एमआरपी ठेक्का फ्रान्सेली कम्पनीलाई दिने तयारी TUESDAY, 06 JULY 2010 05:24 नागरिक काठमाडौं, असार २२ (नागरिक)- परराष्ट्र मन्त्रालयले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छपाइका लागि फ्रान्सेली कम्पनी ओबरथरलाई ठेक्का दिने तयारी गरेको छ। शिष्टाचार महापाल मुक्तिनाथ भट्टको संयोजकत्वमा गठित ठेक्का मूल्यांकन समितिले सबैभन्दा न्यून मूल्यमा एमआरपी बुक उपलब्ध गराउन प्रस्ताव गरेको उक्त कम्पनीलाई ठेक्का दिने तयारी गरेको हो। स्रोतका अनुसार समितिले इन्डोनेसियाको तेरमपुरी कम्पनीलाई दोस्रो प्राथमिकतामा राखेको छ। संयोजक भट्टले मंगलबार परराष्ट्रसचिव मदनकुमार भट्टराईलाई सोसम्बन्धी प्रतिवेदन पेस गर्दैछन्। ओबरथर कम्पनीसहित बेलायतको देलारू तेरमपुरी र सिंगापुरको थ्रीएम टेक्नोलोजिजले टेन्डर प्रतिस्पर्धा गरेकोमा ओबरथरले प्रतिबुक ३.५९ अमेरिकी डलर दरमा एमआरपी छाप्ने प्रस्ताव गरेको थियो। प्रतिस्पर्धी तेरमपुरीले ५.९९, थ्रीएमले ४.५० र देलारूले सर्वाधिक ६.९९ प्रस्ताव गरेका थिए। Source: NagarikNews.com Last edited: 05-Jul-10 09:47 PM
Swiss · Jul 5, 2010 9:46 PM · 9,772 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion