la aayo asylum asylum asylum.. badam kinayko jasto ho ra!! sabadhannnnn

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकामा आतंककारी गतिविधि र निर्दोष आप्रावासीहरु न्युयोर्क - विनोद रोका प्रकाशनको मिति ०१ जुलाई २०१० ०८:२३ बजे   |  ० वटा प्रतिक्रिया थप छायाँहरू » आतंककारी गतिविधिमा संलग्न रहेका, रहने र रहन सक्ने विदेशीहरुलाई अमेरिकीमा प्रवेश गर्न नपाउने सूचिमा राखिएको छ । त्यसर्थ अमेरिकाको सुरक्षामा खतरा पुर्याउन सक्ने सभ्भावना भएका विदेशीलाई अमेरिकामा सामान्यतया प्रवेश दिइदैन । हाल अमेरिकामा आप्रावासीको हैसियतले बस्न पाउ भनि दिएका शरणार्थीहरुको निवेदनहरु जस्तो कि एजाईलम, पारिवारिक निवेदन र ग्रीनकार्ड सम्वन्धि निवेदनहरु यात खारेज गरिए यात धेरै समयदेखि मुलतवि (Security hold) मा इमिग्रेशनले राखेको छ । १९५० को रेफ्युजी कन्वेन्सन (Refugee Convention) र यस्को प्रोटोकलले पनि आतंकवारी गतिविधिमा संलग्न रहेका र त्यस्ता काम गर्नमा सहयोग र समर्थन गर्ने व्यक्तिहरुलाइ कुनै पनि राष्ट्रले आफ्नो राष्ट्रमा प्रवेश गर्न वा बस्ने अनुमति नदिने कानुनलाई मान्यता प्रदान गर्दछ । अमेरिकी अध्यागमन सम्वन्धी कानुनले पनि यहि सिद्दान्तलाई आत्मसात गरेको हो । तथापि सेप्टेम्बर २००१ मा भएको दृखद घटना पछि अमेरिकी अध्यागमन कानुनमा  आतंकवारी गतिविधिलाई बढी फराकिलो बनाइयो अमेरिकाको सुरक्षाको कारण देखाएर । ती कानुनहरु हुन US Patriot Act 2001 / Real ID Act 2005.] यी संसोधित कानुनको व्यवस्था अनृसार कुनै विदेशी आतंकवारी गतिविधिमा संलग्न रहेको, संलग्नरत वा संलग्न रहने सम्भावना छ भन्ने विस्वास गर्नु पर्ने सामान्य जानकारी अमेरिकाको भिषा दिन पाउने अधिकारीलाई लागेमा अमेरिकामा प्रवेश गर्ने अनुमति दिइदैन । आतंकवारी गतिविधिमा संलग्न हुनु भन्नाले व्यक्तिले आतंककारी गतिविधि हो भन्ने थाहा जानकारी हुंदाहुदै वा सामान्यतया थाहा पाउनु पर्ने अवस्था रहदा रहदै पनि महत्वपूर्ण सहयोग अर्थात मेटरियल सर्पोट प्रदान गर्ने हो । यस्तो मेटरियल सर्पोट भन्नाले आतंकवारी गतिविधिमा संलन रहेकाहरुलाई सुरक्षित निवास,यातायात,संचार सेवा उपलव्ध गराउनु, पैसा दिनु, पैसा पठाउनु, जाली परिचयपत्र वा अन्य कागजता बनाइ दिनु, जुनसुकै किसिमका हातहतियार, विस्फोटक पदार्थ प्रदान गर्नु, तालीम दिनु आदि पर्दछन । आतंकवादी संस्था, समुहलाई पहिलो, दोश्रो र तेश्रो श्रेणीमा वर्गीकरण गरिएको छ । पहिलोमा हमास, अलकाइदा, लगायतका ४२ भन्दा बढी संगठनहरु छन भने दोश्रो श्रेणीमा नेपाल कम्युनिष्ट पार्टी माओवादी लगायतका विश्वभरीका ५९ वटा संगटनहरु पर्दछन । तेश्रो श्रेणीमा भने कानुन बमोजिम नतोकिएका संगठनहरु पर्दछन । त्यस्ता संगठन भनेको दुइ वा दुइ भन्दा बढी व्यक्तिहरु संलग्न रहेको संगठन वा समुह वा यस्का भातृ संस्थाहरु हृन जो आतंकवारी गतिविधिमा संलग्न रहेका थिए वा छन । तेश्रो श्रेणीको आतंकवारी संगठन भित्र अमेरिकी सरकारले समर्थन र सहयोग गरेका समृहहरु, जस्तो कि फिडेल कास्त्रोको विरोधमा क्युवामा भएको आन्दोलनमा संलग्नरत समुह, सैनिक सासनका विरुद्दमा बर्मामा भएको विद्रोही गतिविधि, भियतनामको लडाइमा अमेरिकी सरकारलाई समर्थन र सहयोग गर्ने बिद्रोही समुह, सद्दाम हुसैनलाई सत्ताच्युत गर्न सघाउने इराकका विद्राही समृह र त्यस्मा सहयोग गर्ने व्यक्तिहरु पनि आतंकवारी गतिविधिमा संलग्न रहेको सूचिमा पर्दछन । नेपालको परिप्रेक्ष्यमा हेर्दा राणा र पंचायती सासनको विरोधमा आन्दोलनमा संलग्न रहेका नेपाली कांग्रेस, कम्युनिष्ट र अहिलेका अनगिन्ती विद्रोही समुहहरु पनि तेश्रो श्रेणीको सूचिमा पर्न सक्दछन । तसर्थ यस्ता संगठनहरुसंग विगत,वर्तमान र भविष्यमा संलग्न रहेका,रहीरहेका र रहन सक्ने सम्भावना रहेका व्यक्तिहरु अमेरिकाको सुरक्षामा खतरा पुर्याउन सक्दछन भनेर हाल इमिग्रेशनले त्यस्ता विदेशीहरुले वा निजका परिवारका सदस्यले अमेरिकामा बस्न वा पस्न अनुमति पाउ भनि दिएका निवेदनहरु इमिग्रेशनले होल्ड पोलिसि अनुरुप निर्णय नगरी मूलतवीमा राखेको छ । २००१ को घटना पछि कानुनमा थप गरिएको यो व्यवस्थाले गर्दा जीउज्यानको सुरक्षामा खतरा परि  बाध्यताबस  आतंकवादी गतिविधमा लागेका वा लाग्ने सम्भावना रहेका संगठनलाइ  कुनै पनि किसिमको सहयोग पुर्याइएको रहेछ भने पनि त्यस्ता विदेशी अमेरिका प्रवेशको लागि अयोग्य मानिन्छन भने अर्को तर्फ निरंकुश शासकहरुको विरुद्दमा अमेरिकाले नै समर्थन र सहयोग पुर्याएको समुहमा संलग्न रहेर काम गरेका वा सहयोग गरेको व्यक्ति पनि आतंकवादी गतिविधमा संलग्न रहेको  वात लागि अमेरिकामा प्रवेश गर्न नपाउने वा होल्ड पोलिसी अन्तर्गत अनिश्चित कालसम्म इमिग्रेशनले सेक्युरिटीको आधार देखाइ दिएको निवेदनमा कार्वाही गरेको छैन । २००१ को घटनापछि कानुनमा थप गरिएको यो कानुन अति नै फराकिलो खालको भएको हुंदा प्रजातान्त्रीक तरिकाबाट सत्ता परिवर्तन गर्न नचाहाने तानाशाहको विरुद्धमा न्यायोचित मागको लागि हुने वा भएका आन्दोलनमा संलग्न रहेका व्यक्तिहरु पनि यो कानुनको परिधि भित्र पर्दछन । किनकी तेश्रो श्रेणीमा कुन कुन संगठनहरु पर्दछन भनि कानुनमा किटान नगरिएको हुंदा समृहको गतिविधिको आधारमा निर्णयकर्ताले जसलाई पनि प्रवेश गर्न रोक लगाउन सक्दछ सुरक्षाको कारण देखाएर । यो कानुनी व्यवस्थाले गर्दा हाल १८ हजार भन्दा बढी रिफ्युजी र एजाइलीहरुलाई असर परिरहेको छ भने ८ हजार भन्दा बढी निवेदनहरु इमिग्रेशन अफिसमा अनिश्चित समय सम्मका लागि सेक्युरिटी होल्डमा राखिएको अनुमान गरिन्छ । यो कानुन अति नै फराकिलो भएको कुरा अमेरिकी कांग्रेसमा पनि उठ्ने गरेको पाइन्छ । धेरैले यसको बिरोध पनि गरेका छन । एक जना इमिग्रेशन अदालतका न्यायाधिशले त यो कानुन अति नै फराकिलो भएको हुंदा न्यायोचित छैन, किनकी अमेरिका कै इतिहासमा पनि प्रजातान्त्रीक रुपबाट परिवर्तन हुन नचाहाने सरकारलाई हातहतियार उठाएर विद्रोह गर्नु परेको देखिन्छ । आतंककारी गतिविधिमा संलग्न रहेको समुहलाइ मेटरियल सर्पोट प्रदान गर्नको आधारमा अनिश्चित कालसम्मका लागि सेक्यरिटी होल्डमा राख्न पाउने अधिकार इमि ग्रेशन अफिसलाई छैन तसर्थ न्यायोचित समय भित्रमा निवेदनको किनारा लगाउन आदेश पाउं भनि असर परेका पक्षहरुले आ आफ्नो क्षेत्रमा पर्ने अमेरिकी फेडरल कोर्ट समक्ष दिएको मेण्डामसको निवदेनमा प्रतिवाद गर्दा इमिगे्र शन अफिसले यो अधिकार प्रयोग गर्दा अदालतले हस्तक्षेप गर्न सक्दैन भनि प्रतिवाद गरेपनि कतिपय फेडरल डिष्ट्रिक कोर्टहरुले इमिग्रेशनको प्रतिवादलाई नमानी अदालतले यो विषयमा पुनरावलोकन गर्न पाउने अधिकार राख्दछ भनि आदेश गरेका छन । यद्यपि अदालतले यस्ता निवेदनमा अन्तीम आदेश गर्दा इमिग्रेशन अफिसले अनिश्चित कालसम्म सेक्युरिटी होल्डमा राख्न मिल्दैन अत उचित समय भित्र निर्णय गर्नु भनि आदेश दिएको अवस्थामा पनि इमि ग्रेशनले अन्तिम निर्णय गर्दा व्यक्तिले अमेरिकीमा प्रवेशको सुविधा पाउने किसिमले नै गर्ला भन्ने कुनै निश्चित छैन र हराउन पनि सक्दछ । यदि हरायो भने पुन पक्षले मुद्दामा संलग्न रहनु पर्ने हुन्छ । अत यो समस्याको दीर्घकालीन समाधान भनेको तेश्रो श्रेणीको आतंककारी गतिविधिलाई स्पष्ट हुने किसिमले परिभाषा गर्ने र पहिलो र दोश्रो श्रेणीका आतंककारी गतिविधिमा लागेको भनि किटान गरिएका र तेश्रो श्रेणीका गतिविधिको आधारमा आतंककादी भनेर अर्थ्याउन मिल्ने समुहलाई व्यक्तिले कस्तो परिवेश र परिस्थितीमा सहयोग पुर्याउनु परेको हो भन्ने तथ्यको बस्तुगत रुपबाट मूल्यांकन गरी इमिग्रेशनको सुविधा प्रदान गर्न अधिकार पाएका अधिकारीले नै  निर्णय गर्न पाउने अधिकार कानुनले प्रदान गर्नु पर्दछ । जस्ले गर्दा सम्वन्धित व्यक्ति आतंककारी गतिविधिमा आफनो स्वइच्छाले लागेको हो वा होइन ? या व्यक्ति संलग्न रहेको समुहले गरेको गतिविधि आतंककारी गतिविधि भित्र पर्दछ कि पर्दैन ? भनि सम्वन्धित अधिकारीले वस्तुनिष्ठ आधारमा निर्णय गरी व्यक्तिलाई अमेरिकीमा प्रवेश गर्न अनुमति दिन सक्ने अधिकार प्रदान गरिएमा अध्यागमन कानुनको सुविधा प्रदान गर्न पाउने अधिकारीले माफी दिइ व्यक्तिलाई अमेरिकामा पस्न र बस्न पाउने सुविधा चाडै दिन सक्दछ । तसर्थ जबसम्म यो फराकिलो अर्थ दिने कानुनी व्यवस्थामा सुधार हुंदैन, तवसम्म आतंककारी गतिविधिको फराकिलो अर्थ दिने कानुनी ब्यवस्था र वेभर दिन पाउने अधिकार न्यायाधिश र शुरुको निर्णय दिन पाउने अधिकारीलाई समेत नहंदा आप्रावाशीहरुलाई अमेरिकाको सुरक्षामा खतरा हुन सक्छन भनि दिएका निवेदन सेक्युरिटी होल्डको कारण देखाएर अनिस्चित कालसम्म त्यस्ता मुद्धाहरु होल्ड वा मुल्तवीमा राखिने वा अमेरिकामा पस्न र बस्न नपाउने गरि दिएका निवेदनहरु अस्वीकार गरिन सक्ने सम्भावना रहन्छ ।      (प्रस्तृत लेखमा एजाइलम सम्वन्धी अमेरिकी कानुनी व्यवस्थाको बारेमा सामान्य जानकारी गराउनेसम्मको ध्येय राखिएको छ । तसर्थ एजाइलमको निवेदन गर्नुपर्दा कानुन व्यवसायीको सल्लाह लिनु नै उचित हृन्छ ।) (तपाईको कुनै कानुनी समस्या भए निशुल्क कानुनी सल्लाहको लागि कानुन व्यवसायी विनोद रोकालाई उहांको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com, www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ ।)

dyamn · Jul 1, 2010 2:46 PM · 21,472 views

15 Replies

This is a very beneficial article for those who are trapped in this  rule for no reason. So what is the solution for the people who are on hold because of this rule , specially who  falls under the third category. it seems that who are the victims in their home country would be victimized by this rule too. 

village · Jul 1, 2010 11:51 PM

solution: chant Hanuman Chalisa... and pray   i've found no other solution.. lots of people talk about it but no one knows the solution except to wait for ever.. so many people have read this article but no one cared to write anything.. you might find it intersting but according to the tier III list Nepali congress is a terrorist group... this author is right, some are successful filing for mandamus while others are not..

dyamn · Jul 2, 2010 12:41 AM

Your status and arrival at the POE won't be affected by this hold, meaning, you can safely travel in and out, regardless of this hold.

Bidroh · Jul 2, 2010 8:59 AM

how many nepalese have been affected by the tier  iii. many people have given their asylum application in the basis of being nepali congress party, communist party. so that means all the nepalese political parties are terrorist according to the so called tier iii. i dont know from where the US brings these types of rules just to trap the people for no reason.

village · Jul 2, 2010 5:44 PM

while asylees are granted to stay and work, they can not bring their families or apply for green card and get in the line to get citizenship.. further more, their asylum can be stripped anytime and they have to face deportation, who knows even arrests. currently there are over 6 thousands people on hold.. lots of Nepalis..like the author said there is no solution but to wait , no one knows if such wait will bring good news or bad news.. some people are waiting for more than 10-12 years.. so asylum is not an easy cake.. i am seeing lots of Nepalis coming from Nepal filing asylum like it's their birth given right.. specially from california... Last edited: 02-Jul-10 09:02 PM

dyamn · Jul 2, 2010 8:57 PM

hello, maile asylum ko through greencard paye 1 mahina agadi jati. Ma mero pariwar lai bhetna jadai chu . Bhane pachi , mero return ma unaru le malai entry ma rok lagauna sakchan ?  Please help .

chef · Jul 4, 2010 9:18 AM

mailay janay bujay samm you hold derivative asylum apply garda wa green card apply garda lagcha.. yedi tapai ko gc aaye sakayko cha bhanay tapai lay yo dasha paar gare saknu bhanayko cha.. badai cha.. happy 4th of July :)

dyamn · Jul 4, 2010 4:01 PM

want to add my two cents worth of advice too... 1. the article in nepali is an extremely useful article. 2. it addresses lot of background issues. 3. it does not shed adequate light in how things are moving these days in the asylum front. there is lot happening than what is written above. in fact, that article could have been written in 2006 and still would have been outdated by nearly a year! 4. for those who want details and updates on asylum issues, subscribe to human rights first newsletter. it will keep you in forefront of anything that is happening out there, far ahead of the tons of lawyers in fact. 5. for "chef" above, i am no lawyer, but my understanding was that you CANNOT go back to your country which you said in your asylum application was dangerous to return to. well, you can go in theory, but upon your return, you will face a very very hostile immigration officer at the port of entry. and by law, you should explain why it was not dangerous to go there and stay for a while, and suddenly it became dangerous all over again. in other words, you could be prevented from getting into amrika altogether. asylees, like refugees, need to know that you can legally travel outside amrika only after seeking permission from uscis through a process called advance parole, but again, that does not mean you can freely go to nepal and be back here. yes it means you can go anywhere else, except nepal. this advance parole thing will apply until u get amrika citizenship. mr. dyamn says traveling should not be a problem for mr. chef. during my years of research and interaction with people, i did not find any literature or cases to support his version of information above. i could have been wrong. that said, i hold to my version of the statement above! 8. i wrote an elaborate note on this discussion about a month ago. i hate to repeat it. good luck guys. remember to go to a good attorney at law, as always.

kailo · Jul 4, 2010 5:50 PM

 i overlooked the most obvious possiblity that he might be going to Nepal after filing Nepal as his country of prosecution, i am sorry, but if his family is in India, Canada, thailand or any other country then he should be fine with his greencard( the gentleman didn't state that he's going to Nepal, who knows where his family is).. yes you're right an asylee going to his/her country of prosecution can be very devastating interms of his papers in the USA for the exact same reason you explained above.  my understanding of advanced parole is that it is to come back to the USA from a short trip abroad. Since he already holds a green card he should not need an advanced parole. Asylees , just like refugees can also file for Refugee Travel Doccument (RTD) if they don't have a green card. Again, i am not an expert in immigration matters, i am just trying to inform and learn, i maybe totally wrong.. the article above is published the same day i posted. i emailed the lawyer and he sent me the link to that article. the weblink below also contains very useful informations.. http://forums.immigration.com/... Last edited: 04-Jul-10 07:14 PM

dyamn · Jul 4, 2010 6:58 PM

Does India approves the RTD? i have heard that the immigrations there gives a hard time too.

village · Jul 4, 2010 10:02 PM

hello dyam , Yes your are right . I was asking if i can travel to countries other than Nepal and was wondering if i will have problems returning back. Thank you Kailo for sharing information.

chef · Jul 5, 2010 12:20 PM

You can go to any country once you have a RTD. Also, like I've already mentioned, the hold doesn't make you inadmissible. As long as you have a valid RTD, you can leave the country and return back without any problem, even if your case is on hold.

Bidroh · Jul 5, 2010 12:42 PM

Oh, if you are traveling to places other than the country of persecution on file for you at the uscis (looks like nepal in your case), it should be okay. i have had a few friends who went to india, stayed near the india-nepal border and asked family members to visit him.

kailo · Jul 5, 2010 1:50 PM

"i have had a few friends who went to india, stayed near the india-nepal border and asked family members to visit him." Who are you fooling, Kailo?

Bidroh · Jul 5, 2010 2:37 PM

lol Bidroh,he must be such an honest asylee.. rite? maybe he used a telephone made by salayee ko batta and used one on the INdian side and handed another one to his family in Nepali side and used binoculors to see each other.

dyamn · Jul 6, 2010 2:06 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all