट नै मेरो उद्देश्य पूरा गर्न सजिलो बाटो थियो । म राजनीतिबाट पर्ूण्ारूपमा विरक्तिइसकेको थिए“ । अन्य राजनीतिक समूहमा गएर राजनीति गर्नुले पनि त्यति अर्थ राख्दैनथ्यो । हिजोसम्म पञ्चायतको र्समर्थनमा लागेको मान्छे एक्कासि त्यसकाविपरीत राजनीतिमा सामेल भएर प्रभावकारी रूपमा प्रस्तुत हुन सम्भव थिएन । त्यसैले मैले पञ्चायतका धर्ूत शासक र र्समर्थकहरूका विरुद्ध पत्रकारिताका माध्यमले उनीहरूलाई प्रहार गर्ने उद्देश्यले नै मैले राजनीति छोडेर पत्रिका दर्ता गरें । र, ०३९ साल पुस १ गतेदेखि यही संविधानअर्न्तर्गत रहेर मैले पत्रिका चलाउन सुरु गरें । हामीलाई पत्रिका चलाउन पनि त्यतिबेला सहज भएन । सबभन्दा पहिला हामीले साप्ताहिक मञ्च सुरु गरेका थियांैं, तर, षडयन्त्र गरेर त्यसलाई बन्द गरियो । जनज्योति सुरु गर्‍यौं, त्यो पनि षडयन्त्र गरेर खोसियो । नेपाली आवाज सुरु गर्‍यौं, त्यो पनि खोसियो । त्यसपछि मात्र विमर्श सुरु गरेका थियौं । यसलाई पनि बेलाबेलामा तारो बनाउने काम भएको थियो । हामी पञ्चायतअर्न्तर्गत रहेर पत्रकारिता गथ्र्यौं । तर, हाम्रो मूल उद्देश्य यो व्यवस्थाभित्रकै खराब तत्व र प्रवृत्तिविरुद्ध परिलक्षित थियो । म के कुरामा स्पष्ट थिए“ भने हामीले यो संविधान भित्रै रहेर हाम्रो व्रि्रोहलाई जारी राख्नर्ुपर्छ । यदि यो संविधानभन्दा बाहिर गएर व्रि्रोह गर्‍यौं भने हामी कतै न कतैका हुन्छौं भन्ने कुरामा म स्पष्ट थिए“ । यही कानुनअर्न्तर्गत रहेर काम गर्दा उनीहरूले पनि केही गर्न सक्ने अवस्था हु“दैनथ्यो भने हामी पनि आफ्नो मिसनमा सफल हुन सक्थ्यौं । यसरी पत्रकारिता मार्फ पञ्चायतप्रतिको मेरो व्रि्रोह पोखिन थाल्यो । क्रमशः...

_____ · Jul 8, 2010 11:06 AM

a very interesting read indeed. does anyone have links to the remaining "anshas"?

wtf · Jul 8, 2010 11:10 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all