छोराको उपचारका लागि धाउँदा-धाउँदै....

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Can we help this desperate mother whose son is dying ? COntact Janak Nepal , Kantipur reporter at 9858022101 for helping her : Original link:  http://www.ekantipur.com/np/20... जनक नेपाल [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - ] src="http://pagead2.googlesyndicati...">[Disallowed String for - ] src="http://googleads.g.doubleclick...">[Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); नेपालगन्ज, अषाढ ११ - एक्लो छोरा बिरामी परेपछि दैलेख नाउलेकटवाल गाउँकी तुलसा बिकलाई न भोक छ, न प्यास । भानेश्वर उच्च माविमा नौ कक्षामा अध्ययनरत उनका १७ बर्षे छोरा महेशका दुबै मिर्गौलामा खराबी देखियो ।  चिकित्सकले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएका छन् । मिर्गौला प्रत्यारोपणका लागि ७ लाख लाग्छ । तर, दैनिक ज्याला-मजदूरी गरेर परिवार पाल्ने यो विपन्न दलित परिवारले त्यो जुटाउन मुस्किल छ । सिकिस्त छोरालाई पाटन अस्पतालमा छाडेर तुलसा सहयोग माग्दै नेपालगन्जमा आइपुगेकी छन् । काठमाडौमै रहँदा उनले स्वास्थ्यमन्त्रीदेखि प्रधानमन्त्री माधवकुमार नेपालसम्मलाई भेटिन् । दुबैले ५०-५० हजार रुपैंयाँ सहयोग दिलाए । विभिन्न संघ-संस्था, जिल्ला विकास समिति, महानगरपालिका डुलेर तुलसाले दुई लाख जुटाएकी छन् । 'छोरालाई बचाउन अझै पाँच लाख जुटाउनु छ'-सहयोगका लागि पहल गरिदिन आग्रह गर्दै बिहीवार दिउँसो नेपालगन्जस्थित कान्तिपुर कार्यालय आइपुगेकी उनले भनिन्-'चिने जानेको कोही छैन । सहारा नपाएपछि पत्रकार खोज्दैआएको छु ।' छोराको उपचारका लागि तुलसा चार महिनाअघि ८० हजारमा पाखोबारी बेचेर काठमाडौं गएकी हुन् । पाटन अस्पताल र केही संघ-संस्थाले उपचारमा सघाए पनि मिर्गौला प्रत्यारोपण गर्न भने कतैबाट सहयोग जुटेको छैन । 'बालुवाटार गेटमा प्रधानमन्त्रीलाई कुरेर बसें । गाडी रोकेर आफ्नो दुःख भने तर, उनले उपचार गर्न नपुग्ने सहयोग गरे'-उनले भनिन् ।   दैलेखका सभासद् राजबहादुर बुढा र स्थानीय विकास राज्यमन्त्री गणेश खड्कालाई भेट्न उनी क्वार्टरहरुमा धाइन् । तर, भेट भएन । कटुवाल गाउँमा दुई हल लाग्ने पाखोबारी छ । त्यसको उब्जनीले चार महिना पनि खान नपुग्ने उनले बताइन् । पति लक्ष्मीबहादुर भारतमा रोजगारी गर्न जान्थे । चार बर्षअघि रुखबाट खसेर ढाड र खुट्टा भाँचिएपछि उनी थला परेका छन् । उनी हिड्डुल गर्नसमेत सक्दैनन् । अपाङ पति, तीन छोरी र बिरामी छोराको जिम्मेवारी ३६ वर्षिया तुलसाको काँधमा छ । कान्तिपुर कार्यालयबाट बाहिरिदैगर्दा उनले भनिन्-'सबैले अलि-अलि सहयोग गरिदिए मेरो छोरा बाँच्थ्यो ।'

ANS · Jun 25, 2010 12:22 PM · 14,416 views

3 Replies

someone can setup paypal a/c for her.

dav · Jun 25, 2010 3:06 PM

ya, someone need to setup a charity bank a/c in Nepal for the projected amount. Then the a/c needs to be linked to Paypal. When the donation reaches the estimated limit for the cost of treatment, the a/c should be frozen accepting no more donations. This way the right amount of money goes to the right purpose and nothing else. Hope somebody does this at the earliest. God Bless the poor guy! 

hit.the.hot · Jun 25, 2010 6:00 PM

Guys! lets help this woman with whatever we can. Could somebody verify that Janak Nepal is right person to send money to??? I don't want my money to go in booz instead of kidney transplant.

rationale · Jun 26, 2010 10:24 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all