रमाउँन्न बसन्तमा, तिंमी आफै नफुल्ने भए के हेरेर शीत बनुं ? घाम सित नझुल्ने भए ! रात भरि ननिदाई बसि दिन्छु तिमि सपनीमा नआउने भए ! मुटु बनि धड्किन्न पनि कंहि छाति भित्र राख्न नसकिने भए ! गीत हुनु छैन मलाई न त बोल नै तिम्रो सङगीतमा भरिन नसक्ने भए, नसताउ अझ मलाई, बरु चिन्दिन भन मेरो नाम लिई बोलाउन नसक्ने भए !
shirish · Jun 25, 2010 1:41 PM · 13,698 views
वाह शिरिष दाई वाह । सदा झै उत्तम सिर्जना ।
rahulvai · Jun 25, 2010 3:26 PM
शिरिषजीका गजलहरु पहिले पनि पढेको थिए मैले । राम्रा लागेका थिए । यो गजल मा चैं कता कता के नमिले जस्तो लाग्यो । ( उहाँ को खुबीलाई च्यालेन्ज गर्न खोजेको होइन है, लागेको कुरो भनेको मात्र हो ) म कविता, गीत, गजल लेख्न जान्दिन, पढ्न भने जान्दछु ।।।।। यो गजललाई यसरी सुरु गरे कसो हुन्थ्यो ? रमाउँछु बसन्तमा तिमी आँफै फुल्ने भये शीत बन्छु तिमिपनि घाम बनी झुल्ने भये निदाइदिन्छु सधैं तिमी सपनीमा आउने भये छाउंछु तिम्रो मनमा तिमी मेरो मनमा छाउने भये
sahitya · Jun 25, 2010 3:43 PM
फुल्ने रहर छैन म् लाई ,भो धेरै कर न् लाउ | आगो बाल्छौ ,तडपाउछौ ,निस्टुरी हौ , नजिक न्आउ | सपनी मा सताउछौ ,बिपनी मा घुर्की लाउछौ | मुटु अन्तै छाडेका छौ ,छाति के देखाउछौ | सुकुम्बासी माया हैन ,रिटेल मै किन्न पाइने | जिबन तेसै बितिसक्यो ,बुदेस काल मा माया चाहिने ? गीत नयाँ गाइन्न है ,प्रित नयाँ लाइन्न ? जमाना आँफै गाउछ हाम्रो ,रेडियो क्यासेट चाहिन्न | आँफै सताउछौ म् लाई ,फेरी दोश लगाउछौ | मुख ले बोलाउनु पर्दैन तिमीलाई , मन ले बोलाउदै मा आउछौ |
prabhat41 · Jun 26, 2010 5:24 PM
राहुलभाई गजल लेख ,मन तेसै रमाउने | कलम किन बन्द तिम्रो ,छैन मसी चलाऊने ? 'कोइ कोइ ' बहाना गर्छन् ,राहुलभाई लाई जगाउने | राहुलभाई धेरै सुते ,घन्टी के ले बजाउने ?
prabhat41 · Jun 26, 2010 5:36 PM
हे साहित्य आखिर तपाई र मैले भन्न खोजेको कुरा त्यहि हैन र ? तपाईले सीधा लेख्नु भो - मैले बड्ग्याएर ! तिमी नफूल्ने भए म बसन्तमा रमाउंदिन भन्ने तरीका धेरै छन् के ! अचेल म फेसबुकमा धेरै रमाउछु त्यसैले यता तिर अलि कम तर माया चांहि मार्न सक्दिन !
shirish · Jun 27, 2010 11:32 AM
मैलेनै सिरिशजी को गगल बुझ्न नसकेको वा यो अरु भन्दा प्रिथक भएको महसुस गरेको छु । फेस बुक बाट एता टासी दिदा हामी पनि रमाउन पाउथिम ।
syanjali · Jun 27, 2010 5:19 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion